शैक्षिक खर्चका नाममा सात अर्ब बाहिरियो
१६ पौष २०७७
•
३ मिनेट पाठ
शैक्षिक खर्चका नाममा सात अर्ब बाहिरियो
कोरोना महामारीका कारण विदेशमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले रोजगारी गुमाएका कारण नेपालबाट विदेशिने शैक्षिक खर्च उच्च देखिएको छ । जब कि महामारीमा विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्यामा ह्वत्तै कमी आएको छ । तर नेपालबाट विदेशिने शैक्षिक खर्च घटेको छैन । विगतमा विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जाँदा आफ्नो शैक्षिक खर्च आफैले काम गरेर जुटाउने गर्ने गरेका थिए । भने यो वर्ष कोरोना महामारी जोखिम बढेसँगै विद्यार्थीहरुले रोजगारी गुमाएका छन् । यसले गर्दा उनीहरु अभिभावकमाथि निर्भर हुनु परेको अभिभावकहरुकै गुनासो छ ।




शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाका वैदेशिक अध्ययन अनुमति (एनओसि)शाखा प्रमुख दिलनाथ पुरीका अनुसार यस आर्थिक वर्षमा साउनदेखि कात्तिक मासान्तसम्ममा नोअबजेक्सन लेटर एनओसी लिने विद्यार्थीहरुको संख्यामा गत वर्षको भन्दा ६ हजारले घटेको छ । यो अवधिमा यस वर्ष १२ हजार २ सय ५५ रहेको छ । जब की यही अवधिमा गत वर्ष १८ हजार ९ सय ११ ले एनओसी लिएका थिए । तर यो वर्ष करिब ७ अर्ब रुपैयाँ विदेशमा अध्ययनरत विद्यार्थीको नाममा शैक्षिक खर्चको रुपमा बाहिरिएको तथ्यांक छ ।  

शाखा प्रमुख पुरीले एनओसी लिने सबै विद्यार्थीहरु विदेश अध्ययनमा जानकै लागि एनओसी लिने गर्छन् । तर यस वर्ष कोरोना महामारीको उच्च जोखिमका कारण शैक्षिक गनतब्य देशहरुमा शैक्षिक संस्थाहरु बन्द भएको कारण एनओसी लिनेहरु ह्वात्तै घटेको उनले बताए । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको अध्ययनसँगै रोजगारी प्रमुख हो । तर यस वर्ष अमेरिका, जापान, अष्ट्रेलिया वेलायत तथा यूरोपियन देशहरुमा कोरोना महामारीको दोस्रो र तेस्रो लहरको जोखिम बढेपछि विद्यार्थीहरुले विदेशमा रोजगारी गुमाएको तिनका अभिभावकहरुको गुनासो छ ।  

मन्त्रालयले असार महिनामा एनओसी अनलाइन उपलब्ध गराउने निर्णय गर्‍यो । भदौंदेखि एनओसी अनलाइनबाट उपलब्ध भयो,’ शाखा प्रमुख पुरीले नागरिकसँग भने ‘हाल एनओसी तीन किसीमले लिने गरेका छन् । विदेशमा अध्ययन गरीरहेका तर रोजगारी गुमाएर खाना, बस्ने र शुल्क तिर्न नसकेकोलाई रकम पठाउन, अर्को अध्ययन गर्न विदेशै जाने र तेस्रो अनलाइनबाट विदेशमा यो वर्ष भर्ना भएका तर नेपालमै बसेर अनलाइन कक्षा संचालन गरिरहेका विद्यार्थी छन् ।’ उनले थपे ‘शैक्षिक गन्तब्य रहेका देशहरुमा कोरोना महामारीको दोस्रो र तेस्रो लहर देखिएपछि त्यतातिर अन्तर्राष्ट्रिय उडानहरु पनि छैनन् । शैक्षिक परामर्स दाताहरुले पनि विदेशी अध्ययनको लागि फुलफेजमा काम गर्न नसकेकोले विद्यार्थी घटेका हुन् ।’  

तर राष्ट्र बैंकका अनुसार यस वर्ष विदेशमा शैक्षिक खर्चको नाममा पठाइने रकममा कमी आएको छैन । बैंकका प्रवक्ता डा. गुनाकर भट्टका अनुसार यस वर्ष विदेशमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक खर्चको नाममा साउनदेखि कात्तिक मसान्तसम्म ६ अर्ब ८० करोड रकम बाहिरएको छ । उनले यस आर्थिक वर्षमा विदेशमै अध्ययन गर्ने विद्यार्थीको लागि शैक्षिक खर्च बाहिरिएको देखिएको जनाए ।  

‘पहिले विदेश अध्ययन गर्न गएका विद्यार्थीहरुको लागि खाना, बस्ने र शुल्क वापत ६ अर्ब ८० करोड खर्च बाहिरएको देखिएको छ,’ प्रवक्ता भट्टले नागरिकसँग भने ‘कोरोना संक्रमण जोखिमका कारण विद्यार्थीले विदेशमा रोजगारी पनि गुमाएका होलान् । त्यही भएर रकम थपिनेनै भयो ।’ उनले थपे ‘स्नातक अध्यन गरीरहेका विद्यार्थीको हकमा अभिभावकले शुल्क, खान बस्ने खर्च पठाएकै देखिन्छ ।’

बेलायतमा अध्ययनरत छोरीकोलागि आफूले १८ लाख रुपैयाँ शैक्षिक खर्च पठाएको एक अभिभावकले बताए । ‘पोहोरसम्म हामीले छोरीलाई शैक्षिक खर्च पठाउनु परेको थिएन किन भने छोरी काम गर्दै आफै पढाई खर्च जुटाउने गरेकि थिइन्,’ति अभिभावकले नागरिकसँगको भेटमा भने ‘अहिले छोरीको रोजगारी गुमेको छ । कोरोनाका कारण छोरी घरमै बसेर अध्ययन गरिरहेकि छिन्।’ उनी थप्छिन्‘बेलायतमा नयाँ खालको भाइरस देखिएको छ । त्रास पनि छ । बच्चालाई तनाव दिनु भएन । पैसा पठाउनुनै पर्‍यो ।’
अर्को समाचार
एनआइबिएल गज्जब ६ मुद्दती खाता
२४ माघ २०७८
•
१ मिनेट पाठ
एनआइबिएल गज्जब ६ मुद्दती खाता
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६औं वार्षिकोत्सवको अवसरमा एनआइबिएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ।




भविष्यमा आफ्ना ग्राहकलाई आइपर्ने आर्थिक व्ययभार, औषधोपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्न यो योजना सहयोगीसिद्ध हुने बैंकको दाबी छ।

यस खाताका विशेषतामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने, न्यूनतम १० हजार रूपैयाँमा मुद्दती खाता खोल्न सकिने, निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने, साँवा तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ।  
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ सेकेन्ड अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस