हरवाचरवा मुसहर समुदायका बालबालिकाको शिक्षातर्फ आकर्षण बढ्दै
१५ असोज २०८०
•
४ मिनेट पाठ
हरवाचरवा मुसहर समुदायका बालबालिकाको शिक्षातर्फ आकर्षण बढ्दै
पढ्ने उमेर भए पनि सप्तरीको शम्भुनाथ नगरपालिका–७ भगवतपुरस्थित मुसहर बस्तीका ९ वर्षीय सतिश सदा विद्यालय जाँदैनथे।

उनी घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर समय बिताउँदथे। तर अहिले उनी  झोलामा कपी किताब बोकेर पढ्न विद्यालय जान थालेका छन्।  

सोही ठाउँका ११ वर्षीय अशोक सदाको पनि अहिले दिनचर्या फेरिएको छ। उनी पनि अहिले घर नजिकै रहेको बुद्धिलाल मुनर माध्यमिक विद्यालय अध्ययन गर्न थालेका छन्।  

यसरी सतिश र अशोक मात्र होइन, पछिल्लो समय अति पिछडिएको ती बस्तीका हरवाचरवा मुसहर समुदायका बालबालिकाको शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ। केही वर्षअघिसम्म अत्यन्त न्यून सङ्ख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकोमा पछिल्लो समय ती समुदायबाट विद्यालय जाने बालबालिकाको सङ्ख्या उत्साहजनक रुपमा बढ्दै गएको पाइएको छ।  

हरवाचरवा र मुसहर समुदायको उल्लेख्य बसोबास रहेको सप्तरीको शम्भुनाथ नगरपालिका–७ भगवतपुर, वडा नम्बर २ कनकपट्टी, वडा नम्बर ३ डङगराही र वडा नम्बर ५ स्थित मोहनपुरका मुसहर बालबालिका अचेल नियमित विद्यालय जान थालेका छन्।  

केही वर्षअघिसम्म ती समुदायका बालबालिका पढाइभन्दा खेलकुदमै दिन बिताउने गरेका थिए, तर गाउँमै निःशुल्क बाल कक्षा सञ्चालनमा आएपछि विस्तारै पढाइलेखाइप्रति आकर्षित हुन थालेका छन्। 
सो नगरपालिकाका हरवाचरवा परिवारका बालबालिकालाई लक्षित गरी श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको शैक्षिक अभियानअन्तर्गत निःशुल्क बाल ‘ट्युसन’ कक्षा सञ्चालन गरेपछि विद्यालय जाने दलित बालबालिकाको सङ्ख्या बढ्दै गएको हो।  

विगत तीन वर्षदेखि ती वडाबाट हरवाचरवा र मुसहर समुदायका विद्यालय जाने बालबालिकाको सङ्ख्या  १२ थियो, तर सो संस्थाले द फ्रिडम फन्डको सहयोगमा ‘सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तिकरण कार्यक्रम’ अन्तर्गत जनचेतना अभियान, अभिभावक भेला तथा निःशुल्क बाल कक्षा सञ्चालनमा ल्याएपछि अहिले विद्यालय जाने विद्यार्थीको सङ्ख्या तीन सयभन्दा बढी पुगेको हरवाचरवा शम्भुनाथ नगर बाल क्लबका अर्जुन सदाले जानकारी दिए।  

केही वर्षअघिसम्म ती समुदायका बालबालिका पढाइभन्दा खेलकुदमै दिन बिताउने गरेका थिए, तर गाउँमै निःशुल्क बाल कक्षा सञ्चालनमा आएपछि विस्तारै पढाइलेखाइप्रति आकर्षित हुन थालेका छन्।  अर्जुनले भने, ‘केही वर्षअघिसम्म विद्यालयमा हरवाचरवा मुसहर परिवारका बालबालिका न्यून सङ्ख्यामा मात्र भेट्थ्यो, अहिले विस्तारै विद्यालय जानेको सङ्ख्या बढ्न थालेको छ।’ हरवाहरवा परिवारमा शिक्षाको महत्व थाहा नभएर होला एक त हरवाचरवा परिवाका बालबालिका विद्यालय जान रुचाइरहेका थिएन, भने अभिभावक पनि विद्यार्थीलाई विद्यालय पठाउन चाहिरहेको थिएन, मोहनपुरका अरहुलिया सदाले भनिन्, ‘तर अहिले मुसहर परिवारको बालबालिका पनि विद्यालय जान थालेका छन् भने अभिभावमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ।’  

आफूलाई पढ्न रहर हुँदा हुँदै पनि बाल्यकालमै अभिभावकले विवाह गरिदिएको सम्झिँदै उनले थपिन्, ‘अहिले त्यस्तो अवस्था विस्तारै हट्दै गएको छ।’ हरवा हरवा मुसहर परिवारका अभिभावक पनि जिम्मेवार बन्दै गएको उनी सुनाउँछिन्।  

हरवाचरवा परिवारमा शिक्षाको अवस्था अत्यन्तै नाजुक देखिएपछि संस्थाले शम्भुनाथ नगरपालिकाको बिभिन्न वडामा सञ्चालन गरेको निःशुल्क बाल शिक्षा कार्यक्रममा अहिले हरवाचरवा र मुसहर समुदायका दुई सयभन्दा बढी हरवाचरवा बालबालिका नियमितरुपमा अध्ययन गर्नका लागि आउने गरेको श्रीपुर्राज सामुदायिक केन्द्रका कार्यक्रम संयोजक लालुप्रसाद रामले जानकारी दिए। तीमध्ये एक सय ५० जना बालबालिकालाई विभिन्न विद्यालयको पहुँचमा पुर्याइ सकिएको उनको भनाइ छ। विद्यालयमा भर्ना भएका बालबालिकालाई संस्थाको तर्फबाट शैक्षिक सामग्री र झोलासमेत निःशुल्क उपलब्ध गराएको छ।  

‘गरिबी र अभावबाट गुज्रिरहेका हरवाचरवा र मुसहर समुदायका अधिकांश बालबालिका विद्यालयको नाकमुख देख्न पाएका छैन’, उनले भने, ‘यस्तालाई आगामी शैक्षिक सत्रदेखि विद्यालयसँग जोड्न सक्दो पहल गरिरहेका छौँ।’  
विद्यालय बाहिर रहेका बालबालिकाका लागि हाल तीन जना दक्ष शिक्षिका र एक दर्जन स्वयंसेवक परिचालित गरेर नौ महिने बाल शिक्षा प्रदान गरिरहेको र क्रमिकरुपमा विद्यालय भर्ना गराउँदै लगिने जनाइएको छ।  

‘प्रारम्भिक बाल शिक्षाबाट राम्रो गर्दै गएका एक सय ५० जना हरवाचरवा परिवारका बालबालिकालाई अहिलेसम्म स्थानीय विद्यालयमा भर्ना गराई सकिएको छ’, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता विजली रामले भने, ‘बाँकी रहेकालाई पनि क्रमशः पायक पर्ने विद्यालयमा भर्ना गराउने तयारी छ।’  

‘गरिबी र अभावबाट गुज्रिरहेका हरवाचरवा र मुसहर समुदायका अधिकांश बालबालिका विद्यालयको नाकमुख देख्न पाएका छैन’, उनले भने, ‘यस्तालाई आगामी शैक्षिक सत्रदेखि विद्यालयसँग जोड्न सक्दो पहल गरिरहेका छौँ।’  

शैक्षिकरुपमा जर्जर रहेको हरवाचरवा र मुसहर समुदायका बालबालिकाको विद्यालय आउने क्रम बढेको भन्दै यस्तो अभियानलाई अझ निरन्तरता दिनुपर्ने शम्भुनाथ –३ स्थित बौकीदेवी दलित आधारभूत विद्यालयका प्रधानाध्यापक गोसाइ पासवानले बताउ्ए। रासस
अर्को समाचार
चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर
१२ पौष २०८०
•
१ मिनेट पाठ
चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर
चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका २ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ। मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोवास गर्छन्। उनीहरू दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ।

स्थानीय शान्ति मुसहरले भने, ‘जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरि खाने अन्न। जाडो छल्न घामको पार ताप्नुपरेको छ। ‘ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्याल। ‘घरमा ओड्ने–ओछ्याउने छैन्, पराल ओछ्याएर सुतेका छौँ, श्रीमान्ले काम पाएका छैनन्’, उनले भने, ‘यो चिसोमा बिहान–बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ।’ झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने शान्ति जस्तै यहाँ धेरै छन्।

स्थानीय जितनी माझी उमेरले ६५ वर्ष पुगिन्। अहिले काम नभएपछि अन्न र लत्ताकपडा किन्ने पैसा नभएको उनले बताइन्। ‘पेटभरि खान नपाएको छैन। जाडोमा केटाकेटीले छिनछिनमै खान खोज्छन्, तर खान दिने अन्न छैन’, उनले भनिन्, ‘मजदुरी  गर्न काम पाइएको छैन। कति दिन भई सक्यो एक छाक खान्छौ।’

देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले मुसहर बस्तीमा लत्ताकपडा र खाद्यान्न तत्काल व्यवस्था गर्ने जानकारी दिए। उनले भने, ‘केही लत्ताकपडा, खाद्यान्न नगरपालिकाको तर्फबाट तत्काल व्यवस्था गर्छौं। ती समुदायको आर्थिक स्तर माथि उठान नगरपालिकाले विभिन्न कार्यक्रम कार्यान्वयन समेत गर्ने छ।’ –रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस