फागुनदेखि सञ्चय कोषमा योगदानकर्ताका दम्पत्तीले पनि उपचार खर्च पाउने
१६ माघ २०८०
•
४ मिनेट पाठ
फागुनदेखि सञ्चय कोषमा योगदानकर्ताका दम्पत्तीले पनि उपचार खर्च पाउने
कर्मचारी सञ्चय कोषले आफ्ना योगदानकर्तालाई उपलब्ध गराउँदै आएको स्वास्थ्योपचार सेवाको दायरा विस्तार गरेको छ। आगामी फागुन १ गतेबाट लागू हुनेगरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउनेगरी दायरा विस्तार गर्न लागिएको कोषले जनाएको छ।

कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गरिएको साधारण रोगको हकमा प्रत्येक वर्ष अधिकतम रु एक लाखसम्म र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम रु १० लाखसम्म स्वास्थ्योपचार सुविधा उपलब्ध गराउँदै आएको छ।

अहिले यो कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नीसमेतलाई समावेश गर्ने व्यवस्था मिलाइएको कोषका प्रशासक जितेन्द्र धितालले जानकारी दिए। 'यसअघि सञ्चयकर्तालाई मात्र उपलव्ध गराउँदै आइएको उक्त योजनामा २०८० फागुन १ गतेदेखि लागू हुनेगरी सञ्चयकर्ताको पति वा पत्नीलाई समेत समावेश गरिएको छ', उनले भने, 'सञ्चयकर्ताको परिवारमा थप राहत पुग्ने अपेक्षासहित यो सुविधाको दायरा विस्तार गरिएको हो।'

गत पुसमा ‘कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा योजना सञ्चालन विनियम, २०८०’ स्वीकृत भएसँगै स्वास्थ्योपचार सुविधा विस्तारको बाटो खुलेको थियो। फागुन १ गतेदेखि कार्यान्वयनमा जाने विनियमावलीले स्वास्थ्योपचार गर्दा शोधभर्ना पाउने अस्पतालहरूको सूचीमा पनि संशोधन गरेको प्रशासक धितालले बताए। विनियमको सूचीमा समेटिएका अस्पतालहरूमा उपचार गराएको हकमा मात्र कोषबाट स्वास्थ्योपचार सुविधा उपलब्ध गराइने छ।

हाल सञ्चयकर्तालाई जुनसुकै अस्पतालमा उपचार गराउँदा शोधभर्ना उपलव्ध गराउँदै आएकामा अबदेखि सबै केन्द्रीय, प्रादेशिक, जिल्ला तथा पालिकास्तरका सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य केन्द्रहरू, नेपाल सरकारको स्वामित्वमा सञ्चालित अस्पताल, सबै शिक्षण अस्पतालबाट यो सुविधा उपलब्ध हुनेछ। साथै विनियमको अनुसूचीमा उल्लेखित एक सय २० वटा अस्पतालमा उपचार गराएको अवस्थामा मात्र शोधभर्ना उपलव्ध हुने कोषले जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत मङ्सिरमा ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८०’ जारी गर्दै विपन्न नागरिकलाई विभिन्न आठ प्रकारका घातक रोगको उपचारका लागि देशभरिका एक सय २० वटा अस्पताल तोकेको थियो।

सञ्चय कोषले पनि तिनै अस्पतालमा उपचार गराएमात्र उपचार रकम शोधभर्ना दिने व्यवस्था ल्याएको हो। त्यस्तै यसअघि नेपालमा उपचार सम्भव नभएको अवस्थामा भारतका अस्पतालमा गएर उपचार गर्ने योगदानकर्तालाई पनि कोषले शोधभर्ना दिने गरेकामा हाल त्यस्तो व्यवस्थासमेत हटाइएको प्रशासक धितालले बताए।

कर्मचारी सञ्चय कोषको स्वास्थ्योपचार सुविधाअन्तर्गत रोगलाई साधारण रोग र प्राणघातक रोगका रूपमा वर्गीकरण गरी सोहीअनुसार शोधभर्ना रकम निर्धारण गरिएको छ। साधारण रोगको हकमा एक आर्थिक वर्षमा अधिकतम रु एक लाखसम्मको स्वास्थ्योपचार सेवा उपलव्ध गराइँदै आएको छ भने विभिन्न १२ प्रकारका प्राणघातक रोगको हकमा सेवा अवधिभर अधिकतम रु १० लाखसम्मको स्वास्थ्योपचारको शोधभर्ना कोषले दिइरहेको छ।

क्यान्सर, हृदयघात, मस्तिष्कघात, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, प्यारालाइसिस, पार्किन्सन्स, सिकलसेल एनिमिया, अल्जाइमर्सलगायतका बाह्र प्रकारका रोगलाई घातक रोगका रुपमा वर्गीकरण गरिएको छ।

स्वास्थ्योपचार रकमको शोधभर्ना दाबीका लागि अस्पताल भर्ना भएको मितिमा कम्तीमा छ महिना कोषकट्टी भएको हुनुपर्नेछ। त्यस्तै अस्पतालबाट डिस्चार्ज भएको मितिले दुई महिनाभित्र दाबी पेस गरिसक्नुपर्नेछ। बिरामीको मृत्यु भएको हकमा दाबीको म्याद तीन महिना हुने व्यवस्था कोषले गरेको छ।

कोषले २०७० सालदेखि स्वास्थ्योपचार सुविधा कार्यान्वयनमा ल्याएको थियो। वि.सं. २०७५ मङ्सिरदेखि राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत शोधभर्ना दिने व्यवस्था गरिएकामा २०७६ मङ्सिरदेखि यसलाई परिमार्जन गरी कोष आफैँले नै स्वास्थ्योपचार कार्यक्रम व्यवस्थापन गर्दै आएको छ। आगामी फागुन १ गतेदेखि स्वास्थ्योपचारसहितको कोषले हाल सञ्चालन गरिरहेको सबै सामाजिक सुरक्षा कार्यक्रम एकीकृत विनियमबमोजिम सञ्चालन हुनेछन्।

कोषले आफ्नै स्रोतबाट सञ्चयकर्तालाई कुनै व्ययभार नपर्नेगरी विभिन्न कोष खडा गरी सञ्चयकर्ताको हितमा यस्ता सुविधा प्रदान गर्दै आएको जनाएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा यो योजनाबाट कोषले दुई हजार चार सय ५७ सञ्चयकर्तालाई रु १६ करोड ६७ लाख रकमबराबरको स्वास्थ्योपचार सेवा उपलव्ध गराएको थियो। यसमध्ये साधारण रोगबापत एक हजार नौ सय १७ जना सञ्चयकर्तालाई रु सात करोड सात लाख र प्राणघातक रोगबापत पाँच सय ४० सञ्चयकर्तालाई रु नौ करोड ६० लाखबराबर शोधभर्ना रकम भुक्तानी भएको कोषले जनाएको छ।

चालु आव २०८०/८१ को पुस मसान्तसम्ममा स्वास्थ्योपचार योजनातर्फ दुई हजार छ सय ८२ जना सञ्चयकर्तालाई रु १५ करोड ५६ लाखबराबर स्वास्थ्योपचार सेवा प्रदान गरिएको छ। यसमध्ये साधारण रोगबापत दुई हजार दुई सय १२ सञ्चयकर्तालाई रु आठ करोड १२ लाख तथा घातक रोगबापत चार सय ७० सञ्चयकर्तालाई रु सात करोड ४४ लाखबराबर शोधभर्ना भुक्तानी भएको हो।

त्यस्तै कोषले गत आवमा काजकिरिया अनुदान योजनातर्फ सात सय ९० जना सञ्चयकर्तालाई रु तीन करोड १६ लाख र सुत्केरी तथा शिशु स्याहार योजनातर्फ १९ हजार ८७ जना सञ्चयकर्तालाई रु १४ करोड ३२ लाख भुक्तानी गरेको छ। दुर्घटना क्षतिपूर्ति योजनातर्फ एक सय ६४ जना सञ्चयकर्तालाई रु तीन करोड २८ लाख भुक्तानी भएको पनि कोषले जनाएको छ।

चालु आवको छ महिनामा काजकिरिया अनुदान योजनातर्फ तीन सय ४६ जना सञ्चयकर्तालाई रु एक करोड ३९ लाख, सुत्केरी तथा शिशु स्याहार योजनातर्फ नौ हजार छ सय ९१ जना सञ्चयकर्तालाई रु सात करोड २७ लाख र दुर्घटना क्षतिपूर्ति योजनातर्फ ५६ जना सञ्चयकर्तालाई रु एक करोड १२ लाख भुक्तानी भएको छ। रासस
अर्को समाचार
सबैका लागि सामाजिक न्याय
१९ वैशाख २०८१
•
४ मिनेट पाठ
सबैका लागि सामाजिक न्याय
अन्तर्राष्ट्रिय श्रमिक दिवसको ऐतिहासिक दिनले सरकार, श्रमिक, उपभोक्ता र रोजगारदातालाई देशको आर्थिक विकासमा अगाडि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। सन् २०२४ को अर्थात् १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको नारा हो–सबैका लागि सामाजिक न्याय र सभ्य काम। यसरी हेर्दा नाराले नै भन्छ कि काम मात्र भएर हुँदैन, त्यो सभ्य पनि हुनुपर्छ।

शान्त, सुन्दर र समृद्ध नेपाल हामी सबैको चाहना हो। यस ऐतिहासिक अवसरमा हाम्रो परिकल्पनाअनुसार श्रमको सम्मान र उनीहरूलाई प्रोत्साहन गरी लगानी बढाउन आवश्यक छ ताकि सभ्य, मर्यादित र समृद्ध नेपाल निर्माण गर्ने वातावरण बन्न सकोस्। खासमा यो दिवस जनतालाई सुरक्षात्मक सिप विकास गर्न र एकता र सहयोगको माध्यमबाट दिगो आर्थिक विकासतर्फ अघि बढ्न प्रेरित गर्ने दिन पनि हो।

एउटा अवसर

नेपालको संविधानको कानुनी व्यवस्था र प्रचलित ऐन–नियमको परिपालना गरी श्रमिक र रोजगारदाताबीचको सम्बन्ध सुधार्न र पैसा बचत हुने वातावरण बनाउने यो अवसर हो भन्नु अतिरञ्जना हुँदैन। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रहेको रकम श्रमिकको हित र दक्षताका लागि प्रयोग गर्न सकिन्छ।

मानिसका केही आधारभूत आवश्यकता छन् जसमा आश्रय, कपडा र खाना समावेश छन्। तर आज, पैसा अर्को चिज हो जुन मानिसको आधारभूत आवश्यकता बन्दै गएको छ किनभने पैसाको मद्दतले मानिसले अन्य सबै आधारभूत आवश्यकता पूरा गर्न सक्छ।

पैसा कमाउनका लागि एक प्रयास गर्नुपर्छ जुन व्यापार गरेर, शायद जागिर गरेर हासिल गर्न सकिन्छ। बहुराष्ट्रिय कम्पनीमा जागिर खोज्न सबैजना प्राज्ञिकरूपमा योग्य छैनन्। त्यस्ता मानिस मजदुरको रूपमा काम गर्छन्। गरिबी र बेरोजगारीका कारण कहिलेकाहीँ शिक्षित व्यक्तिले पनि यस्ता काम गर्नुपर्ने हुन्छ।

श्रमिक दिवसको महत्त्व

श्रमिक र उनीहरूको कडा परिश्रमको सम्मानस्वरूप वर्ष मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइन्छ। मानिससँग पर्याप्त शिक्षा वा राम्रो आर्थिक अवस्था छैन जुन धेरै कडा परिश्रम र कम स्मार्ट कामको साथ कार्यहरूमा झुक्छ। तिनीहरूको चिन्ता यस संसारमा कुनै पनि तरिकाले बाँच्न पैसा कमाउने हो। तिनीहरू कडा परिश्रम वा स्मार्ट कामबारे सोच्दैनन् जसलाई उनीहरूले नाम दिन्छन् र अवसरका रूपमा स्वीकार गर्छन्। यस्तो काम गर्न कसैलाई मन पर्दैन तर एकजनाको एउटै विकल्प बाँकी छ भने त्यस्तो कामबाट उम्कने अर्को उपाय छैन।

धेरैपटक हामीले कामदारहरूलाई कामका आधारमा भेदभाव गरेको देख्छौँ जुन बन्द गर्नुपर्छ। कामदारहरूले आफूसँग उच्च शिक्षा नभएकाले आफ्नो जीवनलाई फरक बनाउने कुनै ठूलो काम, व्यवसाय वा जागिर गर्न नसक्ने महसुस गर्छन्।

खासमा यो सोच गलत हो। शिक्षा प्राप्त गर्न वा केही सिक्न कहिल्यै ढिलो हुँदैन। मानिसले अन्तिम साससम्म सिक्न सक्छ। यसको पछाडि कुनै पनि कारणका लागि काम गर्ने जोकोहीले आफ्नो जीवनलाई कामबाट सफल व्यक्ति बन्न परिवर्तन गर्न सक्छ।

जनताले पहिले यो दिनको अर्थ बुझेर एक दिन भए पनि हर्षोल्लासका साथ मनाउनुपर्छ र जीवनका हरेक पल श्रमिकलाई समान व्यवहार गर्नुपर्छ। सबै जना ठूला व्यवसायी वा उच्च तलब पाउने कर्मचारी हुन सक्दैनन्। श्रम पनि चाहिन्छ। तर मजदुरहरू दास होइनन् भन्ने चेतना जनतामा हुनैपर्छ। तिनीहरूमा पनि आत्मसम्मान छ जसले अरूलाई  चोट पुर्‍याउँदैनन्।

नेपालका चुनौती

औद्योगिकीकरणमा युरोपेली उद्योगपतिहरूले कम पारिश्रमिकका कामदारहरूलाई दिनको १५ घण्टासम्म शोषण गर्थे। यही डरलाग्दो अवस्थालाई ध्यानमा राख्दै उनीहरूका मजदुरले समानता, न्यायोचित ज्याला र उचित बिदाको माग गर्दै मे १, १८८६ मा आन्दोलन गरे। र, श्रम वातावरणलाई एकीकरण गर्न र एक दिनको समयलाई आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनमा विभाजन गर्न आह्वान गरे।

संसारका धेरै कामदार साँझ खाने र बस्ने अनि दिनभर काम गरेर बिताउँछन्। आज नेपालले सामना गरिरहेको चुनौतीपूर्ण अवस्था यही हो। अझ सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सफाइकर्मी जस्ता क्षेत्रका कामदार निकै दयनीय अवस्थामा काम गरिरहेका छन्।

नेपालको सन्दर्भमा  २००३ सालमा विराटनगरको जुट मिलबाट सुरु भएको मजदुर आन्दोलनले अन्ततः १०४ वर्ष पुरानो राणातन्त्रलाई समेत घुँडा टेकायो। २००७ मा प्रजातन्त्र स्थापनापछि नेपालमा भएका सबै राजनीतिक परिवर्तनमा, पञ्चायती व्यवस्थाको अन्त्य होस् वा १० वर्षे सशस्त्र माओवादी युद्ध वा २०६२/६३ को जनआन्दोलनमा नेपाली श्रमिकको योगदान कम छैन। यसरी हेर्दा उनीहरू लोकतन्त्रप्रति कति बफादार छन् भन्ने बुझिन्छ।

संवैधानिक अधिकार

२०४६ सालपछि मात्र नेपालमा बलियो बनेको ट्रेड युनियन आन्दोलनले संविधानको  धारा ३४ मा श्रमको अधिकारलाई मौलिक हकको रूपमा स्थापित गरेपछि मजदुरको आवाज कानुनीरूपमा अझ व्यवस्थित भएको देखाउँछ। २०७२ साल उचित पारिश्रमिक, सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षाको हक संविधानले सुनिश्चित गरेको छ।

संविधानले प्रत्येक श्रमिकलाई श्रम अभ्यास गर्ने, ट्रेड युनियन खोल्ने र भाग लिने र सामूहिक सौदाबाजी गर्ने अधिकार दिएको छ। श्रमिकको हक, हित र सुविधाको व्यवस्थापन गर्न, श्रमिक र रोजगारदाताका हक र कर्तव्यको स्पष्ट व्यवस्था गरी सुमधुर श्रम सम्बन्ध विकास गर्न र श्रम शोषणका अवशेष अन्त्य गर्न श्रम ऐन, २०७४ जारी गरिएको छ।

सामाजिक सुरक्षा योजनामा सहभागी कामदारहरूले अबदेखि मेडिकेयर, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत आर्थिक सहायता पाउनेछन्। तर यी सबै व्यवस्थाबाट श्रमिकले भरपुर सहयोग पाउने वातावरण भने बन्न सकेको छैन। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस