उत्प्रेरणा र सहयोगले पढाइलाई निरन्तरता
१५ चैत्र २०७७
•
४ मिनेट पाठ
उत्प्रेरणा र सहयोगले पढाइलाई निरन्तरता
विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिँदै।
नीलकण्ठ नगरपालिका वडा नं ७ मर्स्याङछाँपकी अञ्जना परियारले कक्षा ९ मा पढ्दै गर्दै विद्यालय छाड्ने मनसाय बनाइन्। ज्यालामजदुरी गरी परिवारको छाक टार्दै आइरहेका उनको आमाबुबाले जसोतसो पढाइरहेका थिए। परिवारको नाजुक आर्थिक अवस्थाका कारण दाईदिदीहरुले पनि पढाईलाई निरन्तरता दिन सकेनन्। त्यसैले उनले पनि पढाईलाई छाड्ने विचार गरिन् केही समय विद्यालय गइनन्। दिदीहरुको उत्प्रेरणा र सहयोगले छाडेको पढाई पुनः निरन्तरता दिईन्।




उनको पारिवारिक अवस्था अतिविपन्न छ। उनलाई यतिको शैक्षिक योग्यता पाउँछु जस्तो पटक्कै लागेको थिएन। तर विद्यालयमा सञ्चालन भएको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमको सहयोगबाट उनले पढाईलाई निरन्तरता दिएकी छन्। ‘मेरो परिवारको आर्थिक अवस्था नाजुक छ, मैले पढाइलाई निरन्तरता दिन्छु जस्तो पटक्कै लागेको थिएन’, उनले भनिन्, ‘बीचमै पढाई छाड्ने अवस्थामा थिए तर दिदीहरुको उत्प्रेरणा, साथ र सहयोगले पढाईलाई निरन्तरता दिन पाए, अहिले नियमित विद्यालय जान्छु।’ उनी कर्णेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत छिन्।  

विद्यालयमा संचालन गरिएको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले उनको पढाईमा सहयोग पुर्‍याएको छ। कार्यक्रमबाट उत्प्रेरणा, सहयोग पाउनुका सार्थ सकारात्मक परिवर्तन समेत भएको उनले सुनाइन्। ‘पहिले विद्यालय आउन पनि डर लाथ्यो, शिक्षकदेखि डराउन्थे,’ उनले भनिन्, ‘अहिले नियमित विद्यालय आउँछु, साथीहरुसँग रमाउँछु शिक्षक साथीजस्तै बनेको छ।’ आफूले सिकेका कुराहरु साथीहरु, घरपरिवारका सदस्यहरुलाई पनि सिकाउने गरेकी छन्।  

बालिकाहरुका लागि संचालित बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले कक्षा छाड्ने दर घटाउन महत्वपूर्ण भूमिका खेलेको छ। भीएसओ र आसमान नेपालको साझेदारीमा धादिङमा बालिकाहरुलाई लक्षित गरि बहिनी शिक्षाका लागि दिदी कार्यक्रम संचालन गरिएको हो। कार्यक्रम अन्तर्गत बालिकाको शिक्षा पाउने अधिकार प्रवद्र्धन गर्न र समुदायबाट लैङ्गिक हिंसाको असर घटाउन विशेष गरि बालिका शिक्षाको लागि काम गर्दै आएको छ। कार्यक्रमबाट विद्यालय छाडि सकेका बालिकाहरु फेरि विद्यालय जान थालेका छन्।  

नीलकण्ठ नगरपालिका वडा नं ९ कै सुनिता श्रेष्ठले दिदीहरुको साथ र सहयोगले जीवनमा नसोचेको परिवर्तन आएको बताइन्। ‘कार्यक्रम मार्फत पढाइलाई निरन्तरता दिन पाएसँगै व्यक्तित्व विकासमा टेवा पुगेको छ, उनले भनिन् ‘आफ्ना कुरा खुलेर गर्न सक्ने भएको छु, आत्मबलमा पनि वृद्धि भएको छ।’ आर्थिक, सामाजिक, शारीरिक समस्याले विद्यालय नजाने निर्णय गरिसकेका बालिकाहरु अहिले भविष्यको लक्ष्य नै निर्धारण गरेर विद्यालय जान थालेको बालिकाहरुको भनाई छ।  

कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्ने विपन्न परिवारका छात्राहरूका लागि अस्थायी अभिभावकको रूपमा सोही समुदायका दिदीहरूलाई जिम्मा दिने गरिएको छ। दिदीहरूले स्वयंसेवकको रूपमा आफ्नो समुदायका बहिनीहरूलाई नियमित हेरचाह गर्दै आएका छन्। दिदीहरूले उनीहरूलाई पढाइतर्फ आकर्षित गर्न उनीहरूको साथी जस्तै भएर नियमित संगत गर्ने, उनीहरूका समस्याका बारेमा भलाकुसारी गर्ने र समस्यामा परामर्श गर्ने गरेको स्वयंसेवक दिदी रजनी राना मगरले बताइन्।

बहिनी शिक्षाका लागि दिदी कार्यक्रम मार्फत विद्यालय छाड्ने दर हटेको, बालविवाहमा कमी भएको र क्षमता विकास भएको आसमान नेपालले संचालन गरेको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमका जिल्ला संयोजक सुनिल केसीले बताए। ‘हामीले काम गर्नुअघि विभिन्न कारणले विद्यालय छाड्ने, बालविवाह गर्ने लगायतका समस्याहरु थियो’ जिल्ला संयोजक केसीले भने, ‘अहिले विद्यालय छाड्ने दर हटेको छ, बालविवाहमा कमी भएको र क्षमता अभिवृद्धि पनि भएको छ।’  

भिएसओ नेपालको सहयोगमा आसमान नेपालले विगत आठ वर्षदेखि बालिका शिक्षाको लागि काम गर्दै आएको छ। संस्थाले बहिनी शिक्षाका लागि दिदी कार्यक्रम मार्फत विद्यालय जान सहज बनाउन बालिकाहरुलाई शैक्षिक सामग्री सहयोगसँँगै उनीहरुको क्षमता विकासको लागि काम गर्दै आएको आसमान नेपालका कार्यक्रम व्यवस्थापक शेखर सापकोटाले बताए। जिल्लाको पाँचवटा स्थानीय तहको १३ वटा विद्यालयमा यो कार्यक्रम संचालन भइरहेको छ।  

आर्थिक अवस्था कमजोर भएकै कारण एसएलसी पछि पढ्न नपाएका बेनिघाट रोराङ गाउँपालिका वडा नं १० की रस्मिता चेपाङ अहिले पढाईलाई निरन्तरता दिईरहेकी छन्। ठूली दिदीको रुपमा बहिनीहरुलाई विद्यालय जान उप्रेरित गर्ने, बहिनीहरुको साथी बन्ने, पढाइसँगै अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गर्ने, गृहकार्यमा सघाउने र उनीहरूलाई समस्या परेका बेला सहजीकरण गर्दै आएकी छन्। यसले विद्यालयका छात्रामा बोल्ने, पढ्ने, आफ्नो समस्याबारे खुलेर कुरा राख्न सक्ने बानीको विकास गराएको छ।

कार्यक्रम अन्तर्गत संस्थाले विपन्न विद्यार्थीलाई स्टेसनरी, विद्यालय पोशाकलगायतका शैक्षिक सामग्री प्रदान गर्दै आएको छ। योसँगै कार्यक्रम लागू भएका विद्यालयका शिक्षकलाई विषयगत क्षमता अभिवृद्धिका लागि तालिम तथा विद्यालयका लागि भौतिक संरचना निर्माणमा समेत सहयोग गर्दै आएको छ। कार्यक्रमले दक्षिणी धादिङको चेपाङ समूदायका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारमा एकदमै सहयोग पुगेको छ। छिटो उमेरमा विवाह गर्ने, विद्यालय छाड्ने दर कमी भएको छ।
अर्को समाचार
उत्प्रेरणा र सहयोगले पढाइलाई निरन्तरता
१६ चैत्र २०७७
•
४ मिनेट पाठ
उत्प्रेरणा र सहयोगले पढाइलाई निरन्तरता
नीलकण्ठ नगरपालिका वडा नंमस्र्याङछापकी अञ्जना परियारले कक्षा ९ मा पढ्दै गर्दा विद्यालय छाड्ने मनसाय बनाइन्। ज्याला मजदुरी गरी परिवारको छाक टार्दै आइरहेका उनको आमाबुबाले जसोतसो पढाइरहेका थिए। परिवारको नाजुक आर्थिक अवस्थाका कारण दाइदिदीहरूले पनि पढाइलाई निरन्तरता दिन सकेनन्। 




त्यसैले उनले पनि पढाइ छाड्ने विचार गरिन् र केही समय विद्यालय गइनन्। दिदीहरूको उत्प्रेरणा र सहयोगले छाडेको पढाइ पुनः निरन्तरता दिइन्। उनको पारिवारिक अवस्था अतिविपन्न छ। उनलाई यतिको शैक्षिक योग्यता पाउँछु जस्तो पटक्कै लागेको थिएन। तर विद्यालयमा सञ्चालन भएको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमको सहयोगबाट उनले पढाइलाई निरन्तरता दिएकी छन्।

‘मेरो परिवारको आर्थिक अवस्था नाजुक छ, मैले पढाइलाई निरन्तरता दिन्छु जस्तो पटक्कै लागेको थिएन’, उनले भनिन्, ‘बीचमै पढाइ छाड्ने अवस्थामा थिए तर दिदीहरूको उत्प्रेरणा, साथ र सहयोगले पढाइलाई निरन्तरता दिन पाए, अहिले नियमित विद्यालय जान्छु।’ उनी कर्णेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत छिन्।  

विद्यालयमा संचालन गरिएको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले उनको पढाइमा सहयोग पुर्‍याएको छ। कार्यक्रमबाट उत्प्रेरणा, सहयोग पाउनुका सार्थ सकारात्मक परिवर्तनसमेत भएको उनले सुनाइन्। ‘पहिले विद्यालय आउन पनि डर लाथ्यो, शिक्षकदेखि डराउँथे,’ उनले भनिन्, ‘अहिले नियमित विद्यालय आउँछु, साथीहरूसँग रमाउँछु शिक्षक साथीजस्तै बनेका छन्।’ आफूले सिकेका कुराहरू साथीहरू, घरपरिवारका सदस्यहरूलाई पनि सिकाउने गरेकी छन्।  

बालिकाहरूका लागि संचालित बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले कक्षा छाड्ने दर घटाउन महत्वपूर्ण भूमिका खेलेको छ। भिएसओ र आसमान नेपालको साझेदारीमा धादिङमा बालिकाहरूलाई लक्षित गरी बहिनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमअन्तर्गत बालिकाको शिक्षा पाउने अधिकार प्रवर्धन गर्न र समुदायबाट लैङ्गिक हिंसाको असर घटाउन विशेष गरि बालिका शिक्षाको लागि काम गर्दै आएको छ। कार्यक्रमबाट विद्यालय छाडि सकेका बालिकाहरू फेरि विद्यालय जान थालेका छन्।  

नीलकण्ठ नगरपालिका वडा नं ९ कै सुनिता श्रेष्ठले दिदीहरूको साथ र सहयोगले जीवनमा नसोचेको परिवर्तन आएको बताइन्। ‘कार्यक्रममार्फत पढाइलाई निरन्तरता दिन पाएसँगै व्यक्तित्व विकासमा टेवा पुगेको छ, उनले भनिन् ‘आफ्ना कुरा खुलेर गर्न सक्ने भएको छु, आत्मबलमा पनि वृद्धि भएको छ।’ आर्थिक, सामाजिक, शारीरिक समस्याले विद्यालय नजाने निर्णय गरिसकेका बालिकाहरू अहिले भविष्यको लक्ष्य नै निर्धारण गरेर विद्यालय जान थालेको बालिकाहरूको भनाइ छ।  

कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्ने विपन्न परिवारका छात्राहरूका लागि अस्थायी अभिभावकको रूपमा सोही समुदायका दिदीहरूलाई जिम्मा दिने गरिएको छ। दिदीहरूले स्वयंसेवकको रूपमा आफ्नो समुदायका बहिनीहरूलाई नियमित हेरचाह गर्दै आएका छन्। दिदीहरूले उनीहरूलाई पढाइतर्फ आकर्षित गर्न उनीहरूको साथी जस्तै भएर नियमित संगत गर्ने, उनीहरूका समस्याबारे भलाकुसारी गर्ने र समस्यामा परामर्श गर्ने गरेको स्वयंसेवक दिदी रजनी राना मगरले बताइन्।  

बहिनी शिक्षाका लागि दिदी कार्यक्रममार्फत विद्यालय छाड्ने दर हटेको, बालविवाहमा कमी भएको र क्षमता विकास भएको आसमान नेपालले सञ्चालन गरेको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमका जिल्ला संयोजक सुनिल केसीले बताए। ‘हामीले काम गर्नुअघि विभिन्न कारणले विद्यालय छाड्ने, बालविवाह गर्ने लगायतका समस्याहरू थियो’ जिल्ला संयोजक केसीले भने, ‘अहिले विद्यालय छाड्ने दर हटेको छ, बालविवाहमा कमी भएको र क्षमता अभिवृद्धि पनि भएको छ।’  

भिएसओ नेपालको सहयोगमा आसमान नेपालले विगत आठ वर्षदेखि बालिका शिक्षाको लागि काम गर्दै आएको छ। संस्थाले बहिनी शिक्षाका लागि दिदी कार्यक्रममार्फत विद्यालय जान सहज बनाउन बालिकाहरूलाई शैक्षिक सामग्री सहयोगसँँगै उनीहरूको क्षमता विकासको लागि काम गर्दै आएको आसमान नेपालका कार्यक्रम व्यवस्थापक शेखर सापकोटाले बताए। जिल्लाको पाँचवटा स्थानीय तहको १३ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको छ।  

आर्थिक अवस्था कमजोर भएकै कारण एसएलसी पछि पढ्न नपाएका बेनिघाट रोराङ गाउँपालिका वडा नं १० की रस्मिता चेपाङ अहिले पढाईलाई निरन्तरता दिईरहेकी छन्। ठूली दिदीको रूपमा बहिनीहरूलाई विद्यालय जान उप्रेरित गर्ने, बहिनीहरूको साथी बन्ने, पढाइसँगै अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गर्ने, गृहकार्यमा सघाउने र उनीहरूलाई समस्या परेका बेला सहजीकरण गर्दै आएकी छन्। यसले विद्यालयका छात्रामा बोल्ने, पढ्ने, आफ्नो समस्याबारे खुलेर कुरा राख्न सक्ने बानीको विकास गराएको छ।

कार्यक्रमअन्तर्गत संस्थाले विपन्न विद्यार्थीलाई स्टेसनरी, विद्यालय पोशाकलगायतका शैक्षिक सामग्री प्रदान गर्दै आएको छ। योसँगै कार्यक्रम लागू भएका विद्यालयका शिक्षकलाई विषयगत क्षमता अभिवृद्धिका लागि तालिम तथा विद्यालयका लागि भौतिक संरचना निर्माणमा समेत सहयोग गर्दै आएको छ। कार्यक्रमले दक्षिणी धादिङको चेपाङ समुदायका बालबालिकाहरूको शैक्षिक गुणस्तर सुधारमा एकदमै सहयोग पुगेको छ। छिटो उमेरमा विवाह गर्ने, विद्यालय छाड्ने दर कमी भएको छ। 
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस