आकस्मिक अनुगमनमा पुगेका शिक्षामन्त्रीलाई विद्यार्थीको आग्रह : पढेपछि काम पाउनुपर्‍यो
०९ मंसिर २०७८
•
२ मिनेट पाठ
आकस्मिक अनुगमनमा पुगेका शिक्षामन्त्रीलाई विद्यार्थीको आग्रह : पढेपछि काम पाउनुपर्‍यो
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले  काठमाडौँको विश्व निकेतन माविमा आकस्मिक अनुगमन गरेका छन्।




सार्वजनिक शिक्षाको रूपान्तरणका लागि केही दिनअघि ३१ बुंदे प्रतिबद्धता पत्र जारी गरेका मन्त्री पौडेलले त्रिपुरेश्वरस्थित विद्यालयमा अनुगमन गरेका हुन्। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालासँग अन्तक्रिया एवम् छलफल सुरु गरी सुधारका काम थालेका उनी बिहीबार दिउँसो विद्यालयमा पसेका हुन्।

विद्यालयमा पसी उनले विद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीसँग विद्यालयको समस्या तथा विद्यालयले गरिरहेको असल अभ्यासबारे चासो दिएका थिए।

‘मन्त्रीज्यू हाम्रो स्कुलमा आउनुभएको कुरा मैले विद्यालयका कर्मचारीबाट थाहा पाएँ’, विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘मैले थाहा पाउँदा उहाँ विद्यार्थीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो।’

उनले अनुमगनको क्रममा कक्षा इसिडीदेखि कक्षा १२ सम्मका कक्षाकोठामा पुगेको र विद्यार्थीसँग अन्तरक्रिया गरेको बताए। अन्तक्रियाका क्रममा मन्त्री पौडेलले  विद्यार्थीसँगै आफू शिक्षाको गुणस्तरका लागि लागिरहेको जानकारी दिएका थिए।

‘शिक्षालाई सुधार्नुपर्छ, शिक्षण सिकाइका विषयमा नमिलेका कुरा केही छन् भने भन्नु होला’, शिक्षामन्त्री पौडेलले भने, ‘म शिक्षामन्त्री हुँ, तपाईँहरुजस्तै जनताको छोराछोरी, सार्वजनिक स्कुलमा पढेर आएको हुँ, तपाईँहरुको स्कूलको पूर्वाधार निम्ति र तपाईँहरुको सुनिश्चित भविष्यको निम्ति म जतिखेर पनि साथमा छु।’

मन्त्री पौडेलले आफूले विश्व निकेतनको सफलताबारे सुनेको बताएको प्रअ कँडेलले बताए। सो क्रममा मन्त्री पौडेलले कक्षा तथा विद्यालयको समग्र पक्षको अवलोकन गरेका थिए।

करिब एकघन्टा बढी समय विद्यालयमा बिताएका उनले विद्यालयको असल अभ्यास र सामुदायिक विद्यालय  कसरी अब्बल बनाउने भन्ने सम्बन्धमा जिज्ञासा तथा सोधपुछ गरेको विद्यालयले जनाए।

विद्यालयका प्रअ कँडेलले मन्त्री र विद्यार्थीबीचको अन्तरक्रियामा विद्यार्थीले विश्व निकेतनमा राम्रो पठनपाठन भइरहेको बताएको जनाए। ‘विद्यार्थीले मन्त्रीज्यूसँग पढेपछि काम पाउनुपर्ने वातावरण बनाउनुपर्ने, विदेश जान नपर्ने अवस्था बनाउन अनुरोध गरेका थिए’, प्रअ कँडेलले भने।

प्रअ कँडेलले मन्त्रीको अनुगमनले आफूहरुलाई उत्प्रेरणा मिलेको बताए। उनका अनुसार विद्यालयमा हाल ३ हजार ७ सय विद्यार्थी छन् भने १३२ शिक्षक अध्यापनरत छन्।
अर्को समाचार
बागलुङका छ वटै सिट जित्छौँः शिक्षामन्त्री पौडेल
२४ कार्तिक २०७९
•
१ मिनेट पाठ
बागलुङका छ वटै सिट जित्छौँः शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गरेको छ।




तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा आज आयोजित चुनावीसभामा बोल्दै उनले पाँचदलीय गठबन्धनका उम्मेदवार भारी मतान्तरसहित विजयी हुने जिकिर गरे। ‘गठबन्धनका मतले मात्रै जित हासिल गर्न सकिन्छ, तर त्यतिले मात्रै पुग्दैन, अत्यधिक मतसहित गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ’, मन्त्री पौडेलले भने। उनले संविधानको रक्षासँगै विकास र पूर्वाधारका कामलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनु आग्रह गरे।  

उनले मुलुकको आवश्यकताका आधारमा पाँचदलीय गठबन्धन बनेको बताए। चुनाव जितेपछि बन्ने गठबन्धनको सरकारले नै मुलुकलाई विकास, समृद्धि र स्थिरतातिर लैजाने उनको दाबी छ। नेकपा माओवादी केन्द्रका सचिव पौडेल बागलुङ-२ बाट प्रनिनिधिसभा सदस्यको उम्मेदवार छन्। उनी  २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट विजयी भएको थियो। रासस
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस