खोटाङका तत्कालीन जिशिअद्वय चापागाईं र भट्टराईविरुद्ध मुद्दा दायर
२६ असार २०८२
•
१ मिनेट पाठ
खोटाङका तत्कालीन जिशिअद्वय चापागाईं र भट्टराईविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीद्वय बालकृष्ण चापागाईं र गणेश प्रसाद भट्टराईसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।




अख्तियारले गैरकानूनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको ठहरसहित बिहीबार (आज) विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूमाथि दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ मा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय, खोटाङबाट विभिन्न विषयमा प्राप्त अनुदान रकम हिनामिना गरेको आरोप छ।

अर्को समाचार
खोटाङमा तीनमुखे झोलुंगे पुल बन्दै
०४ पौष २०८१
•
२ मिनेट पाठ
खोटाङमा तीनमुखे झोलुंगे पुल बन्दै
गुर्भाकोट नगरपालिकाको खटाङ क्षेत्रमा तीनमुखे झोलुंगे पुल शिलान्यास गर्दै नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का। तस्बिर : नागरिक
पूर्वीसुर्खेतको गुर्भाकोट नगरपालिकाको खटाङ क्षेत्रमा नेपालकै लामो तीनमुखे झोलुंगे पुल निर्माण सुरु भएको छ। भेरी नदीले घेरिएको खटाङ टापुमा मुख्य पिल्लर स्थापना गरेर गुर्भाकोट नगरपालिका– ८, १२ र १२ नम्बर वडा जोड्ने गरी पुल निर्माण सुरु गरिएको हो।




तीनमुखे पुलको शिलान्यास गर्दै नेपाली कांग्रेसका उपसभापति एवम् पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले धार्मिक एवम् पर्यटकीय क्षेत्र खटाङमा निर्माण हुने पुलले समग्र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए। ‘यो तीनमुखे झोलुंगे पुलले गुर्भाकोटका तीनवटा वडा मात्रै जोड्दैन, समग्र देशकै अर्थतन्त्रको उन्नति र विकासका लागि महत्वपूर्ण टेवा पुर्‍याउँछ,’ उनले भने, ‘यहाँको धार्मिक पर्यटन र अन्य पर्यटन विकासका लागि पुल निर्माण भएपछि महत्वपूर्ण योगदान पुर्‍याउँछ।’ प्रतिनिधिसभा सदस्यसमेत रहेका खड्काले नदी उत्तरतर्फ बग्ने स्थानलाई पवित्र तीर्थस्थल मान्ने गरिएकाले पनि यसको महत्व अझ धेरै रहेको बताए। खड्काले पुल निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीसँग आग्रह गरे।

कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले तीनमुखे पुलले कर्णालीको धार्मिक पर्यटन विकासमा सघाउ पुर्‍याउने बताए। उनले तीनमुखे पुलको सामरिक महत्व रहेको बताए। सस्पेन्सन ब्रिज डिभिजन पुलचोकका इन्जिनियर गोपाल थापाले खटाङमा नेपालकै लामो तीनमुखे पुल बन्न लागेको बताए। उनले २०८३ असारभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए। ‘यो पुल १.६० मिटर चौडाइ र ६५४.६० मिटर लम्बाइको हुनेछ,’ उनले भने, ‘नेपालमा निर्माण भएका र निर्माण भइरहेका तीनमुखे पुलमध्ये यो सबैभन्दा लामो हो।’

इन्जिनियर थापाका अनुसार खटाङ टापुमा बन्ने टावरको उचाइ २५.२३ मिटर हुनेछ। २१ करोड १९ लाख पाँच हजार ८५ रुपैयाँमा निर्माण हुन लागेको पुलको ठेक्का श्रीगीता कन्स्ट्रक्सनले पाएको छ। निर्माण कम्पनीले मुख्य टावर निर्माण हुने खटाङ क्षेत्रमा फाइन्डेसन निर्माण सम्पन्न गरिसकेको छ भने मेहलकुना र दहचौरतर्फको फाउन्डेसन निर्माणलाई तीव्रता दिएको छ।

सस्पेन्सन ब्रिज डिभिजनका अनुसार मुख्य टावर रहने खटाङ क्षेत्रमा २२ मिटर गहिराइका २५ वटा पिलर निर्माण हुनेछन्। यस्तै घुमखहरेतर्फ १६ मिटर गहिराइका १४ वटा टावर निर्माण हुनेछन् भने दहचौर र मेहलकुनातर्फ आरसिसी फाउन्डेसन निर्माण गरिने छ। घुमखहरे होचो क्षेत्र भएकाले त्यहाँ टावर निर्माण गर्न लागिएको उनले बताए। ‘अरू दुई क्षेत्र मुख्य टावर बराबर छन्। घुमखहरे मात्रै होचो छ’ उनले भने, ‘त्यही भएर घुमखहरेमा १६ मिटर गहिराइका १४ वटा पिलर निर्माण गर्न लागिएको हो।’

पुल तीनतर्फ बराबर लम्बाइका हुनेछन्। तीनवटै पुल मुख्य टावरदेखि २१८.२० मिटर लामा हुनेछन्,’ उनले भने, ‘सोहीअनुसार तीनतिरै फाउन्डेसन निर्माण कार्य भइरहेको छ।’ निर्माण व्यवसायी श्रीगीता कन्स्ट्रक्सनका इन्जिनियर उमंग गिरीले समयमै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए। ‘अहिलेसम्म हामीले निर्माण गरेका पुल समयअगावै सम्पन्न गरेका छौं,’ उनले भने, ‘यो पुलको निर्माण पनि समयअगावै सम्पन्न हुन्छ।’ पुल निर्माण गर्न निर्माण व्यवसायीसँग २०८१ असार ११ गते सम्झौता भएको थियो।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस