अबदेखि इटहरी अस्पतालमा २४ सै घण्टा उपचार
१५ वैशाख २०८०
•
२ मिनेट पाठ
अबदेखि इटहरी अस्पतालमा २४ सै घण्टा उपचार
यातायात, शिक्षा, व्यापार र खेलकुदको हब मानिने इटहरी पूर्वको महानगर उन्मुख सहर हो। तर, जनतालाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सवालमा अस्पतालमा उपचार गर्न आएका विरामीहरु उपचार हैन रेफर लिएर फर्कनुपर्ने बाध्यता थियो। अब भने इटहरीमा २४ सै घण्टा उपचार हुने भएको छ।




शुक्रबारदेखि इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी सेवा सुरु भएको हो। यसको औपचारिक उद्घाटन मेयर हेमकर्ण पौडेलले गरे।

‘चुनाबताका प्रतिबद्दता गरेका वाचा पुरा गर्ने क्रममा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आकस्मिक सेवासँगै ल्याब र फार्मेसी सेवाको सुरुवात गरिएको हो,’ मेयर पौडेलले भने। उनका अनुसार अहिले १५ सै¥याबाट आकस्मिक सेवा दिन थालिएको छ।

अस्पतालको थप भवन निर्माणधीन अवस्थामा रहेकाले गर्दा त्यो पूरा भएपछि अरु सै¥या थप गरिनेछ। अहिले फार्मेसीमा सीमित औषधी भएपनि एक महिनाभित्रमा पर्याप्त औषधीको व्यवस्था गरिने पनि जानकारी दिइयो। अब एक वर्षभित्रमा आइसियू, एनआइसियू र भेल्टिलेटरको समेत व्यवस्था गरिने मेयर पौडेलले बताए।

यहाँका बासीन्दाले विशेष उपचारका लागि धरान, विराटनगर वा सिलिगुडीका अस्पताल धाउनुपर्ने बाध्यता रहेको अब कमी आउने निश्चित छ। अहिले इटहरी अस्पतालमा चार जना विशेषज्ञ चिकित्सक हाडर्जोनी, स्त्री रोग, बालरोग र फिजिसियन थप गरेर सेवा दिन थालिएको छ। साथै, छ जना मेडिकल अधिकृत रहेको अस्पताल प्रशासनले जनाएको छ। आवश्यकता अनुसार अरु चिकित्सक र मेडिकल अधिकृत थप गरिने योजना रहेको अस्पताल प्रमुख दामोदार गौतमले बताए।

सघन बसोबासका लागि देशैभरि रुचाइएको इटहरीमा जनघनत्व दिनदिनै बढ्दै छ।  नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ।  धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ।

इटहरीमा ठूला लगानीमा केही स्वास्थ्य–संस्था स्थापना नभएका भने होइनन्। केही वर्षअघि ठूलो लगानीमा खुलेका टिआर हस्पिटल, सिटी हस्पिटल, मेडिस्कट हस्पिटल र पूर्वाञ्चल हस्पिटललगायत स्वास्थ्य–संस्थाहरू बन्द भए। ती संस्थाहरू स्थायी विशेषज्ञ चिकित्सक, विशेष उपकरणको अभाव तथा सेवाग्राहीमा विश्वासको भावना जगाउन नसेकाले बन्द भएको पाइन्छ।

हाल सञ्चालनमा रहेका सामुदायिक अस्पताल, एपेक्स हस्पिटल, पञ्चकोसी पोलिक्लिनिकलगायत स्वास्थ्य–संस्थामा दक्ष जनशक्ति, विशेष प्रकारका उपकरण, भौतिक पूर्वाधार तथा स्थानको अभाव रहेको देखिन्छ। यस अवस्थामा इटहरी अस्पताललाई व्यवस्थित गरि सेवा थप गरिरहँदा इटहरीसहित आसपासका बासीन्दाले लाभ लाभ प्राप्त गरि रहेका छन्।  
अर्को समाचार
अब इटहरीका स्वास्थ्य चौकीबाट बिमाको रेफर लेटर
१८ जेष्ठ २०७९
•
१ मिनेट पाठ
अब इटहरीका स्वास्थ्य चौकीबाट बिमाको रेफर लेटर
इटहरी अस्पतालबाट मात्र हुँदै आएको बिमा रेफर अब इटहरीका चारवटा स्वास्थ्य चौकीबाट पनि हुने भएको छ।




नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले पदभार ग्रहण गरेसँगै नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णय अनुसार अब स्वास्थ्य चौकी हाँसपोसा, पकली, एकम्बा र खनारबाट बीमा रेफर गर्ने व्यवस्था मिलाइएको हो।

इटहरी अस्पतालमा बिमा रेफर लिन आउने सेवाग्राहीले धेरै सास्ती पाउने गरेको कारण यो सेवालाई सहज बनाउन इटहरीवासीले नयाँ जनप्रतिनिधिहरूलाई आग्रह गरेका थिए। इटहरी अस्पतालमा बिरामीको रेफर लिन झण्डै ५ घण्टासम्म लाइन लाग्नु पर्ने बाध्यता थियो।

इटहरी अस्पतालले ती स्वास्थ्य चौकीलाई बुधबारदेखि नै रेफर गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। रेफर कार्डको समय एक साताका लागि हुँदा बिरामीले पटक–पटक अस्पताल धाउनुपर्ने अवस्था छ । इटहरीमा अस्पतालमा विशेषज्ञ सेवा लिनेबाहेक अन्य सामान्य बिरामी मात्र आउने गर्छन्।

विशेषज्ञ चिकित्सक तथा विशेष उपकरणहरूको अभाव हुँदा यहाँका बिरामी धरान र विराटनगर जाने गरेका छन्। सघन बसोबासका लागि देशैभर रुचाइएको इटहरीमा जनघनत्व दिन प्रतिदिन बढ्दै छ। यहाँ भएका केही निजी स्वास्थ्य संस्थाबाट पनि प्रभावकारी सेवा सुविधा छैन।

२०२२ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भइ ५४ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्र र २०७५ साउन १ गतेदेखि इटहरी अस्पतालमा रुपान्तरण गरिएसँगै सेवा सुविधामा सुधार हुन सकेको छैन। इटहरी अस्पतालमा एक जना मात्र विशेषज्ञ चिकित्सक छन्।

इटहरीका बिमितहरूले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज विराटनगर, विराट मेडिकल कलेज बूढीगंगा, हाम्रो अस्पताल विराटनगर, कोसी प्रादेशिक अस्पताल, गोल्डेन अस्पताल विराटनगर, सञ्जीवनी अस्पताल विराटनगर, विराटनगर आँखा अस्पताल र इटहरी नवदृष्टि आँखा अस्पतालमा भर्ना भइ उपचार सेवा पाउने व्यवस्था मिलाइएको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस