विद्यालय तहमा कार्यरत करार र अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने सरकार सहमत भएको छ।
नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच यही फागुन ९ गते विद्यालय तहमा कार्यरत कर्मचारीसमेतको दरबन्दी सिर्जना गरी अस्थायी र करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्नेसहित ५१बुँदे सहमति भएको छ।
सहमति भएसँगै ११ महिनादेखि जारी आन्दोलन फिर्ता भएको नेपाल शिक्षक महासंघले जनाएको छ। सहमतिको बुँदा नम्बर १९ मा विभिन्न कारण एकपटक आन्तरिक परीक्षामा सामेल हुन नपाएका र करार तथा अस्थायी शिक्षकलाई नियमानुसार शिक्षक सेवा आयोगमार्फत उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन मौका दिने उल्लेख छ। हाल विद्यालय तहमा अस्थायी र करार गरी ७ हजार ५ सय शिक्षक कार्यरत रहेको महासंघकी अध्यक्ष कमलादेवी तुलाधरले बताइन्।
महासंघले सरकारसँग भएको ५१बुँदे सहमति आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। सहमतिपत्रमा शिक्षामन्त्री देवेन्द्र पौडेल, शिक्षा सचिव, सहचिव र नेपाल शिक्षक महासंघका अध्यक्ष तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायतले हस्ताक्षर गरेका छन्।
सहमतिको बुँदा नम्बर १९ मा करार र अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट उमेरको हद नलाग्ने गरी शिक्षक सेवा आयोगमार्फत स्थायी गर्ने उल्लेख छ। ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानवस्रोत विकास केन्द्रको सहकार्यमा सहमति भएअनुसार एक पटकका लागि आन्तरिक प्रतियोगिता सञ्चालन गर्न पहल गर्नेछ,’ अध्यक्ष तुलाधरले भनिन्, ‘विगतको आन्तरिक परीक्षामा सामेल नभएका र सामेल भई उत्तीर्ण हुन नसकी सुविधा नलिएका शिक्षकको हकमा आवश्यक व्यवस्था मिलाउने काम हुनेछ।’
अध्यक्ष तुलाधरका अनुसार २०७२ सालमा संविधानसभाबाट संविाधन जारी भएपछि सरकारले विद्यालय तहका करार र अस्थायी शिक्षकलाई स्थायी गर्ने आधारबिन्दु सोही वर्षलाई बनायो। २०७२ र त्यसअघि यस्ता शिक्षकले शिक्षक सेवा आयोगको आन्तरिक परीक्षामा सहभागिता हुने मौका पाएका थिए। ‘२०७२ साल आधारबिन्दु बन्यो। केही शिक्षकले परीक्षा दिएनन्, केहीले परीक्षा बहिष्कार गरे। कतिपय शिक्षण अध्यापन अनुमतिपत्र नभएकाले परीक्षामा सहभागी हुने मौका पाएनन्,’ उनले भनिन्।
यसैगरी सहमतिको बुँदा नम्बर २२ मा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गर्ने उल्लेख छ। महासंघका महासचिव सुवेदीले हाल विद्यालय तहमा कार्यालय सहयोगीदेखि कर्मचारीसम्म ३० हजार कार्यरत रहेको बताए। सहमतिमा उमेर हद नलाग्ने गरी शिक्षक सेवा आयोगमार्फत ती कर्मचारीलाई स्थायी गर्ने उल्लेख छ।
साथै, लामो अवधि सेवा गरेका र उमेर हद नाघेका कर्मचारीको हकमा एकमुष्ट सुविधा दिने व्यवस्था गरिने सहमतिमा उल्लेख छ। ‘हाल यस्तो व्यवस्था छैन। विद्यालयमा सरकारी अनुदानमा मात्र कर्मचारी राख्ने व्यवस्था छ,’ महासचिव सुवेदीले भने, ‘हाल कार्यालय सहयोगीले न्यूनतम १५ हजार रूपैयाँ र कर्मचारीले न्यूनतम तलब २० हजार ५ सय मात्र पाउँदै आएका छन्। दरबन्दी स्वीकृत भए कर्मचारीले तहगत तलब, सेवासुविधा पाउँछन्।’
सहमतिमा उल्लेख भएअनुसार दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी पदपूर्ति गर्दा सरकारबाट तलबभत्ता प्राप्त गरी नियमबमोजिम कार्यरत कर्मचारीमध्येबाट शिक्षक सेवा आयोगले तोकेअनुसार विज्ञापन गरी आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी काम गर्ने व्यवस्था मिलाइने छ। साथै, एक पटकका लागि उमेर हद नलाग्ने विषय संघीय शिक्षा ऐनमा प्रस्ताव गर्ने सहमतिमा उल्लेख छ।
सरकारको अनुदान प्राप्त कोटामा रही साठी वर्ष उमेर पूरा गरी अवकाश पाएका विद्यालयका कर्मचारीको हकमा कानुनमा व्यवस्था गरी सुविधा उपलब्ध गराउने सहमति भएको छ। निजामती सेवामा जस्तै शिक्षा ऐनमा व्यवस्था गरी शिक्षकका पतिपत्नी शिक्षक पेसामा स्थायी भए अवकाशपछि दुवैले निवृत्तिभरण पाउनुपर्ने व्यवस्था मिलाउने सहमति भएको छ। ‘हाल पतिपत्नी दुवै शिक्षण पेसामा स्थायी भए अवकाशपछि एकले मात्र निवृत्तिभरण पाउने व्यवस्था छ,’ महासचिव सुवेदीले भने।
यसैगरी विद्यालय तहको शिक्षा संघ, प्रदेश र स्थानीय सरकारको साझा सूचीमा राख्ने, बाल कक्षा शिक्षक तथा कर्मचारीका लागि अविलम्ब उचित तलबको व्यवस्था गर्ने, संघीय शिक्षा ऐन बनाएर स्थानीय तहले जथाभावी ऐन तथा कार्यविधि बनाएर लागु गरेको व्यवस्थामा रोक लगाउने, निजी विद्यालयका शिक्षकको उचित तलब, सेवा सुविधा पाउने व्यवस्था गर्ने सहमतिमा उल्लेख छ।