जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा परीक्षा दिंदै
१७ चैत्र २०८०
•
२ मिनेट पाठ
जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा परीक्षा दिंदै
देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ। चालिस जना परीक्षार्थी मात्र रहेकाले उक्त परीक्षा केन्द्रमा सबैलाई एउटै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गरिएको छ।




यहीँ चैत १५ गतेदेखि सुरु भएको परीक्षामा हालसम्म अङ्ग्रेजी र नेपाली विषयका परीक्षा सकिएका छन्। बाँकी विषयका परीक्षा पनि सोही कोठाबाटै सञ्चालन गरिने जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाइँले जानकारी दिए। विगतका वर्षभन्दा फरक ढङ्गले यस वर्षको एसइई सञ्चालन गरिएको उनको भनाइ छ।

चपाइँका अनुसार उक्त परीक्षा केन्द्रबाट ४२ वर्षीया आमा राधा थापा क्षेत्री र १६ वर्षीय छोरा जयराम थापा क्षेत्रीले सँगै परीक्षा दिइरहेका छन्। ‘अहिलेसम्मका परीक्षा शान्तिपूर्ण,मर्यादित र भयरहित वातावरणमा भएका छन्’,उनले भने,‘अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी आउनुभएको थियो। हामीले पालैपालो अनुगमन गर्ने गरेका छौँ। यसले विद्यार्थीमा त्रासको वातावरण पैदा गरेको छैन।’

४० परीक्षार्थीमध्ये एक जना अनुपस्थित भएकाले अहिले ३९ जना परीक्षामा सहभागी भएका चपाइँले बताए। उनका अनुसार परीक्षा केन्द्र परिसरको सुरक्षाका लागि नेपाल प्रहरीका सात र सशस्त्र प्रहरी बलका सात गरी १४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

उक्त परीक्षा केन्द्रमा २३ छात्रा र १७ छात्र गरी कूल ४० विद्यार्थीले एसइईमा सहभागिता जनाउने गरी फाराम भरेकामा खुलातर्फका एक जना अनुपस्थित भएपछि ३९ परीक्षार्थीले परीक्षा दिइरहेका केन्द्राध्यक्ष श्यामकृष्ण पन्तले जानकारी दिए।

उनका अनुसार प्रकाशज्योति माविबाट १९,लोकप्रिय माविबाट १७, अन्नपूर्ण माविबाट एक र लोकप्रिय माविबाट (खुला) दुई गरी ३९ जना सहभागी भएका छन्।

लोकप्रिय माविमा परीक्षा केन्द्र कायम गरिकामा आवासीय विद्यालय भएकाले होहल्ला हुने तथा नजिकै पहिरो गएकाले समस्या हुनसक्ने भएपछि बालमन्दिर प्राविको हलमा परीक्षा सञ्चालन गरिएको पन्तले बताए।

उनका अनुसार मनाङमा एउटै परीक्षा केन्द्र र एउटै परीक्षा हल कायम भएको छ। मर्यादित ढङ्गबाट परीक्षा सञ्चालन भएको जानकारी दिँदै उनले यस वर्षदेखि एसइई दिने विद्यालयका कोहीलाई पनि निरीक्षक तथा केन्द्राध्यक्ष नराखिएको बताएका छन्।

‘विगतका वर्षमा जुन परीक्षा केन्द्र हुन्थ्यो, त्यही विद्यालयका प्रधानाध्यापक केन्द्राध्यक्ष हुने र अन्य शिक्षक निरीक्षक बन्ने गरिएको थियो। यस वर्षदेखि उक्त व्यवस्थामा परिवर्तन गरेका छौँ’,केन्द्राध्यक्ष पन्तले भने,थोरै विद्यार्थी भएकाले दुई जना निरीक्षक राखेर परीक्षा सञ्चालन गरिरहेका छौँ।’

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछाने र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चपाइँले अनुगमन गर्दै आएका छन्। परीक्षा हलमा तस्बीर खिच्न निषेध गरिएको छ।
अर्को समाचार
पोखराको मदरल्याण्ड माविका ११ जनाको ४ जिपिए
१३ असार २०८२
•
२ मिनेट पाठ
पोखराको मदरल्याण्ड माविका ११ जनाको ४ जिपिए
पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका ११ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा ४ जिपिए ल्याएका छन्। एसइईको नतिजा शुक्रबार बेलुकी प्रकाशित भएको थियो। मदरल्याण्डको यो नतिजा गण्डकी प्रदेशमै उत्कृष्ट रहेको विद्यालयको भनाई छ। अघिल्लो वर्ष मदरल्याण्डका १० जना विद्यार्थीले एसइईमा ४ जिपिए ल्याएका थिए।  




विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार यो वर्ष मदरल्याण्डबाट १६६ जना विद्यार्थीले एसइई दिएका थिए। ती मध्ये ११ जनाको जिपिए ४ आएको छ। बरालका अनुसार अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, ऋतिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल, र शास्वत रेग्मीले ४ जिपिए ल्याएका हुन्।  

बरालका अनुसार मदरल्याण्डका १८ जनाले ३.९६ जिपिए ल्याएका छन। ३.६ भन्दा माथी जिपिए ल्याउने विद्यार्थीको संख्या १३७ रहेको उनले बताए। ‘पोहोर १० जनाले जिपिए ४ ल्याएका थिए। पोहोर भन्दा पनि यो वर्ष झनै राम्रो नतिजा आएको छ,’ प्राचार्य बरालले भने, ‘सबैको मेहनतले नै यो सफलता हात परेको हो।’  

नतिजा उत्कृष्ट बनाउन विद्यालयले लामो समयदेखि मेहनत गरिरहेको उनले बताए। ‘उत्कृष्ट शैक्षिक नतिजाको पहिचानलाई निरन्तरता मात्र होइन अझ बढि मजबुद बनाउन आगामि दिनमा पनि यत्तिकै प्रयास गर्नका लागि हामीलाई प्रेरणा मिलेको छ,’ बरालले भने।  

विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले सबैको मेहनतले यो सफलता हात परेको बताए। ‘मदरल्याण्डको नतिजाले गण्डकी प्रदेशको शैक्षिक गुणस्तरको पहिचान अझै फराकिलो बनाएको छ,’ उनले भने, ‘गर्व गर्न लायक परिणाम ल्याउन सफल भएका छौं। आगामि वर्ष पनि यस्तै सफलता हात पार्न हामीलाई हौसला मिलेको छ।’ विद्यालयका अनुसार अहिले ४ जिपिए ल्याएका ११ जनामध्ये ८ जनाले कक्षा ८ को बिएलइ परीक्षामा पनि ४ जिपिए ल्याएर पोखरा महानगरबाट पुरस्कृत भएका थिए। त्यसबाहेक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डले लिने १२ कक्षाको परीक्षाको नतिजामा समेत मदरल्याण्डले नै अघिल्ला वर्ष नेपाल टप गरेको थियो।

‘विद्यालयको गर्विलो शैक्षिक इतिहासलाई अझ सशक्त बनाउन विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको छ। अभिभावकको पनि यसमा भूमिका रहन्छ,’ उनले भने, ‘यसपटक मदरल्याण्डले शैक्षिक क्षेत्रमा इतिहास बनाएको छ।’  
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस