‘साक्षर नेपाल’ घोषणा, ११ वर्षदेखि निरन्तरता,अझै पूर्ण भएन
०२ जेष्ठ २०७७
•
१० मिनेट पाठ
‘साक्षर नेपाल’ घोषणा, ११ वर्षदेखि निरन्तरता,अझै पूर्ण भएन
सरकारले आफ्नो हरेक नीति तथा कार्यक्रममा वर्षेनी ‘साक्षर नेपाल’ घोषणा गर्ने प्राथमिकताका साथ भन्दै आएको ११ वर्ष भयो तर ‘साक्षर नेपाल’ अझै घोषणा गर्न सकेको छैन । नीति तथा कार्यक्रम २०७७/७८मा पनि राष्ट्रपति वद्यादेवी भण्डारीले ‘साक्षर नेपाल’ घोषणा गरिने शिक्षा क्षेत्रको सवालमा नीति प्रस्तुत गरीन् । प्रत्येक सरकारले आफ्नो नीति तथा कार्यक्रममा साक्षर नेपाल घोषणा गर्ने नीति प्राथमिकताका तसाथ राखे पनि त्यो प्रभावकारी भने देखिएको छैन । नेपालले २००७ सालदेखि नै साक्षरताका लागि प्रयास गरेको तथ्यांक छ । त्यस बखत दुई प्रतिशत जनता मात्र साक्षर थिए । 




२०६५/६६ देखि नै मुलुकलाई दुई वर्षभित्र साक्षर नेपाल घोषणा गरिने भन्दै शिक्षा मन्त्रालयले साक्षर नेपाल अभियान नै चलाउँदै आएको छ । तर, त्यो दुई वर्ष कहिले आउने हो, कुनै अत्तोपत्तो छैन । यही कार्यक्रमकै लागि सरकारले विगत ११ वर्षभित्र ७ अर्ब रकम खर्च गरिसकेको शिक्षा मन्त्रालयको तथ्यांक छ । 

तर, नेपालमा वास्तविक रूपमा कति साक्षर भए अझै तथ्यांक आउन सकेको छैन । मन्त्रालयले धमाधम साक्षर जिल्लाहरू घोषणा गर्ने होडबाजी गरे पनि साक्षर घोषणा गरिएका जिल्लामा नागरिकले अझै नाम लेख्न नजानेको सूचनासमेत सार्वजनिक भएका छन् । शिक्षामन्त्रीले भने १५ देखि २४ वर्ष उमेर समूहका ८८ दशमलव ६ प्रतिशत नागरिक साक्षर भइसकेको दाबी गर्दै आएका छन् । तर, शिक्षा मन्त्रालय सम्हाल्ने प्रत्येक मन्त्रीले दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने भाषण ठोक्दै आए पनि मन्त्रालयमै साक्षरताको यकिन तथ्यांकसमेत राख्न सकिएको छैन ।

जिल्लाहरूले हचुवाको भरमै बुझाएको प्रतिवेदनलाई आधार मानेर घोषणा गरेको साक्षर जिल्लालाई समेत मान्यता दिने/नदिने विषयमा विभिन्न दातृ निकायहरूले समेत आवाज उठाउँदै आएका छन् । 

शुक्रबार राष्ट्रपति भण्डारीले प्रस्तुत गरेकी नीति तथा कार्यक्रममा सबै नेपालीलाई देश भक्त, भविष्यप्रति आशावादी, सक्षम, योग्य र सृजनशील नागरिक बनाउने नारासहितको शिक्षा नीति तथा कार्यक्रम रहेको छ । उनले शिक्षा नीतिले यसै शैक्षिक सत्रदेखि आनलाइन शिक्षालाई जोड दिने नीति रहेको बताइन् । शिक्षाको नीति तथा कार्यक्रममा यसै वर्षदेखि मुलुकका सबै माध्यमिक विद्यालय र क्याम्पसहरूमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिने र उच्च गतिको इन्टरनेट सेवा पुर्याइने भनिएको छ ।

विद्यालय तहमा विज्ञान शिक्षण सिकाइलाई प्रभावकारी र रुचिकर बनाउन वैज्ञानिक शिक्षण विधिलाई जोड दिने योजना छ । सरकारको यो नीति तथा कार्यक्रम अध्ययन विना नै हचुवाको भरमा आएको बुझिन्छ । किन भने हालको अवस्थामा सामुदायिक विद्यालयहरूमा कार्यान्वयनमा ल्याइएको कम्प्युटर शिक्षासमेत प्रभावकारी बनेको छैन । विद्यालयमा कम्प्युटर विषयको योग्य र दक्ष शिक्षक सरकारले उपलब्ध गराउन नसकेकाले धेरै सरकारी विद्यालयहरूमा दातृ निकायहरूले उपलब्ध गराइदिएको कम्प्युटरसमेत थन्काइएको छ । 

विद्यालयको प्रकारअनुसार अनलाइन सिकाइ सामग्रीको उपलब्धतामा ठूलो अन्तर रहेको विद्यार्थी उपलब्धिको राष्ट्रिय परिक्षण (नासा)को प्रतिवेदनले देखाएको छ । नासाको अध्ययन तत्थ्यांकअनुसार कक्षा पाँचमा अध्ययन गर्ने ३७ प्रतिशत निजी विद्यालयका विद्यार्थीले आफ्नो घरमा कम्प्युटर उपलब्ध भएको बताएका छन् भने सामुदायिक विद्यालयमा १० प्रतिशत बालबालिका मात्र कम्प्युटर उपलब्ध भएको बताएका छन् । 

यसैगरी २२ प्रतिशत निजी विद्यालयमा कम्प्युटर उपलब्ध भएको बताएका छन् भने ४ प्रतिशत सामुदायिक विद्यालयमा अध्ययनका लागि कम्प्युटर उपलब्ध भएको बताएका छन् । यति मात्र होइन, यस प्रतिवेदन अनुसार ३५ प्रतिशत विद्यालयमा मात्र बिजुलीको सुविधा रहेको देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार करिब १० हजार सामुदायिक विद्यालयमा मात्र कम्प्युटर उपलब्ध भएको देखाए पनि ती शिक्षण सिकाइमा प्रयोग भएनभएको अनुगमनसमेत छैन । यसमध्ये पनि १२ प्रतिशत विद्यालयमा मात्र इन्टरनेट सुविधा छ । विद्यालयमा नै विद्युत् छैन भने ती विद्यालय भएका गाउँमा विद्युत् छैनन् भन्ने अनुमान गर्न सकिन्छ । अर्कोतिर सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका अभिभावक न्यून आय भएको अध्ययनले देखाएको छ ।

देशमा प्राविधिक जनशक्तिको अभाव हटाउन प्राविधिक शिक्षाको विस्तार गरिने कार्यक्रम रहेको भण्डारीले बताइन् । सरकार ६ सय सात स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउन सफल भएकोमा प्रशंसा गर्दै अगामी तीन वर्षभित्र सबै प्राविधिक शिक्षालाई पूर्वाधारसम्पन्न शिक्षण संस्थाको रूपमा विकास गर्ने सरकारी नीति रहेको छ । 

विद्यालय तहको पाठ्यक्रममा नेपालको गौरब, संस्कृति, सभ्यता, मूल्यमान्यता तथा राष्ट्रियता र नागरिक कर्तव्य बोधका विषयवस्तु समेट्ने सरकारी कार्यक्रम रहेको उनले बताइन् । 

पाँच वर्षमुनिका बालबालिकाको सर्वांगीण विकासका लागि स्थानीय तहमा बालविकास कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गरिने कार्यक्रम छ भने विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याई टिकाउने र कम्तीमा मावि तहसम्मको शिक्षा पूरा गराउने शिक्षा नीतिको जोड छ । सरकारी विद्यालयलाई गुणस्तरको केन्द्र बनाउन योग्य र दक्ष शिक्षकको व्यवस्थापन गरिने भण्डारीले जनाइन् । 

स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा उपलब्ध गराउने वातावरण बनाउने र निजी क्षेत्रको लगानीलाई वृद्धिमा जोड दिने सरकारी लक्ष्य रहेको छ । सबै मेडिकल कलेजले शल्यचिकित्सासहितको सेवा दिनुपर्ने, विश्वविद्यालयहरूलाई अनुसन्धानमुखी बनाउँदै जाने उनले जनाइन् । देशको आवश्यकता र अन्तर्राष्ट्रिय अवसरको आधारमा आवश्यक जनशक्ति प्रक्षेपण गरी विषयगत क्षेत्रमा जनशक्ति उत्पादनमा विश्वविद्यालयहरूले जोड दिने कार्यक्रम छ ।

विज्ञानका क्षेत्रमा अन्तराष्ट्रिय स्तरको उच्च शिक्षा स्वदेशमै उपलब्ध गराउन मदन भण्डारी विश्वविद्यालय स्थापना गर्न आवश्यक पूर्वाधार तयारी गरिने छ । ‘चिनौँ आफ्नो माटो बनाऔँ आफ्नो देश अभियान’ सञ्चालन गरी स्नातकोत्तर युवाहरूलाई विकास निर्माण तथा शैक्षिक विकासका काममा मुल’कभर परिचालन गरिने व्यवस्था सरकारले गरेको राष्ट्रपति भण्डारीले बताइन् । विश्वविद्यालयहरूको पाठ्यक्रम समयसापेक्ष बनाई त्रिभुवन विश्वविद्यालयलाई विशिष्टीकृत अनुसन्धान केन्द्रको रूपमा स्थापना गरिने सरकारको कार्यक्रम छ । 
अर्को समाचार
२ वर्षभित्र कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति गर्ने सरकारको घोषणा
०५ जेष्ठ २०८०
•
१ मिनेट पाठ
२ वर्षभित्र कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति गर्ने सरकारको घोषणा
सरकारले आगामी दुई वर्षभित्र त्रिवि क्रिकट मैदान र मूलपानी क्रिकट रंगशालाको स्तरोन्नति सक्ने बताएको छ।




शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा दुई वर्षभित्र त्रिवि क्रिकट मैदान र मूलपानी क्रिकट रंगशालाको स्तरोन्नति सक्ने उल्लेख छ।

दुई रंगशालाको स्तरोन्नति दुई वर्षभित्र सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने नीति तथा कार्यक्रममा बताएको छ।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
यो पनि पढौँ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस