‘बढुवाको सपना टायरको धुवाँसँगै खरानी भयो’
२३ असोज २०८०
•
४ मिनेट पाठ

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसका रूपमा रहेको जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. सुशील यादवले समाजशास्त्र पढाउँदै आएको ३० वर्ष भयो । उनी बढुवाका लागि अन्तर्वार्ता परीक्षा दिन राजधानी आउँछन् । जब परीक्षा दिने दिन नजिकिन्छ, विद्यार्थी संगठनले विश्वविद्यालयको सेवा आयोगमा तालबन्दी गरिहाल्छन् । अनि उनी विश्वविद्यालय सेवा आयोगको गेटमा पुगेर पुनः जनकपुरै फर्कन्छन् ।  

यसरी यादव बढुवा लिन नपाउँदै अवकाशको दोसाधमा छन् । उनको अवकाश हुने समय अब केही महिना मात्र बाँकी छ । उनी आफूले यस्ता विद्यार्थी जन्माएकोमा पछुतो गर्छन् । बिहीबार पनि उनी बढुवाका लागि अन्तर्वार्ता दिन राजधानी आए । शुक्रबार असोज १९ गते त्रिवि सेवा आयोगमा अन्तर्वार्ता थियो । यादव अन्तर्वार्ताका लागि तयारीका साथ राजधानी पुगे । ‘तर मेरो आश तब मर्यो जब त्रिवि सेवा आयोग पुग्दा सेवा आयोगमा तालाबन्दी थियो । विद्यार्थीले टायर बालेका थिए । धुवाँ उडिरहेको थियो । त्यही धुवाँसँगै मेरो प्राध्यापकमा बढुवा हुने आशा पनि खरानी भयो,’ जनकपुर फर्केका यादवले नागरिकसँग कुरा गर्दै भने, ‘केही महिनामा म अवकाश हुँदै छु । तीनपटक परीक्षाका लागि राजधानी गएँ र फर्कें । अब त मेरो समय खत्तम भयो ।’

६२ वर्षीय यादवले भने, ‘विश्वविद्यालयका हरेक शिक्षकको सपना प्राध्यापक बन्ने हुन्छ । तर, विश्वविद्यालयभित्र विद्यार्थी र शिक्षक नेताहरूको राजनीतिले प्राज्ञिक मर्यादा खत्तम पारिदियो । विद्यार्थीलाई दलका नेताले नै परिचालन गराएर आफ्नो स्वार्थ पूर्ति गराउन तालाबन्दी गर्न लगाउँदा रहेछन् ।’ 

सेवा आयोगले २०७८ सालमा सहप्राध्यापक र प्राध्यापक पदको बढुवाका लागि विज्ञापन खुलाएको भए पनि विज्ञान खुलेको दुई वर्षभित्र पनि अन्तर्वार्ता गर्न नसकेका कारण प्राध्यापकहरू मर्कामा परेको अर्का प्रतिस्पर्धी सहप्राध्यापक डा. युवराज लुइँटेल दुखेसो गर्छन् । उनले पनि त्रिविमा समाजशास्त्र पढाउँदै आएको ३० वर्ष भयो तर यस सेवा अवधिभित्र उनी उपप्राध्यापकबाट सहप्राध्यापकमा बढुवा भए, प्राध्यापक हुन पाएनन् ।

‘हाम्रा विश्वविद्यालयमा तीन वर्षमा तीन सय बढी दिन तालाबन्दी हुन्छ तर पदाधिकारीहरू ताला खुलाउन चासो दिनुहुन्न,’ समाजशास्त्र केन्द्रीय विभागका प्रमुखसमेत रहेको डा. लुइँटेलले विश्वविद्यालयको बेथिति सुनाए, ‘मैले पढाएका विद्यार्थी मसँग प्राध्यापकमा प्रतिस्पर्धी हुनुहुन्छ । अब सोच्नुस्, हामीलाई कति मानसिक पीडा होला ।’

समाजशास्त्रकै प्राध्यापक पदका अर्का प्रतिस्पर्धी टीकाराम गौतमले भने सेवा आयोग समयमा नखुलेकाले त्रिविका शिक्षकहरूको बढुवा समस्यामा परेको बताए । ‘कहिले सेवा आयोगको अध्यक्षको वर्षदिनसम्म पनि नियुक्ति हुँदैन भने नियुक्ति भए पनि समयमा परीक्षा नहुने भएकाले समस्या आएको हो,’ गौतमले भने, ‘हाल पनि समाजशास्त्रको अन्तर्वार्ता विद्यार्थीको तालाबन्दीकै कारण रोकिनु त्रिविका शिक्षकहरूमाथि अन्याय हुनु हो ।’ 

६६ महिनामा खुल्नु पर्ने सेवा आयोग वर्षौंसम्म पनि नखुलेका कारण त्रिविका शिक्षकहरूको बढुवा नहुँदै अवकाश हुने अवस्था आएको उनको गुनासो छ । राजनीतिक भागबन्डा नमिलेकै कारण त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति कार्य एक वर्ष १३ दिन ढिला भएको थियो । साउन ३१ गते सरकारले सेवा आयोगको अध्यक्ष एक वर्ष १३ दिनमा प्रा. घनश्याम भट्टराईलाई नियुक्त गर्यो ।  

अध्यक्ष भट्टराई कांग्रेस निकट मानिन्छन् । उनी नियुक्त भएको केही महिनामै विद्यार्थीले ताला लगाइदिए । ‘रोकिएको व्यवस्थापन संकायको बढुवा अन्तर्वार्ता अगाडि बढाउँदै थिएँ । नेवि संघका विद्यार्थीले बढुवा परीक्षा रोक्नुपर्यो भन्दै आए र ताला लगाएर मलाई कार्यालय प्रवेश नै निषेध गरिदिए,’ भट्टराईले भने, ‘सेवा आयोगको काम नै त्रिविले पठाएको दरबन्दीमा परीक्षा लिने र नतिजा प्रकाशन गर्ने हो ।

त्रिविको मुटु हो सेवा आयोग । तर यहीं विद्यार्थीले तालाबन्दी गरी काम ठप्न बनाउनु त्रिवि ठप्प बनाउनु हो ।’ परीक्षा अनियमित र अपारदर्शी भएको भन्दै नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिका सभापति विष्णु बडैलाको हस्ताक्षरसहितको विज्ञप्ति सेवा आयोगको कार्यालयमा टाँसिएको अध्यक्ष भट्टराईले बताए । विज्ञप्तिमा सेवा आयोगका अध्यक्ष भट्टराई र सदस्य प्राडा हेमराज ढकाललाई प्रवेश निषेध गरिएको र परीक्षासमेत रोक्नुपर्ने माग गर्दै तालाबन्दी गरिएको उल्लेख छ ।  

सत्तासीन दलनिकट नेवि संघको तालाबन्दीप्रति विरोध जनाउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, केन्द्रीय समितिका अध्यक्ष समिक ढकाल, त्रिवि स्ववियु सभापति श्यामराज ओझा र त्रिवि प्राध्यापक संघका अध्यक्ष प्राडा वसन्त ढकालले सेवा आयोगमा कुनै पनि संगठनले तालाबन्दी गर्नु गैरजिम्मेवारपन भएकाले तत्काल खोल्नुपर्ने माग गर्दै छुट्टाटुट्टै विज्ञप्ति जारी गरेका छन् ।

‘सेवा आयोगले सञ्चालन गरिरहेको अन्तर्वार्तालाई बिचैमा विद्यार्थीले रोक्नु गलत हो,’ त्रिवि प्राध्यापक संघका सभापति ढकालले भने, ‘परीक्षा कुर्दाकुर्दै कति शिक्षक अवकाश हुनुभयो भने कति अवकाश हुने क्रममा हुनुहुन्छ । आफ्नो जीवन त्रिवि सेवामा बिताउँदा पनि समय छँदै बढुवा नहुनु प्राज्ञिक क्षेत्रकै अपमान हो ।’  

नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति दुजाङ शेर्पाले त्रिविमा गरिएको नेविसंघको तालाबन्दी आधिकारिक नभएको स्पष्ट पारे । उनले नेविसंघको नाम दुरूपयोग गरी तालाबन्दी गर्नेलाई काराबाही गर्ने दाबी गरे । ‘विष्णु बडैला नेवि संघका आधिकारिक व्यक्ति होइनन्,’ सभापति शेर्पाले भने, ‘नेवि संघको नाममा उसले त्रिविमा आतंक मचाइरहेका छन् । उनी नसचिए हामी कारबाही गर्छौं ।’
अर्को समाचार

दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ

कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस