शिक्षामा जोडिँदै सडक बालबालिका
०९ मंसिर २०८३
•
६ मिनेट पाठ
शिक्षामा जोडिँदै सडक बालबालिका
झापा दमकका एक बालक दुई वर्षसम्म सडकमा भौंतारिए। उमेरले सानै भए पनि उनले सडकमा भोक, अभाव र दुव्र्यवहार खेपे। उनी दुर्व्यसनको लतमा पूरै फसे। अहिले भने उनको जीवनले नयाँ मोड लिएको छ। प्रहरीमार्फत उद्धार गरिएका उनी इटहरीस्थित भ्वाइस अफ चिल्ड्रेनको संरक्षणमा छन्। फेरि पढ्न थालेका छन्।




उनको सडक जीवनको सुरुवात घरकै कारण भएको थियो। उनी १४ महिनाको हुँदा आमाले अर्कैसँग विवाह गरिन्। बाबु मागेर गुजारा गर्थे, जुन रकम रक्सी सेवनमा खर्च गर्थे। बाबुआमाबाट रेखदेख नहुँदा उनका दिदीबहिनीको अवस्था पनि दयनीय बन्यो। दिदी काकाको घरमा बस्न थालिन्। बहिनी दमककै एक आश्रममा पुगिन्।

घरमा हेरचाह गर्ने कोही नभएपछि उनी कक्षा १ मा पढाइ र घर छाडेर सडकमा भौंतारिन थाले। सडकमा उनीजस्तै अभिभावकको संरक्षण नपाएका अरू दुई बालकसँग उनको भेट भयो। त्यसपछि तीनजनाको समूह बन्यो। विस्तारै उनीहरूको दैनिकी सडकमा मागेर खाने र चोरीमा बित्न थाल्यो। उनीहरू विशेषगरी रातको समयमा फलाम चोरी गर्थे। फलाम बेचेर आएको पैसा आपसमा बाँड्थे। दिउँसो सडकमा भेटिने मानिससँग खाना खान भन्दै पैसा माग्थे। मागेरै दैनिक नौ सय रुपैयाँसम्म जम्मा हुने गरेको उनी सुनाउँछन्।

सडकबाट कमाएको पैसा आधारभूत आवश्यकतामा मात्र खर्च भएन। तीनैजना विस्तारै नसालु पदार्थमा फस्न थाले। उनीहरू डेनड्राइट सुँघ्ने र चुरोट खाने गर्थे। ‘डेनड्राइट सुँघेपछि पूरै चार्ज भएजस्तो हुन्थ्यो’, उनी विगत सम्झन्छन्, ‘बिहान र बेलुका दुईपटक डेनड्राइट सुँघ्ने र चुरोट खाने बानी नै परेको थियो।’ उनीहरू प्राय: खेतको बिचमा बसेर नसालु पदार्थ सेवन गर्थे। रात परेपछि दमकको भृकुटीचोक आसपास सुत्थे। यसरी तीनजनाको समूहले झन्डै दुई वर्ष सडकमा बितायो।

सडक जीवन सहज थिएन। भोक मेटाउन अरूसँग पैसा माग्नुपर्ने, रात काट्न सुरक्षित ठाउँ नहुने र मानिसबाट अपमानजनक व्यवहार सहनुपर्ने अवस्था थियो। बाल्यकालमा अभिभावकको माया र संरक्षण पाउनुपर्ने समयमा उनले सडकको कठोर व्यवहार भोग्नुपर्‍यो, तर अहिले उनको जीवनले नयाँ मोड लिएको छ। भ्वाइस अफ चिल्ड्रेनको संरक्षणमा आइपुगेका उनलाई सुरक्षित आवाससँगै शिक्षाको व्यवस्था मिलाइएको छ। उनी फेरि कक्षा १ मा भर्ना भएर पढ्न थालेका छन्।

११ वर्ष पुगेका ती बालकलाई आफूले सडकमा बिताएका दुई वर्ष सम्झँदा उनलाई पछुतो लाग्छ। ‘साह्रै गलत गरिएछ। लगातार पढेको भए कक्षा ३ पूरा गरिसकेको हुन्थें। फेरि कक्षा १ मै पढ्नुपर्‍यो’, उनी भन्छन्। सडकमा हुँदा मानिसले गरेको दुव्र्यवहार र अपमानजनक बोली पनि उनले बिर्सिएका छैनन्। ‘माग्दा पनि मान्छेले नराम्ररी भन्थे’, उनी सम्झन्छन्, ‘घरमा केयर गर्ने मान्छे नहुँदा सडकमा पुगें। बल्ल सुध्रिने मौका पाएको छु।’ उनले भविष्यमा राम्रो जागिरे बन्ने सुनौलो सपना साँचेका छन्। भन्छन्, ‘म भविष्यमा सरकारी जागिरे बन्नेछु।’ उनले पढाइमा प्रगति गरेर देखाउने दृढ इच्छा राखेका छन्। ‘मैले राम्रो ठाउँ पाएको छु। विगतमा जे भयोभयो, अब राम्रो काम गर्नेछु।’

दमककै अर्का १४ वर्षीय बालकको पारिवारिक अवस्था फरक छ। उनका बाबु मिस्त्रीको काम गर्छन् भने आमा टेन्ट हाउसमा काम गर्छिन्। परिवारमा एक दाजु कक्षा १० र दिदी कक्षा ११ मा अध्ययनरत छन्। घरमा अभिभावक र दाजुदिदी हुँदाहुँदै उनी भने साथीसंगतका कारण सडकमा पुगे। उनीभन्दा अघि सडकमा पुगेका दुई साथीले उनलाई चुरोट खाने र डेनड्राइट सुँघ्ने बानी लगाए। सडकमा मागेर अनि चोरी गरेर जम्मा गरेको पैसाले उनीहरू चुरोट र नसालु पदार्थ सेवन गर्थे। उनले पनि त्यही व्यवहार पछ्याउन थाले। अन्तत: उनी पनि दुर्व्यसनको लतमा फसे। यसको असर उनको पढाइमा पनि पर्‍यो। कक्षा ३ मा पढ्दापढ्दै विद्यालय जान छाडे। सडक र साथीसंगत नै उनको दैनिकी बन्न थाल्यो। उनी पनि भ्वाइस अफ चिल्ड्रेनको संरक्षणमा छन्। संस्थाले सुरक्षित आवाससँगै उनको पढाइलाई निरन्तरता दिने व्यवस्था मिलाएको छ। विद्यालय छाडेर सडक जीवनमा पुगेका उनी फेरि शिक्षाको पहुँचमा फर्किएका छन्। उनी भन्छन्, ‘अब संस्थामै बसेर उच्च शिक्षासम्म पढ्ने इच्छा छ।’ उनी पढाइमा तेजिला छन्। संस्थाले बनाएको दैनिक तालिका पालना गर्छन्। पढाइमा उनी राम्रोमै पर्छन्।

यता, इनरुवा घर भएका सडक बालकका बाबुआमा पनि उनी सानो छँदा जहिल्यै झगडा गर्थे। झगडा गरेको बेला आमाले तिनै बालकलाई लठी लिएर पशु झैं कुट्ने गर्थिन्। यही क्रममा उनी एक दिन घर छाडेर सडकमा पुगे। सडकमा उनले दुई वर्ष बिताए। उनी पनि चुरोट किनेर तान्ने र डेनड्राइट सुँघ्न थाले।

यतिबेला भने उनका बाबुले अर्कैसँग विवाह गरिसकेका छन्। आमाको पनि कहाँ बस्ने र कसरी खाने टुंगो छैन। प्रहरीले उद्धार गरेर संस्थामा पुर्‍याएपछि छोरा भेट्न पुगेकी आमाले कोठा खोज्छु अनि भेटेपछि लिन आउँछु भनेर आश्वासन दिएकी थिइन्, तर आमा फेरि छोरा भेट्न गएकी छैनन्। ‘अब आमा लिन आए पनि घर जान्न। यहीं बसेर पढाइ पूरा गर्छु।’ उनी यतिबेला कक्षा २ मा पढ्दैछन्।

भ्वाइस अफ चिल्ड्रेनले पूर्वका सडकबाट बालबालिका उद्धार गरी संरक्षण गर्दैै आएको छ। संस्थामा राखिएका बालबालिकालाई सुरुवातमा मनोविमर्श तालिम दिने अनि मात्र पढाउने शिक्षक झुलन दाहालले बताए। उनका अनुसार खासगरी सडकबाट उद्धार गरी ल्याइएका बालबालिका अटेरी गर्छन्। ‘लयमा ल्याउन कम्तीमा तीन महिना प्रयास गर्नुपर्छ। त्यसैले सोहीअनुसार विधि अपनाएर उनीहरूलाई शिक्षण गर्नुपर्छ।’

पूर्वीनेपालका विभिन्न सहरका सडकमा अलपत्र अवस्थामा भेटिने बालबालिकाका लागि इटहरीस्थित भ्वाइस अफ चिल्ड्रेन सुरक्षित आश्रयस्थल बन्दै आएको छ। सडकमा जीवन बिताउन बाध्य बालबालिकाको उद्धार गरी संरक्षण, शिक्षा र पारिवारिक पुन:स्थापनाको व्यवस्था मिलाउँदै आएको संस्थाका अध्यक्ष भरत थापाले बताए। उनका अनुसार संस्थामा अहिले दुईजना फरक शारीरिक क्षमता भएकासहित १७ जना बालबालिकालाई सडकबाट उद्धार गरी संरक्षणमा राखेर पढाउने गरिएको छ।

संस्थाले १२ वर्षको अवधिमा ३३५ जनालाई उद्धार गरी संरक्षण गरेर शिक्षा प्रदान गरेपश्चात् परिवारमा पुन:स्थापना गरिएको बताए। ‘हामीले सडकबाट उठाएर संस्थामा ल्याई संरक्षण र शिक्षा प्रदान गरेपछि घरमा फर्किएकामध्ये धेरैको घरजम भइसकेको छ। कतिपयका घटना त उदाहरणीय छन्।’

उनका अनुसार संस्थाले सडक बालकलाई उद्धार गरी संरक्षण गर्दै आएको छ। धरानपछि इटहरी र दमकमा बढी मात्रामा सडक बालक छन्। ‘विराटनगर, बिर्तामोड, उर्लाबारी, इनरुवालगायत सहरबाट पनि केही सीमित सडक बालबालिकाको उद्धार गरी संरक्षण गरिएको छ’, थापाले भने, ‘हामीले सडकबाट उद्धार गरिएका बालबालिकालाई सामुदायिक स्कुलमा भर्ना गर्ने अनि संस्थाले आफैं शिक्षक नियुक्त गरी पढाउने व्यवस्था मिलाएको छ। परीक्षा दिने व्यवस्था भने विद्यालयबाटै मिलाइएको छ।’

संस्थाले बालबालिकाको पढाइलाई निरन्तरता दिनुका साथै उनीहरूको पारिवारिक अवस्था पहिचान गरी अभिभावकसँग समन्वय गर्ने र सुधार भएपछि घरमा पुन:स्थापना गर्दै आएको छ। शिक्षा र संरक्षण प्रक्रियापछि अभिभावकको सहमतिमा बालबालिकालाई परिवारमा पुन:स्थापना गर्ने गरिएको हो। जसको अभिभावक पहिचान हुन सक्दैनन्, उनीहरूलाई संस्थाले उनीहरूको क्षमताअनुसारको रोजगारीको व्यवस्था गरिदिने गरेको छ। भ्वाइस अफ चिल्ड्रेनले सरकारी तथा गैरसरकारी सहयोगमा सडक बालबालिकालाई उद्धार गरी संरक्षण र शिक्षा प्रदान गर्दै आएको छ।

आर्थिक अभाव, पारिवारिक समस्या, दुव्र्यवहार, उचित शिक्षाको अभाव, समुदाय र परिवारको चेतनास्तरको कमी, सामाजिक द्वन्दलगायतका समस्याका कारण कतिपय बालबालिका सहरी क्षेत्रमा गएर सडक बालबालिकाका रूपमा भौंतारिने गरेका छन्। तीव्र जनसंख्या वृद्धि, आर्थिक, सामाजिक अवस्था र परिवारमा उचित वातावरण अभावका साथै बाबुआमाको माया, स्नेह र उचित रेखदेखको अभावमा थुप्रै बालबालिका सडक बालबालिकाका रूपमा जीवन बिताउने गरेको संस्थाका अध्यक्ष थापाको अनुभव छ।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
१३ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस