मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षक आन्दोलनमा छन्। यही बेला काठमाडौंमा सिनेट बैठकको तयारी भइरहेको छ। आंशिक प्राध्यापक संघले असार १८ गते पेशागत हकहित सुनिश्चित गर्न तीन दिने अल्टिमेटम दिए पनि विश्वविद्यालयले संवाद नगरेर सिनेट बैठकको तयारी गरेको छ।
विश्वविद्यालयले अल्टिमेटमको सुनुवाइ नगरेपछि आंशिक शिक्षकले असार २२ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन्। यो आन्दोलनमा विभिन्न पेशागत संघ–संगठन र स्ववियुले पनि ऐक्यबद्धता जनाएका छन्।
प्रजातन्त्रवादी प्राध्यापक संघले विश्वविद्यालय प्रशासनलाई वार्ता र संवादबाट छिटो समस्याको समाधान गर्न र आंशिक शिक्षकलाई तत्काल व्यवस्थापन गर्न माग गरेको छ। ‘विश्वविद्यालय प्रशासनले छलफल र वार्ताबाट समस्याको समाधान नगरेर सरोकारवाला पक्षलाई आन्दोलनमा जान बाध्य बनाइरहेको छ,’ अध्यक्ष गीताराम ढकाल र सचिव वीतिहोत्र वशिष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तत्काल वार्ताबाट समस्याको समाधान नखोजिए प्रजातन्त्रवादी प्राध्यापक संघ पनि आन्दोलनमा जान बाध्य हुनेछ। त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार विश्वविद्यालयका पदाधिकारी हुनेछन्।’
नेपाल राष्ट्रिय प्राध्यापक संघले पनि आंशिक शिक्षकको समस्यालाई वार्ता र संवादबाट न्यायोचित समाधान गर्न माग गरेको छ। अध्यक्ष आशिष बराल र सचिव कुशराज श्रेष्ठले जारी गरेको विज्ञप्तिमा आंशिक शिक्षकको चरणबद्ध आन्दोलनप्रति ऐक्यबद्धता जनाइएको छ।
स्वतन्त्र विद्यार्थी युनियनले आंशिक शिक्षकको आन्दोलनले विद्यार्थीको पठनपाठनमा अवरोध हुने अवस्था आएको भन्दै तत्काल वार्ताबाट समाधान निकाल्न विश्वविद्यालय प्रशासनको ध्यानाकर्षण गरेको छ। ‘विद्यार्थीको पठनपाठनमा अवरोध भएमा स्ववियु आन्दोलनमा जान बाध्य हुनेछ। त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार विश्वविद्यालयका पदाधिकारी हुनेछन्,’ स्ववियुको विज्ञप्तिमा भनिएको छ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डाक्टर ध्रुवकुमार गौतमले सिनेट बैठकपछि आंशिक शिक्षकका माग सम्बोधन गर्ने प्रक्रिया अघि बढेको बताए। उनले आंशिक शिक्षकका मागका लागि आन्तरिक कार्यदल गठन गरिएको र कार्यदलको प्रतिवेदनका आधारमा सिनेट बैठकपछि समस्याको समाधान गरिने बताए।
उपकुलपति डा. गौतमले असार ३० गते कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सिनेट बैठकले नीति, कार्यक्रम र बजेट पारित गर्ने बताए।