कान्तिमा एमआरआई र सिटिसक्यान सेवा सुरु
२० पौष २०८०
•
१ मिनेट पाठ
कान्तिमा एमआरआई र सिटिसक्यान सेवा सुरु
कान्ति वाल अस्पतालमा नयाँ एमआरआई र सिटिसक्यान सेवा  सुरु भएको छ।तीन सातादेखि सिटिसक्यान मेशिन र एक सातादेखि एमआरआई सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ। 




अस्पतालमा एमआरआई सेवा पहिलो पटक सुरु भएको हो।सिटिसक्यान भने पहिलादेखि नै सञ्चालनमा थियो।पुरानोको सट्टा नयाँ लिएको हो। देशभरिको एक मात्र 

सरकारी बाल अस्पतालमा दैनिक ५ देखि ६ सय जना बहिरङ्ग विभागमा सेवा लिन जान्छन।एमआरआईको अभावमा बिरामी टिचिङ र वीर अस्पताल जानु पर्ने बाध्यता थियो।

ती अस्पतालहरुमा पनि भनेकै बेला पालो नपाउने भएपछि बाध्य भएर निजीमा सेवा लिन जान बाध्य हुन्थे।नयाँ सिटिसक्यान र  एमआरआई को औपचारिक उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रीले मोहन बहादुर बस्नेतले आइतवार गर्ने कार्यक्रम रहेको छ।
अर्को समाचार
कान्तिलाई १ हजार शैय्याको वाल स्वास्थ्य अध्ययन संस्थान बनाउने
२२ पौष २०८०
•
३ मिनेट पाठ
कान्तिलाई १ हजार शैय्याको वाल स्वास्थ्य अध्ययन संस्थान बनाउने
हाल सबै विभाग गरी ३ सय ५२ वटा शैय्याबाट वाल उपचार सेवा दिइरहेको कान्ति वाल अस्पतालले केही वर्षभित्रै सञ्चालनमा आउने गरी १ हजार शैय्या सहितको राष्ट्रिय स्वास्थ्य अध्ययन संस्थान स्थापना गर्ने तयारी गरिएको छ।




तत्कालीन सरकारले २०५२ सालमा गरेको निर्णय सहित योजना अघि बढाएको कान्ति वाल अस्पतालका निर्देशक डा. पंकज रायले बताएका हुन्। उनले आइतबार अस्पतालको ६२ औ स्थापना दिवसको अवसरमा यस्तो जानकारी दिएका हुन्।

२०५२ सालमा सरकारको निर्णय अनुसार बालरोग विशेषज्ञ मणिन्द्र रञ्जन बरालको संयोजकत्वमा वाल स्वास्थ्य अध्ययन संस्थान सभाव्यता अध्ययन कार्यदल गठन गरेको थियो। सरकारको २०७७÷०७८ को नीति योजनाले पनि यो अस्पताललाई बालरोग सम्बन्धी उच्च शिक्षा अध्ययन गर्ने थलोको  रुपमा विकास गर्ने उल्लेख थियो। यी नीति तथा निर्णय अनुसार एक महिना अघि शहरी विकास तथा भवन निर्माण विभागको अगुवाइमा वाल स्वास्थ्य अध्ययन संस्थान सहितको कान्ति वाल अस्पतालको विस्तृत आयोजना प्रतिवेदन प्राप्त भएको छ। यो योजनालाई मूर्तरूप दिन अस्पतालका निर्देशक डा।रायले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नतेलाई सहयोगको अपिल गरेका हुन।

कार्यक्रममा बोल्दै  स्वास्थ्य तथा जनसंंख्या मन्त्री मोहन बहादुर बस्नेतले वाल स्वास्थ्य अध्ययन संस्थानको आयोजना प्रतिवेदनको बिषयमा सरोकारवाला सबैलाई मन्त्रालयमा बोलाएर थप छलफल गर्ने बताए। उनले भने,‘शहरी विकास तथा भवन निर्माणको प्रतिनिधि,कान्तिवाल अस्पतालका प्रतिनिधि सबै भोलि मन्त्रालयमा आउनुहोस्, छलफल पछि अघि बढौँ।’

कान्तिवाललाई राष्ट्रिय वाल अध्ययन संस्थानको रुपमा विकास गर्नको लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायतका सरारकोवालाहरुसंग पटक–पटक प्रस्तावको बारेमा छलफल भइसकेको कान्ति वाल अस्पतालका प्रवक्ता डा। सुमित अग्रवालले बताए। कान्ति वाल अस्पतालमा राष्ट्रिय वाल अध्ययन संस्थानको रुपमा विकास गर्नको लागि आवयश्यक जमिन, भौतिक पूर्वाधारको लागि योजना, अस्पताल सबै रहेकोले अघि बढाउन सहज भएको उनले बताए। अस्पताल हाताभित्र ५ लाख ५७ हजार ६ सय वर्ग किमी खालि जमिन रहेको र त्यसलाई अध्ययन संस्थाको लागि आवश्यक भवन निर्माणको लागि प्रयोग गर्न सकिन्छ। शहरी विकास तथा भवन निर्माणको विस्तृत आयोजना प्रतिवेदन अनुसार स्वास्थ्य  सरकारले आगामी बर्ष बजेट आउने सम्भावना रहेको डा। अग्रवालले बताए। 

एक वर्षमा १ लाख ९९ हजार २ सय ५६ जनालाई सेवा 

कान्ति वाल अस्पतालले एक वर्षको अवधिमा आकस्मिक र बहिरङ्ग गरी १ लाख ९९ हजार २ सय ५६ जनालाई सेवा प्रदान गरेको छ। ती मध्येमा १ लाख ४६ हजार २ सय ४९ जनाले बहिरङ्ग विभागबाट सेवा लिएका छन् भने ५३ हजार ७ जनाले आकस्मिक कक्षबाट सेवा लिएका हुन्। यो अवधिमा ९ हजार ५ सय ३३ जना भर्ना, भएका थिए, ७ सय २४ जनाले ठूलो अपे्रशन, ८ सय १९ वटा मध्यम, ९ सय ३९ वटा साना खालका शल्यक्रिया गरी २८ सय ४२ वटा शल्यक्रिया सम्पन्न भएका छन्।

यो अवधिमा अस्पतालले ५ लाख २४ हजार ७ सय ५९ जनालाई ल्याव्रोटरी सेवा, ७० जनालाई इण्डोस्कोपी सेवा,१५ जनामा कोल्नोस्कोपी सेवा, १ सय ७५ जनालाई ब्रोनोस्कोपी सेवा, ३ सय जनालाई स्पायोेरोमेटोरी सेवा, २५ जनाको कलेजाको वायोप्सी जाँच, १९ सय ५७ जनाको सिटिसक्यान, ५ लाख ७४ जनाको एक्सरे, २४ हजार ३ सय ८१ जनाको भिडियो एक्सरे, ९ सय २१ जनाको इइजी सेवा प्रदान गरेको छ।

अस्पतालमा हाल ५० शैय्याको आकस्मिक सेवा, १ सय ६७ जनरल सेवा, १८ वटा एचडियु ४, आइसियु,सिसियु, पिआइएमसियु, एसआइसियु गरी ३ सय ५२ वटा सेवा सञ्चालनमा छन्।

अस्पतालले हालै नयाँ एमआरइ तथा सिटिसक्यान सेवा सुरु गरेको छ। प्रयोगशाला सेवा विस्तार वायोप्सी सेवा सुरु, हिस्टोप्याथोलोजी एण्ड वायोप्सी सेवा,हिमालय बैङ्कको सहयोगमा अस्पतालको अघि भागमा सुन्दरता निर्माण,जिन्सी लिलामी प्रक्रिया सुरु, कुल शय्या मध्येमा २ सय ४८ वटा निःशुल्क सेवा प्रदान गरेको छ। यसको साथै आकस्मिक कक्षलाई ट्रायल विधिबाट उपचार सेवाको प्रबन्ध पनि यही वर्षभित्र सुरु भएको हो। यो सेवाको कारण अस्पतालमा आउने ग्रामीण बिरामीले प्राथमिकता तोक्न सहज भएको अस्पतालले जनाएको छ।

सातै प्रदेशको रेफरल वाल अस्पतालको रुपमा विस्तार गरी बिशिष्टीकृत सेवा दिने, यस अस्पताललाई वाल स्वास्थ्य संस्थान भएपछि वाल उपचारको राष्ट्रिय नीति तर्जुमा गर्न सहज हुने,वाल रोग अध्ययन संस्थान बनेपछि लाल उपचारको राष्ट्रिय नीति पुरा तर्जुमा गरी एमडी, एमएस पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने योजना रहेको छ। यस अस्पताललाई डिजिटलाइजेशन गर्ने योजना रहेको छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस