ओडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरण: सुरक्षा प्रत्याभूतिपछि मात्र विश्वविद्यालय फर्कन्छौं
१० फागुन २०८१
•
८ मिनेट पाठ
ओडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरण:
सुरक्षा प्रत्याभूतिपछि मात्र विश्वविद्यालय फर्कन्छौं
काठमाडौंमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा केआइआइटी विश्वविद्यालयका पीडित नेपाली विद्यार्थी। तस्बिर: नागरिक
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी–किट) विश्वविद्यालयको अमानवीय व्यवहारले नेपाली विद्यार्थी अझै त्रासमै भौंतारिरहेका छन्। किट विश्वविद्यालयले पटकपटक फिर्ता हुन गरेको आह्वानलाई विश्वास गर्न नसकेर उनीहरू भौंतारिरहेका हुन्। नेपालमा आएर पनि आफूमाथिको अन्यायबारे बोल्दा मास्क र चस्मा लगाउनुपरेको दृश्यले उनीहरू कतिसम्म त्रसित छन् भन्ने स्पष्ट हुन्थ्यो।




शुक्रबार उनीहरूले गरेको पत्रकार सम्मेलनबाट त्यस्तो दृश्यबाट सवाल उठेको छ– यस्तो अवस्थामा नेपाली विद्यार्थी भारतमा कसरी सुरक्षाको अनुभूति गर्न सक्छन् त? विश्वविद्यालयबारे बोले आगामी दिनमा आफूमाथि थप प्रहार हुने डरले विद्यार्थीहरू मानसिक रूपमा विचलित रहेको उनीहरूको अभिव्यक्तिबाट प्रस्ट झल्किन्थ्यो। पत्रकार सम्मेलनमा किशोरावस्थाका ती विद्यार्थीहरूले आफ्ना पीडालाई नेपाल र भारत सरकारले मिलेर सम्बोधन गरिदिनुपर्नेमा जोड थिए।

बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विषयलाई लिएर न्यायका लागि आवाज उठाएकै निहुँमा नेपाली विद्यार्थीलाई किट विश्वविद्यालयका शिक्षक, कर्मचारी तथा सुरक्षा गार्डहरू मिलेर खोजीखोजी कुट्ने, मानसिक तनाव दिनेजस्ता मानवअधिकार हनन हुने किसिमले कार्य गरेको र अहिलेसम्म सुरक्षाको प्रत्यभूति नगराएकै कारण आफूहरू फर्कन नसकेको पीडित विद्यार्थीले बताए।

नेपाल फर्किएका विद्यार्थीले पत्रकार सम्मेलनमा आफूहरूलाई विश्वविद्यालयभित्र मात्र नभएर बाहिर समेत असुरक्षाको महसुस भएका बताए। त्यसकारण विश्वविद्यालयले आग्रह गर्नासाथ फर्किहाल्ने वातावरण नभएको गुनासो उनीहरूले गरे।

‘एकातिर सिनियर दिदी प्रकृति लम्सालले विश्वविद्यालयको लापरबाही र भारतीय विद्यार्थी अद्विक श्रीवास्तवले दिएको शारीरिक र मानसिक तनाव खेप्न नसकी आत्महत्या गर्नुपरेको पिडा थियो अर्कातिर उहाँको न्यायका लागि आवाज उठाउँदा हामीलाई शिक्षक, जिम ट्रेनर र सुरक्षा गार्डले लाठी, बुटलगायतले कुट्ने काम भएको छ,’ पीडित एक विद्यार्थीले भने, ‘हाम्रो के गल्ती थियो? विश्वविद्यालयमा हामीलाई जसले पढाउनुहुन्छ, उहाँहरू त हाम्रा गुरु हुनुहुन्छ तर उहाँहरूले नै हामीलाई देशद्रोहीलाई जस्तै कोठाकोठामा छिरेर कुटेर शारीरिक र मानसिक यातना दिनुभयो, हामी जबर्जस्ती विश्वविद्यालयबाट निकालियौं।’

श्रीवास्तवको यातनाका कारण प्रकृतिले आत्महत्या गरेको ओडिसा प्रहरीको छानबिनमा पनि देखिएको विद्यार्थीहरूले बताए। उनीहरूका अनुसार प्रकृति तीन वर्षयता भारतीय विद्यार्थी श्रीवास्तवसँग प्रेम सम्बन्धमा थिइन्। प्रेमी श्रीवास्तवबाट प्रकृतिले पटकपटक मानसिक र शारीरीक यातना खेप्दै आएकी थिइन्।

प्रेम सम्बन्धमा रहेका बखत प्रेमी श्रीवास्तवले उनको अश्लील भिडियो बनाएको र पटकपटक ब्ल्याकमेल गर्दै आएको सोही विश्वविद्यालयका अर्का विद्यार्थीले पत्रकार सम्मेलनमा बताए। उनका अनुसार प्रकृतिले आत्महत्या गर्नुअघि विष सेवन पनि गरेकी रहिछन्। श्रीवास्तव राजनीतिकर्मीका छोरा भएकोले राजनीतिक प्रभाव र संरक्षणका प्रकृतिले न्याय पाउनेमा आशंका रहेको विद्यार्थीहरूले बताए। प्रकृतिलाई आत्महत्याका लागि बाध्य पार्ने आरोपित श्रीवास्तव भारतको राजनीतिक दल भाजपाका नेता मनोज श्रीवास्तवका छोरा रहेको खुलेको छ।

पीडित विद्यार्थी कोही नेपाल, कोही पटना, कोही भुवनेवश्वरमै रहेको अवस्थामा परराष्ट्रमन्त्री आरजु देउवाले सबै कुरा मिलिसक्यो भन्नु गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति रहेको भनेर पनि विद्यार्थीहरूले असन्तुष्टि प्रकट गरे। ‘हामी कुटाइ खाएर विश्वविद्यालयबाट निकालिएका विद्यार्थी कोही पनि विश्वविद्यालय फर्केका छैनौं। हामी अझै मानसिक र शारीरिक यातना खेपिरहेको अवस्थामा परराष्ट्रमन्त्रीज्यूले सबै कुरा मिल्यो भन्नु उचित होइन। हाम्रो भावनासँग खेलबाड गर्नु गलत हो। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सामाजिक सञ्जाल एक्समा लेख्नुभएकै कारण हाम्रो समस्या केही हदसम्म सुनवाइ भयो तर समाधान भइसकेको छैन,’ जिम ट्रेनरबाट कुटिएका अर्का पीडित विद्यार्थीले नागरिकसँग भने, ‘किट विश्वविद्यालयमा हाम्रो समय र रकम खर्च भइसकेको छ। हामीलाई शैक्षिक योग्यताको प्रमाणपत्र चाहिन्छ तर यसो भन्दैमा हामी सुरक्षाको प्रत्याभूतिबेगर भारत फर्कन सक्दैनौं।’

नेपाल र भारतका सरकारले मिलेर सरकारी स्तरमा सम्झौता गरे र दुवै देशले हाम्रो सुरक्षाको लिखित प्रत्यभूति दिए मात्र आफूहरू विश्वविद्यालय फर्कन सक्ने उनको भनाइ थियो। उनले दुवै देशका सरकारसँग त्यस्तो वातावरण मिलाइदिन मागसमेत गरे।

विश्वविद्यालयले समेत प्रकृतिको पार्थिव शरीर र उनका मोबाइल तथा ल्यापटप नियन्त्रणमा लिई प्रमाण मेटाउने प्रयास गरेकाले दोषी सबैलाई कानूनी दायराभित्र ल्याउनुपर्ने माग नेपाली विद्यार्थीको छ। ‘प्रकृति दिदीको आत्महत्याको जानकारी आरोपित श्रीवास्तवलाई थाहा थियो किनभने उनीहरू त्यस रात मोबाइलमा कुराकानी गरिरहेका थिए। यसमा विश्वविद्यालयका कर्मचारी दोषी छन्,’ आफू प्रत्यक्षदर्शी रहेको अर्का विद्यार्थीले भने, ‘परिवार नपुगी पहिल्यै शव पोस्टमार्टम गरिनु, प्रहरी आएर मुचुल्का नबनाई शव उठाएर विश्वविद्यालयका कर्मचारीले आफ्नै अस्पतालमा लैजानु, प्रश्न गर्ने र न्यायका लागि आवाज उठाउने नेपाली विद्यार्थीलाई देशद्रोहीलाई जस्तै कुट्नु, भाडाका गुन्डा लगाएर कुटपिट गर्नु र विद्यार्थीलाई गाडीमा हालेर स्टेसन भएको सहरदेखि निकै टाढाको जंगलमा लगेर छाडिनु सरासर गलत कुरा हुन्। विश्वविद्यालयको शिक्षक र वार्डेनले नेपाली विद्यार्थीलाई मात्र होइन, नेपाल राष्ट्रमाथि नै अमर्यादित टिप्पणी गर्नुले विश्वविद्यालय पूर्ण रूपमा दोषी छ।’

आफूहरूलाई कुट्ने, गालीगलौज गर्ने शिक्षक, कर्मचारीमध्ये कतिपय विश्वविद्यालयको विभागीय कारबाहीमा परेर जागिर गुमाउनेहरूमा नकारात्मक भाव जाग्ने भएकाले पनि सुरक्षाको प्रत्याभूति गर्न नसकिएको विद्यार्थीहरूको भनाइ थियो।

विश्वविद्यालयले अनुरोध गरेकै भरमा फर्किन नसकिने भएकाले १५ सय नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूतिका लागि नेपाल सरकार र भारत सरकारबीच लिखित सहमति भएको पत्र विश्वविद्यालयलाई पठाउनुपर्ने उनको भनाइ थियो। ‘हामीले प्रकृति लम्साल दिदीको घटना लिक त ग¥यौं तर यसअघि पनि विभिन्न सेमेस्टरका आठ विद्यार्थीको मृत्यु भइसकेको छ। ती घटना विश्वविद्यालयले बाहिर आउनै दिएन। हामीलाई पनि दबाउन खोजिएकै हो। हाम्रो मोबाइल रिसेट गरियो। ल्याप टप फोडियो। हामीलाई धेरै तनाव दिइएको छ,’ उनले भने।

विदेशी विद्यार्थीको गुनासो सुन्ने विश्वविद्यालयको निकाय अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय आइआरओमा प्रकृतिले दुईपटक निवेदन दिए पनि कुनै कारबाही भएन। ‘यसले गर्दा प्रकृति थप मानसिक तनावमा थिइन्,’ अर्का पीडित विद्यार्थीले भने, ‘तर यो विभागले समेत प्रकृतिको कुनै सुनुवाइ नगरेपछि आत्महत्याको स्थिति आएको देखिन्छ।’

उनी आइतबार साँझ आफ्नै कोठामा मृत भेटिएकी थिइन्। यस्तो हुनु मानव अधिकार हननको चरम अवस्था भएको उनले बताए। ‘हामी नेपाली विद्यार्थी सबैलाई बलजफ्ती होस्टेलबाट जिम ट्रेनर लगाएर कुटेर निकालियो। कोठामा छिरेर सोफमा लछारपछार गरी शिक्षकले नै कुट्नुभयो। हामी कोअर्डिनेटर कहाँ पुगे सुरक्षित हुने विश्वास थियो तर त्यहाँ पनि सबैले मिलेर कुटे। अझै मेरो घाँटी सोझो गर्न मुस्किल छ। यस्तो अवस्थामा हामी पीडित विद्यार्थीसँग कुरा नै नगरी सबै कुरा मिल्यो भन्नु कति उचित छ?’

अहिले विश्वविद्यालयका पक्राउ गरिएको भनिएका केही कर्मचारी जमानतमा छाडिएका छन्। यसले गर्दा पनि विद्यार्थी थप त्रसित बनेका हुन्। करिब डेढ दर्जन विद्यार्थी सहभागी पत्रकार सम्मेलनमा पनि सबै उपस्थित हुन मानसिक रूपमा तयार नभएको देखिन्थ्यो। तर बाध्य भएर न्यायका लागि मिडियामा आएको समेत उनीहरूले खुलाए।

विश्वविद्यालयमा छात्रामाथि थप दुव्र्यवहार असह्य रहेको विद्यार्थीको भनाइ छ। ‘हामीलाई जिम ट्रेनरले चक्कु देखाएर दुई घण्टाभित्र छात्रावास खाली नगरे मारिदिने भन्दै धम्की दिनुभयो,’ अर्का विद्यार्थीले पीडा पोखे, ‘मेरो साथी कुटेको भिडियो मैले बनाउँदा जिम ट्रेनरले मेरो मुखमा लात्तीले हानेर रगत नै निकालिदिनुभयो। यस्तो मानवअभिकार हनन हुने तल्लो स्तरको काम विश्वविद्यालका कर्मचारीले हामीसँग गरेका छन्। उनीहरूले कानुनी सजाय पाउनैपर्छ।’

भुनेवश्वर प्रहरीले आरोपी श्रीवास्तवलाई पक्राउ गरि अनुसन्धान थालेको बताएको छ। प्रहरीले विश्वविद्यालयमा र विद्यार्थीको मागअनुसार सबै प्रमाण जफत गरिसके पनि प्रकृतिले न्याय पाउनेमा नेपाली विद्यार्थी विश्वस्त हुन सकेका छैनन्। किट विश्वविद्यालयले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू समस्या समाधान गर्ने उपाय गरिरहेको र छात्रावास बस्न चाहनेलाई फर्कन आग्रह गरे पनि नेपाली विद्यार्थीहरू असुरक्षाको मसहुस गरी फर्कने कि नफर्कने भन्ने दुविधामा छन्।

‘प्रकृति लम्सालको निधनबाट भारत सरकार दुःखी’

ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी–किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रति भारत सरकारको विदेश मन्त्रालयले दुःख व्यक्त गरेको छ।

मन्त्रालयको साप्ताहिक मिडिया ब्रिफिङमा प्रवक्ता रणधीर जयसवालले लम्सालको निधनबाट भारत सरकार दुःखी भएको बताए। ‘हामी नेपाली छात्रा प्रकृति लम्सालको दुःखद निधनप्रति अत्यन्तै दुखी छौं। हामी उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्छौं,’ प्रवक्ता जयसवालले भनेको कुरा बिबिसी हिन्दीले लेखेको छ, ‘भारत सरकार देशमा रहेका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्छ।’

प्रवक्ता जयसवालका अनुसार घटना सार्वजनिक भएदेखि नै भारतको विदेश मन्त्रालय ओडिसा सरकार र किट विश्वविद्यालयका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ। नेपाली अधिकारीहरूसँग पनि समन्वय भइरहेको उनले बताए। गत फागुन ४ गते केआइआइटी विश्वविद्यालयमा बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले रहस्यमय मृत्युवरण गरेकी थिइन् भने अन्य विद्यार्थीहरूमाथि दुव्र्यवहार भएको घटना सार्वजनिक भएको थियो।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस