चवन्न वर्षपछि माध्यमिक तह पठनपाठन
१८ वैशाख २०८०
•
२ मिनेट पाठ
चवन्न वर्षपछि माध्यमिक तह पठनपाठन
खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ। विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिक सत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति दिएसँगै मावि तहको कक्षा सुरु गरिएको हो। कक्षा ९ मा ३१ विद्यार्थी भर्ना गरेर पठनपाठन सुरु गरिएको गाउँपालिकाका प्रमुख उदिमबहादुर राईले बताए।




गाउँमै मावि तहको विद्यालय सञ्चालन भएसँगै लिच्कीराम्चेका विद्यार्थीले तीन घण्टा हिंडेर छिमेकी वडामा सञ्चालित सिम्पानी मावि सिम्पानी पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ। स्थानीय अभिभावकले संकलन गरेको चन्दा तथा गाउँपालिकाको सहयोगले मावि तहको विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक गोपाल राईले बताए।

सो अवसरमा गाउँपालिका उपप्रमुख रुपेश राई, वडाध्यक्ष इन्द्रबहादुर राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश समिति सदस्य राजन ढकाल, नेकपा (माओवादी केन्द्र) गाउँपालिका अध्यक्ष दीपेन्द्र राई लगायतले शुभकामना दिएका थिए।

गाउँमै मावि तहको विद्यालय सञ्चालन भएसँगै लिच्कीराम्चेका विद्यार्थीले तीन घण्टा हिंडेर छिमेकी वडामा सञ्चालित सिम्पानी मावि सिम्पानी पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ।
मावि तह सञ्चालनार्थ चन्दा सहयोग गर्ने अभिभावकलाई सम्मान-पत्र समेत प्रदान गरिएको थियो। निमावि राहत तीन, प्रावि राहत एक, बालविकास सहायक एक, निजी एक र प्रावि दरबन्दी चार गरी दश शिक्षक रहेको उक्त विद्यालयको हालसम्म एक सय ८८ विद्यार्थी भर्ना भएको विद्यालय प्रशासनले बताए।

विद्यार्थी भर्ना अभियान जारी रहेको उक्त विद्यालयमा गाउँपालिका र वडाले एकएक मावि शिक्षक व्यवस्था गर्ने सहमति भएको प्रधानाध्यापक राईले बताए। २०७८ सालको जनगणना अनुसार तीन हजार ५७७ जनसंख्या रहेको लिच्कीराम्चेमा लक्ष्मी मावि समेत सञ्चालित छ। रासस 
अर्को समाचार
यो वर्ष भर्ना अभियान नै चलेन
१७ वैशाख २०८२
•
५ मिनेट पाठ
यो वर्ष भर्ना अभियान नै चलेन
शिक्षक आन्दोलनले बन्द रहेको पोखराको रत्नचोकस्थित जनप्रिय मावि। तस्बिरः नागरिक
तनहुँको दमौलीस्थित सत्यवती माविले केहीदिनदेखि अनौपचारिक रुपमा मात्र विद्यालय संचालन गरिरहेको छ। शिक्षक आन्दोलनसँगै सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएपछि नियमित पठनपाठन कहिलेबाट सुरु हुने भन्ने टुंगो नै छैन। तर, सत्यवतीले विद्यालयका विद्यार्थीलाई भुलाउनकै लागि भएपनि अनौपचारिक कक्षा संचालन गरिरहेको छ।  




विद्यालयका अनुसार ब्यास नगरपालिकाले वैशाख ५ सम्म भर्ना अभियान संचालन गर्ने र ७ गतेदेखि नियमित कक्षा संचालन गर्ने भनेर समय तोकिदिएको थियो। तर शिक्षक आन्दोलनका कारण भर्ना अभियान पनि संचालन हुन सकेको छैन। शिक्षक आन्दोलनका कारण अभिभावक र विद्यार्थी अन्योलमा परेपछि अनौपचारिक रुपमा भएपनि विद्यालय संचालन गरेको विद्यालयकी प्रधानाध्यापक पुष्पकला भट्टराईले जानकारी दिईन। शिक्षक आन्दोलनका कारण यो पटक भर्ना अभियान नै हुन नपाएको उनले बताईन।

‘औपचारिक पठनपाठन सुरु भएको छैन। अहिलेका लागि अनौपचारिक कक्षा मात्र संचालन गरिएको हो। विद्यार्थीलाई भुलाउने मेसो मात्र बनेको छ,’ उनले भनिन, ‘विद्यालयका शिक्षकहरु आलोपालो गरेर आन्दोलनमा सहभागि हुनुहुन्छ। घरमा रहेका विद्यार्थीलाई विद्यालय बोलाएर अनौपचारिक शिक्षा मात्र दिएका छौ। औपचारिक रुपमा पाठ्यक्रम पढाएका छैनौ। औपचारिक कक्षाका लागि सबै विद्यार्थी कुरिरहेका छौ।’

सत्यवतीमा अघिल्लो शैक्षिकसत्रमा २ हजार ५ सय ५९ जना विद्यार्थी अध्ययनरत थिए। तर, अहिले कति विद्यार्थी भर्ना भए भन्ने यकिन पनि छैन। केहीदिन अघिदेखि अनौपचारिक रुपमा संचालनमा आएको विद्यालयमा अहिले करिब ४ सय विद्यार्थी आईरहेको उनले बताईन। उनीहरुले पाठ्यक्रम नपढि अनौपचारिक शिक्षा मात्र लिएको प्रअ भट्टराईले बताईन।  

‘शिक्षकहरु आन्दोलनमा छौ। आन्दोलनमा सहभागि हुन शिक्षकहरुले आलोपालो बाँडेका छौ। तर यता विद्यार्थी र अभिभावक पनि अन्योलमा परेपछि अनौपचारिक रुपमा विद्यार्थीलाई सिकाई प्रक्रियामा सहभागि गराउने भनेर वैकल्पिक उपाय लगाएका हौ,’ उनले भनिन, ‘सदरमुकामको विद्यालय भएकोले विद्यार्थी अन्यत्र जाने पनि सम्भावना रहन्छ। विद्यार्थीलाई बेलैमा रोक्ने चूनौती रहेपछि अनौपचारिक कक्षा संचालन गरेका हौ।’  

उनका अनुसार पालो बाँडेर शिक्षकहरु आन्दोलनमा सहभागि हुने गरेका छन्। विद्यालयमै रहेका शिक्षकले विद्यार्थीलाई बोलाएर भुलाउने गरिएको हो।

‘कतिपय अभिभावक काममा जानै पर्ने बाध्यता हुँदा उनीहरुका बालबालिका अप्ठेरोमा परे। ती बालबालिकालाई पनि हामीले ध्यान दिएर विद्यालय बोलाएका छौंं,’ उनले भनिन्, ‘अभिभावक काममा जानुपर्दा बालबालिकालाई घरभित्र थुनेर राख्नुपर्ने बाध्यता रह्यो। उनीहरुलाई विद्यालयमा बोलाएर भुलाउन मात्र खोजेका हौ।’
पोखराको सामुदायिक मध्येको अब्बल शितलादेवीमा माविमा चैत २७ गते नै प्रवेशपरीक्षा लिइएको थियो। प्रवेशपरीक्षामा उत्तिर्ण भएका केही विद्यार्थी भर्ना भईसकेका छन्। प्रवेश परीक्षामा उत्तिर्ण भएका तर भर्ना हुन नपाएका विद्यार्थी सम्पर्कमा रहेको प्रधानाध्यापक बाबुराम अधिकारी बताए। ‘प्रवेश परीक्षामा उत्तिर्ण भएकामध्ये केही विद्यार्थी भर्ना भइसकेका छन। भर्ना हुन नपाएका अरु विद्यार्थी विद्यालय खुल्ने समय कुरेर बसिरहेका छन,’ उनले भने, ‘पुराना विद्यार्थी यतास्थितिमै छन। विद्यालयको नियमित सम्पर्कमा रहकोले खासै समस्या छैन।’

अधिकारीका अनुसार पोखरामा वैशाख १ गतेबाट भर्ना अभियान सुरु गर्ने भनेर पोखरा महानगरपालिकाले शैक्षिक क्यालेन्डर बनाएको थियो। त्यही शैक्षिक क्यालेन्डर अनुसार वैशाख ८ गतेबाट विद्यालय संचालन गर्ने भनिएपनि शिक्षक आन्दोलनका कारण भर्ना अभियान सुरु नै हुन नपाई सकिएको अधिकारीले बताए।

‘यो वर्ष भर्ना अभियान भन्ने नै रहेन। पोखराका केही सामुदायिक बाहेक अरुलाई विद्यार्थीको समस्या हुँदैन। अब्बल विद्यालयका विद्यार्थी अन्यत्र जाँदैनन,’ उनले भने। पोखराको शितलादेवीमा अघिल्लो वर्ष १ हजार ३ सय २३ जना विद्यार्थी अध्ययनरत थिए। आन्दोलनका बीचमा शैक्षिक गतिविधि संचालन गर्दा केही समस्या होला भनेर सुरु नगरेको प्रअ अधिकारीले बताए। ‘हामी विद्यार्थी कुरेर बसिरहेका छौं,’ उनले भने।

पोखरा महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यका अनुसार सरकारले यो वर्ष वैशाख २ देखि १५ गतेसम्मका लागि विद्यालय भर्ना अभियान भनेर तोकेको थियो। तर, शिक्षक आन्दोलनक कारण भर्ना अभियान भने हुन नपाएको उनले बताए।

‘भर्ना अभियान संचालन गर्न नपाएपनि धेरै विद्यार्थीले आफ्नै तरिकाले भर्ना गरेका छन। आन्दोलनसँगै शिक्षक, अभिभावक र विद्यार्थी सबै चिन्तित छन,’ आचार्यले भने, ‘भर्ना अभियान ढिला भयो भनेर चिन्ता नै जनाउनुपर्ने अवस्था होइन। तर, पठनपाठन कहिलेबाट सुरु हुने भन्ने अन्योलले गर्दा समस्या भएको हो।’ 
उनका अनुसार पोखराका धेरै सामुदायिक विद्यालयले भित्रभित्रै विद्यार्थी भर्ना गरिरहेका छन। कतिपयले त पठनपाठन पनि सुरु गरेका छन्।  

हिमालपारिका जिल्लाको शैक्षिक अवस्थामा पनि भर्ना अभियान बिना नै सकिएको छ। शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका प्रमुख रामेश्वर लामिछानेका अनुसार वैशाख पहिलो साता भर्ना अभियान संचालन गर्ने तालिका थियो। तर, शिक्षक आन्दोलनका कारण यो पटक भर्ना अभियान नै हुन सकेन। ‘वैशाख पहिलो साता सुरु भएको भर्ना अभियान ढिलोमा दोश्रो सातासम्म लम्बिन्थ्यो। तर, शिक्षक आन्दोलनका कारण भर्ना अभियान संचालन हुन सकेन,’ लामिछानेले भने। उनका अनुसार मुस्ताङका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना पनि भएका छैनन।  

‘संस्थागत विद्यालयमा भर्ना भएका बालबालिका विद्यालय गईरहेका छन्। तर, सामुदायिक विद्यालयमा भने भर्नाको कुनै टुंगो छैन। पठनपाठन पनि सुरु भएको छैन,’ उनले भने। उनका अनुसार मुस्ताङमा ३५ वटा सामुदायिक र ४ वटा संस्थागत विद्यालय छन्। ती विद्यालयमा सबैगरि ३७ सय विद्यार्थी अध्ययनरत छन्। 
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस