नेपाली सेनाद्वारा विद्यालयमा घेराबार
२८ कार्तिक २०७९
•
२ मिनेट पाठ
नेपाली सेनाद्वारा विद्यालयमा घेराबार
विद्यालयमा सोमबार आयोजित कार्यक्रम।
बारपाक सुलिकोट गाउँपालिका ६ को माईकोट माध्यामिक विद्यालयमा नेपाली सेनाले घेराबार लगाइदिएको छ। जाईकाले निर्माण गरेको उक्त विद्यालयमा स्तरीय भबन भएपनि घेराबार नहुँदा विद्यालयमा समस्या रहेको प्रधानाध्यापक रमेश सुबेदीले बताए।  




अहिले नेपाली सैनिक जनहित कार्यक्रम अन्तरगत १० लाख र नेपाली सेनाले जनशक्ति खर्चेर घेराबार लगाइदिएपछि विद्यालय सुरक्षित र विद्यार्थी अनुशासित भएका उनले बताए। उक्त घेराबार सोमबार एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको गोरखा स्थित नेपाली सेनाको रिपुमर्दन गणका गणपती हेमराज बिष्टले बताए। छ फिट अग्लो फलामे पोलमा ग्याबिन जाली राखेर तारबार गरिएको छ।  

नेपाली सेनाका पश्चिम पृतनापती उपरथी बाबुराम श्रेष्ठले विद्यालयलाई घेराबार हस्तान्तरण गरेका हुन्। उक्त कार्यक्रमा बोल्दै पृतनापती श्रेष्ठले नागरिक र सैनिकबीच संम्बन्ध बिस्तार गर्न सेनाले सामाजिक कार्यहरु निरन्तर गर्दै आएको बताए। सेना जनताको सुरक्षाका लागि भएको तर सेनाले विप्दमा, बिकास निर्माणमा, संरक्षण धेरै क्षेत्रमा काम गर्दै आएको उनले बताए। साथै उनले सैनिक जनहित कार्यक्रम अन्तरगत बिभिन्न जिल्लामा जनतासँग प्रत्यक्ष जोडिने, सरोकार राख्ने गरी विभिन्न कार्यक्रम भइरहेको बताए। सिमित साधन स्रोत भएकाले जनताको अपेक्षा अनुसार काम गर्ने बजेट नभएपनि केही न केही संवोधन गर्ने प्रयास स्वरुप समुदायमा काम भइरहेको बताए।  

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले सेनाले विद्यालयमा गरेको सहयोगले शैक्षिक वातावरण बलियो बनाउन मद्धत पुगेको बताए। साथै उनले विद्यालयमा आवश्यक गेट गाउँपालिकाबाट निर्माण गर्ने आस्वासन दिए। घेराबारपछि छुट्टीको समयमा विद्यार्थी बाहिर जाने, कक्षा छाड्ने दर कम हुने, लामो समय बिदा हुँदा विद्यालयको भौतिक संरचना तोडफोड हुने गरेकाले त्यस्ता काम रोकिने अपेक्षा विद्यालयको छ।  

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले गित सँगै नृत्य प्रस्तुत गरेका थिए। सोही अवसरमा विद्यालयले सेनालाई प्रशंसा पत्र पनि प्रदान गरेको थियो। कार्यक्रममा नेपाली सेनाका नम्बर ३ बाहिनीका बाहिनीपति सहायकरथी प्रेमबहादुर पुन, अविभाबक लगायातको उपस्थिती थियो। गोरखाको रिपुमर्दन गणको सक्रियतामा उक्त काम सम्पन्न भएको हो। गत वर्ष जौवारीमा सेनाले सैनिक जनहित कार्यक्रम अन्तरगतको कार्यक्रम संचालन गरेको थियो।  
अर्को समाचार
तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
०३ वैशाख २०८१
•
३ मिनेट पाठ
तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पुर्‍याउन कटुवाल राख्ने चलन थियो। मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा पर्ने अलि अग्लो डाँडामा गएर कटुवाल कराएपछि त्यसैलाई गाउँलेले आधिकारिक सूचना मान्ने चलन थियो। उक्त चलन अब भने केही ठाउँमा मात्र कायम छ।




गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जीले कटुवाल पेसा गर्दै आएको करिब तीन दशकभन्दा बढी भइसक्यो। हजुरबुबा र बुबाले गरेको पेसालाई पछ्याउँदै उनी पनि उमेरमै कटुवाल पेसामा जोडिए।

माइकोट मन्दिरमा गरिने विशेष पूजा र मेला पर्व परेपछि मनबहादुर एकदुई दिनअघि नै हातमा माइक बोकेर गाउँका डाँडाडाँडामा पुगेर कराउँछन्। गाउँको खबर गाउँलेका घरघरमा पुर्‍याउँछन्। उनलाई कटुवाल कराउने दिन जहिले बिहानै हतार भइसकेको हुन्छ। पूरै गाउँ डुलेर कटुवाल कराएर घर फर्कदा साँझ पर्ने भएकाले पनि बिहान सकभर ६ बजे नै निस्किने गरेको मनबहादुर बताउँछन्।

‘गाउँको उल्टे, बाँकोट, मैलुम हुँदै भालुस्वाँरसम्म एकैदिन हिँडेरै ११ ठाउँमा पुगेर कटुवाल कराउनुपर्छ’, उनले भने, ‘बिहान चाँडै उठेन भने भ्याउन मुस्किल पर्छ।’

मनबहादुरको कटुवाल पेसा मात्रै पुरानो होइन। उनले पाउने पारिश्रमिक पनि अझैसम्म पहिलाकै छ। ‘हाम्रो परिवारको म मात्र होइन, तीन पुस्तादेखि नै कटुवाल पेसा गर्दै आएका छौँ’, उनले भने, ‘बाजेले गरे, बाउले गरे अहिले मैले पनि गर्दैछु।’ कटुवाल कराएबापत मनबहादुरले गाउँका सबै घरबाट गरेर वर्षमा करिब–करिब चार मुरी जति कोदो र दसैँमा प्रत्येक घरबाट एक भाग खानेकुरा पाउँछन्।

‘गाउँलेले घरैपिच्छे वार्षिक चार मानाका दरले कोदो दिन्छन्’, मनबहादुरले भने, ‘त्यहीँ खायो, काम ग¥यो।’ चैतेपूजा, कात्तिके पूजालगायतका पूजा पर्वमा कटुवाल प्रथासँगै राँगो बोका खोज्ने जिम्मा पनि आफ्नै हुने उनको भनाइ छ।

‘मूल्य निर्धारण समितिले मूल्य तय गरेर पैसा दिनुहुन्छ’, मनबहादुरले भने, ‘त्यसैअनुसारले गाउँ डुलेर राँगा, बोका खोज्ने काम पनि मेरै हुन्छ।’

पुरानो कटुवाल पेसाले आफ्नो परिवारको गुजारा जसोतसो चलेको मनबहादुर बताउँछन्। ‘अन्त गएर जागिर खाएको भए त पेन्सन भइसक्थ्यो’, उनले भने, ‘यही पेसाले नै परिवार पालेको छु।’ लामो समयदेखि कटुवाल गर्दै आएका उनलाई आजभोलि भने अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ।

‘वर्षमा अन्नबापत जति आउँछ बरु त्यही अनुसारको पैसा दिए राम्रो हुन्थ्यो’, मनबहादुरले भने, ‘अहिले त वर्षमा करिब चार मुरी जति कोदो कटुवाल गरेर सङ्कलन गर्ने गरेको छु।’ कटुवाल पेसा गरेरै गाउँलेको सेवा गर्न पाएकामा उनी गर्व गर्छन्। गाउँलेले आफ्नो कुरा सुन्ने र मान्ने गरेकामा पनि खुसी लाग्ने गरेको मनबहादुर बताउँछन्।

‘पूजाआजाका दिन मैले कटुवाल कराएपछि गाउँलेले घरमा पूजाका लागि घूप, अक्षेता उठाएर मन्दिरमा ल्याउँछन्,’ उनले भने, ‘त्यो दिन खनजोत, गोडमेलको काम छ भने पनि थाँती राखेर आउँछन्।’ पछिल्लो समय भने गाउँलेले उपलब्ध गराएको माइक लगाएर बोल्न पाएपछि अलि सजिलो हुन थालेको मनबहादुरको भनाइ छ।

गाउँपालिकाको तालकोटस्थित प्रसिद्ध माइकोट मन्दिरमा विभिन्न समयमा सञ्चालन हुने पूजाआजाका लागि गाउँलेलाई जानकारी दिन त्यहाँ कटुवाल राख्ने चलन रहँदै आएको बारपाक सुलिकोट गाउँपालिकाका प्रवक्ता जीतबहादुर नेपाली बताँछन्।

‘माइकोट मन्दिरमा विशेष पूजाआजा गर्दा गाउँका सबैले पूजा बार्ने चलन अहिले पनि छ’, उनले भने, ‘उक्त मन्दिरमा कात्तिके पूजा, चैते पूजा, दसैँको पूजालगायतका मेला पर्वलाई लक्षित गरी दुई कटुवाल राख्ने यहाँको पुुरानो परम्परा हो।’ मन्दिरमा पूजाआजाको सूचना दिन अहिले पनि कटुवाललाई जिम्मेवारी दिइँदै आएको नेपाली बताउँछन्। रासस
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस