विद्यार्थीमा संक्रमण, अभिभावकलाई जोखिम
०२ वैशाख २०७८
•
३ मिनेट पाठ
विद्यार्थीमा संक्रमण, अभिभावकलाई जोखिम
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीको तालबेसी माविमा संचालित पठनपाठन । फाइल तस्बिरः नागरिक
पोखराको चल्तीको एउटा स्कुलका विद्यार्थीमा कोरोना भाईरस परीक्षण गर्दा ३ जना बालबालिका र २ जना शिक्षकमा संक्रमण पुष्टि भयो । चल्तीको अर्काे एउटा विद्यालयका विद्यार्थीमा पनि संक्रमण देखिएको छ । परीक्षणका लागि संकलन गरिएका सबै नमूनाको रिपोर्ट आईसकेको छैन । दैनिक डेढसय हाराहारीमा विद्यार्थीको नमूना संकलन गरेर परीक्षण थालिएको छ ।  




स्कुले विद्यार्थीमा देखिएको संक्रमणले कोरोना भाइरस साना उमेरका बालबालिकामा पनि देखिएको पुष्टि भएको स्वास्थ्यकर्मीले बताएका छन् । कम उमेरका बालबालिकामा संक्रमण फैलिँदा सचेत हुनुपर्ने अवस्था आएपनि बाहिरी माहोल भने झनै कमजोर बन्दै गएकोले स्वास्थ्यकर्मीले सचेत हुन आग्रह गरिरहेका छन् । विद्यालय तहमै संक्रमण फैलिनु झनै जोखिमपूर्ण रहेको उनीहरुको भनाई छ । पछिल्लो समय गण्डकी प्रदेशमा पनि सक्रमण बढिरहेको स्वास्थ्य निर्देशनायले बताएको छ । कास्कीमा मात्र अहिले ३ सय भन्दा बढि संक्रिय संक्रमित छन् । प्रदेशमा अहिले ४ सय बढी संक्रमित रहेको निर्देशनालयले बताएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षण नवराज शर्माले विद्यालयका बालबालिकामा कोरोना फैलिएको छ की छैन भनेर नमूना संकलन गरेर परीक्षण गर्न थालिएको बताए । ‘विद्यार्थीमा नमूना परीक्षण गर्दा संक्रमण फैलिएको पुष्टि भएको छ,’ शर्माले भने, ‘स्कुले बालबालिकामा संक्रमण फैलिनु जोखिमको संकेत हो ।’ दोश्रो लहरको संक्रमण सर्वत्र फैलिएको भन्दै चिकित्सकले सुरक्षित हुन सुझाएपनि यहाँ सबै विद्यालय पहिलेकै आकारमा संचालनमा छन् । विद्यार्थीतहमै संक्रमण फैलिनुले घरघरमा पनि जोखिम निम्तिने शर्माले बताए ।  

‘दैनिक डेढसयदेखि दुईसयजना बालबालिकाको नमूना संकलन गरेर परीक्षण थालेका छौ । केही विद्यार्थीमा संक्रमण पुष्टि पनि भईसकेको छ,’ उनले भने, ‘यो गतिलो संकेत होइन, अवस्था जटिलतातर्फ उन्मुख हुन थालेको छ ।’ विद्यालयतहमा धेरै विद्यार्थी एकैठाउँ भेला हुने भएकोले बास्तविक अवस्था थाहा पाउन ‘मास टेस्टिङ’ सुरु गरेको उनले बताए । ‘केहीदिन अघि एउटा बालगृहका बालकहरुमा पनि संक्रमण देखिएको थियो । बाहिरी बजारमा कम आउजाउ गर्ने बालकहरुलाई संक्रमण हुनुले बालबालिकास्तरमा फैलिएको पुष्टि हुन्छ,’ उनले भने । बजारमा हेलचेक्रयाँइ पनि अधिक नै बढेको उनले बताए ।
‘बिहान घरबाट निस्कँदा लगाएको मास्क बेलुकी फर्किदा अर्कै रंगको हुन्छ । बालबालिकाले मास्क नै साटासाट गर्छन, त्यसैले पनि जोखिम छ भन्ने बुझिन्छ,’ उनले भने, ‘बालकालिकामा संक्रमण बढ्नु भनेको घरघरमा पनि फैलिनु हो ।’ पोखरामा सबैतिरका मान्छेको आउजाउ हुने हुँदा संक्रमण फैलिन सघाएको उनले बताए । त्यसबाहेक सर्वसाधारणले मास्क पनि लगाउन छाडेका छन् ।  

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्मा पनि विद्यालय तहमा संक्रमण फैलिन थालेपनि सम्झौता गर्न नसकिने बताउँछन् । ‘जीवन रहे जगत चल्ने हो । स्कुलसँग सम्झौता गर्दैनौ,’ निर्देशक शर्माले भने, ‘विद्यालय नै कोरोनाको हटस्पट हुने खतरा बढेको छ । त्यही अनुसार सुरक्षाका विधि अपनाउनुपर्छ ।’ उनले विद्यालयको पठनपाठन नै बन्द गर्नुपर्ने अवस्था आए अटेर गर्न नहुने बताए । ‘स्कुल बन्द गर्नु हुँदैन भने बालहठ गर्न सकिन्न । बच्चामा संक्रमण बढ्दै गयो जटिलता बढ्छ,’ उनले भने, ‘बुढ्यौलीका अभिभावकलाई बालबच्चामार्फत जोखिम निम्त्याएका छौ ।’ प्रदेशलाई सुरक्षित बनाउने हो भने स्कुलको पठनपाठन नै रोक्नुपर्ने गरि महंगो निर्णय गर्ने उनले बताए ।  

विद्यालय संचालक भने तत्काल पठनपाठन बन्द गर्ने पक्षमा छैनन । निजी तथा आवासीय विद्यालयको छाता संस्था (प्याब्सन)कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्माले तत्कालका लागि विद्यालय बन्द नगर्ने र केहीदिन पर्खिन सकिने अवस्था रहेको बताए । ‘कुनैकुनै विद्यालयमा समस्या देखियो भने तत्काल बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । त्यो बेलाका लागि वैकल्पिक विधि अपनाउने तयारी पनि छ,’ उनले भने, ‘तर, अहिल्यै सबै विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको देएिको छैन ।’  

उनका अनुसार पोखरा भित्रका ३ हजार विद्यार्थीको कोरोना परीक्षण गर्ने तयारी भएको छ । विद्यालय संचालकले सबैखाले पठनपाठन बन्द गर्ने नभई सतर्कता अपनाउनुपर्नेमा तयारी गरेको उनले बताए । ‘लामो समय विद्यालय बन्द गर्दा विद्यार्थीमा परेको असर छ । एउटा समस्या सल्टाउँदा धेरै अप्ठेरो आइपरेको छ,’ उनले भने, ‘कोरोनाको भन्दा अरु बढि क्षति बाहिरबाट हुन सक्छ । त्यसैले सुरक्षाका विधि अपनाएर विद्यालय संचालन गर्ने हो । एकाध विद्यालय वा कक्षाकोठामा समस्या आए त्यो विद्यालय वा कक्षामा केहीदिन पठनपाठन रोक्न सकिन्छ ।’ 
अर्को समाचार
शिक्षक विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द
२९ मंसिर २०७७
•
३ मिनेट पाठ
शिक्षक विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द
नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए। नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए। विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना संक्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन्।




कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ शिक्षकमा आज कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द हुने अवस्था आएको हो। कोरोनाको पिसीआर रिपोर्टअनुसार आज एक विद्यालयका ११ सहित सुर्खेतमा १७ शिक्षकमा कोरोना सङ्क्रमण देखिँदा विद्यालय बन्द हुने क्रममा गएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए।

उनका अनुसार आज आएको रिपोर्टमा जिल्लास्थित १७ शिक्षकलाई लक्षणसहितको सङ्क्रमण देखिएको छ। उनीहरु होम आइसोलेसनमा छन् र अवस्था सामान्य नै छ। चार विद्यार्थीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए। कोरोना सङ्क्रमण पुष्टि भएका शिक्षकमध्ये सुर्खेत पञ्चपुरी नगरपालिकाको सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटेका ११ शिक्षक रहेको उक्त नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख गङ्गादेव पुरीले बताए। त्यस्तै सोही नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरका दुई शिक्षकलाई पनि सङ्क्रमण देखिएको छ।

दुई विद्यालयका ३९ शिक्षकको पिसीआर परीक्षण गर्दा १३ शिक्षकको रिपोर्ट पोजेटिभ आएको उनले बताए। उनका अनुसार कोरोना सङ्क्रमण देखिएका शिक्षकको लक्षण कोरोनासँग मिल्दोजुल्दो देखिएपछि उनीहरुको पिीसआर परीक्षण गरिएको थियो। त्यसैगरी गुर्भाकोट नगरपालिका सुर्खेतको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका दुई र जनसेवा आधारभूत विद्यालयका एक शिक्षकमा पनि कोरोना सङ्क्रमण देखिएको नगरपालिकाका नगर शिक्षा प्रमुख पदम विकले बताए। शिक्षकमा कोरोना देखिएकाले विद्यालय बन्द गरिएको नगर शिक्षा प्रमुख विकले बताए।

पञ्चपुरी नगरपालिकाले शिक्षकमा कोरोना सङ्क्रमण नेगेटिभ नआउञ्जेलसम्मका लागि एकसाता बन्द विद्यालय बन्द हुने बताएको छ। सङ्क्रमित शिक्षकको कन्ट्याक्ट ट्रेसिङ गरेर रिपोर्ट आएपछि विद्यालय खोल्ने वा नखोल्ने पछि निर्णय गरिने कोरोना प्रभावित नगरपालिकाले जानकारी दिएका छन्।

एक महिनाअघि हुम्ला नाम्खा र ताजाकोट गाउँपालिकाका विद्यालयमा शिक्षक तथा विद्यार्थीमा कोरोना सङ्क्रमण देखिँदा अहिले हुम्लाका विद्यालय बन्द भएको र माघ १५ पछि मात्र खोल्ने शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाका प्रमुख विष्णुबहादुर शाहीले जानकारी दिएका छन्। यता सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले आज १७ शिक्षक, पाँच स्वास्थ्यकर्मी र चार विद्यार्थीसहित ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए। चौवालिस थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १०६ पुगेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए।

उनका अनुसार आजै २५ जना कोरोना सङ्क्रमण जितेर घर फर्केका छन्। यससँगै कोरोना जितेर घर फर्कनेको सङ्ख्या कर्णालीमा छ हजार ६३२ पुगेको छ। तीन सय १३ सङ्क्रमित आइसोलेसनमा रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस