एसइई नतिजा आज: ३५ अंक नल्याए अनुत्तीर्ण
११ साउन २०७९
•
५ मिनेट पाठ
एसइई नतिजा आज: ३५ अंक नल्याए अनुत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज (बुधबार) प्रकाशन गर्ने अन्तिम तयारी पुरा गरेको छ। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरूमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पुरा गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताए। ‘मंगलबार अपराह्न बोर्डको बैठक बसेर टुंग्याउनुपर्ने सबै प्राविधिक विषयवस्तु टुंगो लगाऔं,’ अध्यक्ष शर्माले भने, ‘साउन ११ गते बुधबार एसइईको नतिजा प्रकाशन गर्ने तयारी सबै तयारी पुरा ग¥यौं। बुधबार बोर्डको बैठकले नतिजा प्रकाशन गर्छ।’




राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैशाख ८ गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षामा देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीले परीक्षा दिएका।  

३५ अकं नल्याए अवर्गीकृत गरिने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ निर्देशिका, ०७८ ले विद्यालय तहको कक्षा १–१२ सम्मका विद्यार्थीहरू अब पास हुन प्रत्येक विषयमा ३५ नम्बर अनिवार्य ल्याउनु पर्नेछ।

०७२ सालदेखि कार्यान्वयनमा ल्याएको ग्रेडिङ प्रणालीले विद्यार्थीको सिकाइ स्तर खस्काएको, शिक्षकमा पढाउने र विद्यार्थीको अध्ययन गर्ने संस्कृति हटाएको निष्कर्ष निकाल्दै पाठ्यक्रम विकास केन्द्रेले अक्षरांक पद्धति कार्यान्वयन कार्यविधि, ०७२ खारेजी गरी नयाँ लेटर ग्रेडिङ निर्देशिका, ०७८ कार्यन्वयनमा ल्याएको केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए।

३५ र सोभन्दा माथि ४० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक १.६ हुने, अक्षरमा उपलब्धि स्तर डी र उपलब्धि स्तरको व्याख्या आधारभूत कायम गरिनेछ भने ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तर अवर्गीकृत गरिने अर्थात् फेल गरिने व्यवस्था नयाँ ग्रेडिङ प्रणालीले गरेको छ।
नयाँ व्यवस्था अनुसार अब विद्यार्थीको मूल्यांकन कक्षा १ देखि १२ सम्म्मा एकरूपता कायम गर्नेछ। यसअघि आधारभूत तहमा स्थानीय तहपिच्छे फरकफरक अक्षरांकन प्राणाली लागु थियो भने निजी र सरकारी विद्यालयबीच पनि मूल्यांकन प्रणाली फरक थियो। यसले एउटै तहको विद्यार्थीबीच विभेद कायम गरेको थियो। यसले विदेश अध्ययनका लागिसमेत समस्या आएको केन्द्रले जनाएको छ। ‘विद्यालय स्तरमा सबै तहमा एउटै मूल्यांकन प्रणालीले विद्यार्थीलाई स्वदेश तथा विदेशमा शिक्षा हासिल गर्न सहज हुन्छ,’ महानिर्देशक न्यौपानेले भने ‘ विद्यालयबीच पनि एकरूपता कायम हुन्छ।’

आठवटा श्रेणीमा वर्गीकृत ग्रेडिङ प्रणालीमा ९० र सोभन्दा माथि अंक प्राप्त गर्नेले स्तरीकृत अंक ४.० प्राप्त गर्नेछन् भने अक्षरमा ए प्लस र उपलब्धि स्तर सर्वोत्तम कायम हुनेछ।  

८० र सो भन्दा माथि ९० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत ३.६ र अक्षरमा उपलब्धि स्तर ए प्राप्त गर्ने छन्। यी समुहका विद्यार्थीको उपलब्धि स्तरको व्याख्या अत्युत्तम हुने छ। ७० र सोभन्दा माथि ८० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक ३.२ र अक्षरमा उपलब्धि स्तर बी प्लस कायम हुनेछ भने उपलब्धि स्तरको व्याख्या उत्कृष्ट कायम हुनेछ।  

६० र सोभन्दा माथि ६० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत अंक २.८ कायम हुने र अक्षरमा उपलब्धि बी हुनेछ भने उपलब्धि स्तरको व्याख्या उत्तम हुनेछ। ५० र सोभन्दा माथि ६० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत अंक २.४ कायम हुने अक्षरमा उपलब्धि सि प्लस र उपलब्धि स्तरको व्याख्या सन्तोषजनक कायम हुनेछ।  

४० र सोभन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक २.० हुने अक्षरमा उपलब्धि स्तर सी कायम हुने र उपलब्धि स्तरको व्याख्या ग्राह्य कायम हुने छ। यसैगरी ३५ र सोभन्दा माथि ४० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक १.६ हुने, अक्षरमा उपलब्धि स्तर डी र उपलब्धि स्तरको व्याख्या आधारभूत कायम गरिनेछ भने ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तर अवर्गीकृत गरिने अर्थात् फेल गरिने व्यवस्था नयाँ ग्रेडिङ प्रणालीले गरेको छ।  

‘परीक्षा मूल्यांकनको नयाँ व्यवस्था अनुसार न्यूनतम सिकाइ नभएका विद्यार्थीले अर्को कक्षा चढ्न पाउने छैनन्,’ महानिर्देशक न्यौपानेले भने, ‘विगतमा नपढे पनि पास हुने, नपढाए पनि पास हुने अक्षरांकन प्रणालीको गलत बुझाइलाई नयाँ व्यवस्थाले समाधान गरेको छ। विद्यार्थीको सिकाइ स्तरको स्तरीयता कायम गर्न र अन्तराष्ट्रियस्तरमा समेत मानक कायम गर्न विद्यालय तहको शिक्षामा मूल्यांकन प्रणालीमा एकरूपता कायम गरिएको हो।’

यति माात्र होइन विगतमा शैद्धान्तिकमा ५ नम्बर मात्र ल्याए पास हुने व्यवस्थाको अन्त भएको छ। नयाँ निर्देशिकाले विद्यार्थीमा सिर्जनात्मक क्षमताको विकास हुने र शिक्षकका मिहिनेत गरेर पढाउने बानीको विकास गहुने विश्वास शिक्षाविद् विद्यानाथ कोइरालाको छ।  

नयाँ व्यवस्था अनुसार अब विद्यार्थीले शैद्धान्तिकमा अनिवार्य ३५ अंक र व्यवहारिकमा ४० अंक ल्याए मात्र मूल प्रमाणपत्र पाउने व्यवस्था गरेको छ भने दुई विषय भन्दा बढी विषयमा ३५ अंक भन्दा कम अंक प्राप्त गरे वा ग्रेड वृद्धि परीक्षामा ३५ अंक प्राप्त गर्न नसक्ने विद्यार्थीले पुनः सबै विषयको परीक्षा दिनुपर्ने वा कक्षा दोह¥याउनु पर्ने हुन्छ।

‘०७२ सालसम्म विद्यार्थीले पढेर अध्ययन गरेर कम्तीमा ३२ नम्बर ल्याउने व्यवस्थाले शिक्षाको गुणस्तर कायम गरेको थियो,’ शिक्षाविद् कोइरालाले विश्लेषण गरे ‘०७२ पछि दातृ निकायको निर्देशनमा धेरै विद्यार्थी पास गराउने निहुमा नपढेनि पास हुने अक्षरांकन पद्धतिले समग्र विद्यालय शिक्षाको स्तरै खस्काएको सरकारी प्रतिवेदनले नै उजागर गरिदियो। हाल सरकारले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका विद्यार्थीमा अध्ययन गर्नुपर्ने संस्कार विकास हुन्छ।’
अर्को समाचार
आजदेखि कक्षा १२ को परीक्षा सुरु, तीन लाख ९० हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै
१४ वैशाख २०८१
•
१ मिनेट पाठ
आजदेखि कक्षा १२ को परीक्षा सुरु, तीन लाख ९० हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै
आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सबै तयारी पूरा भइसकेकाले विद्यार्थीहरूलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेको छ।




बोर्डका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन्।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन्। देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरी कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको छ। सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ÷मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन्।

परीक्षामा लागि आवश्यक पर्ने उत्तरपुस्तिकालगायतका सामग्री परीक्षा केन्द्रहरुमा पु¥याउने कार्य सम्पन्न गरिसकेको छ भने यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने छ। इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस