विदेशी बोर्डबाट सञ्चालित विद्यालयमा नेपाली विद्यार्थी भर्ना रोक्ने सरकारको तयारी
११ असार २०८२
•
५ मिनेट पाठ
विदेशी बोर्डबाट सञ्चालित विद्यालयमा नेपाली विद्यार्थी भर्ना रोक्ने सरकारको तयारी
सरकारले अगामी शैक्षिक सत्रदेखि विदेशी बोर्डबाट नेपालमा सञ्चालित विद्यालयमा नेपाली विद्यार्थी भर्ना लिन नपाइने कानुनी व्यवस्था गर्न लागेको छ। नेपाली विद्यार्थीलाई नेपाल र नेपाली समाज पढाउने उद्देश्यका साथ यस्तो तयारी गरेको शिक्षा मन्त्रालयले जनाएको छ। 




प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले लिखित रूपमै मन्त्रालयको यस्तो धारणा राखेका छन्। जसमा विद्यालय शिक्षा विधेयक जारी भएर ऐनको रूपमा लागु हुनासाथै पहिलो शैक्षिक सत्रदेखि नै विदेशी बोर्डबाट सञ्चालित विद्यालयले नेपाली विद्यार्थी भर्ना लिन नपाउने व्यवस्था छ। 

विधेयकको दफा १० मा ‘नेपालस्थित कूटनीतिक नियोगले विदेशी नागरिकका सन्तानलाई मात्र आफ्नै देशको पाठ्यक्रममा आधारित भई अध्यापन गराउन विद्यालय स्थापना तथा सञ्चालन गर्न अनुमतिको लागि माग गरे अनुसार  नेपाल सरकारले सर्त तोकी त्यस्तो विद्यालय स्थापना र सञ्चालन गर्न अनुमति दिन सक्ने’ व्यवस्था छ। 

विधेयकको दफा १० कै उपदफा ३ मा मन्त्रालय दस्तावेजीकरण गरेको धारणामा  ‘तर यो ऐन जारी भएपछिको पहिलो शैक्षिक सत्रदेखि त्यस्ता विद्यालयले नेपाली विद्यार्थी भर्ना लिन पाउने छैन तथा अध्ययनरत विद्यार्थीको अध्ययन पूरा गराउने प्रबन्ध गर्नुपर्ने छ’ भन्ने व्यवस्था गर्न खोजेको छ। 

‘नेपाली सन्तान विदेशका लागि तयार पार्न सकिन्न’

हाल नेपालमा विदेशी बोर्डबाट सञ्चालित विद्यालयहरूले विदेशी कूटनीतिक नियोगसँगै नेपाली अभिभावकका छोराछोरीलाई समेत पठनपाठन गराउँदै आएका छन् । यसले गर्दा नेपाली बालबालिकाले नेपाल पढ्न र चिन्न नपाएको गुनासो छ। सोही गुनासोका आधारमा मन्त्रालयले आगामी शैक्षिक सत्रदेखि यस्ता विद्यालयमा नेपाली विद्यार्थी भर्नामा रोक लगाउन लागेको शिक्षा मन्त्रालयको कानुन शाखाका उपसचिव केदार कोइरालाले जानकारी दिए। 

‘नेपालमा सञ्चालित कूटनीति नियोगका विद्यालयहरूमा सम्बन्धित देशकै पाठ्यक्रम पढाइन्छ,’ उपसचिव कोइरालाले नागरिकसँग भने,‘तर, निजी विद्यालयहरूले नेपाली विद्यार्थी समेत भर्ना लिएर विदेशी बोर्ड र विदेश पढाए। तर नेपाल र नेपाली समाज पढाएनन् र बुझाएनन् ।’ 

यस कारण नेपाली विद्यार्थीका लागि माध्यमिक तहसम्ममै नेपाली बोर्ड नै चलाउनु पर्ने मन्त्रालयको धारणा रहेको कोइरालाले बताए। ‘अभिभावकको लगानी भयो, तर बालबालिकाले नेपाल र नेपाली समाज पढेन बुझेनन्,’ उपसचिव कोइरालाले भनेर। 

नेपालको लगानीमा नेपाली सन्तान नेपालको लागि नभई विदेशको लागि तयार पार्ने कुरा जायज नभएको पनि मन्त्रालयको धारणा छ। उनले भने, ‘अब आफ्ना सन्तान विदेशका लागि अब तयार पारिदिन सक्दैनौँ। यस कारण कूटनीतिक नियोगका सन्तानका लागि खोलिएका यस्ता विद्यालयमा अगामी शैक्षिक सत्रदेखि नेपाली विद्यार्थी भर्ना रोक लगाइने छ,’ उनले भने। तर भर्ना भएका विद्यार्थीको हकमा भने पढाई पूरा गर्न छुट दिइने उनले बताए। 

२१ विद्यालयमा ५० हजार नेपाली विद्यार्थी 

हाल नेपालमा अमेरिकी, बेलायती, भारतीय र फ्रान्सेली बोर्डका २१ विद्यालय सञ्चालित छन्। जसमा करिब ५० हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयको अनुमान छ। 

शिक्षा मन्त्रालयका विद्यालय शाखाका शाखा अधिकृत उषा ढकाल लामिछानेका अनुसार २०७२ पछि मन्त्रालयकै पहलमा विदेशी बोर्डका विद्यालयहरू मन्त्रालयमै दर्ता हुने गरेका छन्। त्यसअघि दूतावासले नै दर्ता गरेर चलाउने अनुमति दिने गरेका थिए। 

नेपालमा खुलेको पहिलो विदेशी बोर्डबाट सञ्चालित विद्यालय सेन्टजेभियर्स हो। जो सन् १९५१ मा नेपालमा खुलेको थियो। त्यसपछि भारतीय, बेलायत, अमेरिका र फ्रेन्च बोर्डका विद्यालयहरू नेपालमा खुलेका छन्। 

‘०७२ अघि विदेशी बोर्डका विद्यालयको कुनै पनि तथ्याङ्क मन्त्रालयसँग थिएन। जब दर्तामा आए विद्यालय सङ्ख्या यकिन भयो,’ लामिछानेले भनिन्, ‘तर अझै पनि नेपाल सरकारको विद्यार्थी भर्ना दर्ता प्रक्रियामा यस्ता विद्यालय सहभागी नभएकोले विद्यार्थी सङ्ख्या यकिन गर्न सकिएको छैन ।’ 

प्रस्तावित शिक्षा विधेयकमा भने यस्ता विद्यालयलाई नेपाल सरकारको कानुनी दायराभित्र ल्याउन कार्यविधि तथा मापदण्ड बनाएर नियमन र अनुगमन गर्ने व्यवस्था गरिएको छ। 

‘अहिलेसम्म कार्यविधि र मापदण्ड नभएकाले ती विद्यालयहरूले शिक्षा मन्त्रालयकै प्रतिनिधिलाई विद्यालय प्रवेशमा रोकसमेत लगाउँदै आएका छन् । अब कम्तीमा त्यसो गर्न सक्ने छैनन्,’ लामिछानेले भनिन्।  शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले मन्त्रालयले प्रस्ताव राखे पनि कानुनी रूप नलिँदासम्म भन्न नसकिने जवाफ दिए।

कहाँ कुन विद्यालय सञ्चालनमा छन्? 

हाल नेपालमा सञ्चालित विदेशी बोर्डका विद्यालयहरूमा दिल्ली पब्लिक स्कुल विराटनगर, डिएभी सुशील केडिया विश्व भारती स्कुल ललितपुर, डेडराज सिँवाली देवी तोदी स्कुल विराटनगर, रुपिज इन्टरनेसनल स्कुल काठमाडौं, डिएभी रुक्मिणी बनारसी केडिया स्कुल वीरगन्ज, दिल्ली पब्लिक स्कुल धरान, दामोदर एकेडेमी महोत्तरी, राय स्कुल काठमाडौं, काठमाडौं इन्टरनेशनल स्टडी सेन्टर ललितपुर, द चाँदबाग स्कुल काठमाडौं, दिल्ली पब्लिक स्कुल पर्सा, मोडर्न इन्डियन स्कुल काठमाडौं, आलोक विद्याश्रम काठमाडौं, प्रिमियर इन्टरनेट स्कुल ललितपुर, ब्रिटिस स्कुल ललितपुर, युलेन्स स्कुल ललितपुर, लिंकन स्कुल रवि भवन, नेपाल–भारत मैत्री विद्यालय, अन्तर्राष्ट्रिय फ्रेन्च स्कुल लाजिम्पाटमा सञ्चालनमा छन्।

यी विद्यालयहरू भारतीय, बेलायती, अमेरिका र फ्रेन्च बोर्डका पाठ्यक्रममा आधारित छन् । फ्रेन्च स्कुलमा कक्षा ५ सम्म पढाइ हुन्छ भने अरू सबैमा कक्षा १२ सम्म पठनपाठन गराइन्छ। 
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस