सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड
१५ भदौ २०८०
•
२ मिनेट पाठ
सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड
सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ। आज नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो।




अनेरास्ववियुले समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै एक महिनाअघि परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरेको थियो।

महिना दिनसम्म परीक्षा नियन्त्रक कार्यालयमा तालाबन्दी हुँदा नतिजा प्रकाशन र परीक्षासम्बन्धी सबै काम ठप्प भएपछि स्वतन्त्र विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। विद्यार्थीले आफूहरूको भविष्यमाथि नै खेलबाड गरेको भन्दै परीक्षा नियन्त्रकको कार्यालयमा ताला तोडेका थिए।

अनेरास्ववियुले लगाएको ताला विद्यार्थीले तोडेपछि आफ्नोको सहमतिबिनै ताला तोडेको भन्दै समाजवादी निकट विद्यार्थी सङ्गठनले परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड गरेको हो। परीक्षा नियन्त्रक देवसिंह नाथ र सहपरीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा रहेका टेबुल, कुर्सी, दराज र कम्प्युटरमा क्षति पुगेको परीक्षा नियन्त्रक नाथले जानकारी दिए।

‘समाजवादीका १२÷१५ जनाको समूहले एक्कासि कार्यकक्षमै आएर विद्यार्थीको मुख्य डाटा राख्ने सर्भरसहितको कम्प्युटरमा क्षति गरेको छ’, परीक्षा नियन्त्रक नाथले भने, ‘विद्यार्थीको उत्तरपुस्तिकालगायत परीक्षासम्बन्धी महत्त्वपूर्ण कागजातमा नोक्सानी पुगेको छ।’

उनले विद्यार्थी सङ्गठनले फोनमा भौतिकरूपमा कारबाही गर्ने धम्की दिएको बताए। ‘उहाँहरूले राखेका माग हामीले पूरा गरे पनि क्याम्पस प्रमुख र विभागीय प्रमुखमा भाग मागेकाले सहमति हुन नसकेको हो’, नाथले भने, ‘अहिलेकै अवस्थामा हामी परीक्षासम्बन्धी कुनै पनि काम गर्न नसक्ने अवस्थामा छौँ।’ परीक्षा नियन्त्रक कार्यालयमै तोडफोड भएपछि विश्वविद्यालयका परीक्षा र नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण कार्य प्रभावित भएको उनको भनाइ छ।

अनेरास्ववियु कञ्चनपुरले भने उक्त घटना सृजना हुनुमा स्वयं परीक्षा नियन्त्रक देवसिंह नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेवार रहेको जनाएको छ। अनेरास्ववियु कञ्चनपुरका संयोजक रमेश पन्तले आफूहरूको सङ्गठनले तोडफोड नगरेको दाबी गरे। ‘हामी भागबन्डा अन्त्य हुनुपर्छ भन्ने पक्षमा हौँ हामीले कतै तोडफोड गरेका छैर्नाै।’, उनले भने , ‘हाम्रा जायज माग राखेर हामीले परीक्षा नियन्त्रक र केन्द्रीय कार्यालयमा ताला लगाएका छौँ।’

उता विश्वविद्यालयको केन्दीय कार्यालय डेढ महिनादेखि बन्द छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले लगाएको ताला ४५ दिनपछि खुले पनि समाजवादी निकट विद्यार्थी सङ्गठनको ताला अझै खुलेको छैन। विश्वविद्यालयको केन्द्रीय कार्यालय साउन १ गतेदेखि बन्द छ।

विश्वविद्यालयको कार्यकारी परिषदबाट  विभिन्न आङ्गिक क्याम्पसमा तथा केन्द्रीय विभागमा रिक्त रहेको क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ। 
अर्को समाचार
बङ्कर भित्रबाट कल्पना भन्छिन्: कति बेला के हुन्छ थाहा छैन, चाउचाउ र पानीको भरमा छौँ
२१ असोज २०८०
•
२ मिनेट पाठ
बङ्कर भित्रबाट कल्पना भन्छिन्: कति बेला के हुन्छ थाहा छैन, चाउचाउ र पानीको भरमा छौँ
इजरायली युद्धमा फसेकी सुदूरपश्चिम विश्वविद्यालयकी विद्यार्थी कल्पना जोशीले सानो बङ्करमा १८ जना बसिरहेको बताएकी छिन्। उनका अनुसार बङ्करमा १२ जना छात्रा र ६ छात्र छन्।




फेसबुक प्यासेन्जरमार्फत जानकारी दिँदै उनले अहिलेसम्म आफूहरू सुरक्षित रहेको बताएकी छन्। जोशीले सबै जना नेपालबाट ल्याएको चाउचाउ र पानीको भरमा बाँचिरहेको बताइन्। सानो बङ्कर भएकाले बसाई निकै कष्टकर भइरहेको उनको भनाइ छ।

उनले कलेजको फेसबुक ग्रुपमा अर्को फर्ममा कार्यरत साथीहरूले आफूहरूलाई नेपाल फर्काउन हारगुहार गरेको देखेपछि त्यति बेला खासै समस्या नलागेको बताइन।

‘बिहानै कलेजको ग्रुपमा म्यासेज गरेका थिए। हिजो हामीलाई बचाउ नेपाल फर्काउने व्यवस्था मिलाउ भन्दै थिए। त्यति बेला त्यत्ति गाह्रो भैसकेको थिएन। हामीले मजाकमा लियौँ। हामीलाई सामान्य लागिरहेको थियो’ उनले भनिन्,  ‘उनीहरूको म्यासेज आएपछि बल्ल होस उड्यो। त्यसपछि अवस्था झन बिग्रियो। गाह्रो हुँदै गयो।’

उनका अनुसार अहिले ४९ मध्ये १२ जना साथीहरू सम्पर्क विहीन छन्। ५ जना गम्भीर घाइते छन्। उनीहरूको उपचार भइरहेको छ।

‘हामी हाम्रा साथीहरू सकुशल हुन भन्ने प्रार्थना बाहेक केही गर्न सकिराखेका छैनौँ’ उनले भनिन्,  ‘यता नि कति बेला के हुने हो केही थाहा छैन।’ उनले आफूहरू मानसिक रुपमा निकै विक्षिप्त रहेको बताइन्।

जोशी लगायतका १८ जना इजरायलको मिभ्ताहिम शहरको सोरासिम कृषि फर्ममा कार्यरत छन्। उनीहरु मध्ये ३ जना सुदूरपश्चिम विश्वविद्यालय र १५ जना कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका विद्यार्थीहरू हुन्।

कृषि विज्ञान तर्फ स्नातक तहको अन्तिम सेमेस्टरका ४९ जना विद्यार्थी मध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए। उनीहरु मध्ये १० जना छात्रा रहेका छन्। उनीहरु १० महिनाका लागि इजरायल गएका थिए। विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो। कृषि विज्ञान सङ्कायले कार्यक्रम अन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको थियो। 
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस