कार्बन डाइअक्साईड मापन गर्न विद्यालयमा डिभाईस
११ पौष २०८०
•
३ मिनेट पाठ
कार्बन डाइअक्साईड मापन गर्न विद्यालयमा डिभाईस
वायुमण्डलमा फैलिएको कार्बन डाईअक्साइडको अवस्था र वातावरण सम्बन्धि साक्षरता फैलाउने गरि पोखराको पश्चिमाञ्चल मावि र जापानको नागोया साङग्यो विश्वविद्यालयका पदाधिकारी सम्झौता गर्दै। तस्बिरः नागरिक
वातावरण सम्बन्धि सचेतना फैलाउँदै पोखराको वायुमण्डलमा रहेको कार्बन डाइअक्साईडको मापन गर्न जापान सरकारको सहयोगमा विद्यालयस्तरमा अध्ययन सुरु भएको छ। पोखरा, काठमाडौं, बुटवल लगायतका सहरका विभिन्न विद्यालयमार्फत ती ठाउँको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको मापन गर्ने र विद्यार्थीमार्फत सचेतना फैलाउने कार्यक्रम सुरु भएको हो।  




जापान सरकारको शिक्षा मन्त्रालयमार्फत त्यहाँको नागोया साङग्यो विश्वविद्यालयले नेपालका विभिन्न सहरको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको अवस्थबारे अध्ययन गर्न थालेको हो। त्यससँगै विद्यालयका विद्यार्थीमार्फत वातावरणसम्बन्धि साक्षरता फैलाउने काम पनि गरिने विश्वविद्यालयले बताएको छ।  

विद्यालयका विद्यार्थीमार्फत वातावरणसम्बन्धि साक्षरता फैलाउने र वायुमण्डलको कार्बन डाईअक्साइडको मापन गर्न सहकार्य गर्नेगरि ोखराको गैहपाटनस्थित पश्चिमाञ्चल मावि र जापानी विश्वविद्यालयबीच सम्झौता पनि भएको छ। नेपालमा भएको यो नै पहिलो सम्झौता पनि हो।

विश्वविद्यालयका तर्फबाट प्राध्यापक मासाकाजु इथो र पश्चिमाञ्चल माविका प्राचार्य सरोज कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। पोखरा क्षेत्रमा पश्चिमाञ्चल मावि मार्फत पोखराका विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रम र वायुमण्डलमा फैलिएको कार्बन डाईअक्साइडको मोनिटरिङ पनि गरिने प्राचार्य कोइरालाले बताए। नेपालमा पहिलोपटक विद्यालयस्तरमा गरिने यो अध्ययनले त्यस क्षेत्रको वायुमण्डलमा रहेको कार्बन डाईअक्साईडको अवस्था थाहा हुने उनले बताए।

जलवायु परिवर्तनको असर नेपालमा कत्तिको परेको छ र वायमण्डलमा रहेको कार्बन डाईअक्साइडको अवस्था कस्तो छ भन्ने बुझ्न पनि यो अध्ययनले सघाउने विश्वविद्यालयका प्राध्यापक इथोले बताए। ‘जलवायु परिवर्तनको असर नेपालमा कस्तो छ भन्ने बुझाउनका लागि यो सबैभन्दा सहज माध्यम हुनेछ,’ उनले भने, ‘जलवायु परिवर्तनको असर कर्म गर्नका लागि चाल्नुपर्ने कदमबारे विद्यार्थीलाई पनि सिकाइनेछ। यसले समूदायमा वातावरण सम्बन्धि साक्षरता पनि बढ्नेछ।’ पोखरामा पश्चिमाञ्चल मावि, अमरसिंह नमूना मावि र लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलमा यो अध्ययन गरिने उनले बताए। त्यसको अगुवाई पश्चिमाञ्चल माविले गर्नेछ।

अध्ययनका क्रममो बायुमण्डलको कार्बन डाईअक्साइड मापन गर्नेगरि विद्यालयमा डिभाइस पनि राखिनेछ। त्यो डिभाइसले १० किलोमिटर परिधिभित्रको बायुमण्डलको कार्बन डाईअक्साइडको मापन गर्ने उनले बताए। ‘बायुमण्डलमा रहेको कार्बन डाईअक्साइडबारे विद्यार्थीलाइ बेलाबेलामा जानकारी गराउन पाइनेछ। त्यसबाहेक बोट विरुवाको नजिक डिभाइस राख्दा आउने परिवर्तन पनि बुझाउन सकिनेछ,’ उनले भने, ‘विद्यालय परिसरमा बोटविरुवाको भूमिकाबारे पनि विद्यार्थीले बुझ्नेछन भने यसले उनीहरुमा वातावरण संरक्षण सम्बन्धि सचेतना पनि बढाउनेछ।’  

यसले पोखराको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको अवस्थाबारे पनि थाहा हुने उनले बताए । प्राध्यापक इथोका अनुसार जापान सरकारले यो कार्यक्रम नेपालबाहेक अन्य मूलुकका पनि लागु गरेको छ। यो कार्यक्रम जापनासँगै भियतनाम, ताइवान र इन्डोनेसियामा यसअघि नै लागु भएको छ। नेपालमा पोखरा, काठमाडौं, बुटवल र बर्दियाका विद्यालयमार्फत कार्यक्रम गरिनेछ। वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको परिवर्तनबारे पनि बुझाउन सकिने उनले बताए। नेपालका ठाउँठाउँमा गरिएको अध्ययनले भविश्यमा वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडबारे विश्वलाई बुझाउन सकिने पनि उनले बताए।  

पश्चिमाञ्चल माविका प्राचार्य कोइरालाले पछिल्लो समय जलवायु परिवर्तनको असरबारे बुझाउन आवश्यक रहेको बताए। ‘जलवायु परिवर्तनले पारेको असरबारे अहिले समुदायमस्तरमा खासै वास्ता छैन। बालबालिका मार्फत अभिभावकसामु सचेतना फैलाउन सके मात्र यो समस्यासँग जुध्न सकिन्छ,’ उनले भने, ‘यो अध्ययनले नेपाल सरकारलाई पनि सजग गराएर जलवायु परिवर्तनको असरबारे बुझाउनका लागि कार्यक्रम गर्न झक्झकाउनेछ।’  

पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथा ओझाले पछिल्लो समय जलवायु परिवर्तनको असरबारे समुदाय बेखबर रहेकोले बालबालिकामार्फत अभिभावकलाई सजग गराउनुपर्ने बताए। ‘जलवायु परिवर्तनको असर, वायुमण्डलमा फैलिएको कार्बन डाईअक्साइडको असर जनमानसमा परिसकेको छ। तर, समुदाय बेखबर छ। बेलैमा सचेत नहुने हो भने आगामि पुस्ताले जलवायुको असर अझै धेरै खेप्नुपर्ने हुन्छ,’ ओझाले भने, ‘त्यसैले यसबारेमा सचेत हुनुपरेको हो। विद्यालयका बालबालिका मार्फत फैलाएको साक्षरता अभियान बढी प्रभावकारी पनि हुनेछ।’
अर्को समाचार
पश्चिमाञ्चल माविलाई छात्रा भलिवल प्रतियोगिताको उपाधि
१० भदौ २०८१
•
२ मिनेट पाठ
पश्चिमाञ्चल माविलाई छात्रा भलिवल प्रतियोगिताको उपाधि
भलिवल प्रतियोगिताको उपाधि विजेता पश्चिमाञ्चल मावि। तस्बिरः नागरिक
पश्चिमाञ्चल माविले कास्की जिल्ला अन्तर मावि स्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। सोमबार भएको फाइनल खेलमा पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले पोखराकै न्यू ग्यालेक्सी माविलाई सोझो सेटमा पराजित गरेको हो। पश्चिमाञ्चलले २५–९, २५–१४ र २५–२२ को सेटमा न्यू ग्यालेक्सीलाई पराजित गर्दै उपाधि हात पारेको हो।




पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको प्रतियोगितामा उपाधि हात पारेसँगै पश्चिमाञ्चलले नगद ३० हजार रुपैयाँ सहित ट्रफी हात पार्यो। क्याम्पसले हरेक वर्ष आयोजना गर्ने प्रतियोगितामा पश्चिमाञ्चलले योसँगै लगातार तेश्रोपटक उपाधि हात पारेर ह्याट्रिक गरेको हो। उपविजेता बनेको न्यू ग्यालेक्सीले नगद २० हजार रुपैयाँ सहित ट्रफी हात पारेको छ।

प्रतियोगिताका संयोजक विनोद आचार्यका अनुसार तीनदिनसम्म चलेको प्रतियोगितामा कास्कीका निजी र सामुदायिक गरि २३ विद्यालयले भाग लिएका थिए। विद्यार्थीमा भएको खेल क्षमता प्रस्फुटन गराउनका लागि प्रतियोगिता आयोजना गरेको उनले बताए।  

विजयी विद्यालय तथा खेलाडीलाई क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचन, क्याम्पस प्रमुख शिशुकला पराजुली सहितले नगद, प्रमाणपत्र, मेडल तथा शिल्ड प्रदान गरेका थिए । खेलकुदमार्फत विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकास गर्न प्रोत्साहन गर्ने उद्देश्यले छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रमुख पराजुलीले बताईन।  

प्रतियोगितामा उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पनि पुरस्कृत गरिएको थियो। यो संस्करणको उत्कृष्ट स्पाइकरमा न्यू ग्यालेक्सीकी डुमी सारुमगर, उत्कृष्ट डिफेन्डरमा न्यू ग्यालेक्सीकै समीक्षा गर्बुजा भए । त्यस्तै उत्कृष्ट ब्लकरमा पश्चिमाञ्चलकी भावना छन्त्याल, उत्कृष्ट सर्भरमा पश्चिमाञ्चलकै रेखा पाइजा, उत्कृष्ट खेलाडीमा पश्चिमाञ्चलकी सजिना बुढाथोकी भईन। त्यस्तै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा पश्चिमाञ्चलका मलिन रोकामगर भए। 
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस