किन घट्दै छ विद्यालयमा विद्यार्थी संख्या
१२ माघ २०८१
•
५ मिनेट पाठ
किन घट्दै छ विद्यालयमा विद्यार्थी संख्या
सरकारले सरकारी शिक्षा सुधारका लागि विभिन्न प्रयास गर्दै आएको छ। २०७२ सालको भूकम्पयता राज्यले विभिन्न दातृ निकायको सहकार्यमा सामुदायिक स्कुलको भौतिक पूर्वाधार पनि उत्तिकै स्तरीय बनाएको छ। शिक्षामा लगानी पनि विगत केही वर्षदेखि बढाउँदै गएको छ। तापनि विद्यालयमा विद्यार्थीको संख्या भने घट्दै गएको सरकारी तथ्यांकले नै देखाएको छ। एकातिर आधारभूत तहमै विद्यार्थी घट्दै गएका छन् भने अर्कोतिर माथिल्लो कक्षा चढ्दै जाँदा पनि कक्षा छाड्नेहरू उत्तिकै छन्।




विद्यालयमा सबै बालबालिकाको पहुँच पुर्‍याउने नीति पनि सरकारले अवलम्बन गरी आकर्षण सुविधासहितको भर्ना अभियानसमेत सञ्चालन गर्ने गरेको छ। निःशुल्क भर्ना, निःशुल्क पाठ्यपुस्तक, पछिल्लो समय सबै आधारभूत तहका नानीहरूका लागि विद्यालयमै निःशुल्क खाजाको पनि व्यवस्था गरेको छ। साथै विद्यालयभित्र विद्यार्थी ल्याउन अन्य कार्यक्रम पनि कार्यान्वयन गरेकै छ। तापनि विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने लगातार कक्षा १ मा भर्ना हुने बालबालिकाको संख्या घट्दै गएको छ भने विद्यालय उमेरका अझै पनि ३ प्रतिशत बालबालिका विद्यालयको पहुँमा पुग्न सकेका छैनन्। यी बालबालिका विद्यालयबाहिरै छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको पाँच वर्षको फ्लास रिपोर्टअनुसार २०७५–७९ को अवधिमा कक्षा १ मा कुल भर्नाको प्रवृत्ति हेर्दा २०७५ मा कक्षा १ मा विद्यार्थीको संख्या आठ लाख ८३ हजार एक सय थियो। त्यो संख्या २०७९ मा ह्वात्तै घटेर सात लाख ८७ हजार ९६० रहेको थियो। जनसांख्यिकीय विशेषताले पनि जनसंख्या वृद्धि दरमा कमी आएको देखाएकाले यी वर्षहरूमा विद्यार्थी संख्या अपेक्षित रूपमा घटेको तथ्यांकले बोल्छ। जनगणना–२०६८ मा जनसंख्याका औसत वार्षिक वृद्धिदर १.३५ प्रतिशत थियो भने यो वृद्धिदर २०७८ मा ०.९ प्रतिशतमा घटेको देखाएको छ।

यसैगरी यो अवधिमा छात्र र छात्राको संख्या तुलनात्मक रूपमा छोरीहरूको भर्ना हुने संख्या धेरै नै घटेको छ। २०७५मा चार लाख ३३ हजार ९२० छोरीहरू भर्ना भएका थिए भने २०७९ मा आएर यो पाँच वर्षको अवधिमा ५६ हजार छात्राहरू घटेको छ। २०७९ मा कक्षा १ मा भर्ना हुने छोरीहरू तिन लाख ७७ हजार ३१५ पुगेको छ। जनगणना–२०७८को तथ्यांकले पनि छोरीहरूको जन्म नै कम भएको तथ्य देखाएको छ।

प्रदेशगत रूपमा मधेसमा विद्यार्थीको संख्या सबैभन्दा बढी छ। यति मात्र होइन, पाँच वर्षको अवधिमा अन्य प्रदेशमा विद्यार्थी घट्दै गएको भए पनि मधेसमा प्रदेशमा बढी देखाएको छ। २०७५ मा मधेस प्रदेशमा कक्षा १ मा कुल विद्यार्थी संख्या एक लाख ८५ हजार ६२६ थियो भने २०७९ सम्म आइपुग्दा कक्षा १ मा विद्यार्थीको संख्या एक लाख ९० हजार ७६२ पुगेको छ। जबकि बागमती प्रदेशमा २०७५ मा कक्षा १ मा कुल विद्यार्थी एक लाख ४५ हजार ४१ रहेकामा २०७९ मा आइपुग्दा घटेर एक लाख २५ हजार ५०९ पुगेको छ।

घट्दै विद्यार्थी, बढ्दै विद्यालय

जबकि यही अवधिमा विद्यालयको तथ्यांक हेर्दा २०७८ बाहेक सबै तहका विद्यालय बढेको छ। जहाँ विद्यालयको संख्या घटेर ३४ हजार ८१६ पुगेको छ। उद्यपि २०७९ मा विद्यालयको संख्या बढेर ३६ हजार ३२ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा एक हजार २१६ ले बढी हो। यो वृद्धिको केही हदसम्मको कारण प्लस टु विद्यालयहरू गाभिएर हुन सक्ने देखिन्छ। जुन प्रारम्भिक वर्षमा हराइरहेको थियो। २०७५ मा ३५ हजार ५५ को संख्यामा रहेको विद्यालय २०७९ मा आइपुग्दा ३६ हजार ३२ पुगेको छ।

आधारभूत तहका विद्यार्थीमा कक्षा ५ सम्म विद्यार्थी घटेको भए पनि कक्षा ६ सम्म पुग्ने विद्यार्थीले आधारभूत तह अर्थात् कक्षा ८ पूरा गर्ने गरेका छन्। २०७५ देखि २०७९ सम्मको शैक्षिक सत्रमा आभारभूत कक्षा १–५ सम्ममा कुल विद्यार्थी भर्नाको प्रवृत्ति हेर्दा २०७५ मा कक्षा १–५ मा विद्यार्थीको संख्या ३७ लाख ३० हजार ६०२ थियो भने पाँच वर्षपछि यो संख्या ३६ लाख १० हजार ६०३ नै रह्यो। कक्षा १–५ मा विद्यार्थीको संख्या एक लाख १९ हजार ९९९ ले घटेको छ जुन वर्षौंदेखि जनसंख्या वृद्धिदर घटेकाले हुनसक्ने आकलन गर्न सकिन्छ।

तर त्यही विद्यार्थी जब कक्षा ६ पुगेपछि, विद्यार्थीहरूले कक्षा ८ को आधारभूत तह पूरा गर्ने सम्भावना बढ्ने तथ्यांकले बोल्छ। सरकारी तथ्यांकअनुसार २०७९ मा कक्षा ६ मा विद्यार्थीको हिस्सा ११.४ प्रतिशत छ भने कक्षा ७ मा विद्यार्थीको हिस्सा ११.१ प्रतिशत र कक्षा ८ मा विद्यार्थीको हिस्सा ११.२ प्रतिशत छ। कक्षा ७ मा ०.३ प्रतिशत अंशको कमीले स्थिरता देखाउँछ भने कक्षा ८ मा ०.१ प्रतिशत विद्यार्थीहरूको वृद्धिले आधारभूत तहको परीक्षा पूरा गर्न कक्षा ८ मा भर्ना हुने विद्यार्थीको संख्या धेरै रहेको देखाउँछ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले जनसंख्या वृद्धिदर वर्षौंदेखि निरन्तर रूपमा घट्दै गएकाले विद्यालय तहमा बालबालिका घटेको बताए। उनले नेपालमा बच्चा जन्माउने क्रम कम भएकाले विद्यालयमा विद्यार्थी नभएको जिकिर गरे। ‘मधेस प्रदेशमा जनसंख्या वृद्धि अझै पनि राष्ट्रिय दरको तुलनामा बढी छ। यसकारण मधेसका स्कुलमा बच्चाहरू भरिभराउ छन्,’ महानिर्देशक शर्माले नागरिकसँग भने, ‘सहरीकरण बढेसँगै बसाइँसराइ पनि सहरकेन्द्रित भए। सरहमा स्कुल बढे। निजी स्कुल बढ्दै गए। अभिभावकले आफ्ना बच्चा पढाउन छनोटको अवसर पाए। यसकारण निजीतर्फ विद्यार्थी बढ्दै गएका हुन्।’

उनले थपे, ‘तहगत रूपमा स्कुल घटेका छन्। समग्रमा बढेका छन्। अब स्थानीय तहले स्कुलमा बच्चा किन आएनन्। किन घटे यसको खोजी नीति गर्नुपर्छ।’ उनले सबै बालबालिकालाई शिक्षामा पहुँच पुर्‍याउनुपर्ने सरकारी नीति कार्यान्वयन गर्न अब स्थानीय स्तरमा पालिकाहरूले लाग्नुपर्ने जोड दिए।

सामुदायिकमा घट्दै, निजीमा बढ्दै विद्यार्थी

सामुदायिक र संस्थागत विद्यालयहरूमा विद्यार्थीहरूको संख्याको तथ्यांक विश्लेषण गर्दा २०७५ मा ३७ लाख ३० हजार ६०२ विद्यार्थीमध्ये कुल २७ लाख ९३ हजार १४२ (७५ प्रतिशत) सामुदायिक विद्यालयमा थिए भने बाँकी ९ लाख ३७ हजार ४६० (२५ प्रतिशत) संस्थागत विद्यालयमा थिए। पाँच वर्षभित्र, यो प्रवृत्ति परिवर्तन भएको छ।

२०७९ मा ३६ लाख १० हजार ६०३ विद्यार्थीमध्ये कुल २५ लाख २९ हजार ११९ (७० प्रतिशत) सामुदायिक विद्यालयमा छन् भने बाँकी १० लाख ८१ हजार ४८४ (३० प्रतिशत) संस्थागत विद्यालयमा छन्। अर्थात् पाँच वर्षको अवधिमा सामुदायिकमा ५ प्रतिशत विद्यार्थी घटेको छ भने संस्थागतमा ५ प्रतिशतले बढेको छ।
अर्को समाचार
सरकारी विद्यालयमा किन घट्दैछन् विद्यार्थी ?
२१ जेष्ठ २०८३
•
४ मिनेट पाठ
सरकारी विद्यालयमा किन घट्दैछन् विद्यार्थी ?
पछिल्ला वर्षहरूमा सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ। सरकारी विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दो क्रममा रहँदा संस्थागत (निजी) विद्यालयमा भने बढेको तथ्यांकले देखाएको छ।




जन्मदरमा आएको कमी, बसाइँसराइ, अभिभावकको रोजाइ र शैक्षिक गुणस्तरप्रति अभिभावकको सचेतना यसका प्रमुख कारण मानिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयको तथ्यांकअनुसार शैक्षिक सत्र २०८२ मा कुल विद्यार्थीमध्ये ६२.२ प्रतिशत सरकारी विद्यालयमा र ३७.८ प्रतिशत निजी विद्यालयमा अध्ययनरत थिए।

शैक्षिक सत्र २०८१ मा यो संख्या सरकारीमा ६६.७ प्रतिशत र निजीमा ३३.३ प्रतिशत थियो। यी दुई शैक्षिक वर्षको तुलना गर्दा सरकारीमा साढे चार प्रतिशतले विद्यार्थी घटेको र निजीमा त्यत्तिकै प्रतिशतले बढेको देखिन्छ।

देशभरि २७ हजार १० सरकारी विद्यालय छन्। सरकारी शिक्षामा सरकारले लगानी बढाउँदै गए पनि पूर्वाधार र गुणस्तर सुधारमा ध्यान नदिँदा लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको विद्यार्थी संख्या घट्दै गएकाले पनि पुष्टि हुन्छ। शिक्षातर्फ चालु आव २ खर्ब ११ अर्ब विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि सरकारले शिक्षामा २ खर्ब १८ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

२०४६ सालअघिसम्म अधिकतम अभिभावकहरु सन्तानलाई सरकारी विद्यालयमै पढाउँथे। तर ०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा निजी लगानीका विद्यालयहरु खुल्दै गएपछि एकातिर शिक्षामा प्रतिस्पर्धा बढ्यो भने अर्कोतिर अभिभावकलाई विद्यालय छनोटमा विकल्प खुला भयो।

निजी विद्यालयहरुले अंग्रेजीमा माध्यमबाट तुलनात्मक रुपमा गुणस्तीय शिक्षा दिन थालेपछि अभिभावको रोजाइँमा तिनै विद्यालय पर्न थालेको विश्लेषण शिक्षाशिवद् विद्यानाथ कोइरालाको छ। कोइरालाका अनुसार नेपाली माध्यमबाट पढाउने सरकारी विद्यालयप्रति आकर्षण कम हुँदै जानको कारण पनि यही हो।

पछिला केही वर्षयता निजीको सिको गर्दै केही सरकारीले पनि अंग्रेजी माध्यमबाट स्तरीय शिक्षा दिन थालेका छन्। यसैकारण केही सरकारी विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढेको छ। तर सबै सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था छैन र आकर्षण पनि छैन।

पाँच वर्षको तथ्यांक हेर्दा सरकारी विद्यालयमा (आधारभूत र माध्यमिक तह) मा आठ लाख विद्यार्थी घटेका छन् भने निजीमा चार लाख विद्यार्थी बढेका छन्। शैक्षिक सत्र २०७६ मा सरकारी विद्यालयमा ५४ लाख र निजीमा २१ लाख, २०७७ मा सरकारीमा ५२ लाख र निजीमा २२ लाख, २०७८ मा सरकारीमा ५० लाख र निजीमा २३ लाख, २०७९ मा सरकारीमा ४८ लाख र निजीमा २४ लाख, २०८० मा सरकारीमा ४६ लाख र निजीमा २५ लाख विद्यार्थी अध्ययनरत थिए। २०७६ को तथ्यांकअनुसार कुल विद्यार्थीमध्ये सरकारीमा करिब ७२ प्रतिशत र निजीमा २८ प्रतिशत रहेको देखिन्छ। २०८२ मा आइपुग्दा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेर ६२.२ प्रतिशत र निजीमा बढेर ३७.८ प्रतिशत पुगेको छ।

सरकारीमा किन घट्दैछन् विद्यार्थी ?

शिक्षाविद् कोइरालाले जन्मदर घटेका कारण पनि समग्रमा विद्यार्थी संख्या पनि कम भएको बताए। ‘जन्मदरमा कमी आएका कारण पनि विद्यालय उमेर समूहका बालबालिकाको संख्या घट्दै गएको देखिन्छ,’ कोइरालाले भने, ‘अर्कोतिर ग्रामीण क्षेत्रको बासिन्दा सहरतिर बसाइँ सरेको र उनीहरूले सहरमा सन्तानलाई निजीमा पढाउँदा सरकारीमा विद्यार्थी संख्या घट्न गएको हो। विदेश तथा सहरकेन्द्रित बसाइँसराइका कारण ग्रामीण क्षेत्रका सरकारी विद्यालय खाली हुँदै गएका छन्। यो समस्या ग्रामीण क्षेत्रका निजी स्कुलमा पनि देखिन्छ।’

काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्ब कँडेलका अनुसार सरकारी लगानी र तालिमप्राप्त शिक्षक हुँदाहुँदै पनि सरकारी विद्यालयले अभिभावकको विश्वास जित्नेगरी काम गर्न नसकेका कारण विद्यार्थी संख्या घट्दै गएको बताउँछन्।

‘निजीमा अंग्रेजी माध्यमबाट हुने पठनपाठन, अतिरिक्त क्रियाकलाप र व्यवस्थापनप्रति अभिभावकको विश्वास बढेका कारण आकर्षण देखिन्छ,’ ३१ वर्षदेखि शिक्षण पेसामा आबद्ध कँडेलले भने, ‘सुरुमा बालबालिकालाई निजीमा भर्ना गर्ने र पछि सरकारी छात्रावृत्ति लिन माथिल्लो कक्षामा सरकारीमै पढाउने पनि बढेका छन्। निजीमा माथिलो तहका कक्षामा विद्यार्थी घटेका छन्।’ उनका अनुसार विद्यार्थी न्यून भएका सरकारी विद्यालय समायोजन र गुणस्तर वृद्धितर्फ सरकार लाग्नुपर्छ।’

काठमाडौंको डिल्लीबजारस्थित पद्यमकन्या माविकी प्रधानाध्यापक रिता तिवारीका अनुसार सहरी क्षेत्रमा मध्यम वर्गको विस्तार र अभिभावकमा कायम अंग्रेजी माध्यमको शिक्षा मोहले निजीमा विद्यार्थी बढ्दै गएको देखिन्छ।

‘मेरो विद्यालयमा यस पटक सुुदूरपश्चिका विद्यार्थी धेरै आएका छन्। समग्र नेपालको कुरा गर्दा सहरमा बसाइँसराइ बढी छ। ग्रामीण क्षेत्रबाट अवसरको खोजीमा काठमाडौं आएका अभिभावका सन्तान पद्यमकन्या माविमा बढी छन्,’ तिवारीले भनिन्, ‘कक्षा १० पछि गाउँकै छात्राहरु बढी छन्। विशेषगरी काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने छात्रावृत्ति र स्तरीय शिक्षाबारे देशभरि सकारात्मक सन्देश गएको छ। यसले पनि काठमाडौं आएर सरकारी विद्यालयमा अध्ययन गर्ने बढेका छन्।’

सरकारी विद्यालयमा विद्यार्थी संख्या घटेसँगै विद्यालय मर्ज गर्ने, शिक्षक दरबन्दी पुनर्वितरण गर्ने, विद्यालय व्यवस्थापन पुनर्संरचना गर्ने नीति सरकारले अघि बढाएको छ।
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३८ सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस