शिक्षा विधेयक पारित गराउन १९ दिने अल्टिमेटम
०३ साउन २०८२
•
४ मिनेट पाठ
शिक्षा विधेयक पारित गराउन १९ दिने अल्टिमेटम
गत वैशाख १७ गतेको सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक पारितका लागि सरकारलाई १९ दिने अल्टिमेटम दिएको छ।




महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले शिक्षक महासंघलाई बन्धक बनाएर विद्यालय शिक्षा विधेयकलाई फेरि पनि पछाडि धकेल्न खोजेकाको भन्दै साउन २१ गतेभित्र विधेयक पारित नगरे आन्दोलनको विकल्प नरहेको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले चेतावनी दिइन्।

‘असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धताबाट सरकार आफैं पछि हटेको छ। समयसीमा सकिएको दुई साता बित्दा पनि शिक्षकलाई नै दोषी देखाएर सरकार उम्कन खोजेको छ,’ सहअध्यक्ष पारजुलीले नागरिकसँग भनिन्, ‘महासंघले साउन २१ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई अल्टिमेटम दिएको छ।’

उनले चेतावनी दिइन्, ‘महासंघले सरकारलाई १९ दिने अल्टिमेटम दिएको छ। साउन २१ गतेभित्र विधेयक पारित नभए विगतको भन्दा कडा आन्दोलनमा महासंघ उत्रन बाध्य हुन्छ।’

उनले आन्दोलनको स्वरूप र कार्यक्रमहरू भने विगतको भन्दा फरक रूपमा कडा रूपमा जानेसमेत चेतावनी दिइन्। उनले पछिलो समय सरकारले संसद्को शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा विधेयक अल्झाएर राखेकोमा समेत आक्रोश पोखिन्। ‘अस्थायी प्रकृतिको शिक्षकलाई स्थायी प्रक्रियामा लैजाने सवाल, स्थायी प्रकृतिको शिक्षाको बढुवाको सवाल, शिक्षाको विभागीय कारबाहीको सवाल, विद्यालय कर्मचारीलाई व्यवस्थापन पर्ने सवाल, इसिडीका शिक्षक व्यवस्थापन गर्ने सवाल र ट्रेड युनियन अधिकारको सवाले टुंग्याउने विषयमा सरकार पक्षबाट षड्यन्त्र भइरहेको छ,’ सहअध्यक्ष पराजुलीले औंल्याइन्, ‘सरकारले महासंघसँग गरेको लिखित सहमति कार्यन्वयनमै षड्यन्त्र गरिरहेको छ।’

उनले थपिन्, ‘यसकारण सरकारले महासंघसँग गरेको २७ बुँदे सहमति र मन्त्रिपरिषदले गरेको नौबुँदे सहमति पूर्ण रूपमा कार्यन्वयन हुनुपर्छ।’

महासंघसँगको सहमति कार्यान्वयनमा सरकार इमानदार नभएको बताउँदै साउन २१ गतेभित्र विधेयक पारित नभए पुनः आन्दोलनमा जानुको विकल्प नहुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको समेत भनाइ थियो। उनले सरकारले शिक्षकहरूलाई बाधक देखाउँदै शिक्षा समितिमा विधेयक अल्झाउनु गलत भएको तर्क गरे। ‘२७ बुँदे सहमति हाम्रो आधार सीमा हो। यो कसैको विमति नगर्ने गरी बनाइएको थियो,’ अध्यक्ष सुवेदीले भने, ‘तर शिक्षा उपसमितिले संसदको शिक्षा, स्वास्थ्य र सूचना तथा प्रविधि समितिमा बुझाएको प्रतिवेदन प्रतिगमन उन्मुख छ।’

उनले थपे, ‘प्रतिवेदनको शिक्षकको मुख्य मुद्दा स्थायित्व, बढुवा, सरुवा, इसिडि, साबिक उच्च माविलगायत अस्थायी प्रकृतिका शिक्षकको स्थायित्वको सावलमा बोलेको छैन। प्रत्येक वर्ष विद्यालय शिक्षामा आठ हजार दरबन्दी रिक्त हुन्छ। यसकारण महासंघको ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रक्रियाबाट स्थायित्व गर्ने सवाल जायज छ।’ उनले १९ दिन भित्र शिक्षको मग समेटेर विधेयक पारित नभए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिए।

मूल विधेयकमा शिक्षकको बढुवाको सवालमा आन्तरिक प्रतियोगिता, कार्यक्षमताको मूल्यांकन र ज्येष्ठता र कायसम्पादन मूल्यांकनको आधारमा गरिनुपर्ने व्यवस्था गरेको थियो। यही आधारमा विधेयकको दफा ६१ को उपदफा २ मा व्यवस्था गरिएअनुसार आधारभूत तहको साधारणतर्फ जिल्लागत र आधारभूत तहको विषयगत तथा माध्यमिक तहतर्फ प्रदेशगत आधारमा बढुवा गरिने व्यवस्था गरिएको थियो।

मूल विधेयकमा कार्यक्षमताको मूल्यांकनका आधारमा हुने बढुवाको आधार र त्यसको अंकबारे हेर्दा ज्येष्ठताबापत ३० अंकको व्यवस्था गरेको थियो। कार्यसम्पादन (विद्यार्थीको सिकाई उपलब्धि मूल्यांकन) ४० अंक, शैक्षिक योग्यताबापत २० अंक र तालिमबापत १० अंक तय गरेको थियो। कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई बढुवा गरिने मूल विधेयकको व्यवस्था नै ठिक रहे पनि शिक्षकहरूको दबाबमूलक आन्दोलनका कारण शिक्षा उपसमितिले शिक्षकको सहमतिअनुसार धेरै हेरफेर गरेको छ। जसले गर्दा अहिले विद्यालय शिक्षा विधेयक हो कि शिक्षक विधेयक हो भने चौतर्फी आलोचना पनि भइरहेको छ।

उपसमितिले तयार पारेको दस्तावेजमा ऐन प्रारम्भ हुँदाका बखत कार्यरत स्थायी शिक्षकको हकमा निजी सेवा प्रवेश गर्दाको शैक्षिक योग्यतालाई नै न्यूनतम शैक्षिक योग्यता मानिने नयाँ प्रस्ताव गरेको छ। शिक्षकको बढुवा गर्दा आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको व्यवस्था प्रस्ताव गरेको छ।

शिक्षकको पदपूर्ति गर्दा तृतीय श्रेणीको पदमा १२ वर्ष र द्वितीय श्रेणीको पदमा १५ वर्ष सेवा अवधि पूरा गरेको शिक्षकलाई बढुवा गरिने उपसमितिले प्रस्ताव ग¥यो। पछि मन्त्रालय र शिक्षकहरूसँग छलफपछि मन्त्रालयले आवधिक बढुवा भन्नुको सट्टा ज्येष्ठता तथा कार्यसम्पादन भनेर राख्ने प्रस्ताव गर्‍यो। उपसमितिले पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकनमा औसत ९० प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने शिक्षकको आवधिक बढुवा नगर्ने सर्तसहितको व्यवस्था गरेको छ।

कार्यसम्पादन मूल्यांकानको सवालमा स्वमूल्यांकनबापत ६० अंक, सुपरिवेक्षकले दिन सक्ने अधिकतम अंक ३० र पुनरवलोकनबापत १० अंक मन्त्रालयले प्रस्ताव गरेको छ। शिक्षकहरूले बढुवाको अंकभारमा विमति जनाएका छन्। यसकारण विधेयक संसद्मा पेस हुन समय लागेको हो। हालको शिक्षा विधेयक पूर्णतया शिक्षकको नियुक्ति, बढुवा, सेवासर्त तथा सुविधासँग जोडिएको छ।

विद्यार्थीको सिकाइ उपलब्धि गुणस्तरीय बनाउने, विद्यार्थीलाई सिकाउने, टिकाउने र अभिभावकको सवालमा विधेयकमा थोरै मात्र व्यवस्था छ। यति हुँदा हुँदै शिक्षकहरूले अस्थायी प्रकृतिको राहत, साबिक उमावि, अस्थायी करार, विशेष शिक्षा शिक्षक, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान लगायत अस्थायी प्रकृतिको शिक्षकको सवालमा स्थायी प्रक्रियामा लैजाँदा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत मूल मुद्दा हो ।
अर्को समाचार
जनताको आवास जल्दा कता लुक्यौ तिमी!
१० साउन २०८२
•
१ मिनेट पाठ
जनताको आवास जल्दा कता लुक्यौ तिमी!
१) मुक्तक




गर्मीले खोलाको पानी सुक्छ भने म के गरौं

आफैंमाथि छिटा पारी थुक्छ भने म के गरौं

गर्ने पनि आफैं, भन्ने बाटो बनाउने नि आफैं

ठगलाई ठगभन्दा मन दुख्छ भने म के गरौं?

२) मुक्तक

बाँझो नराखौं देशको भूमि उब्जाउनु अनाज

बेरोजगारीलाई दिनुपर्छ स्वदेशमै कामकाज

विदेशी भूमिमा पसिना बगाएर हुन्न समृद्धि,

सुखी उनै दलाल होलान् हुन्छ बाँकी नाराज।

३) मुक्तक

उहिले घनघोर वनजङ्गल बसोबास गर्थे शेर

जङ्गलको राजा भनेर थर्काउँदै पेट भर्थे शेर

ठूलो भाग खोज्दा खोरमा जाकिएको बेला

खाइपाइ आएको सम्झिएर जिल्ल पर्थे शेर।

४) मुक्तक

जनताको आवास जल्दा कता लुक्यौ तिमी

दिनदहाडै लुटपाट हुँदा अन्यत्र ढुक्यौ तिमी

गफगाफ गरेर मात्र ठिकठाक हुन्न व्यवहार -

अन्तत: शान्तिसुरक्षामा अझै चुक्यौ तिमी।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस