रोजगारीको सिसिलामा २४ वर्षदेखि दुबईमा रहेका उदयपुर बेलका नगरपालिका-४ शिसुवाका भक्तबहादुर बिष्टले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन् ।
५६ वर्षका बिष्टले स्थानीय जनता नमूना माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैँयाको अक्षय कोष स्थापना गरिदिएका हुन् । स्वर्गीय पिता र ससुराबुवाको नाममा स्थापना गरिदिएको उक्त अक्षय कोषबाट जेहेन्दार, गरिब र विपन्न विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने उनको विश्वास छ ।
‘मलाई केटाकेटीमा खुवै पढ्ने रहर थियो, तर गाउँमा स्कुल थिएन, टाढा गएर पढ्ने आर्थिक अवस्था थिएन’ अक्षय कोष स्थापना पछि नागरिकसँग उनले भने, ‘स्कुल टाढा भएर पढ्न नपाएको मान्छे, बाउले बसाई सारेर उदयपुर झारेपछि त झन् त्यो धोको पुरा हुनै पाएन । पढ्न नपाएकै कारण जागिर नपाएर अहिले वर्षौँदेखि परिवार छोराछोरीबाट विछोडिएर विदेशी भूमिमा दुःख गर्नु परेको छ । यस्तो अवस्था अरुको नआयोस् भनेर मैले यो अक्षय कोष स्थापना गरेको हुँ ।’
विद्यालयका प्रधानाध्यापक सम्मर राईले बिष्टले स्थापना गरिदिएको अक्षयकोषको वार्षिक ब्याज रकम जेहेन्दार, गरिब र विपन्न विद्यार्थीको पठनपाठनमा खर्च गर्ने बताए ।