विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री
१३ भदौ २०८१
•
३ मिनेट पाठ
विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री
जुम्लाको चन्दननाथ नगरपालिका- १ मालिका आधारभूत आचार्यबाडामा तीन कक्षामा अध्ययनरत नबिना कुलाल औपचारिक कार्यक्रम चल्दै गर्दा कालो झोला बोकेर मुस्कुराउँछिन्। त्यसपछि झोलाभित्र रहेका शैक्षिक सामग्री (कलम, काफी,स्कुल ड्रेस,जुता र मोजा) खोतल्छिन्। अन्तमा मास्क लगाएर हिँड्न खोज्दा पुनः रोकिन्छिन्।




नाबालकले गरेको गतिबिधिले सबैको ध्यान केन्द्रित गर्छ।गतिबिधि नियालिरहेकी अभिभावक (आमा) बाँचा कुलालले आकर्षक झोलाभित्र रहेको शैक्षिक सामग्री पाउँदा नबिना फुरुङ्ग भएको सुनाउँछिन्। यता उक्त विद्यालयकी कक्षा- ४ मा पढ्ने कृति कामीको अनुहारमा पनि उज्यालो थियौ। उनले भनिन्  ‘यसले मलाई ठुलो राहत पुगेको छ।’ ग्रामीण भेगमा शैक्षिक सामग्रीविहीन विद्यालय पुगेका बालबालिका झोला,कलम, काफी,स्कुल ड्रेस,जुता र मोजा लगायतका शैक्षिक सामग्री पाउँदा विद्यार्थीहरुको मुहारमा चमत्कार देखिन्थ्यो।

सोसेक नेपाल जुम्ला अन्तर्गतको बिहानी परियोजना कार्यक्रममार्फत विभिन्न ५ वटा विद्यालयका २६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको फिल्ड अधिकृत गौरी भण्डारीले बताइन्। ५९ हजार ९८ रुपैयाँ बराबरको शैक्षिक सामाग्री दिइएको छ। कार्यक्रम लागु भएको विद्यालयका विद्यार्थी वितरण गरिएको उनले बताइन्। जुम्लाको चन्दननाथ नगरपालिका उप-प्रमुख रामदेवी खड्काको उपस्थिति रहेको थियो।

चन्दननाथ मावि,मालिका आधारभूत आचार्यबाडा, शम्भुनाथ ज्ञानकुञ्ज मावि श्रीढुस्का र भैरब माबि धुपीढुस्काका अध्ययनरत विद्यार्थी हुन्। चन्दननाथ माबिका १२,मालिका आधारभूत आचार्यबाडाका ४,शम्भुनाथ ज्ञानकुञ्ज मावि श्रीढुस्का ५,र भैरब माबि धुपीढुस्काका ५ जना विद्यार्थी लाभान्वित भएको उनी बताउँछिन्। सोसेक नेपाल अन्तर्गतको बिहानी परियोजनाले जुम्लामा एक मात्रै चन्दननाथ नगरपालिका भित्रका ६ वडाका ५ वटा विद्यालयमा कार्यक्रम गरिरहेको छ। बुवा आमा नभएका असाहय,विपन्न,दलित र अपांग विद्यार्थीलाई वितरण गरिएको थियो। ‘गरिब विद्यार्थी कपडा, शैक्षिक सामाग्रीका कारण स्कुल पढ्नबाट वञ्चित हुन नपरोस्, बीचमै पढाई छाड्ने समस्या नहोस भनेर सामग्री उपलब्ध गराएका छौं’ भण्डारीले भनिन्।

उनका अनुसार, ‘ सबैलाई स्कुल गएर पढने वातावरण बनाइदिएका छौं।’ विद्यार्थीलाई स्कुलले छनोट गरेका आधारमा शैक्षिक सामाग्री वितरण गरेको उनले बताइन्। यसरी ड्रेस र शैक्षिक सामाग्री पाएपछि सबै विद्यार्थीमा खुसीयाली चन्दननाथ माबि कक्षा- ६ मा अध्ययनरत छात्रा दिया सुनारले बताइन्। ड्रेस सिलाउने नगद प्रति विद्यार्थीलाई ४ सय २५ रुपैयाँ पनि दिइएको छ। प्रति विद्यार्थी दुई हजार २ सय ७३ रुपैयाँ बराबरको शैक्षिक सामग्री पाएका छन्। उप- प्रमुख रामदेवी खड्काले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्रीले पढ्ने बानीको विकास संगै सुधार आउने बताइन्।

शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सजिलो हुनेछ। सामाजिक उत्तरदायित्व जस्ता यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनी बताउँछिन्। कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज भएको चन्दननाथ माबिका शिक्षक बलराज आचार्यले बताए। शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु नियमित विद्यालय आउने उनकाे भनाइ छ।
अर्को समाचार
मेयर हमालले १० लाखको शैक्षिक सामग्री विपन्न विद्यार्थीलाई वितरण गर्ने
२२ वैशाख २०८०
•
२ मिनेट पाठ
मेयर हमालले १० लाखको शैक्षिक सामग्री विपन्न विद्यार्थीलाई वितरण गर्ने
फाईल तस्बिर
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागी आफ्नो पारिश्रमिक रकमबाट बिपन्न विद्यार्थीलाई १० लाख बराबरको शैक्षिक सामग्री दिने घोषणा गरेका छन। कक्षा ८ को परीक्षामा धनगढी उपमहानगरपालिकाका १७ सामुदायिक विद्यालयको नतिजा शून्य आएको थियो। उक्त १७ सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्ने बिषयमा शुक्रवार प्रधानाध्यापक, शिक्षक विद्यालय व्यवस्थापनका अध्यक्षहरू सँग छलफल गरिएको थियो।




छलफलमा सामुदायिक विद्यालयमा प्रायजसो सबै विद्यार्थी आर्थिक अवस्था कमजोर भएका परिवारका रहेकोले शैक्षिक सामग्रीको अभावका कारण समस्या भएको कुरा उठ्यो। विपन्न विद्यार्थीलाई कापी, पुस्तक लगायतका शैक्षिक सामग्रीको अभाव हुदाँ पठनपाठनको समस्या हुने गरेको  र शैक्षिक स्तर सुधार गर्न चुनौती भएको कुरा सुनेपछि कार्यक्रममा सहभागी मेयर हमालले आफूले उपमहानगरपालिका बाट पाउने एक वर्षको पारिश्रमिक र त्यसमा थप गरेर १० लाख बरावरको शैक्षिक सामग्री विद्यालयलाई दिने घोषणा गरेका हुन।

बिद्यार्थीहरुले शैक्षिक सामग्री नै नपाएर विद्यालयको नतिजा कमजोर आएको भनेर प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भनेकाले मैले आफ्नो पारिश्रमिकबाट १० लाख बराबरको शैक्षिक सामग्री सहयोग गर्ने भनेको हुँ’मेयर हमालले भने,‘भोलि बाट नै शैक्षिक सामग्री वितरण गर्न सुरु गरिने छ’। पुस्तक, कापी, कलम, डट्पेन लगायतका शैक्षिक सामग्री खरिद गरेर विद्यालयलाई उपलब्ध गराउने उनले बताए।

मेयर हमालले विपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउन पारिश्रमिकबाट १० लाख सहयोग गर्ने घोषणा गरेपछि अभिभावक खुसी भएका छन। मेयर हमालले सहयोग गर्ने घोषणा गरेपछि सामाजिक सन्जालमा स्थानीय र अभिभावकले प्रशंसा गरेका छन। हमालले मेयर निर्वाचित भएदेखि उपमहानगरपालिकाबाट पाउने पारिश्रमिक, सेवा , सुविधा लिएका छैनन्। मेयले चढ्ने गाडी वडा क्लिनका लागी प्रयोग गरिएको छ भने हमालले निजी गाडी प्रयोग गर्दै आएका छन।

विद्यार्थीहरूलाई विद्यालयमा टिकाउने र राम्रो नतिजा ल्याउन सबै पक्षले लाग्नुपर्ने उल्लेख गर्दै शैक्षिक सामग्रीको अभावमा पठनपाठन कमजोर हुन नदिन उपमहानगरले सबै किसिमका सहयोग गर्ने उनले बताए। ‘शैक्षिक गुणस्तर सुधार गर्न उपमहानगरले आगामी आर्थिक वर्षमा ठोस योजना र कार्यक्रम ल्याउने छ’उनले भने।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस