प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति केशरजंग बरालको राजीनामा पत्र स्वीकृत गरेका छन्। प्राध्यापक बरालले आफू अस्वस्थ्य भएकाले विश्वविद्यालय चलाउन नसक्ने भन्दै चैत १४ गते उपकुलपति पदबाट राजीनामा दिएको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेका थिए। उनको राजीनामा बिहीबार स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री त्रिविको कुलपति हुने व्यवस्था छ।
त्रिवि ऐनअनुसार उपकुलपति नियुक्ति र राजीनामा स्वीकृत गर्ने अधिकार कुलपतिमा निहित छ। सोहीअनुसार उपकुलपति बरालले पेस गरेको राजीनामापत्र सनाखत गरी कुलपति ओलीले स्वीकृत गरेका हुन्।
बराल २०८० फागुन १० गते नेकपा माओवादी केन्द्रको कोटामा उपकुलपति नियुक्त भएका थिए। त्यतिबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री थिए। दाहालले कुलपतिको हैसियतले बराललाई उपकुलपतिमा नियुक्त गरेका थिए।
बरालले ‘भिजन फ्रेम–२०३०’ तयार पारेका थिए। सरकारलाई बुझाएको भिजनअनुसारै आफू उपकुलपतिमा नियुक्त भएको तर त्यसअनुसार काम गर्न नसकेको राजीनामा स्वीकृत भएपछि बरालले बताए। ‘मैले सरकारसमक्ष विश्वविद्यालयमा केके गर्ने भनी भिजनपत्र प्रस्तुत गरेको थिएँ,’ बरालले भने, ‘मेरो भिजनअनुसार त्रिविमा काम गर्ने वातावरण बन्दै बनेन। स्वास्थ्य समस्याले पनि राजीनामा दिएको हुँ।’
बरालका अनुसार बिहीबार दिउँसो पौने ३ बजे प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले उनलाई फोन गरेर उपकुलपति पदबाट दिएको राजीनामा पत्र स्वीकृत भएको जानकारी गराएका थिए। ‘त्यसअघि मलाई राजीनामा किन दिएको भन्नेबारेमा प्रधानमन्त्रीले सोध्नुभएन,’ बरालले नागरिकसँग भने।
उपकुलपति बरालको राजीनामा स्वीकृत भएपछि त्रिवि नेतृत्वविहीन बनेको छ। यसबाट विश्वविद्यालयको कामकारबाहीमा असर पर्ने त्रिवि प्राध्यापक संघका अध्यक्ष प्राध्यापक वसन्त ढकालले बताए। ‘उपकुलपतिले स्वास्थ्य समस्याका कारण राजीनामा दिनुभयो। उहाँको कार्यकाल अझै तीन वर्ष बाँकी थियो,’ ढकालले भने, ‘विश्वविद्यालयमा समस्या छन् तर समस्या छन् भनेर नेतृत्व भाग्नु त भएन नि।’
उनले अब उपकुलपति नियुक्त गर्दा स्वास्थ्य अवस्थालाई पनि आधार बनाउनुपर्ने बताए। उनका अनुसार उपकुलपति स्वतन्त्र व्यक्तिहरूको समितिबाट ‘मेरिट’कै आधारमा नियुक्त हुनुपर्छ।’
त्रिवि ऐनअनुसार शिक्षाध्यक्षलाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिन सकिन्छ। त्रिविमा करारलाई स्थायी गर्नुपर्ने र आंशिकलाई करार गर्नुपर्ने माग पेचिलो बन्दै गएको छ। नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमलसिनाले अब राज्यले त्रिविमा निरोगी उपकुलपति नियुक्त गर्नुपर्ने बताए।
उनले भने, ‘उपकुलपति बराललले शिक्षक, कर्मचारीको दबाब थेग्न सक्नु भएन, राजीनामा दिनु भयो। यसमा उहाँ आफैं दोषी हो।’