शैक्षिक गुणस्तर सुधार्न तातोपानीमा पढाइ मेला
०५ पौष २०८१
•
३ मिनेट पाठ
शैक्षिक गुणस्तर सुधार्न तातोपानीमा पढाइ मेला
बालबालिकाहरूको शैक्षिक गुणस्तर सुधारको लागि जुम्लाको तातोपानी गाउँपालिकाले पढाइ मेलाको आयोजना गरेको छ। बालबालिकाको शिक्षण सिकाइ, पाठ्य सामग्री तथा अन्य शैक्षिक क्रियाकलापहरूलाई सुधार गर्ने उद्देश्यले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि गाउँपालिकास्तरीय पढाइ मेला आयोजना गरिएको हो। 




विद्यालयमा जस्तै घरमा पनि बालबालिकाहरूलाई पढ्ने वातावरण तयार गर्नका लागि परिवार र समुदायलाई सहयोग पुर्याउने लक्ष्यका साथ मेलाको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। यस किसिमको मेलाबाट बालबालिकाहरूमा पढाइको वातारण सृजना गर्न, गराउन, शैक्षिक सामग्री निमार्ण प्रयोग गर्न, गराउन, शिक्षण सिकाइ क्रियाकलापहरू व्यवस्थापन तथा संचालन गर्न सहयोग पुर्याउनुका साथै विद्यार्थीहरूको शारिरीक, मानसिक, संवेगात्मक विकास एवं सुधार गर्न मद्दत पुग्ने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए। यसले सामुदायिक विधार्थीहरूमा पढाइको साथसाथै लवाइ खुवाइ, व्यक्तिगत सरसफाइ, सिकाइ र सीप विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उनकाे जिकिर छ।

यस किसिमको मेलाहरूको आयोजना गर्दा विद्यालयको शैक्षिक वातावरण सुधार हुनुका साथै शिक्षकहरूको शिक्षण र विद्यार्थीहरूको सिकाइमा पनि सुधार आउने स्थानीय बताउँछन्। पढाइ मेलाले विद्यार्थीहरूको बाहिरी ज्ञान र सिकाइलाई एक अर्कामा आदान प्रदान गर्ने अवसर प्रदान गरेकोले विद्यार्थीहरूको पढाइ प्रति रुचि बढाउन यस्ता मेलाहरू विद्यालयपिच्छे गर्न अभिभावककाे सुझाव थियो।

मेला अवलोकन गर्न आएका विद्यार्थीहरू मात्र नभइ शिक्षक, अभिभावक र स्थानीयहरू पनि निकै उत्साहित देखिएका थिए। मेलामा विद्यार्थीले बनाएका शैक्षिक सामग्रीहरूको प्रदर्शनीसमेत गरिएको थियो। बालबालिकाको सिकाइ वृद्धि गर्न मेलाले सकारात्मक भूमिका खेल्ने अध्यक्ष चौलागाईंले बताए। स्थानीय स्रोत साधनको प्रयोग गर्दै विद्यार्थीले आफ्नो सीप र क्षमताको उपयोग गरिएको पाइएको थियो।

नियमित पठनपाठन, बालबालिकाको सीपको वृद्धि, पठन संस्कृतिको विकास, बालबालिकाको क्षमता पहिचान गर्न मेला आयोजना गरिएको थियो। मेलामा २० वटा सामुदायिक विद्यालयले भाग लिएका थिए। गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन्। मेलामा ४ वटा विद्यालय उत्कृष्ट छनौटमा परेका छन्। उत्कृष्ट शैक्षिक सामग्री निर्माण, पठन सीप, सिकाइको अवस्था, सामग्रीबारे बालबालिकाले गरेको व्याख्या, शैक्षिक सामग्रीले नियमित पठनपाठनमा पार्ने सकारात्मक प्रभाव लगायतका विषयमा मूल्यांकन गरिएको थियो।

मेलामा सहभागी विद्यालयले स्टल राखेका थिए। सबै स्टलको अवलोकन गरिएको थियो। कालिका आधारभूत विद्यालय प्रथम, सुन्दरमणि आधारभूत विद्यालय दोस्रो, कालिका आधारभूत विद्यालय हियाखोला तृतीय र कालिका मावि टोप्ला र हिमाली आधारभूत विद्यालय बाबिरा चौथो भएको मेलाको मूल्यांकनकर्ता चक्रबहादुर जिसीले बताए। उत्कृष्ट हुने चारवटै विद्यालयलाई शैक्षिक सामग्री तथा नगद पुरस्कार उपलब्ध गराइएको छ।

अध्यक्ष चौलागाईंले सामुदायिक विद्यालय सुधार र शैक्षिक गुणस्तर कायम गर्नका लागि तातोपानीले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएको बताए। पहिलो पटक आयोजना गरिएको पालिकास्तरीय पढाइ मेला सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि कोशेढुंगा साबित हुने उल्लेख गरे।

यसअघि तातोपानी गाउँपालिकाले पाँच वटा अनुगमन टिम बनाएर विद्यालयमा पठाएको थियो। विद्यालयको अवस्था र विद्यार्थीको संख्याको आधारमा विद्यालय मर्ज अभियान सुरु गर्ने अध्यक्ष चौलागाईंले बताएका छन्। यसअघि जुम्लाको हिमा गाउँपालिकाले पढाइ मेला गरिसकेको छ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस