धमाधम विद्यालय सञ्चालन
२२ भदौ २०७८
•
३ मिनेट पाठ
धमाधम विद्यालय सञ्चालन
विद्यालय खुलेपछि कक्षा कोठामा विद्यार्थी। तस्बिर: नागरिक
लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालनको तयारीमा जुटेका छन्। टीकापुर नगर शिक्षा समितिले आइतबार (भदौ २० गते) सरकारले तोकेको मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको छ।  




समितिको निर्णय पश्चात सामुदायिक र संस्थागत दुवै खाले विद्यालयले कक्षा सञ्चालनको तयारी थालेका छन। केही संस्थागत विद्यालयले सोमबार (भदौ २१ गते) देखिनै कक्षा सञ्चालन गरिसकेका छन्। प्याब्सन टीकापुरका अध्यक्ष जयकृष्ण तिमिल्सिनाले विद्यालयले धमाधम कक्षा सञ्चालन सुरु गरिसकेको बताए। उनले विद्यार्थीको संख्या कम भएपनि विद्यालयले कक्षा सुरु गरेको जानकारी दिए। ‘सबै विद्यार्थी आईसकेका छैनन्’ उनले भने–‘तर धेरैजसो विद्यालय सञ्चालन भैसकेका छन्।’

उनले विद्यालय सञ्चालनका बारेमा सबै विद्यार्थीले जानकारी नपाएका कारण पनि संख्या कम भएको हुनसक्ने बताए। सामुदायिक विद्यालयहरुले भने विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकहरुको संयुक्त बैठक बसेर विद्यालय सञ्चालनको तयारी थालेका छन्। उनीहरुले विद्यालय सञ्चालनको संयुक्त निर्णय गरेर नगर शिक्षा समितिमा बुझाउने बताए।  

नेपाल शिक्षक महासंघ टीकापुरका अध्यक्ष रघुनाथ उपाध्यायले अधिकांश विद्यालयले यस्तो निर्णय गरिसकेको जानकारी दिए। उनले धेरैजसो विद्यालयले कक्षा समेत सञ्चालन गरिसकेको बताए। ‘धेरैजसो विद्यालयले कक्षा सञ्चालन गरिसकेका छन’ उनले भने–‘विद्यालय खुलेकोमा विद्यार्थी समेत उत्साहित छन्।’

सरकारले विद्यालयले एक कक्षा कोठामा बढीमा ३० जना विद्यार्थी राख्नुपर्ने, मास्क, सेनिटाईजर र साबुन पानीको अनिवार्य व्यवस्था गर्नुपर्ने लगायतका मापदण्ड तोकेको छ। विद्यालयले सरकारले तोकेका सबै मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गर्ने कुरामा सहमति जनाएका छन्। ‘हामी सबै मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गर्छौं’ अध्यक्ष उपाध्यायले भने–‘विद्यार्थीको स्वास्थ्य प्रति विद्यालय प्रशासन संवेदनशील छ।’

तर विद्यालय सञ्चालन भएपनि विद्यार्थीहरुमा भने कोरोनाको त्रास देख्न सकिन्छ। उनीहरु विद्यालय जान डराईरहेका छन्। टीकापुर नगरपालिका–४ बाघमारास्थित जनप्रकाश आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनु चौधरीले खोप नलगाएका कारण डर लागिरहेको बताईन्। उनले विद्यालय खुलेकोमा खुसी भएपनि कतै कोरोना लाग्ने हो कि भन्ने डर भने मनमा भैरहेको बताईन्। ‘धेरै पछि विद्यालय आउन पाईयो, यसमा खुसी नै छु’ उनले भनिन्–‘खोप लगाएको छैन। कतै कोरोना सर्ने पो हो कि ?’

कोरोनाका कारण विद्यालय लामो समयदेखि बन्द रहे। अघिल्लो शैक्षिक वर्षमा विद्यार्थीले परीक्षा नदिएरै विद्यालयले परीक्षाफल सार्वजनिक गर्नु परेको थियो। विद्यार्थीहरुले शैक्षिक वर्षको अन्त्यमा विद्यालय बन्द रहेका कारण परीक्षा दिन पाएनन्। चालु शैक्षिक वर्षमा समेत हालसम्म विद्यालय खुल्न सकेका थिएनन्।  

जिल्ला प्रशासन कार्यालय कैलालीले यही १७ गते एक आदेश जारी गरेको थियो। जसमा शैक्षिक संस्थाहरुले सकेसम्म भौतिक उपस्थिति नभई भर्चुअल माध्यमबाट पठनपाठन गराउने र यदि भौतिक रुपमै पठनपाठन गराउने भए सरकारले साउनमा जारी गरेको स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिको प्रावधान भित्र रहेर विद्यालय सञ्चालन गर्ने उल्लेख छ। स्थानीय पालिकाहरुले जिल्ला प्रशासन कार्यालय कैलालीको सोही आदेशलाई आधार मानेर धमाधम विद्यालय सञ्चालनको निर्णय थालेका छन्। 
अर्को समाचार
भक्तपुर र चाँगुनारायणका विद्यालय खुले, मध्यपुरथिमि र सूर्यविनायकमा तिहारपछि
१२ असोज २०७८
•
४ मिनेट पाठ
भक्तपुर र चाँगुनारायणका विद्यालय खुले, मध्यपुरथिमि र सूर्यविनायकमा तिहारपछि
कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन्। जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका विद्यालय दशैँ तिहारपछि मात्रै सञ्चालनमा आउने भएका छन्।




कोभिड–१९ सङ्क्रमण घटेको भन्दै लकडाउन हटाएर निषेधाज्ञा खुकुलो बनाएसँगै स्थानीय तहमा विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन हुन थालेका छन्। भक्तपुर र चाँगुनारायण नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै  विद्यालय खुल्न अनुमति दिएपछि यहाँका विद्यालय असोज १ गतेदेखि नै विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालनमा आएका हुन्।

सूर्यविनायक नगरपालिकाले भने दशैँअगाडि भौतिकरूपमा परीक्षा सञ्चालनको अनुमित दिए पनि दशैँपछि कक्षा ८ देखि १० सम्म र तिहारपछि सबै कक्षालाई भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ। मध्यपुरथिमि नगरपालिकाले भने उपत्यकामा १८ वटा नगरपालिकामध्ये अन्तिममा मात्रै विद्यालय खोल्न अनुमति दिने बताउँदै आएको छ।  

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले अनुमति नदिए पनि लुकीलुकी भौतिकरूपमा विद्यालय सञ्चालन गर्न थालेपछि नगरपालिकाले विद्यालय सञ्चालन निर्देशिका जारी गरी स्वास्थ्य मापदण्ड कार्यान्वयनमा ल्याउँदै विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न अनुमति दिएको बताए।

“नगरपालिकाभित्र रहेका सबै निजी तथा सामुदायिक विद्यालयका  विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई आवश्यक पर्ने मास्क, स्यानिटाइजर, हात धुने साबुनलगायत सुरक्षा सामग्री नगरपालिकाले नै वितरण गरेका छौँ, ज्वरो नाप्ने थर्मनगन यसअघि नै बाँडिसकेका छौँ”, नगरप्रमुख मिश्रले भने, “नगरपालिकाले स्वास्थ्य निर्देशिका र कार्यढाँचा जारी गरी विद्यालय सञ्चालन गर्न अनुमति दियौँ, विद्यालय खुलेका छन्, हामी बेला–बेलामा अनुमगन पनि गर्छौँ।”

सूर्यविनायक नगरपालिकाले तत्कालका लागि भौतिकरूपमा परीक्षा सञ्चालन गर्न अनुमति दिए पनि कक्षा सञ्चालन भने दशैँपछि मात्रै अनुमति दिने भएको छ। सूर्यविनायक नपाका प्रमुख वासुदेव थापाले भने, “हामीले अहिले विद्यालय सञ्चालनको अनुमति दिएका छैनौँ, दशैँपछि कक्षा ८, ९, र १० तथा तिहारपछि कात्तिक ७ गतेदेखि सबै कक्षालाई भौतिकरूपमै विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेका छौँ।”

मध्यपुरथिमि नगरपालिकाले भने तिहार अगाडि विद्यालय सञ्चालनको अनुमति नदिने भएको छ। खोप लगाउन बाँकी १८ वर्षमुनिका बालबालिका कोरोनाको उच्च जोखिममा रहेको भन्दै उनले बालबालिकामा कोरोना सङ्क्रमण देखिन थालेकाले हतारिएर विद्यालय खोल्न अनुमति नदिने बताए।

उनले अनुमति नदिई विद्यालय सञ्चालन गरेको पाइए नगरपालिकाले कारबाही गर्छ भन्दै उपत्यकाका १८ पालिकामध्ये १७ वटाले सञ्चालनको अनुमति दिएपछि मात्रै मध्यपुरथिमिले अनुमति दिने जानकारी दिए। मध्यपुरथिमि नगर कसैको दबाब र प्रभावमा नचल्ने भन्दै उनले विद्यार्थी र विद्यालयले कक्षामा भौतिक दूरी कायम गर्छौँ भने पनि त्यसले काम नगर्ने र स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गराउन नसक्ने बताए।

दशैँ र तिहारपछि अवस्था हेरेर मात्रै विद्यालय सञ्चालनको अनुमति दिने बताउँदै उनले मध्यपुरथिमि नपाद्वारा सञ्चालित नेपाल कोरिया–मैत्री नगरपालिका अस्पतालमा बच्चाका लागिसमेत भेन्टिलेटरसहितको आइसीयू सञ्चालनमा ल्याएको बताए। भक्तपुर नपा उपप्रमुख एवं शिक्षा समिति संयोजक रजनी जोशीले नगरपालिकाले विद्यालयका प्रिन्सिपल, अभिभावक, शिक्षक, विद्यार्थीलगायत सरोकारवाला निकायसँग छलफल गरेर विद्यालय सञ्चालनको अनुमति दिएको बताइन्।

विद्यालय भौतिकरूपमा सञ्चालन गर्नु जोखिम भए पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्छौँ भनेर विद्यालय सञ्चालकले भनेको र विद्यार्थीले पनि विद्यालयमै गएर पढ्छौँ भनेपछि विद्यालय सञ्चालनको अनमुति दिएको उनको भनाइ छ।

उपप्रमुख जोशीले भनिन्, “विद्यालयले भौतिकरूपमा परीक्षा सञ्चालन र पढाइ सञ्चालन गरिरहेका छन्, हामीले रोकेका छैनौँ, विद्यार्थी पनि स्कुल जान आतुर छन्, अभिभावकले पनि अनलाइन कक्षा प्रभावकारी नभए पनि पूरै शुल्क तिर्नुपर्ने, अनलाइन कक्षाका लागि कामै छाडेर एक जना घरमा बस्नुपर्ने समस्या आयो भन्दै गुनासो गरेपछि अनुमति दियौँ।”

वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने भए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत चैत पहिलो साता नै नयाँ शैक्षिक सत्रको भर्ना नलिन आग्रह गरेको थियो। जेठ १८ गते बन्द विद्यालयको नियमित पठनपाठन सञ्चालन गर्न मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गर्दै असार १ गतेदेखि शैक्षिक सत्र गणना गरी विद्यार्थी भर्ना गर्न र वैकल्पिक सिकाइ सञ्चालन गर्न अनुमति दिएको थियो। रासस
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस