ललितपुर महानगरमा ज्येष्ठ नागरिकलाई निमोनियाँविरुद्ध निःशुल्क खोप
२७ मंसिर २०८०
•
३ मिनेट पाठ
ललितपुर महानगरमा ज्येष्ठ नागरिकलाई निमोनियाँविरुद्ध निःशुल्क खोप
ललितपुर महानगरले नगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई निमोनियाँ विरुद्धको खोप दिने तयारी गरेको छ। महानगरका प्रवक्ता राजु महर्जनका अनुसार खोप खरिदको लागि बोलपत्र आह्वान भएको छ।




जाडो महिनामा जोखिम उमेर समूहका नागरिकलाई हुन सक्ने निमोनियाँको जोखिमबाट बचाउनको लागि निमोनियाँ विरुद्धको खोप दिन लागेको ललितपुर महानगरकी स्वास्थ्य शाखाकी प्रमुख सरिता महर्जनले बताइन्। उनका अनुसार यो वर्ष २४ सय जना ज्येष्ठ नागरिकलाई खोप तयारी भएको छ। कोभिड १९ पछि निमोनियाँ विरुद्धको खोपको बढी माग भएका कारण उत्पादक कम्पनीमै खोप कम हुँदा समयमै खोप ल्याउन नसकेको उनको भनाइ छ। ‘जाडो महिना सुरु नहुँदै दिनु पर्ने हो, खोप  सुरुमै लिन सकेनौ’ उनले भनिन्। खोप लिनको लागि मङ्गलवार टेन्डर प्रक्रिया सकिएको छ।

२०७७ साल देखि ज्येष्ठ नागरिकलाई निःशुल्क दिन सुरु गरिएको यो खोप यो अवधिमा ५ हजार २ सय ५६ जनालाई प्रदान गरिसकेको छ। ललितपुर महानगरपालिका ज्येष्ठ नागरिकलाई निमोनियाँ विरुद्धको खोप दिने पहिलो स्थानीय निकाय हो। खोप दिनको लागि महानगरले प्रदेश र संघीय सरकारसँग समन्वय गरेको थियो। खोप लिनको लागि हरेक वडा कार्यालयमा ज्येष्ठ नागरिकको व्यक्तिगत विवरण दर्ता हुनु पर्छ। यो प्रक्रियाबाट आएका ज्येष्ठ नागरिकलाई मात्र निःशुल्क निमोनिया विरुद्धको खोप दिन सुरु गरेको महानगरले जनाएको छ। यो खोप खुद्रा मूल्यमा ५ हजार ८ सय पर्न आउँछ। निमोनियाँको खोपले वृद्ध अवस्थामा चिसोको कारण हुन सक्ने निमोनियाँको सङ्क्रमणबाट बचाउन सकिने स्वास्थ्य शाखा प्रमुख महर्जनको भनाइ छ। वडामा दर्ता भएका ६८ वर्ष माथिका ज्येष्ठ नागरिकले यो निःशुल्क निमोनियाँ विरुद्धको खोप लगाउने अवसर पाउनेछन्। 

नगरपालिकाभित्र रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा, समाजमा ज्येष्ठ नागरिकले पु¥याएको योगदानको सम्मान स्वरूप ललितपुर महानगरले ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य कार्यक्रमहरू मेयर चिरिवावु श्रेष्ठको पहलमा सुरु भएको महर्जनले बताइन।

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरमै उपचार  

ललितपुर महानगरपालिकाले जारी गरेको ‘ज्येष्ठ नागरिक तथा अपांङ्गतासंग महानगर’  कार्यक्रम यो आर्थिक वर्षदेखि सुरु भएको ललितपुर महानगरपालिकाले जनाएको छ। असारको अन्तिम सातादेखि महानगरले ज्येष्ठ नागरिक तथा अपाङ्गताको घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको हो।

हालसम्म यो कार्यक्रम यो आर्थिक वर्षभित्र महानगरपालिका भित्रका वडा नम्बर ५, ६, ७, ८, ११, १२ र १६ वडामा पुगिसकेको छ। स्वास्थ्य परिक्षणपछि औषधी सते निःशुल्क प्रदान गरेको उपमहानगरका प्रवक्ता राजु महर्जनले बताए।

यो कार्यक्रम अन्तर्गत हालसम्म २ हजार जना भन्दा बढी ज्येष्ठ नागरिकलाई सेवा दिइसकेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। महानगरबाट खटेका चिकित्सक डा. शविन्द्र गैरे, नर्स,स्वयंसेवक तथा समाजसेवी सहितको टोली ज्येष्ठ नागरिकको घरमा पुगेर नसर्ने मुख्य रोगहरू दम, मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको जाँच गरिन्छ। घरमै हुन सक्ने उपचारमा औषधीको अपडेट गर्ने, थप उपचार आवश्यक भएकालाई नगरपालिकाकै पहलमा मिर्गौलाको लागि डा. क्रषि कुमार काफ्लेको सहयोगमा मेडिसिटी अस्पतालको नेफ्रोलोजी विभागमा, मुटुको समस्या भएकालाई इसिजी, हार्ट क्लिनिकको सहयोगमा इसिजी, इको गरेपछि थप उपचार आवश्यक भएमा गङ्गालाल हृदय केन्द्रमा रेफर गर्ने प्रबन्ध मिलाइएको छ।

हालसम्म ३२ सय जनाको पिसाबको परीक्षण गरेकोमा १ सय ८० जनामा पिसाबमा समस्या देखिएको, ७ सय ५०जनाको इसिजी  र ३ सय ७५ जनाको इको गरिएकोमा ८ जनामा मुटुको समस्या देखिएपछि गङ्गालाल रेफर गरिएको थियो। यो कार्यक्रम मार्फत ज्येष्ठ नागरिकलाई हुने नसर्ने रोगको व्यवस्थापनमा लाभ मिलेको डा. गैरेले बताए। ‘सबैको घरमा हेरचाह गर्ने मानिस हुँदैनन्, यो कार्यक्रमले लाभ मिलेको छ’ उनले भने।

घरमै आवश्यक नमुना संकलन गरेपछि रिपोर्ट तथा उपचार औषधीको रेकर्ड डिजिटल प्रणालीमा संकलन गरी राख्ने व्यवस्था समेत मिलाएको महानगरका डा.गैरले बताए। ‘ज्येष्ठ नागरिक र अपाङ्गतासँग महानगर’ कार्यक्रम अन्तर्गत नै महानगरले हरेक दसैँमा १० हजार रुपैयाँ वितरण गर्दै आएको छ।
अर्को समाचार
सरकारले विपद् व्यवस्थापनमा ध्यान दिन सकेन: प्रमुख महर्जन
२४ वैशाख २०८१
•
३ मिनेट पाठ
सरकारले विपद् व्यवस्थापनमा ध्यान दिन सकेन: प्रमुख महर्जन
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले ध्यान दिन नसकेको बताएका छन्।




विपद व्यवस्थापन र न्यूनीकरण सन्दर्भमा भएका असल अभ्यासको अवलोकनका लागि ललितपुर आएका सुदुरपश्चिम प्रदेशका धनगढी उपमहानगर, अमरगढी नगरपालिका र जयपृथ्वी नगरपालिकाका प्रमुख र कर्मचारीसँगको छलफलमा प्रमुख महर्जनले यस्तो कुरा बताएका हुन्।

स्थानीय तहले आआफ्नो तरिकाले विपद्को बारेमा चेतना जगाउन प्रति कार्य अभ्यास (ड्रिल) का कार्यहरु गरेपनि संघीय सरकारले राष्ट्रिय स्तरको ड्रिल नगरेको उनले स्पष्ट पारे। उनले भने, ‘यो भेटघाटले संघीय सरकारसँग राष्ट्रिय स्तरको ड्रिल गर्न प्रस्ताव गरौं।’

सुुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा सुपर परियोजनाको समन्वयका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी, भूमिका र पहलकदमी आदान प्रदान गर्न यो अवलोकन भ्रमण आयोजना गरिएको हो।

ललितपुर महानगरले विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेको बताउँदै महानगर प्रमुख छिमेकी पालिकालाई समेत विपद्का बेला पर्याप्त सहयोग गरेको बताएका छन्। महानगरले सहरभित्रका अन्य चार ठाउँमा पनि विपद व्यवस्थापन तथा न्यूनीकरण गर्न अन्य चार स्थानमा विपद् उपकेन्द्र खोल्ने तयारी गरेको बताए।

प्रभावकारी सेवा प्रवाह गर्न सक्ने दमकल, नगर प्रहरी,  एम्बुलेन्सका लागि विपद्का बेला जोखिम न्यूनीकरण गर्न महानगर सवल र सफल भएको उनको दाबी थियो। महानगर प्रमुख महर्जनले भने, ‘हामीले दमकलसँगसँगै एम्बुलेन्स पनि जाने व्यवस्था मिलाएका छौं, एम्बुलेन्ससँगै जाँदा, घाइतेलाई अस्पताल छिटो पुर्‍याउन सजिलो हुन्छ, जसले गर्दा मनवीय क्षति कम हुन्छ।’ महानगरले आगलागी जस्ता विपद्का बेला चारमिनेट भित्र घटना स्थलमा दमकल र एम्बुलेन्स र नगर प्रहरी पुग्ने नीति लिएको बताए।

धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले एक्लो प्रयासले मात्रै विपद व्यवस्थापन र न्यूनीकरण संभव नहुने बताए। उनले भने, ‘मिलेर काम गरौँ, मिलेर काम गर्दा कसको भूमिका के हो प्रष्ट हुनुपर्‍यो।’ गोपाल हमालले विपद् व्यवस्थापनमा धनगढीले उल्लेख्य काम गरेको बताए।

ललितपुर महानगरबाटै सबै क्षेत्रमा धेरै कुरा सिकेको बताउँदै भने, ‘अरुले आफ्नो पालिकामा भएको काम हामीलाई देखाउँदैनन्, तर ललितपुरका मेयरले हामीले सजिलै सिकाउनु हुन्छ, सिक्नका लागि उहाँ साह्रै सजिलो मान्छे हुनुहुन्छ। धनगढीले युवा र बालबालिकालाई विपद्का बारेमा सक्षम र जानकार बनाएको बताउँदै भने,‘ विपदका प्रयोग हुने सामग्रीलाई विद्यालयमा राखेका छौं, विद्यालयमा ती सामग्री राख्दा प्रभावकारी भएको छ।’ धनगढीले सरसफाई लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको उनले दाबी गरे।

अमरगढी नगरपालिका डडेलधुराका प्रमुख डिल्लीराज जोशीले विपद्का बेलामा अपनाउनुपर्ने सजगताका बारेमा जानकारी दिन ड्रिल अत्यावश्यक र महत्वपूर्ण भएको बताए। उनले भने,‘केन्द्रीय स्तरमा मात्रै होइन, क्षेत्रीय स्तरमा पनि ड्रिल आयोजना गर्नुपर्छ।’ संघीय सरकारले विपद् जोखिम न्यूनीकरणलाई महत्व नदिएको पनि उनले आरोप लगाए।

जयपृथ्वी नगरपालिका बझाङका प्रमुख चेतराज बजालले आफ्नो नगरपालिकाको भौगोलिक अवस्थाको बारेमा चर्चा गर्दै आफ्नो नगरपालिका भूकम्प र बाढीको जोखिममा रहेको बताए। गाउँमा दमकल जानसक्ने सडक निर्माण गर्न बजेट अभावका कारण पालिका असमर्थ भएको बताउँदै साँघुरा सडकका कारण सहरका अन्य ठाउँमा पनि दमकल पुग्न कहिले काहिं हम्मे हम्मे हुने बताए।

यस्तै, सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील वैद्यले विपद्मा प्रदेशले स्थानीय तहसँग समन्वय गर्न र असल अभ्यासहरुका बारेमा छलफल गर्न कार्यक्रम आयोजना गरेको प्रष्ट पारे।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एन्सेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले तीन तहका तालिम प्राप्त जनशत्तिसँग सहकार्य गरेमा विपद्बाट हुने क्षति न्यूनीयकरण गर्न सकिने बताए।

विपद्को घटना भएको चार मिनेटभित्र दमकल, एम्बलेन्स पुर्‍याउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताउँदै भने, ‘अन्तर्राष्ट्रिय अभ्यास हेर्दा तीन मिनेट भित्र पुगेको देखिन्छ, यो सहकार्य र समन्वयबाट संभव हुने हो।’

विपद् व्यवस्थापन शाखाका प्रमुख हरिशचन्द्र लामिछानेले महानगरले विपद् व्यवस्थापन र न्यूनीकरणका लागि गरेका काम समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए।
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले  समन्वय गर्ने
राजनीति
Clock ३४ सेकेन्ड अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले  समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस