कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमको प्रयोग गर्न आग्रह गरेको छ।
टेलिकमले आज सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानोठिमीले प्रकाशित गर्ने कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत् हेर्न सकिने बताएको हो।
टेलिकमका अनुसार आईभीआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०१ डायल गरी नतिजा प्राप्त गर्न सकिने छ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा प्रकाशनार्थ उत्तरपुस्तिका सम्परीक्षकले 'रेन्डम' उत्तरपुस्तिका परीक्षण गर्दा अत्यधिक त्रुटि हुने गरेको तथ्य फेला परेको छ। यो राष्ट्रिय परीक्षा बोर्डको अनुसन्धानले देखाएको हो।
विगतमा एसईई नतिजामा सम्परीक्षकहरूले २० प्रतिशत मात्र उत्तरपुस्तिका सम्परीक्षण गरी त्यसकै आधारमा अन्य उत्तरपुस्तिको पनि सम्परीक्षण भएको मान्ने विधिले धेरै विद्यार्थीहरू मर्कामा परेको देखिएपछि यस वर्ष बोर्डले सम्परीक्षण विधिमा परिमार्जन गरेको कक्षा १० का परीक्षा नियन्त्रक गणेश भट्टराईले बताए।
गत वर्षको नतिजामा पनि 'ए प्लस' ल्याउने धेरै विद्यार्थीहरू फेल भएको नतिजा प्रकाशन भएको थियो। यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक तनाव देखिएको थियो।
‘यसकारण अब कोही पनि विद्यार्थीले अनावश्यक मानसिक तनाव खेप्न नपरोस् भन्ने उद्देश्यले यस पटक बोर्डले सम्परीक्षकलाई सबै उत्तरपुस्तिकाका सबै पानाहरू पल्टाएर सम्परीक्षण गर्न निर्देशन दिएको छ। उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गर्न अभिमुखीकरण पनि गरियो,’ नियन्त्रक भट्टराईले नागरिकसँग भने।
उनका अनुसार गत वर्षसम्म एसईईको उत्तरपुस्तिका परीक्षण भएपछि सम्परीक्षण गर्दा २० प्रतिशत मात्र हेर्ने व्यवस्था थियो। 'यसले नै धेरै त्रुटि देखियो। यसकारण यस वर्षको नतिजालाई त्रुटिरहित बनाउन सम्परीक्षणमा पनि जोड दिएको छ। बोर्डले सबै उत्तरपुस्तिका पल्टाएर पाना-पाना हेर्नुपर्ने निर्देशन दिएको छ,' उनले भने।
नियन्त्रक भट्टराईले हाल देशभर ५० वटा केन्द्रहरूमा उत्तरपुस्तिका परीक्षणको कार्य सुरु भएको बताए। यसपटक कूल ५ लाख १७ हजार विद्यार्थीले एसईई परीक्षा दिएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...