एसइई परीक्षा प्रदेशले गर्ने
०६ माघ २०७८
•
२ मिनेट पाठ
एसइई परीक्षा प्रदेशले गर्ने
कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्नेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ।  




बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यस वर्षको एसइई परीक्षा वैशाखमा गर्ने प्रदेश सरकारको सहकार्यमा बोर्डले तयारी अघि बढाएको जनाए। उनले संविधानलेनै विद्यालय शिक्षा स्थानीय सरकारको अधिकारमा दिएको बताउँदै यसपटकको एसइई परीक्षा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिने बोर्डले तय गरेको बताए।

संसद्को स्वास्थ्य तथा शिक्षा समितिले समेत दुईपटक एसइई खारेजीको निर्देशन दिइसकेको छ। ‘स्वास्थ्य तथा शिक्षा समितिले दिएको निर्देशन र संविधानको व्यवस्थासमेत कार्यान्वयन गर्न यसपटक बोर्डले एसइई सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिने भएको हो,’ अध्यक्ष शर्माले नागरिकसँग भने, ‘बोर्डको प्रदेश कार्यालयमार्फत प्रदेश सरकारसँग सहकार्य गरेर परीक्षा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले गर्छ। 

सबै प्रदेशमा परीक्षाको स्तर कायम गर्न प्रश्नपत्र बनाउने र छपाई गर्ने काम बोर्डकै अधिकारमा हुन्छ। यसको लागि सबै प्रदेशका विज्ञहरूसँग छलफल भइरहेको छ। राय प्राप्त भएअनुसारै प्रश्नपत्र बोर्डले छापेर पु¥याउने काम गर्छ। उत्तर पुस्तिका भने प्रदेशले नै छाप्ने हो। कपी परीक्षण पनि प्रदेशबाटै हुन्छ। नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने काम बोर्डलाई शिक्षा ऐनले नेै दिएकोले यो काम बोर्डले गर्छ।’

विद्यालयहरूबाट प्राप्त रजिष्ट्रसनको तथ्यांकअनुसार यसपटक ५ लाख १० हजार विद्यार्थीले एसइईको लागि रजिष्ट्रेसन भरेका छन्। संविधानमा भएको व्यवस्था अनुसार हालको अवस्थामा कक्षा ८ को परीक्षा स्थानीय सरकारले कक्षा १० को परीक्षा प्रदेश सरकारले र विद्यालय शिक्षाको अन्तिम तह कक्षा १२ को परीक्षा रािष्ट्रय परीक्षा बोर्डले सञ्चालन गर्ने व्यवस्था छ।  

‘कक्षा १० को अन्तिम परीक्षा एसइईको सवालमा नीतिगत सुझाव दिने जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डको हो। यसामा कुनै अन्योल नै छैन,’ अध्यक्ष शर्माले भने, ‘मैले बोर्डको अध्यक्षको हैसियतले भन्नुपर्दा यसपटकको एसइई प्रदेशलाई नै सञ्चालन र व्यवस्थापन गर्न दिने बोर्डको तयारी अघि बढेको छ।  

कक्षा ११ को पठनपाठन र भर्नामा कुनै नकारात्मक असर नपर्नेगरी बोर्डले वैशाखमा परीक्षा सञ्चालन गर्न प्रदेश सरकारसँग समन्वय गरिरहेको छ।’ उनले परीक्षाको तयारीबारे बताए, ‘माध्यामिक शिक्षा परीक्षा सञ्चालनसम्बन्धी नियमावलीअनुसार तीन महिनाअघि परीक्षाको तालिका सार्वजनिक गर्नुपर्छ। अब केही दिनमै बोर्डले तालिका सार्वजनिक गर्नेछ।’ उनले यसपटक एसइई परीक्षाबारे कुनै अन्योल नभएकाले परीक्षाको तयारी गर्न सहज वातावरण बनेको समेत दाबी गरे।  

‘शैक्षिकसत्रको सवालमा कुनै पनि प्रभाव नपर्नेगरी परीक्षा हुन्छ,’ उनले भने, ‘संघीयताको मर्मअनुसारै यसपटक एसइई सञ्चालन र व्यवस्थापनदेखि नतिजा प्रकाशन र प्रमाणीकरण गर्नेसम्मको कार्य हुन्छ। कुनै अन्योल छैन।’ 
अर्को समाचार
एसइई प्रदेशले सञ्चालन गर्नुपर्ने मागसहित शिक्षा विधेयकमा ६१ बुँदे संशोधन प्रस्ताव दर्ता
२५ असोज २०८०
•
४ मिनेट पाठ
एसइई प्रदेशले सञ्चालन गर्नुपर्ने मागसहित शिक्षा विधेयकमा ६१ बुँदे संशोधन प्रस्ताव दर्ता
विद्यालय तहमा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई ) प्रदेश तहले सञ्चालन गर्नुपर्ने मागसहित मुख्य दलका सांसदहरूले विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधन प्रस्ताव दर्ता गराएका छन्।  




सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाएको विद्यालय शिक्षा विधेयक, २०८० माथि शैक्षिक सुधारको ६१ बुँदे संशोधन प्रस्ताव मङ्गलवार संसदमा दर्ता गराएको नेपाली काँग्रेसका सांसद रामनाथ अधिकारीले बताए।  

उनले हाल सरकारले तयार पारेको विधेयक अपुरो र विद्यालय शिक्षाको गुणस्तरमा केन्द्रित नभई शिक्षकमाथि मात्र केन्द्रित भएकोले मंगलबार मुख्य दलका सांसदहरुले विद्यालय शिक्षाको गुणस्तर सुधारको हकमा ६१ बुँदे संशोधन प्रस्ताव दर्ता गराएको बताए।  

उनका अनुसार विद्यालय तहमा कक्षा १० को एसइई परीक्षा खारेजीसहितको विधेक शिक्षा क्षेत्रकोलागि अपुरो विधेयक हो। किन भने कम्तीमा कक्षा १० मा प्रदेश स्तरमा परीक्षा हुने व्यवस्थाले विद्यार्थीमा पढ्ने र शिक्षकमा पढाउनु पर्ने सचेतना जगाउने उनको ठहर छ।

‘सबै अफिसर हुन्छ भन्ने हुँदैन। हाम्रो पालामा एसएलसी हुन्थ्यो। परीक्षाकै लागि हामी निकै मिहिनेत गरेर अध्ययन गथ्र्यौ,’ सांसद अधिकारीले संशोसधन प्रस्ताव दर्तापछि नागरिकसँग भने ‘मैले विद्यालय शिक्षामा तीन वटा परीक्षा कायम गरी शिक्षा सुधकारको सवालमा ६१ बुँदे संशोधन प्रस्ताव हालेको छु। यसमा सबै मुख्य दलका सांसद ज्यूहरूले हस्ताक्षर गर्नु भएको छ।’ उनले थपे, ‘८ कक्षाको परीक्षा स्थानीय तहले, कक्षा १० को परीक्षा प्रदेश सरकारले र कक्षा १२को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिनु पर्ने प्रस्ताव हामीले हाल्यौं।’ सरकारले तयार पारेको दोधारे र अपुरो विधेयकले विद्यालय शिक्षा सुधार नहुने भएकोले आफूले व्यक्तिगत र सामुहिक रुपमै संशोधन प्रस्ताव दर्ता गराएको एमालेका सांशद बलराम अधिकारीको जिकिर छ। उनका अनुसार एसइई बिनाको विद्यालय शिक्षा अपुरो हुन्छ।  

‘यसै त हालको उदार कक्षा नीतिकै कारण विद्यार्थीमा अध्ययन गर्ने बानी हराएको छ। शिक्षकले पढाउनै मन गर्दैनन् त्यही भएर मैल ६१ बुँदे प्रस्तावमा हस्ताक्षर गर्दै ६ बुँदे ब्यक्तिगत संशोधन प्रस्ताव पनि हालेको छु,’ सांशद बलराम अधिकारीले भने ‘बिना छलफल र तयारी बिना शिक्षा विधेयक सरकारले ल्याएकै कारण चोतर्फी विरोध हुनुको साथै सबै आन्दोलनमा छन्।’ उनले थपे‘अबको विधेयकले शिक्षको बृत्तिविकासकोसाथै कक्षाकोठामा विद्यार्थीको सिकाई उपलब्धीमा जोड दिने गरी संशोधन हुनु पर्ने हाम्रो प्रस्ताव हो।’ उनका अनुसार विधेयकले समेट्न नसकेको बालशिक्षा कक्षा आधारभूत तहमा समेट्नु पर्ने सांशादहरुको प्रस्ताव छ।  

‘बालकक्षादेखि तीन कक्षासम्मको तहको शिक्षक साधारण र कक्षा ४ देखि ८ सम्मको विषयगत शिक्षकको ब्यवस्था हुनु पर्ने र एसइई प्रदेश सरकारले लिनु पर्ने हाम्रो प्रस्ताव हो। प्रमुख दलका २० सांसदले मंगलबार दर्ता गरेको संशोधन प्रस्तावमा मुख्य गरि एसइई प्रदेश सरकारले गर्नु पर्ने, शिक्षक तथा कर्मचारीहरूको पेसागत सुरक्षवा र स्थायीत्वको व्यवस्था हुनु पर्ने, विद्यार्थीको कक्षाकोठामा सिकाई स्तर बृद्धिका सवाललगाएतका विषयबस्तु समेटिएका छन्। ‘अब विद्यालय स्थापना हुँदा भूगोल र जनसङ्ख्याको आधारमा सरकारले पुर्ण दायित्व लिएर विद्यालय स्थापना गर्नु पर्ने प्रस्ताव छ,’ सांसद बलराम अधिकारीले भने ‘विद्यालयको भौतिक पुर्वाधार बलियो हुनुकोसाथै जग्गा विद्यालयको नाममै हुनु पर्ने प्रस्ताव एमालेको तर्फबाट दर्ता गरायौं।’  

उनका अनुसार संशोधनको माध्यमबाट विधेयकले पुर्णता पाउने छ। ‘अस्थायी प्रकृतिका सबै शिक्षकहरु अब आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी हुने ब्यवस्था हुनु पर्ने प्रस्ताव दर्ता गरियो,’ उनले भने, ‘ऐन जारी हुनु अघि नियुक्ति भएका सबै शिक्षकले निर्वतिभरणको ब्यवस्थामा समेट्नु पर्ने शिक्षकको विभागीय कारावही शिक्षा वभाग वा प्रदेश शिक्षा निर्देशनालयले गर्नु पर्नेलगाएतका संशोधन प्रस्ताव हामी मुख्य दलका २० सांशदहरुले दर्ता गराएका छौं। ’

नेपाल शिक्षक महासंघकै अनुरोधमा महासंघले तयार पारेकै ६१ बुँदे संशोधन प्रस्ताव विभिन्न दलका माननीय सांसदहरुले जस्ताको त्यस्तै हस्ताक्षर गरी संसद सचिवालयमा दर्ता गराएको महासंघका महासचिव लक्ष्मीकिसोर सुवेदीले दाबी गरे।  

‘महासंघले नै ६१ बुँदे तयार पारेको संशोधन प्रस्तावमाथि मुख्य दका २० सांसद ज्यूहरुले हस्ताक्षर गरि दर्ता गराउनु भएको छ,’ महासचिव सुवेदीले भने ‘४० हजार राहत, बालविकासका ३० हजार, साविकको उमाविका ६ हजार, शिक्षण सिकाई अनुदानका १० हजार र अस्थायी करारका १० हजार शिक्षकहरु अब आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी हुने ब्यवस्था विधेकले समेट्ने छ।’ उनले थपे, ‘शिक्षको १०/१० वर्षमा आवधिक बढुवा, ग्रेड र तलब विभेदको मिलान, विद्यालयमा प्रअको प्रबन्धको विषय समेटिने छ।’

महासंघकी अध्यक्ष कमला तुलाधरले सरकारले शिक्षकसंग गरेको सहमति अनुसारै संसद सचिवालयमा सांसदहरुले विधेयमाथि संशोधन प्रस्ताव दर्ता गराई शिक्षकको माग सम्बोधन गर्न सरकार सकरात्मक रहेको सन्देश दिएको जनाइन्।  
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस