दोस्रो 'स्कूल अफ म्यानेजमेन्ट , टियू' सामाजिक व्यवसाय प्रदर्शनी २०२५ हुँदै
२४ माघ २०८१
•
२ मिनेट पाठ
दोस्रो 'स्कूल अफ म्यानेजमेन्ट , टियू' सामाजिक व्यवसाय प्रदर्शनी २०२५ हुँदै
स्कुल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय (एसओएम टियु) ले 'दोस्रो सामाजिक व्यवसाय प्रदर्शनी २०२५' यही माघ २५ गते (फेब्रुअरी ७, २०२५) शुक्रबार कीर्तिपुरस्थित स्कुल अफ म्यानेमेन्ट मा आयोजना गर्दै छ। 'दिगोपनको यात्रा' भन्ने विषय अन्तर्गत यो कार्यक्रमले नेपालमा सामाजिक व्यवसायलाई प्रवर्द्धन गर्ने, उद्यमशीलतालाई बढावा दिने र दिगो व्यावसायिक अभ्यासहरूको सम्भावनालाई उजागर गर्ने लक्ष्य राखेको छ।




प्रदर्शनीमा हस्तशिल्प, पर्यावरण मैत्री उत्पादन, प्राङ्गारिक कृषि, रिसाइक्लिङ पहल, नवीन प्रविधि, सूचना प्रविधि, सामाजिक व्यवसाय प्रवर्द्धन लगायतका विभिन्न उत्पादन तथा सेवाका २५ भन्दा बढी स्टल रहने छन्।

यस प्रदर्शनीले उद्यमीहरू, स्टार्टअपहरू, विद्यार्थीहरू, स्थानीय समुदायका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र सामाजिक प्रभावकारीहरूलाई एकसाथ ल्याउने छ। यसले कार्यशाला, प्यानल छलफल, नेटवर्किङ अवसर, व्यापार प्रवर्द्धन र उदीयमान सामाजिक व्यापार अवधारणाहरूमा छलफलहरू समावेश गर्दछ। सो कार्यक्रमको प्यानलिस्टमा आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष तथा सह-संस्थापक श्री छिरिङ लामा, द बीकिपिङ शपकी सीईओ श्रीमती महालक्ष्मी श्रेष्ठ र काठमाडौं महानगरपालिकाका स्मार्ट सिटी एक्सपोर्टका श्री विज्ञान घिमिरे रहेका छन्।यस कार्यक्रमलाई नेपाल टेलिकम, वर्ल्डलिङ्क, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, बैंकब्यज, ब्रुइङ हाउस, सेगवेले सहयोग गरेका छन्।

कार्यक्रममा विभिन्न सामाजिक व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाहरूको प्रदर्शनी गर्ने छन्। सहभागी व्यवसायहरूमा रि-कृति, कास्य ज्वेलरी, फूल प्रसाद, क्रोचेट क्रिएसन, सिस्टर्स क्रिएशन, अनुग्रह ह्यान्डिक्राफ्ट, साम ज्वेलरी, भांग्रो, डिगो नेपाल, विन्टर ग्रीन टी, लच्छी, भूमिथान, मानुषी,जांबाला,आमाजक्रीऐशन,सुखावती,कीपा ज्यशा स्टूडियो , गृहिणी फ़ूड उद्योग, उद्योग, द बी किपिङ सप, न्यु डिजाइन, समिट नेपाल लगायतका स्थानीय उद्यम रहेका छन्।

स्कूल अफ म्यानेजमेन्ट , टियूका एमबीए विद्यार्थीहरूको विशेष पहल

स्कूल अफ म्यानेजमेन्ट , टियूका एमबीए २३ औं ब्याचका विद्यार्थीहरूले प्रदर्शनी आयोजना गरेका हुन्। आयोजकका अनुसार यस कार्यक्रमले दिगो स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्न र उद्यमशीलता विकासलाई प्रोत्साहन गर्ने मञ्चको रूपमा काम गर्नेछ।

सहभागिताको लागि खुला निमन्त्रणा पनि गरिएको छ। प्रदर्शनीमा सहभागी हुन चाहने जो कोहीले स्कूल अफ म्यानेजमेन्ट , टियू, कीर्तिपुरमा ७ फेब्रुअरी, २०२५ (माघ २५, २०८१) सम्म सम्पर्क गर्न आग्रह गरिएको छ।
अर्को समाचार
त्रिवि उपकुलपति नियुक्ति र सिनेट बैठकबारे नेविसंघको आपत्ति
२६ असार २०८२
•
१ मिनेट पाठ
त्रिवि उपकुलपति नियुक्ति र सिनेट बैठकबारे नेविसंघको आपत्ति
त्रिभुवन विश्वविद्यालयको सिनेट प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएपछि सत्तारूढ दल नेपाली कांग्रेसकै विद्यार्थी संगठनले आपत्ति जनाएको छ। कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) एक विज्ञप्ति निकाल्दै आपत्ति जनाएको हो।




नेविसंघले विद्यार्थीको सहभागिताबिनै बालुवाटारमा बस्ने सिनेट बैठक अमान्य हुने भनेको छ। यस्तै मेरिटोक्रेसीबिनै उपकुलपति नियुक्त गरेको विषयमा पनि नेविसंघले निन्दा गरेको छ। 

‘देशभरका क्याम्पसहरूमा छात्रछात्राले मेरिटोक्रेसी प्रणालीको समर्थन गरिरहेकै बेला प्रधानमन्त्री तथा कुलपति ज्यूले सिफारिसको भरमा उपकुलपति नियुक्त गर्नु निन्दनीय छ । उपकुलपति नियुक्त हुनु आश्चर्यजनक छ,’ नेविसंघले भनेको छ, ‘विश्वविद्यालयको सुधारमा कुलपति, सहकुलपतिको मात्रात्मक भूमिकाको अपेक्षा गरिराखेको समयमा उहाँहरूको ध्यान आफ्नो नियन्त्रण कायम गर्नमा मात्र देखिनु दुःखद विषय हो ।’ 

यस्तै विद्यार्थीको अधिकार कुण्ठित गर्ने नियतले डाकिएको विश्वविद्यालय सभा बैठक न त विद्यार्थीको पक्षमा हुने र न त शैक्षिक वातावरण निर्माण वा गुणस्तरीय अनुसन्धानमा केन्द्रित हुने नेविसंघले टिप्पणी गरेको छ । 

‘विश्वविद्यालयको प्रमुख सरोकारवाला विधिवत् निर्वाचित प्रतिनिधिहरूलाई सहभागी नगराई गरिएको यस्तो बैठक केबल अलोकतान्त्रिक र अपारदर्शी मात्र नभई सम्पूर्ण विद्यार्थी समुदायप्रतिको गम्भीर अपमान पनि हो,’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। 

विद्यार्थीहरूका आवाजलाई बेवास्ता गरिए चरणबद्ध सशक्त आन्दोलनमा उत्रने पनि नेविसंघले चेतावनी दिएको छ। 
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस