सकसमा संस्कृत विश्वविद्यालय
०६ भदौ २०८१
•
४ मिनेट पाठ
सकसमा संस्कृत विश्वविद्यालय
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादवप्रकाश लामिछानेले रजिस्ट्रार प्राध्यापक माधव अधिकारीलाई आर्थिक अनियमितताको आरोपमा गरेको निलम्बनको आधार पुष्टि गर्न नसक्दा राजीनामा दिनुपरेको छ।




उपकुलपति लामिछानेले कार्यकाल सकिन एक महिना १० दिन बाँकी हुँदै स्वास्थ्य समस्या देखाएर राजीनामा दिए पनि भित्री कारण कारबाहीको आधार पुष्टि गर्न नसक्नु रहेको स्रोतले बताएको छ। उनलै स्वास्थ्यका कारण विश्वविद्यालय चलाउन नसक्ने भन्दै उपकुलपतिसमक्ष राजीनामा दिएका हुन्।

उनले साउन १ गतेदेखि लागु हुनेगरी दिएको राजीनामा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हालै स्वीकृत गरेका छन्। उपकुलपति लामिछानेले रजिस्ट्रार अधिकारीलाई निलम्बन गरी आफूखुसी कर्मचारी बढुवा र करारमा कर्मचारी भर्ना गरेको आरोप विद्यार्थी र प्राध्यापकले लगाएका छन्। यसले विश्वविद्यालयभित्रको कलह सतहमा आएको छ। लामिछानेले आफुले उपकुलपतिको हैसियतमा राजिस्ट्रारलाई कारबाही स्वरूप निलम्बन गरेको भए पनि कुलपति एवं प्रधानमन्त्री ओलीको निर्देशनमा निलम्बन फुकुवा गरेको बताए।

उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्ष तिनैजना एमालेनिकट भए पनि आपसी खटपटले विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक र प्रशासनिक वातावरण खल्बलिएको प्राध्यापक र विद्यार्थी बताउँछन्।

लामिछानेले एकातिर आफ्नो स्वास्थ्य अवस्था कमजोर बन्दै गएको र अर्कोतिर विश्वविद्यालयमा समस्या थपिँदै जाँदा कामै गर्ने अवस्था नभएकाले राजीनामा दिनु नै उपयुक्त ठानेको बताए ।

‘मैले रजिस्ट्रारलाई आर्थिक अनियमितताको आरोपमा पदबाट निलम्बन गरेको हुँ,’ लामिछानेले भने, ‘तर देखिनेगरी उहाँले आर्थिक अनियमितता गरेको पुष्टि भएन । अरू प्रमाण फेला परेकाले उहाँ कारबाहीको भागिदार हुनुभएको हो।’

उनले अगाडि थपे, ‘विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीज्यूले विश्वविद्यालयभित्र रजिष्ट्रारलाई काम गर्ने वातावरण बनाइदिनुपर्‍यो भन्नुभयो । मैले प्रधानमन्त्रीको सम्मान गरे। कारबाही फुकुवा गरिदिएँ।’ उनले विश्वविद्यालयभित्रको राजनीतिक दबाबका कारण काम गर्ने वातावरण नभएको पनि बताए । उनले भने, ‘मैले निकै सद्भाव र सौहार्दपूर्ण वातावरणमै कुलपति एवं प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको हुँ।’

विश्वविद्यालय संकटमै भएको अवस्थामा बीचैमा छाडेर उपकुलपति लामिछाने भागेको आरोप प्राध्यापकहरूको छ। उपकुलपति लामिछाने, रजिष्ट्रार अधिकारी र शिक्षाध्यक्ष प्राध्यापक भीम खतिवडा एमाले निकट भए पनि आपसी बेमेलले विश्वविद्यालय संकटमा परेको प्राध्यापकहरू बताउँछन्।

पदाधिकारी प्राज्ञिक उन्नयनभन्दा पनि आफू र दल निकट कार्यकर्ता भर्तीमै केन्द्रित भएकाले विश्वविद्यालयमा चुनौती थपिएको नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका केन्द्रीय महासचिव डा. नारायणप्रसाद बरालले बताए।

रजिष्ट्रारलाई विभिन्न निहुँमा निलम्बन गर्ने, राजनीतिक दबाबमा फेरि निलम्बन फुकुवा गर्ने, आफूखुसी करारमा कर्मचारी भर्ती, आफूनिकट कर्मचारीलाई कायममुकायम र बढुवा दिने उपकुलपतिका कदमले विश्वविद्यालयभित्र मतभेद बढाएको बरालको ठहर छ। पदाधिकारीका गलत कामको विरोधमा विद्यार्थी, शिक्षक तथा कर्मचारी उभिएका छन्। विद्यार्थी संगठनहरूले विभिन्न माग राखेर विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तलाबन्दी गरेका छन्।

विद्यार्थी संगठन कसैले करार सेवाका कर्मचारीलाई निरन्तरता दिन र कसैले पदाधिकारीले गरेका गलत नियुक्ति, बढुवाविरुद्ध ताला लगाएका हुन्। असार २९ गतेदेखिको तलाबन्दीका कारण विश्वविद्यालयको आर्थिक, प्रशासनिक र प्राज्ञिक कार्य ठप्प छ। विश्वविद्यालयका प्राध्यापक संघले पदाधिकारीको गलत रबैयाको विरोध गर्दै आएको बराल बताउँछन्। उनले विश्वविद्यालय दलका कार्यकर्ता भर्ती केन्द्र बनेको पनि बताए।

‘उपकुलपति लामिछानेको चारवर्षे कार्यकाल असोज १० र रजिष्ट्रार अधिकारीको कात्तिकका सकिँदै छ। बरालले भने, ‘उपकुलपतिले के आधारमा राजिष्ट्रार अधिकारीलाई कारबाही गर्नुभयो र के आधारमा फुकुवा गर्नु भयो ? यो नै प्रष्ट नगरी राजीनामा दिएर उहाँ भाग्नुभएको छ। यसले विभिन्न आशंकमा जन्माएको छ।’

पदाधिकारीहरू प्राज्ञिक र प्रशासनिक कार्यभन्दा पनि केही व्यक्तिको स्वार्थपूर्तिमा लागेकाले विश्वविद्यालय संकटमा परेको उनको बुझाइ छ।

‘उपकुलपति आफैंले कारबाही गरेका रजिष्ट्रारलाई कुन आधारमा फुकुवा गर्नुभयो । हामी प्राध्यापकलाई स्पष्ट जवाफ दिनुपर्छ,’ बरालले भने, ‘उपकुलपतिले यसको आधार पुष्टि नगरेसम्म विश्वविद्यालयका प्राध्यापक चुप लागेर बस्दैनन्।’ उनले प्राध्यापक संघले विश्वविद्यालयका पदाधिकारीले गरेका कामकारबाहीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको बताए।

साउन १६ गतेदेखि लागु हुनेगरि निलम्बन फुकुवा गरिएका रजिष्ट्रार अधिकारीले आफूण्ले नगरेको गल्तीको सजाय पाउँदा सामाजिक, प्राज्ञिक प्रतिष्ठामा आँच पुगेको र मानसिक रूपमा पनि तनाब भएको बताए । उनले आफू निर्दोष भएकाले निलम्बनको निर्णय खारेज नभएसम्म पुनः पदमा नफर्किने स्पष्ट पारे।  
अर्को समाचार
कार्तिक कृष्ण त्रयोदशी : मनाइयो धनवन्तरी जयन्ती
१४ कार्तिक २०८१
•
२ मिनेट पाठ
कार्तिक कृष्ण त्रयोदशी : मनाइयो धनवन्तरी जयन्ती
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती बुधकार पूजा आराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।




वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती मनाइएको हो। आयुर्वेदका चिकित्सक एवं यस क्षेत्रमा लागेकाले आज बिहानै भगवान् धनवन्तरीको विधिपूर्वक पूजा, आराधना गरेका थिए। धनवन्तरीलाई भगवान् विष्णुको अवतारका रुपमासमेत मानिन्छ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन्। काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो। त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रुपमा सञ्चालनमा थियो।

आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा वि सं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको हो। हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधीको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ। आयुर्वेद चार वेदमध्येको अथर्ववेदको उपवेद हो।

धन्वन्तरी जयन्तीका अवसरमा आज आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड।, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरुमा समेत विविध कार्यक्रम गरी मनाइएको छ।  

कोरोना र डेङ्गुबाट बच्न जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि बढी प्रभावकारी भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ। कोरोनाकालपछि आयुर्वेदका औषधिको बिक्री चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिको अभिलेख छ। आयुर्वेदिक औषधिको बिक्री चार गुणासम्म बढिरहेका बेला सिंहदरबार वैद्यखानाको उत्पादन भने घटेको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस