अनुमतिपत्र नभएकालाई शिक्षकमा नियुक्ति
१८ भदौ २०८०
•
२ मिनेट पाठ
अनुमतिपत्र नभएकालाई शिक्षकमा नियुक्ति
जिल्लाको रास्कोट नगरपालिकाले अध्यापन अनुमतिपत्र नभएकालाई पनि नगर अनुदान शिक्षकमा नियुक्ति गरेको छ। शिक्षक बन्न अध्यापन अनुमतिपत्र अनिवार्य हुन्पर्ने कानुनी व्यवस्था छ। तर नगर अनुदानमा नियुक्त १२ शिक्षकसँग अध्यापन अनुमतिपत्र छैन। राजनीतिक पहुँचका आधारमा नियुक्त ती शिक्षक आधारभूत र माध्यमिक विद्यालयमा कार्यरत छन्।




नगर शिक्षा शाखा प्रमुख खेमराज शाहीका अनुसार वैशाखमा सबै विद्यालयलाई पत्राचार गरी अध्यापन अनुमतिपत्र छ/छैन भन्ने जानकारी माग गरिएको थियो। केही विद्यालयले विवरण पठाए पनि केहीले पठाएका छैनन्। नगर प्रमुख शाहीको निर्देशनमा शाखाले लाइसेन्स खोजी गर्न भने पनि अध्यापन अनुमतिपत्र नभएका अधिकांश शिक्षक शाहीनिकटकै रहेको स्थानीयको आरोप छ। अध्ययन अनुमतिपत्रविहीन शिक्षकबारे जानकारी हुने र केही तल्लो तहको अनुमतिपत्र राखेर माथिल्लो तहको तलबभत्ता खाइपाई आएको कुरा खुल्ने भएपछि शिक्षा शाखा र नगर प्रमुख शाहीको जोडबलमा शिक्षकको काज सरुवा गरिएको छ। काज सरुवा हुँदा अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई माध्यमिक तहमा तानेर पुरानो शिक्षा ऐन, २०२८ लाई देखाई गुपचुप गर्न सकिने योजनामा शिक्षा शाखा र नगर प्रमुख शाही रहेको बताइन्छ।

शिक्षा ऐन २०२८ मा दुर्गममा विज्ञान, गणित र अंग्र्रेजीको अध्यापन अनुमतिपत्र भएको शिक्षक नभेटिए व्यवस्थापन समितिको निर्णयअनुसार नभएकालाई पनि राख्न मिल्ने उल्लेख छ तर संशोधनपछि ऐनबाट त्यो व्यवस्था हटाइएको छ। नगर प्रमुख धर्मराज शाहीकी पत्नी चर्चना बम शाहीको समेत अध्यापन अनुमतिपत्र नरहेको पाइएको छ। उनी शाही कालाशिला मावि गोर्खाली गाउँको बाल विकास केन्द्रमा कार्यरत छिन्। नगरपालिकाले माध्यमिक तहमा आठ जना, निमावि तह कक्षा ६ देखि ८ सम्म १६ जना र आधारभूत तह १ देखि ५ सम्म २६ जना गरी जम्मा ५० जना शिक्षक नियुक्त गरेको छ। शिक्षा शाखाले संघबाट अनुदान प्राप्त शिक्षकको अनुमतिपत्र अनिवार्य भएको तर नगरपालिकाले राखेका शिक्षकको नभएको बताएको छ। रास्कोट नगरपालिकामा ३१ वटा सामुदायिक विद्यालय छन्। ४० वटा बालविकास केन्द्र छन्। 
अर्को समाचार
रास्कोटमा अप्टिकल फाईबर नेट जडान हुदै
०९ पौष २०७९
•
१ मिनेट पाठ
रास्कोटमा अप्टिकल फाईबर  नेट जडान हुदै
कालिकोटको रास्कोट नगरपालिकामा अबको केही दिनमा अप्टिकल फाइबर नेट जडान गर्ने भएको छ।  रास्कोट नगरपालिकामा इन्टरनेटको भरपर्दो बनाउनका लागि अप्टिकल फाइबर जडान  गर्न लागिएको हो।




रास्कोट नगरपालिकाको  आरसिपी बजारमा वर्ड लिंकले अप्टिकल फाइबर नेट सञ्चालनमा ल्याउन लागेको छ।

पछिल्लो समय फाइबर इन्टरनेट एकदमै लोकप्रिय हुँदै गएकको र अहिले फाइबर इन्टरनेटको माग बढ्दै गइरहेको अवस्थामा रास्कोट नगरपालिकालाई प्रबिधिमैत्री बनाउनका लागि भाइबर नेट जडान गर्न लागिएको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही (पोषण) ले जानकारी दिए।

‘अरु माध्यमभन्दा फाइबर इन्टरनेटबाट धेरै स्पिडको इन्टरनेट हासिल गर्न सकिन्छ वा यसमा धेरै द्रुत गतिमा डाटा ट्रान्सफर हुन्छ भनेर फाइबर नेट जडान गर्न लागिएको हो।’ उनले भने,‘अबको केही दिनमा रास्कोट नगरपालिका जडान हुने भएको छ।’

रास्कोट नगरपालिकालाई प्रबिधिमैत्री बनाउनका लागि फाइबर नेट जडान हुने, यसले विद्यालय, सरकारी कार्यालय र नीजि क्षेत्रलाई सेवा लिने प्रमुख शाहीले बताए।  

‘हामीले शिक्षा, स्वास्थ्य, रोजगार र अन्य क्षेत्रमा काम अगाडी बढाएको छौं।’ उनले भने,‘अहिलेको सूचना प्रबिधिको युगमा इन्टरनेट पनि अपरिहार्य जस्तै भएको छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस