बराहताल गाउँपालिका ६ इखेनीका दयाराम विकको सातजनाको परिवार छ। पाँच वर्षअघि कालापहाड (भारत) मा सडक निर्माणका क्रममा दयाराम घाइते भए। त्यसयता उनका छोरा वीरेन्द्र कालापहाड जान थालेका छन्। वीरेन्द्र बराहताल गाउँपालिका ५ को सरस्वती मावि चेपाङमा कक्षा १० मा भर्ना भएका छन्। कक्षा ८ मा भर्ना भएदेखि कालापहाड जान थालेका उनी परीक्षा दिने समयमा मात्रै गाउँ फर्कन्छन्।
वीरेन्द्रले कालापहाडमा मजदुरी गरेर कमाएको पैसाले उनको सातजनाको परिवारले दुई छाक पेट भर्न पाउँछ। दयारामका चार छोराछोरीमध्ये वीरेन्द्र जेठा हुन्। ‘घरको जेठो सन्तान भएकाले कमाउन कालापहाड गएको हुँ,’ दयारामले भने, ‘अब परीक्षा हुने बेला आइपुग्छ।’ वीरेन्द्रका भाइ सुशील गाउँकै जनजागरण प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन्। बहिनी अस्मिता चेपाङको स्कुलमा सात कक्षामा पढ्छिन्। ‘बुवा कालापहाडमै काम गर्ने क्रममा घाइते भएदेखि कमाउने जिम्मेवारी दाइको काँधमा आएको छ,’ अस्मिताले भनिन्, ‘गाउँको उब्जनीले खान नपुग्ने भएकाले परिवारका एकजना सदस्य एकजना कालापहाड जानैपर्छ।’
हिरा विक पनि वीरेन्द्रसँगै कालापहाड गएका छन्। वीरेन्द्रसँगै कक्षा १० मा भर्ना भएका हिरा पनि परीक्षा दिने बेला गाउँ फर्कन्छन्। ‘वैशाखमा स्कुल भर्ना भएर छोरो कमाउन कालापहाड गएको छ,’ हिराका बुवा रत्नेले भने, ‘कालापहाड नजाँदासम्म यहाँ छाक टार्न धौधौ हुन्छ।’
कल्से कामीको परिवारमा नौजना सदस्य छन्। उनका दुई छोरा भारतमा मजदुरी गरिरहेका छन्। कक्षा १२ पास गरेका राजेन्द्र र सरस्वती मावि चेपाङमा १० कक्षामा भर्ना भएका तपेन्द्रले आफ्नो पढाइलाई निरन्तरता दिन पाएका छैनन्। ‘यो गाउँमा दलित समुदायको १२ पास गरेको केटो मेरो छोरो मात्रै हो, अर्को छोरो पनि १० कक्षामा पढ्छ,’ कल्सेले भने, ‘उनीहरूले नियमित स्कुल गएर पढ्न पाएका छैनन्, कालापहाड नजाने हो भने परिवार कसरी पाल्ने?’ उनको पनि परिवार नै मजदुरी गर्न भारत जाने गर्छ। अहिले घर मर्मतका काम भइरहेकाले दुई छोराबाहेक अरू सदस्य इखेनीमै छन्।
२०६३ सालमा तत्कालीन विद्रोही नेकपा एमालेले जंगल मासेर बसाएको इखेनीमा अहिले १०९ घरधुरी छन्। ‘भारत नगए यहाँको बस्तीमा दुई छाक खानको पनि समस्या हुन्छ,’ स्थानीय ज्ञानु बादीले भनिन्, ‘बस्तीमा आठ कक्षामाथि पढ्ने कोही पनि युवा भेटिँदैनन्, सबै कमाउन कालापहाड गएका छन्।’
यहाँ पढ्ने उमेरका बालबालिका पनि बुवाआमासँगै कालापहाड जाने गरेका छन्। यसले गर्दा स्थानीय विद्यालयमा समेत विद्यार्थीको उपस्थिति न्यून हुने गर्छ। गाउँमा रहेको जनजागरण प्राथमिक विद्यालयमा चालु शैक्षिक सत्रमा ८५ जना विद्यार्थी भर्ना भएको विद्यालयका प्रधानाध्यापक पुष्पा रानामगरले जानकारी दिइन्। ‘विद्यालयमा मुस्किलले ४०–४५ जना विद्यार्थी आउँछन्,’ उनले भनिन्, ‘अधिकांश विद्यार्थी अभिभावकसँगै कालापहाड जाने गरेका छन्।’
आम्दानीको मुख्य स्रोत नै कालापहाडको मजदुरी भएकाले विद्यार्थीको पढाइ छुट्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्ज्वल कामीले बताए। ‘वर्षमा दुई सिजन आमा–बुवासँगै केटाकेटी पनि भारत जाने भएका छन्, पाँच महिनामा एकपटक गाउँ आउँछन्,’ उनले भने, ‘त्यही बेला दुई दिन स्कुल गएर हाजिर लगाउँछन् अनि भारततिरै गइहाल्छन्।’