पढाइ सुधार्न नमुना कक्षा तयार गर्दै विद्यालय
२१ असार २०८०
•
३ मिनेट पाठ
पढाइ सुधार्न नमुना कक्षा तयार गर्दै विद्यालय
रामधुनी वडा नं ७ मा सञ्चालित पञ्चायत माविले तयार गरेको नमुना कक्षा। तस्बिर: अमर/नागरिक
सामुदायिक विद्यालयमा तालिम प्राप्त शिक्षक भए पनि सिकाइ प्रभावकारी भएन। शिक्षकमा जागिरे प्रवृत्ति हाबी भयो। हाम्रो देशको शैक्षिक अवस्थाका प्रसंगमा यस्तै आलोचना सुनिन्छ, तर कतिपय सामुदायिक विद्यालयमा उदाहरणीय प्रगति हुन थालेको छ। यसरी प्रगति गर्ने सामुदायिक विद्यालयले उपयुक्त शैक्षिक सामग्री प्रयोगमा ध्यान दिने गरेका छन्।




उपयुक्त शैक्षिक सामग्रीले शिक्षणलाई आकर्षक मात्र होइन, प्रभावकारी र अर्थपूर्ण पनि बनाउँछ। ‘शैक्षिक सामग्रीमार्फत सिकेको ज्ञान दिगो हुनुका साथै पढाइमा रुचि जाग्ने गर्छ’, रामधुनी वडा नं ३ मा सञ्चालित जनता माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत सुजाता कोइरालाले बताइन्।

जनता माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि कक्षा कोठामा सबैले देख्ने गरी भित्ते लेखन गरी सामग्री निर्माण गरिएको र त्यस आधारमा शिक्षण गर्न सहज हुने गरेको शिक्षिका रञ्जु सिग्देलले बताइन्।

सामुदायिक विद्यालयमा तालिम प्राप्त शिक्षक भए पनि सिकाइ प्रभावकारी भएन। शिक्षकमा जागिरे प्रवृत्ति हाबी भयो।
आर्थिक वर्ष २०७९/८० मा सुनसरीको रामधुनी र वराह क्षेत्रमा रहेका सामुदायिक विद्यालयमध्ये चारवटालाई नमुनाका रूपमा लिइएको छ। ती विद्यालयले कक्षाकोठालाई बालमैत्री र बसाइ व्यवस्थापनका साथै शैक्षिक सामग्रीका रूपमा प्रयोग गर्न भित्ते लेखनमार्फत नमुना कक्षाकोठाकै रूपमा विकास गरेका छन्।

यसरी नमुना कक्षाकोठाका रूपमा विकास गरी शिक्षण गर्दा विद्यार्थी सिक्न उत्साहित हुने गरेको रामधुनी वडा नं ७ मा रहेको पञ्चायत माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक टीकाराम बस्नेतले बताए। ‘नदेखेका कुरा, घटना र वातावरणको प्रत्यक्ष जानकारी दिन भित्ते लेखन सिकाइ सामग्री प्रयोगबाट सहज हुने गरेको छ’, उनले भने।

आर्थिक वर्ष २०७९/८० मा सुनसरीको रामधुनी र वराह क्षेत्रमा रहेका सामुदायिक विद्यालयमध्ये चारवटालाई नमुनाका रूपमा लिइएको छ।
कक्षामा शिक्षण सिकाइका लागि उपयुक्त वातावरण र शैक्षिक सामग्रीकै महत्व हुने गर्छ। हाम्रा सामुदायिक विद्यालयमा कक्षा कोठाका सजावट र सन्दर्भ सामग्रीका व्यवस्थापन आदिमा ध्यान दिँदा शैक्षिक गुणस्तर बढेको बराह क्षेत्र-८ मा सञ्चालित कोशी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक रमेशजंग निरौलाले बताए।

कतिपय विद्यालयमा शैक्षिक सामग्री धुलो र माकुराको जालोले घेरिएर कार्यालयको कुनै कुनामा थन्किएका हुन्छन्, तर कोशी मावि बराह क्षेत्र पुग्दा साँच्चै लोभलाग्दा भित्ते लेखनसँगै अन्य सिकाइ सामग्री भेटन्छन्। कोशी मावि बराह क्षेत्रभरिका सामुदायिक विद्यालयमध्ये नमुना विद्यालयमा पर्छ।

कक्षाकोठा नमुना बनाउने सरकारी खर्चले नपुगेपछि विभिन्न संस्थाले सहयोग गरेका छन्, जसमा ग्रामीण समाज उत्थान केन्द्र (आरएसडिसी) सुनसरीले अहिले रामधुनीको जनता मावि र पञ्चायत माविसँगै बराह क्षेत्रको कोशी मावि एवम् सुनसरी आधारभूत विद्यालयमा कक्षा कोठा विषयगत रूपमा भित्ते लेख्न गरिदिएको छ।

कक्षाकोठाका अगाडिपट्टि एउटा लेख्ने बोर्ड र एउटा प्रदर्शन बोर्ड पनि राखिएको हुन्छ। त्यसै कोठामा एक वा दुइटा दराज वा र्‍याकमा शैक्षिक सामग्री, सन्दर्भ सामग्री र विद्यार्थीले तयार गरेको परियोजना कार्यसहितका आवश्यक विषयगत सामग्री राखिन्छ।

कक्षाकोठा नमुना बनाउने सरकारी खर्चले नपुगेपछि विभिन्न संस्थाले सहयोग गरेका छन्, जसमा ग्रामीण समाज उत्थान केन्द्र (आरएसडिसी) सुनसरीले अहिले रामधुनीको जनता मावि र पञ्चायत माविसँगै बराह क्षेत्रको कोशी मावि एवम् सुनसरी आधारभूत विद्यालयमा कक्षा कोठा विषयगत रूपमा भित्ते लेख्न गरिदिएको छ।
कोठाका भित्तामा शैक्षिक-सन्दर्भ सामग्रीले सजाउँदा विद्यार्थीलाई सिक्न उत्प्रेरित गर्ने र नतिजा पनि सुधार आएको आरएसडिसी कार्यक्रम संयोजक शिखाकिरणले बताइन्।
अर्को समाचार
सामुदायिक विद्यालयका विद्यार्थी लिन घरघरमै गाडी
१८ साउन २०८०
•
४ मिनेट पाठ
सामुदायिक विद्यालयका विद्यार्थी लिन घरघरमै गाडी
बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको संख्या बढ्दो छ। युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन्।




खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् भने विद्यालय रित्तिंदै गएका छन्। सुनसान गाउँका विद्यालयमा रित्तिन थालेपछि गलकोट नगरपालिकाले विद्यालय समायोजन तथा तह मिलान गरिरहेको छ। हाँस्दै, खेल्दै र रमाउँदै नजिकको विद्यालय जाने बालबालिका अहिले टाढा जान बाध्य भएका छन्।

तह मिलान र विद्यालय समायोजनपछि नगरपालिकाले विद्यार्थीलाई यातायातको सुविधा दिएको छ। यातायातको सुविधा पाएपछि आजाभोलि विद्यार्थी लिन गाडी घरघरमा पुग्छन्। गाडी आफूलाई घरमै लिन आएपछि विद्यार्थी पनि उत्साहित भएका छन्। दैनिक घण्टौं लगाएर विद्यालय पुग्ने विद्यार्थी अहिले छोटो समयमा नै पुग्छन् भने समयमै घरमा फर्किने गरेका छन्। गलकोट नगरपालिकाको सबैभन्दा टाढाको बस्ती झिर्का र टोकरी गाउँ हुन्। यी गाउँबाट आधारभूत र माध्यमिक तह अध्ययन गर्न जनहित माध्यमिक विद्यालय मल्लमा झनुपर्थ्याे।

बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको संख्या बढ्दो छ। युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन्।
विद्यालय झर्दा ओरालो पर्ने हुँदा एकै घण्टामा पुग्ने गरे पनि घर फर्किंदा दुई घण्टा बढी लाग्थ्यो। अहिले नगरपालिकाले पिकअप जीपमा विद्यार्थी ओसारपसार गर्न थालेपछि समयमै घरमा पुग्न थालेका छन्।

हिउँदमा भन्दा बर्खाको समयमा बढी समस्या भोगेको जनहित माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थी निकिता थापाले बताइन्। थापाले ११ कक्षा पढ्नसम्म पढ्दासम्म निकै समस्या भोगेको सुनाउँदै केही दिनदेखि गाडी घरमै लिन आउने गरेको बताइन्।

‘बिहान ८ नबज्दै स्कुल हिंड्नुपर्थ्याे, ४ बजे बिदा भएर घरमा आउँदा झमक्कै रात परिसक्थ्यो, अझ बर्खाको समयमा रुझ्दै भिज्दै हिंड्नुपथ्र्यो, अहिले त जति पानी परे पनि समस्या हुँदैन’, थापाले भनिन्, ‘घरमा आएर समयमै गृहकार्य गर्न पाइन्छ, बिहान स्कुल जान हतार गर्नु पनि पर्दैन, सानासाना भाइबहिनी पनि गाडी आउन थालेपछि स्कुल जान खोज्छन्, रमाइलो पनि हुन्छ, सजिलो पनि भएको छ, अब घर पुग्दा रात पर्ने चिन्ता, स्कुल जाँदा ढिलो होला भन्ने पीर हरायो।’

नगरपालिकाले टाढाका विद्यार्थीलाई यातायातको सुविधा दिएपछि बालबालिकामा विद्यालय जाने रुचि बढेको स्थानीय विष्णु थापाले बताए। उनले गाडी सञ्चालनमा आउनुपूर्व बिहान विद्यालय पुर्‍याउन जाने र साँझ ल्याउन जाँदा आफ्नो काम धन्दा छुट्ने गरेको भन्दै अहिले गाडीले लैजाने र ल्याइदिने भएपछि धेरै सहज भएको बताए। आफ्नो छोराछोरीले घर नजिकैको विद्यालयमा पढ्दै आएकामा यस वर्षदेखि तह मिलानका कारण टाढाको विद्यालय जानुपर्नेस्थित आएको उनको भनाइ छ। टाढा जान परे पनि गाडी सुविधाले कुनै समस्या नहुने उनी बताउँछन्।

विद्यालय झर्दा ओरालो पर्ने हुँदा एकै घण्टामा पुग्ने गरे पनि घर फर्किंदा दुई घण्टा बढी लाग्थ्यो। अहिले नगरपालिकाले पिकअप जीपमा विद्यार्थी ओसारपसार गर्न थालेपछि समयमै घरमा पुग्न थालेका छन्।
‘पहिला छोराछोरीलाई एक्लै स्कुल पठाउन डर लाग्थ्यो, अप्ठेरो बाटो कतै लडे कि, चोटपटक लगाए कि भन्ने डर हुन्थ्यो, बिहान लैजान र साँझ ल्याउन जानुपर्ने बाध्यता थियो, अहिले बिहान सरसफाइ गरेर खाना दिएपछि गाडी ल्याउन आउँछ, साँझ आफैंले ल्याइदिने हुँदा ढुक्क भएका छौं’, उनले भने,  ‘नगरपालिकाले दुर्गम गाउँका बालबालिकाका लागि ठूलो काम ग¥यो, यहाँका बालबालिकाको समस्या बुझेकोमा धन्यवाद दिनुपर्छ, केटाकेटीको पढाइ पनि राम्रो हुनेछ अब।’

गलकोट नगरपालिकाले यस वर्ष पाँच विद्यालय तह मिलान र छ विद्यालय समायोजन गरेको छ। तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगर सभाबाट पारित गरेर कार्यान्वयन गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी (हेमन्त)ले बताए।

गलकोट भौगोलिक हिसाबले छरिएको र बसाइँसराइ तथा विदेश जानेको संख्या बढेपछि विद्यालयमा विद्यार्थी संख्या कम हुँदा तह मिलान तथा विद्यालय समायोजन गरेको उनको भनाइ छ।

वडा नम्बर ७ स्थित मल्मको देउराली आधारभूत विद्यालय, नेटा आधारभूत विद्यालय लगायतका विद्यालयको तह मिलान गर्दा दूरीले टाढा पर्ने विद्यार्थीलाई यातायात सुविधा दिएको उनको भनाइ छ। विद्यार्थीलाई यातायातको सुविधा दिन नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको प्रवक्ता भण्डारीले बताए।

गलकोट भौगोलिक हिसाबले छरिएको र बसाइँसराइ तथा विदेश जानेको संख्या बढेपछि विद्यालयमा विद्यार्थी संख्या कम हुँदा तह मिलान तथा विद्यालय समायोजन गरेको उनको भनाइ छ।
भण्डारीले भने, ‘यस वर्षदेखि टाढाका विद्यार्थीलाई गाडी उपलब्ध गराएका छौं, हरेक दिन गाडी विद्यार्थीको घरमै लिन जान्छ, दूरीका आधारमा यातायात सुविधा उपलब्ध गराउने निर्णयलाई कार्यान्वयन गर्ने पहिलो चरणमा छौं,अहिलेसम्म बाहिरबाट पनि राम्रो ‘फिटब्याक’ पाइरहेका छौं, आगामी वर्षदेखि अझै प्रभावकारी बनाउने योजना छ।’

नतीजा सुधारका लागि यस वर्षदेखि कक्षा ८ र १० को अर्धवार्षिक परीक्षा समेत नगरपालिकाले लिने उनले बताए। शिक्षिका सुत्केरी बिदामा भएको बेला सट्टा शिक्षक राख्ने कार्यक्रम समेत नगरपालिकाले ल्याएको सुनाउँदै, हरेक वर्ष गलकोट शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आएको बताउँछन्।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस