इलाममा कोरोनाविरुद्धको बुस्टर खोप
०२ चैत्र २०७९
•
२ मिनेट पाठ
इलाममा कोरोनाविरुद्धको बुस्टर खोप
फाइल तस्वीर
सरकारको नियमित कार्यक्रम अन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ। कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ।




यही चैत ७ गतेसम्म जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्था र नियमित खोप केन्द्रमार्फत खोप दिइने स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले बताए। उनले १२ वर्षमाथिका सबैलाई खोप दिइने बताए। गर्भवती, दीर्घ रोगी लगायतले समेत यो खोप लगाउन मिल्ने शाक्यको भनाइ छ।

पहिलो र दोस्रो खोपको मात्रा लगाएकालाई मात्र बुस्टर डोज लगाइनेछ। नियमित खोप लगाएकाका लागि यो चौथो डोज हो। पहिलो मात्रा लगाएको छ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिइने छ। पहिलो बुस्टर डोज लगाएको छ महिना पूरा भएका ५५ वर्षमाथिका अग्रपंक्तिमा खटिने सबैलाई खोप दिइने शाक्यले बताए।

रोग प्रतिरोधात्मक क्षमता कम भएका वा त्यस्ता औषधि प्रयोग गरिरहेका ११ हजार चार सय ९२  नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय इलामका खोप अधिकृत गंगाधर पण्डितले बताए।

जिल्लामा १२ वर्षमाथिका ६३ हजार चार सय ९३ नागरिकलाई पहिलो बुस्टर डोज लगाउने लक्ष्य छ।

कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोप लगाउन समेत नागरिले वास्ता नगरेको पाइएको छ। दोस्रो खोप लगाएको तीन महिना पुगेकालाई पहिलो बुस्टर र पहिलो लगाएको छ महिना पुगेकालाई दोस्रो बुस्टरको फाइजर खोप दिइने छ। इलामका सबै स्थानीय तहका स्वास्थ्य संस्था र नियमित खोप केन्द्र गरी दुई सय २५ स्थानबाट खोपको व्यवस्था मिलाइएको छ।

विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएको यस खोपले कुनै असर नगर्ने भएकाले खोप लगाउन सबैैलाई आह्वान गरिएको छ। इलाममा खोपको पहिलो मात्रा  लगाउने संख्या एक लाख ९९ हजार तीन सय ८८ जना रहेको छ। खोपको दोस्रो मात्रा लगाउनेको संख्या एक लाख ८४ हजार आठ सय १४ जना छ। पहिलो बुस्टर डोज लगाउनेको संख्या एक लाख २१ हजार तीन सय २१ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस  
अर्को समाचार
दिमागी बल नै वास्तविक बल
२८ चैत्र २०८०
•
४ मिनेट पाठ
दिमागी बल नै वास्तविक बल
शरीरमा रोगसँग लड्ने र शरीरलाई बचाएर राख्ने प्रणाली हुन्छ, जसलाई रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) भनिन्छ, जसले शरीरमा कुनै बाह्य जीवाणुको संक्रमण होस् वा भित्री अंगहरूको खराबी, यी सबैमा लडेर शरीरलाई स्वस्थ बनाउने काम गर्छ। इम्युनिटीले शरीरका लागि सुरक्षा कवचको काम गर्छ। जति मानिसको इम्युनिटी क्षमता बढी हुन्छ, त्यति नै मानिस स्वस्थ र निरोगी हुन्छ। इम्युनिटी क्षमता बढी भएका व्यक्तिहरूलाई कोरोना जस्तो खतरनाक भाइरसले समेत हल्लाउन नसकेको तथ्य त सर्वविदितै छ।




शरीरमा शरीरको रोग प्रतिरोधक क्षमता (इम्युनिटी) भए जस्तै के मनको पनि इम्युनिटी हुन्छ ? भन्ने प्रश्न अहिले व्यापकरूपमा उठेको छ। र, अहिले कग्निटिभ इम्युनोलोजीबारे शोधखोज हुँदैछ। यस क्षेत्रमा संलग्न कतिपय विशेषज्ञको दाबी छ कि जसरी शरीरले आफ्नो सुरक्षाका लागि गेटमा चौकीदारहरू (सेन्ट्रिज) तैथान गर्छ, ती चौकीदारहरूले सुक्ष्म जीवाणुको खतरा स्क्यान गर्दछन् र हानिकारक सुक्ष्म जीवाणुसँग लड्न टी सेल्स र बी सेल्सको एक मोबाइल सेनाको टोली २४ सैं घण्टा तम्तयार राख्दछ। टी सेल्स र बी सेल्सको मोबाइल सेनाले हानिकारक सुक्ष्म जीवाणुहरू देख्नेबित्तिकै आक्रमण गरिहाल्छन्।

ठीक यसरी नै मनले पनि आफ्नो सुरक्षाका लागि गेटमा चौकीदारहरू तैनाथ गर्छ। ती चौकीदारहरूले सूचना (इन्फर्मेसन)का खतराहरूको स्क्यान गर्छ र तिनीहरूसँग लड्न सन्देह (डाउट्स) र प्रश्नहरू (कोइसन्स) को एक मोबाइल सेना तैनाथ गर्छ। सन्देह (डाउट्स) र प्रश्नहरू (कोइसन्स) मनका एन्टिबडी जस्तै हुन्। शरीरले झैँ मनले पनि खतरा महसुस भयो भने डी सेल्स तथा क्यु सेल्स पैदा गर्छ।

यस्तो मान्न सकिन्छ, सन्देह मनलाई अविश्वसनीय वातावरणमा ढाल्ने प्राकृतिक तरिका हो भने यसको विपरित विश्वास, मनलाई मित्रतापूर्ण (शान्त) वातावरणमा ढाल्ने प्राकृतिक छनोटको तरिका हो। यस किसिमको समायोजन नै मनको प्रतिरक्षा प्रणालीको उदाहरण हो। मन हमेशा उपयोगी जानकारीप्रति सधैँ खुला र हानिकारक जानकारीप्रति प्रतिरोधको बीचको सन्तुलन राख्न प्रयासरत रहन्छ।

पहिचान सुरक्षात्मक अनुभूति घटनाले एक महत्त्वपूर्ण सत्य उजागर गर्छ कि मन धम्कीपूर्ण जानकारीप्रति बढी प्रतिक्रियात्मक हुन सक्छ। त्यसैले षडयन्त्रकारी सोच, संशय, जिद्दी वैचारिक कठोरतालाई अटोइम्युन विकारहरूको रूपमा लिन सकिन्छ। अर्कोतिर, मानसिक प्रतिरक्षा प्रणाली पनि निस्क्रिय हुन सक्छ। जसले मानिसलाई अनुभवहीन, अन्धविश्वास र धुर्त बनाउन सक्छ।

सिधा शब्दमा भन्ने हो भने मनको पनि प्रतिरक्षा प्रणाली हुन्छ, जसलाई मेन्टल इम्युनिटी भन्ने गरिन्छ। मेन्टल इम्युनिटीको प्रभाव सिधै शरीरको इम्युनिटीमा पर्छ। मेन्टल इम्युनिटी कमजोर छ भने शरीरको प्रतिरोधक क्षमता पनि कमजोर हुन पुग्दछ। त्यसैले स्वस्थ र मजबुत रहन शारीरिक प्रतिरोधक क्षमता मात्र होइन, मानसिक प्रतिरोधक क्षमता पनि शक्तिशाली हुन आवश्यक देखिन्छ।

जसरी शरीरको रोग प्रतिरोधात्मक क्षमता कम छ भने सामान्य मौसम परिवर्तन हुने बित्तिकै मानिसलाई रूघाखोकीले आकुलब्याकुल बनाउन सक्छ ठीक त्यसै प्रकारले मनको प्रतिरक्षात्मक शक्ति कम छ भने ससानो तनावले पनि मानिसलाई विचलित बनाउन सक्छ। मनको प्रतिरक्षा प्रणाली मजबुत छ भने मानिसले ठूला ठूला तनाव पनि सजिलै झेल्न सक्छन्। एक प्रकारको तनाव कुनै व्यक्तिलाई सामान्य लाग्ने र कुनै व्यक्तिलाई पहाडले टाउको थिचे जस्तो लाग्ने कारण पनि यही मेन्टल इम्युनिटी हो। मेन्टल इम्युनिटी संकट र तनावका बेलामा ढाल बनेर संकटको प्रतिरक्षा गर्ने कार्य गर्छ। मानसिक प्रतिरक्षा प्रणाली कमजोर भएर मानिसलाई मानसिक समस्याहरूले घेर्ने हुन्। मेन्टल इम्युनिटी कमजोर भएका व्यक्तिहरू भावनात्मकरूपमा पनि कमजोर हुन्छन्।

जसरी रुघाखोकीले आफूलाई मात्र होइन, आसपासका व्यक्तिहरूलाई समेत संक्रमित गर्न सक्छ। ठीक त्यसैगरी, व्यक्तिको सोच तथा नकारात्मक विचारहरूले ती व्यक्तिहरूलाई मुस्किलमा पार्न सक्छ, जसको मेन्टल इम्युनिटी कमजोर छ। जस्तै कि होस्टलमा बस्ने कुनै युवा विद्यार्थी डिप्रेसन पीडित छ भने डिप्रेसनका कारण उसमा उदासी र खिन्नता, अपराधबोध, मानसिक थकान, ऊर्जाहीन, चिडचिडापन, अनिद्रा वा बढी निद्रा लाग्नु, भोक नलाग्नु वा बढी भोक लाग्नु, एकान्त मन पराउनु, मनमा अनेक नकारात्मक विचारहरू आउनु, भविष्य अन्धकारमय लाग्नु तथा आत्महत्याको विचार आउनु वा आत्महत्याको प्रयास गर्नु आदि जस्ता नकारात्मक लक्षणहरू देखिन सक्छन्। यस्ता नकारात्मक आचारविचारले उसको वरिपरिको वातावरण नै नकारात्मक हुन पुग्छ।

जब रुम पार्टनरका रूपमा अर्को विद्यार्थी ऊसँग बस्न थाल्यो भने त्यहाँ दुई प्रकारका घटना हुन सक्दछ। एक, नयाँ विद्यार्थीको मेन्टल इम्युनिटी बढी छ भने उसको सकारात्मक आचारविचार तथा औराले नकारात्मक वातावरणलाई सकारात्मक बनाउने कार्य मात्र नगरेर डिप्रेसनपीडित विद्यार्थीको नकारात्मक भावनालाई सकारात्मक बनाउन सक्छ। तर नयाँ विद्यार्थीको मेन्टल इम्युनिटी कमजोर छ भने एक दिनमा नै नयाँ विद्यार्थी डिप्रेसनबाट पीडित विद्यार्थीको जोडी बन्न सक्छ। अनि दुवै उदास अनुहार लिएर भविष्य अन्धकार देख्न सक्छन्।

अन्तमा, मन र शरीरको सम्बन्ध नङ र मासुको जस्तै छ। यदि मनको प्रतिरक्षा प्रणाली मजबुत छ भने शरीरको प्रतिरक्षा प्रणाली पनि मजबुत हुन्छ।

–बानियाँ साइकोथेरापिस्ट हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस