१९ विद्यालयका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा
३० असार २०८०
•
२ मिनेट पाठ
१९ विद्यालयका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा
मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिएका छन्।

राजीनामा दिनेहरुमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु हुन्।

प्रधानाध्यापकहरुले दिएको सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्लेख छ।

“सहमति बिपरितको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ।” राजीनामा पत्रमा उल्लेख छ।
विद्यालयको गुणस्तर सुधारको नाममा गाउँपालिकाले विना कारण प्रधानाध्यापकको सरुवा गर्न खोजेपछि सामूहिक रुपमा राजीनामा दिन बाध्य भएको बताइएको छ। एक प्रअका अनुसार प्रधानाध्यापकबाट राजीनामा दिए पनि पढाउन भने छाड्ने छैनन्।

यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिए। उनले शिक्षक महासङ्घका अध्यक्ष नवराज डोटेलले विषयलाई राजनीतिकरण गराएर अनावश्यक बखेडा झिक्न खोजेको दाबी गरे।

“अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडिको हो। हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौँ। प्रधानाध्यापकलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौँ। उहाँहरुले नमानेपछि हामीले सरुवा गर्न खोजेका हौँ ।” अध्यक्ष कालाखेतीले स्पष्ट पारे।

पालिकाको शिक्षा क्षेत्र सुधारका लागि पालिकाले शिक्षकलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार पुर्याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए।

“शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ। यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो। सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौँ। तर कसैले मान्दिन भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौँ।” अध्यक्ष कालाखेतीले भने।
अर्को समाचार
मनहरीका १८ प्रधानाध्यापकले दिए सामूहिक राजीनामा
२९ असार २०८०
•
३ मिनेट पाठ
मनहरीका १८ प्रधानाध्यापकले दिए सामूहिक राजीनामा
मकवानपुरको मनहरी गाउँपालिकामा रहेको १८ वटा विद्यालयका प्रधानाध्यापकले सामूहिक राजीनामा दिएका छन्।  

गाउँपालिकाले विना कारण प्रधानाध्यापकहरुको सरुवा गर्न खोजेको र मानमर्दन गरेको भन्दै राजीनामा दिएका हुन्।  

साउन १ गतेदेखि लागू हुने गरी राजीनामा दिइएको प्रधानाध्यापकहरुद्वारा हस्ताक्षरित राजीनामा पत्रमा उल्लेख छ। राजीनामा दिनेमा एक मावि र १७ प्राथमिक तहका प्रधानाध्यापक रहेका छन्। सिकाई उपलब्धीमा पहिलो भएकोसहित पालिकाभरका सबै प्राथमिक तहको विद्यालयका प्रधानाध्यापकलाई विना कारण सरुवा गर्न लागेकोले बाध्य भएर राजीनामा दिएको नेपाल शिक्षक महासंघ मनहरी गाउँपालिका अध्यक्ष नवराज डोटेलले जानकारी दिए।  

‘गाउँपालिका अध्यक्षले पटक पटक प्रधानाध्यापकको सरुवा गर्ने भाषण गर्दै यो निर्णय लागू गरेरै छोड्ने बताउँदै आउनुभएको छ। यदी हामीबाट राम्रो काम नभएको हो भने त्यो भनियोस् नत्र विना कारण सरुवाको मात्र कुरा गर्नु उचित होइन’, डोटेलले भने, ‘अब हामी शिक्षकको रुपमा विद्यार्थीलाई पढाउँछौं । प्रधानाध्यापक पदमा रहनेछैनौं।’ राम्रो सक्षम प्रधानाध्यापक ल्याउनका लागि राजीनामा दिएर बाटो खोलिदिएको उनले बताए। आर्थिक हिनामिना वा कुनै अभियोग लागेको जसरी सबैलाई एकमुष्ट सरुवा गर्न खोजेको भन्दै प्रधानाध्यापकहरुले आपत्ति जनाउँदै आएका छन्। ‘कुनै नराम्रो गरेको भए भनिदिएको भए हुन्थ्यो, त्यसो पनि गरिएन। एक वर्षभित्र उपलब्धी हुनुपर्छ भन्ने समय पनि दिइएन’, एक प्रधानाध्यापकले भने, ‘विद्यालयको विकास र विद्यार्थीको सिकाई उपलब्धीमा दिनरात नभनी काम गर्दै आएका प्रधानाध्यापकहरुलाई कारबाही गरेझैं एकमुष्ठ सरुवा गर्दा नयाँ ठाउँमा कसरी काम गर्न सकिन्छ?’  

पशुपतिनाथ माविको प्रधानाध्यापकबाट राजीनामा दिएका भानुभक्त आचार्यले आफू प्राविको तलव खाएर माविको नेतृत्व गर्दै आएको जानकारी दिँदै पालिकाले शिक्षकहरुको मर्म बुझ्न नसकेको बताए। ‘हामीले नेतृत्व गरेको विद्यालयलाई राम्रो बनाउनुपर्छ भन्ने हामीलाई पनि जानकारी छ। राम्रो गरिरहेकै छौं’, उनले भने, ‘सिकाई उपलब्धी, विद्यालयको स्तरोन्नती र शिक्षकहरुलाई हौसला बढाउनुको साटो सरुवाको निर्णय गरेको दुःखी छौं।’ मनहरी  

गाउँपालिकामा ३२ वटा विद्यालय रहेकोमा १८ वटा प्रावि, ५ वटा निमावि र ९ वटा मावि रहेको छ। शिक्षा नियमावलीमा शिक्षक सरुवा गर्ने व्यवस्था भएपनि प्रधानाध्यापक सरुवाको विषयमा भने केही उल्लेख गरिएको छैन।

धेरै प्रधानाध्यापक सहमत छन्, केहीले बखेडा झिके: कालाखेती

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भैसकेको जानकारी दिँदै शिक्षक महासंघका अध्यक्ष नवराज डोटेलले अनावश्यक बखेडा झिक्न खोजेको प्रतिक्रिया दिएका छन्। ‘अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडीको हो। हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौं’, उनले भने, ‘सरुवाको विषय वहाँहरुले नबुझेकोले हो। प्रधानाध्यापकहरुलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौं, वहाँहरुले नमानेपछि हामीले सरुवा गर्न लागेका हौं।’

मनहरी गाउँपालिकाले शिक्षकहरुलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता ५ सयबाट बढाएर दुईहजार पु¥याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए। ‘शिक्षा क्षेत्र सुधार्ने विषयमा सबै प्रधानाध्यापकहरुको साथ जरुरी छ। सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौं। यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो’, उनले भने, ‘कसैले मान्दिन भन्छ भने हामी कानून अनुसार अघि बढ्नेछौं।’  

एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock २ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस