आज देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
३१ भदौ २०८०
•
२ मिनेट पाठ
आज देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
फाइनल तस्बिर
नेपाल चिकित्सक सङ्घले आज देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गरेको छ। हेटौँडास्थित सञ्चो अस्पतालका चिकित्सकमा भएको आक्रमणमा संलग्न दोषीलाई कानुनी दायरामा नल्याएको भन्दै सङ्घले आन्दोलनको घोषणा गर्दै आज देशभर सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गरेको हो।  




सङ्घले शनिवार विज्ञप्ति जारी गर्दै आज देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने जनाएको छ।  

सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भदौ २७ गते बिरामीको विषयलाई लिएर आक्रमण भएको सङ्घले आरोप लगाउँदै आएको छ। चिकित्सकहरू डा.थापा र डा.बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन भन्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो।  

सङ्घले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको छ।

जारी विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ।  

सङ्घले हेटौँडा अस्पताल घटनाका दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउने भनी घटनालाई निस्तेज पार्न खोजिएको आरोप लगाउँदै सम्बन्धित निकाय माथि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गर्न समेत माग गरेको छ। साथै भावी दिनमा यस्ता प्रकारका घटनामा मौनता नसाध्ने गरी लिखित प्रतिबद्धता समेत जनाउन माग गरेको छ।  
अर्को समाचार
देशभरका अस्पतालमा आकस्मिकबाहेकका उपचार ठप्प
१७ भदौ २०६६
•
५ मिनेट पाठ
देशभरका अस्पतालमा आकस्मिकबाहेकका उपचार ठप्प
काठमाडौं, भदौ १८ (नागरिक)- नेपाल नर्सिङ संघको आन्दोलनका कारण बिहीबार पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएको छ। राजनीतिक हस्तक्षेप रोक्नुपर्ने, तलबभत्ता बढाउनु पर्ने लगायतका २१ सूत्रीय माग राखेर मंगलबारदेखि आन्दोलन शुरु गरेको संघले माग पूरा नभएसम्म अनिश्चितकालसम्म सेवा बन्द गर्ने जनाएको छ।
अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संघले बुधबार प्रेस विज्ञप्तिमार्फत् संघको आन्दोलनमा ऐक्यवद्धता जाहेर गरेका छन्।




बुधवार नै नेपाल नर्सिङ परिषदका अध्यक्ष सहित थप तीन जना पदाधिकारीलाई स्वास्थ्य मन्त्रालयले बर्खास्त गरेको सूचना पाएपछि नर्सिङ परिषदमा राजनीतिक हस्तक्षेप बढेको भन्दै उनीहरुले आपत्ति प्रकट गरेका छन्। उनीहरुले राजधानीमा पत्रकार सम्मेलन गरी नर्सिङ परिषदकी अध्यक्ष मन कुमारी राई सहित आफ्नो पुर्नवहाली हुनु पर्ने माग राखेका छन्।

आन्दोलनका कारण बिरामी प्रभावित भएका छन्। राजधानीका सबै जसो अस्पतालका बिरामी आवश्यक सेवाबाट बञ्चित भए।

वीर अस्पताल मेल मेडिकल वार्डमा उपचारार्थ सप्तरीका ६५ बर्षीय जधुराम चौधरीको उपचार रोकियो। अघिल्लो दिन मात्र मृगौलाको हेमोडाइलोसिस गरेका उनलाई डाक्टरले एक सय बोतल सलाइन दिनुपर्ने सिफारिस गरेका थिए। 'सलाइन चढाइराख्नु पर्ने तर डाक्टर आका छैनन्'छोरा सत्यनारायण चौधरीले भने। सय बोतल सलाइन मध्य २४ बोतल सलाइन दिन बाँकी रहेको उनले बताए।

सोही वार्डमा उस्तै समस्यामा छटपटिएका थिए नुवाकोटका ७५ वर्षीय गोरे मिजार। अघिल्लो दिनै हेमोडाइलोसिस गराएका उनको पनि सलाइन दिने नर्स नभएर समस्या परेको हो। सय बोतल मध्य २२ वटा सलाइन दिन बाँकी छ।'नर्सको आन्दोलनले हामी माथि लापरवाही भयो'मिजारले भने। नर्सले चढाएर छोडेको सलाइनको बोतल सकिएपछि हातमा सिरिन्ज लिएर बसिरहको अवस्थामा उनी भेटिए।

नर्सहरुको विकल्पमा चिकित्सकले सेवा दिएका छन्। तर नर्सिङ काम गर्न आफूलाई कठिन परेको चिकित्सकहरुले अनुभव सुनाए। प्रत्येक वार्डमा जानु पर्छ, औषधीको समय तालिका थाहा हुँदैन, बिरामीलाई भनेकै समयमा औषधी दिन गाह्रो छ' फिमेल मेडिकल वार्डमा खटिएका प्रशिक्षार्थी डाक्टर ज्ञानहरि मरासिनीले भने। नगरेको काम गर्दा धेरै कठिन'अर्थोपेडिक वार्डका प्रशिक्षार्थी डाक्टर कुमोद प्याकुरेलले भने।

वीरका डाक्टर आआफूले जाँचेका बिरामीको उपचारमा संलग्न थिए। नर्सले सेवा बन्द गरेपछि बिरामी प्रत्यक्ष रुपमा प्रभावित भएको अस्पतालकी मेट्रोन ईश्वरी श्रेष्ठले बताइन्। 'नर्सले बिरामीलाई पानीदेखि औषधी सबै दिन्छन्,तर यो काम डाक्टरले झंझट मानेका छन्', उनले भने।

अस्पतालका केही वार्डमा नर्सको साटो कार्यालय सहायक खटिएका थिए। न्यूरो सर्जिकल वार्डमा खटिएका कार्यालय सहायक कृष्ण बहादुर पराजुलीले भने ' सिफारिस गरेका औषधी आफै दिन्छौं, डाक्टरको आबश्यक परेमा बोलाउँछौ।' पेइङ मेडिकल वार्डमा पनि सहायक नै खटिएका थिए।'हामीले काम परे डाक्टर चाहिएमा बोलाउँछौं'मेल मेडिकल वार्डको नर्सिङ स्टेशनमा खटिएकी कार्यालय सहायक हीरा श्रेष्ठले भनिन्।

नर्स आन्दोलनमा उत्रिएपछि नर्सिङ सेवाको ब्यवस्थापन गर्न कठिन परेको अस्पतालका निर्देशक दीर्घराज आरसीले बताए।'भर्ना भएका बिरामीलाई नर्सिङ सेवा दिन सकिएको छैन, ब्यवस्थापन गर्न गाह्रो भएको छ'निर्देशक आरसीले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस