विद्यार्थीको फेरिँदै गन्तव्य, क्यानडा र अस्ट्रेलिया छोडेर किन जाँदैछन् युरोप?
२९ माघ २०८०
•
५ मिनेट पाठ
विद्यार्थीको फेरिँदै गन्तव्य, क्यानडा र अस्ट्रेलिया छोडेर किन जाँदैछन् युरोप?
फाइल तस्बिर
अध्ययनका लागि युरोप जाने क्रम पछिल्लो समय तीव्र गतिमा बढ्दै गरेको देखिन्छ। अमेरिका, क्यानडा र अस्ट्रेलियामा विदेशी विद्यार्थीका लागि नीति परिवर्तन हुँदा पनि पछिल्लो केही वर्षयता युरोपियन मुलुक आकर्षक गन्तव्य बनेका हुन्।  उमेर, सम्पत्ति विवरणको प्रमाणीकरण, जीपीए नम्बर, पढाइको ग्याप लगायत विषयमा युरोपका विश्वविद्यालयहरू केही लिबरल बन्ने भएकाले पनि नेपाली विद्यार्थीहरूका लागि युरोपियन देशहरू भरपर्दो गन्तव्य बन्न थालेका हुन्। पछिल्लो केही समययता भने क्यानडामा भिसा रिजेक्सन तथा अस्ट्रेलियामा सम्पत्ति विवरणको जटिल प्रक्रिया भइरहँदा युरोपका विश्वविद्यालयलाई नेपाली विद्यार्थीहरूले आफ्नो गन्तव्य बनाउँदै छन्।

कसरी जाने युरोप ?

ब्याचलर्स वा प्लस टुको पढाइ सम्पन्न गरिसकेपछि युरोपमा अध्ययनका लागि जान सकिन्छ।  कलेजमा एप्लाइ गरिरहँदा आईईएलटीएस भने गरिसक्नु पर्ने हुन्छ। नेपाली कलेजको पढाइ, आईईएलटीएसको स्कोर र कार्य अनुभवसहित आफूले पढ्न चाहेको कलेजमा एप्लाइ गर्न सकिन्छ। सम्बन्धित कलेजले सम्पूर्ण डकुमेन्ट रिभ्यु गरिसकेपछि अफर लेटर पठाउनेछ।

यसबिचमा कलेजमा शुल्क पठाउनुपर्ने हुन्छ। त्यसपछि भने अफर लेटरसहित काठमाडौँस्थित एम्बेसीमा भिसा एप्लाइ गर्नुपर्ने हुन्छ। तुलनात्मक रूपमा अध्ययनका लागि युरोपका कलेजमा ट्युसन फि तथा अन्य शुल्क सस्तो नै हुने गर्छ।

कतिपय देशमा त पढाइ निःशुल्क नै हुन्छ। युरोप गइसकेपछि विदेशी विद्यार्थीले हप्तामा २० घण्टासम्म काम गर्न सक्छन्। यसबाहेक अमेरिका, क्यानडा र अस्ट्रेलियाको तुलनामा युरोप बसाइ कम खर्चिलो मानिन्छ।
कतिपय देश र पढाइको प्रकृति अनुसार भने सम्बन्धित देशको भाषा जानेको खण्डमा आईईएलटीएस आवश्यक पर्दैन।  यसका अलावा सम्बन्धित देश र कलेजका मापदण्ड केही फरक हुन सक्छन्।  आधारभूत रूपमा युरोपका अधिकांश देशमा लगभग उस्तै प्रक्रिया हुन्छ।

कुन–कुन देशमा उपयुक्त?

डेनमार्क, नेदरल्यान्ड्स, स्विडेन, नर्वे, फिनल्यान्ड, जर्मनी लगायतका देश युरोपका समृद्ध मुलुकमा पर्छन्। ती देशका कलेजले पछिल्लो समय नेपाली विद्यार्थीलाई पनि सजिलै स्वागत गरिरहेका छन्। पढाइ र त्यसपछिको सेटलमेन्ट सहज प्रक्रिया हुँदा यी देशमा नेपाली विद्यार्थीहरू धेरै जान थालेका हुन्। साथै खर्च, उमेर, जीपीए पनि मध्यम हुने भएकाले यी देश नेपाली विद्यार्थीहरूको पहिलो रोजाइ हुन थालेका छन्। 

उदाहरणका लागि डेनमार्कको कुनै पनि कलेजले अफर लेटर पठाएको खण्डमा भिसा सम्भावना पक्का हुन्छ।  र डिपेन्डेन्टलाई सुरुमै विना खर्च लैजान सकिन्छ।   
युरोप नै किन?

विदेश पढ्न जानुअघि बारम्बार सोधिने र जान्न चाहने कुरा भनेको जिपिए एक्सेप्टेन्स, आईईएलटीएस एक्सेप्टेन्स, खर्च,  उमेर, पढाइको ग्याप र डिपेन्डेन्ट नै प्रमुख हुन्।  तर यी सबै कुरामा अमेरिका, क्यानडा र अस्ट्रेलियाको तुलनामा  युरोप धेरै उदार रहँदै आएको छ। नेपालको कलेजमा तपाईँको रिजल्ट मध्यम छ र उमेर बढी भइसकेको छ वा फेल हुँदै पढाइमा ग्याप देखिएको छ भने पनि युरोपका कलेजहरूले कडा रूपमा त्यसैलाई नै रिजेक्सनको कारण बनाउँदैनन्। अर्थात् यस्तो अवस्थामा पनि तपाईँले भर्ना पाउन सक्ने सम्भावना हुन्छ।

जबकि अमेरिका, अस्ट्रेलिया र क्यानडामा तपाईँले ४० लाखभन्दा धेरै सम्पत्ति विवरणको कर बुझाएको हुनुपर्ने, फेल भएको हुन नहुने, ३० वर्ष नाघेको हुन नहुने, रिजल्ट राम्रो हुनुपर्ने जस्ता कुरालाई महत्वका साथ हेरिन्छ। क्यानडाको हकमा त पछिल्लो केही महिनायता ठुलो सङ्ख्यामा विद्यार्थीहरूले कलेजमा भर्ना गरिसक्दा पनि एम्बेसीले भिसा नदिएका उदाहरण थुप्रै छन्।

यस्तै युरोपका डेनमार्कसहितका कतिपय देशमा त सम्पत्ति विवरणको डकुमेन्ट नै देखाउन नपर्ने प्रावधान पनि छ। यसले गर्दा पनि मध्यम आय भएका नेपाली विद्यार्थीहरू आम्दानीको स्रोत देखाउने झन्झटबाट मुक्त हुन्छन्।
यस्तै  पढाइपछिको सेटलमेन्टका दृष्टिले पनि युरोप सहज मानिन्छ। तपाईँले पढाइ सकेपछि उक्त देशमा कम्तीमा एक वर्ष स्वतन्त्र रूपमा काम  गर्न  पाउनुहुन्छ।  त्यसबिचमा  स्थायी बसोबासका लागि आवेदन दिन सक्नुहुनेछ।  र  यो सुविधा युरोपको कुनै एक देश मात्र नभएर सबै २७ वटै देशमा जहाँ पनि गएर सेटल हुन सकिन्छ।

खर्चको रूपमा पनि सस्तो।  काम पाउन सहज। शान्त सहरहरू। हिंसात्मक गतिविधिहरू देख्नु नपर्ने।  उच्च मानवअधिकारको उपभोग लगायत सुविधाले नै युरोपलाई आकर्षक गन्तव्य बनाउँदै छन्।

युरोप आफैँमा विविधताले भरिएको ठाउँ हो। मुलुक अनुसार फरक–फरक भाषा र संस्कृति छन्। त्यसैले युरोपका धेरैजसो देशमा अङ्ग्रेजी मातृ भाषा छैनन्। कतिपय विश्वविद्यालयले स्नातकोत्तर पढ्ने विद्यार्थीलाई नेपालमा अङ्ग्रेजी माध्यममा पढेको प्रमाण पेस गरेकै आधारमा भर्ना दिन्छन्। 

धेरैजसोमा भने अङ्ग्रेजी परीक्षण आइईएलटिएस वा पिटिएमा तोकिएको न्यूनतम अङ्क ल्याएको प्रमाण पेस गरेपछि मात्र आवेदन गर्न सकिन्छ।
क्यानडा, युके, अमेरिका वा अस्ट्रेलियामा जस्तो अध्ययन सकिएपछिको ग्याप (अन्तराल) ले युरोप अध्ययन गर्न जाँदा खासै फरक पर्दैन। अझ आफ्नो कामको अनुभव पेस गर्दा विश्वविद्यालयबाट अफर लेटर आउने सम्भावना रहन्छ।

युरोपका इटली, जर्मनी लगायतका पब्लिक युनिभर्सिटीमा भर्ना पाएमा विद्यार्थीले ट्युसन फि नै तिर्नु पर्दैन। केही समय अघिसम्म नर्वे, फिनल्यान्ड लगायतका मुलुकमा पनि यस्तै सुविधा थियो। तर नर्वेमा अचेल फ्रि एजुकेसनको व्यवस्था छैन। 

युरोपियन मुलुकहरूका शैक्षिक संस्थालाई व्यापार भन्दा पनि ज्ञानको केन्द्रको रूपमा कायम राख्न त्यहाँका सरकारहरूले विभिन्न नीति अवलम्बन गरेका हुन्छन्। यसर्थ जेहेन्दार नेपाली विद्यार्थीलाई कम खर्चमै अध्ययन गर्न युरोपमा प्रशस्त विकल्प छन्।

(लेखक विगत २ दशकदेखि शैक्षिक परामर्शदाताको रूपमा सक्रिय छन्। साथै उनी आउट स्टडी अब्रोड स्टडीका प्रबन्ध निर्देशक पनि हुन्।)
अर्को समाचार
आईसीसी टी-२० विश्वकप क्रिकेटः अमेरिकाविरुद्ध पाकिस्तानले १५९ रन बनायो
२४ जेष्ठ २०८१
•
१ मिनेट पाठ
आईसीसी टी-२० विश्वकप क्रिकेटः अमेरिकाविरुद्ध पाकिस्तानले १५९ रन बनायो
आइसिसी टी२० विश्वकप क्रिकेटमाविश्वकप क्रिकेटमा अमेरिका अमेरिका विरुद्ध पाकिस्तानले १५९  रन बनाएको छ।  

टस हारेर पहिला व्याटिङ  गरेको पाकिस्तानले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको हो।

पाकिस्तानका लागि कप्तान बाबर आजम ४४ तथा सादाब खानले ४० रन बनाए। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस