भेरी अस्पताल: भवन बन्यो, उपचार अनिश्चित
१९ माघ २०८०
•
३ मिनेट पाठ
भेरी अस्पताल: भवन बन्यो, उपचार अनिश्चित
भेरी अस्पतालको हालै निर्माण सम्पन्न नयाँ भवन। तस्बिर: अर्जुन/नागरिक
निर्माण सम्पन्न भए पनि आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा भेरी अस्पतालको नयाँ भवन प्रयोगमा आउन सकेको छैन। उक्त भवनमा तीन वटा ‘शल्यक्रिया कक्ष, क्याथल्याब, सिसियू, आइसियू, पोस्टअपरेटिभ वार्ड, डायलाइसिसलगायत कक्ष बनाउने अस्पतालको योजना छ। तर, आवश्यक पर्ने बजेट र मापदण्डअनुसार जनशक्ति उपलब्ध नहुँदा नयाँ भवनमा यी पूर्वाधार तयार गर्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले बताए।




‘अस्पतालका लागि सुविधायुक्त भवन निर्माणको काम त सम्पन्न भयो तर आवश्यक पर्ने बजेट र जनशक्ति नहुँदा यी पूर्वाधारलाई तयार गर्न सकिएको छैन,’ उनले नागरिकसँग भने।

अस्पताललाई आवश्यक पर्ने बजेट र कर्मचारी व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको अध्यक्ष शाहले सुनाए।

‘अस्पताल विकास समिति र अस्पताल प्रशासनले आफ्नो तर्फबाट मन्त्रालयमा आवश्यक पहल गरिरहेका छौं,’ शाहले भने, ‘मन्त्रीज्यूसहित सबै सकारात्मक हुनुहुन्छ तर चाँडो टुंगो लागेपछि समयमै नयाँ भवनबाट सेवा प्रवाह गर्न सहज हुन्थ्यो।’
अस्पतालका अनुसार नयाँ भवनमा तीनवटा शल्यक्रिया कक्ष, क्याथल्याब, सिसियु, आइसियु, पोस्टअपरेटिभ वार्ड, डायलासिसलगायत कक्ष तयार गर्न करिब ३० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सोही रकम बराबरको प्रस्ताव अस्पतालले मन्त्रालयसमक्ष पेस गरिसकेको जनाइएको छ। मन्त्रालयले उक्त रकमसहित आवश्यक जनशक्ति व्यवस्थापन गर्नेबित्तिकै नयाँ भवनबाट सेवा सुचारु गर्ने तयारी अवस्थामा अस्पताल रहेको कर्मचारी बताउँछन्।

अस्पतालले मन्त्रालयलाई तीन पटकसम्म पत्राचार गरिसकेको स्रोतले जनाएको छ। मन्त्रालयमा तीन पटकसम्म पत्राचार भइसकेको छ, मन्त्री र सचिवज्यूलाई पनि लिखित तथा मौखिक रूपमा पनि जानकारी गराएका छौं, यी विषयलाई प्राथमिकतामा राखेर चाँडै सेवा सञ्चालनमा सहयोग गरिदिन ध्यानाकर्षण गराएका छौं,’ ती कर्मचारीले भने।

अस्पतालले हाल न्युरो सेवा, मुटुरोग (क्याथल्याब), नेफ्रो (मिर्गौला), युरो, ग्यास्ट्रोलगायत विशिष्टीकृत सेवा सञ्चालन गर्दै आएको छ।

अस्पतालले चाँडै एमआरआई सेवा सञ्चालन गर्ने तयारी पनि गरेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले नयाँ भवनमा आवश्यक पूर्वाधार जडान र जनशक्ति व्यवस्थापन मुख्य समस्या र चुनौतीको विषय बनेको बताए।
 अस्पतालले पुरानो भवनबाट दक्ष जनशक्तिमार्फत विशिष्टीकृत सेवा दिइरहे पनि उपकरण अभावले गुणस्तरीय सेवा दिन नसकिएको उनले सुनाए। अस्पतालमा लुम्बिनीका केही जिल्लासहित कर्णाली र सुदूर पश्चिमका विभिन्न जिल्लाबाट उपचारका लागि आउने गर्छन्।

हाल १६२ शय्याबाट सेवा दिइरहेको अस्पतालले नयाँ भवनमा आवश्यक पूर्वाधार तयार भएपछि तत्कालै तीन सय शय्यामा पु¥याउने योजना बनाएको छ। निकट भविष्यमा पाँच सय शय्या क्षमताको अस्पताल बनाउन गुरुयोजना तयार भएर मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको छ।

उक्त गुरुयोजनाअनुसार अर्को अस्पताल भवन, कर्मचारी आवास गृहलगायत पूर्वाधार निर्माण गर्नका लागि दुई अर्ब ३३ करोड रूपैयाँ प्रस्ताव गरिएको छ।

अस्पतालले नयाँ भवनबाट हाल आपतकालीन र अर्थो वार्ड सञ्चालन गरिरहेको छ। चाँडै मेडिसिन विभाग (सिकलसेलसहित) पनि सोही भवनबाट स्थानान्तरण गर्ने अस्पतालको योजना रहेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रायमाझीले सुनाए।

उनका अनुसार अस्पतालमा हाल नेपाल सरकार र विकास समितिअन्तर्गत रहेका कर्मचारी कार्यरत छन्। अस्पतालमा नेपाल सरकारअन्तर्गत कुल १४७ दरबन्दी कायम रहेकामा ११५ जना मात्रै कर्मचारी कार्यरत छन्।
यीमध्ये १९ जना चिकित्सकको मात्रै दरबन्दी रिक्त रहेको छ। यस्तै अस्पताल विकास समितिअन्तर्गत १६३ जनाको दरबन्दी रहेकामा १५६ जनाको दरबन्दी रहेको छ।

यस्तै नेपाल सरकारले सञ्चालन गरेका विभिन्न कार्यक्रमअन्तर्गत ७६ जना कार्यरत छन्। जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयबाट बजेट नआए पनि विकास समितिले हालै १२ जना जनशक्ति थप गरेको अस्पतालले जनाएको छ।
अर्को समाचार
कर्णाली सरकारको एक वर्ष : जनशक्ति व्यवस्थापनदेखि समृद्धि परियोजना निर्माण
२९ पौष २०८०
•
४ मिनेट पाठ
कर्णाली सरकारको एक वर्ष : जनशक्ति व्यवस्थापनदेखि समृद्धि परियोजना निर्माण
कर्णाली प्रदेश सरकारले एक वर्षको अवधि पुरा गरेको छ। प्रदेश सरकारले यस अवधिमा गरेका कार्य सम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्य प्रगति सार्वजनिक गरेका छन्।  




मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रदेशको विकास निर्माणका काम सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक नीतिगत निर्णय, ऐन, कानुन, नियमावली, मापदण्ड, निर्देशिका तथा रणनीतिक योजना बनाएको छ। गत वर्ष पुस २८ गते पदबहाली गरेका मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारको २६ पटक मन्त्रिपरिषद् बैठक बस्दा ८२ वटा निर्णय गरिएका थिए।  

मुख्यमन्त्री शर्माले एक वर्षको कार्यकालमा चार विधेयक र १८ नियमावली पारित, प्रदेशसभामा तीन विधेयक दर्ता, १६ कार्यविधि निर्माण, पाँच निर्देशिका, तीन मापदण्ड र छ रणनीति योजना तयार, मन्त्रिपरिषद् बैठकबाट १२ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको जानकारी दिए।  

कर्णालीमा दुई हजार नौ सय २९ स्वीकृत कर्मचारी दरबन्दीमा समायोजन तथा सङ्घीय सरकारबाट कामकाजमा खटाइएका, लोक सेवा आयोगबाट सिफारिस भएका र करार सेवा गरी दुई हजार ८६ जनशक्ति पदपूर्ति गरिएको छ। सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सबै मन्त्रालयमा छलफल भई स्वीकृतिको अन्तिम चरणमा पुगेको उनले बताए।  
त्यसैगरी सरकारले प्रदेश लोक सेवा आयोगबाट स्थानीय तहमा आठ सय २६ र प्रदेशमा तीन सय २२ गरी एक हजार एक सय ४८, सहायक चौथो र पाँचौँ गरी चार सय ७७ जनालाई स्थायी नियुक्ति दिएको छ। त्यस्तै नवौँ तहका १७, सातौँ तहका सात, पाँचौँ तहका पाँच र चौथो तहका तीन गरी ३२ वटा पाठ्यक्रम तयार गरिएको मुख्यमन्त्री शर्माले बताए।

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेका परिवारलाई हालसम्म रु दुई करोड ८२ लाख विपद् जोखिमविरुद्ध सामूहिक दुर्घटना बीमा उपलव्ध गराउनेलगायतको विपद् व्यवस्थापन, शान्ति सुरक्षा, घाइते अपाङ्गता भएका व्यक्तिका लागि जीवन निर्वाह र सहिद परिवारका लागि सहिद स्मृति भत्ता उपलब्ध गराइएको छ।

पत्रकारलाई लोककल्याणकारी विज्ञापन र पत्रकारिता पुरस्कारको व्यवस्था गरिएको मुख्यमन्त्री शर्माले जानकारी दिए। सरकारले उच्च शिक्षा प्राविधिक विषयका लागि छ सय २७ छोरी, एक सय ४५ बुहारी, चार सय २१ दलित, चार सय १४ अपाङ्गता भएका व्यक्ति, एक सय ६७ जेहेन्दार, नौ सहिद सन्तति र तीन सीमान्तकृतलाई छात्रवृत्ति प्रदान गरेको उनले बताए।

मुख्यमन्त्री शर्माका अनुसार प्रदेश गौरवको आयोजना कर्णाली प्रदेश रङ्गशाला निर्माणको कार्य ७० प्रतिशत सम्पन्न भएको छ। पछिल्लो समयमा तीन हजार पाँच सय ९७ नयाँ उद्योग दर्ता हुँदा नौ करोड ४७ लाख राजस्व सङ्कलन भएको छ। दुई हजार दुई सय ६९ हेक्टर जमिनमा थप सिँचाइ सुविधा उपलब्ध भएको छ भने आर्थिक वर्ष २०७९÷८० मा आठ सय २१ योजना सम्पन्न भएका छन्।
पूर्वाधारतर्फ कर्णालीमा ५१ झोलुङ्गे पुल, सात सडक पुल, ३३ दशमलव ३२ किलोमिटर पक्की, एक सय ४९ दशमलव ४१ ग्राभेल सडक निर्माण तथा सात सय २५ दशमलव ०५ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ। त्यस्तै चार हजार सात सय ११ सवारीसाधन दर्ताबाट रु २९ करोड ५२ लाख ६२ हजार राजस्व सङ्कलन गरिएको छ।  

लक्षित वर्ग विशेष कार्यक्रम, प्राङ्गारिक कृषि प्रवर्द्धन तथा रैथाने बाली विकास कार्यक्रम, जग्गा भाडामा अनुदान, कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन कार्यक्रमबाट चार हजार आठ सय ३५ जना लाभान्वित हुँदा नौ सय ४७ जना पूर्ण स्वरोजगार तथा चार हजार ९६ जनालाई करिब चार महिना बराबरको आंशिक रोजगारी सिर्जना भएको प्रदेश सरकारले जनाएको छ।

त्यस्तै कर्णाली समृद्धि परियोजनामार्फत सरकारले यहाँका बेरोजगार युवालाई रोजगारका विभिन्न अवसर उपलव्ध गराउने उद्देश्यले प्रदेशका सात सय १८ वटै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यक्रमअन्तर्गत गत आवमा आठ लाख ४६ हजार एक सय ९२ दिन बराबरको रोजगारी सिर्जना भई १७ हजार बढीले रोजगारी प्राप्त गरेका छन्।

प्रदेश सरकारले चालु आवमा पनि सबै वडामा कार्यक्रम सञ्चालनका लागि रु एक अर्ब १६ करोड ४० लाख रकम सशर्त अनुदानका रूपमा सबै पालिकमा पठाइएको जनाएको छ। कर्णाली समृद्धिको मूल उद्देश्यमा आधारित वार्षिक न्यूनतम १० हजार रोजगारी सिर्जना गर्ने समृद्धिको परियोजना सञ्चालन लागि वार्षिक कार्यक्रम कार्यान्वयनमा ल्याएको मुख्यमन्त्री शर्माले बताउनुभयो।
यसका लागि आवश्यक कानुन, परियोजना दस्तावेज, सूचना तथा तथ्याङ्क सङ्कलनका लागि अनलाइन प्रणाली निर्माण भइरहेको र निकट समयमा कार्यक्रम सञ्चालन गर्ने तयारी छ। प्रथम पञ्चवर्षीय योजनाको समीक्षा तथा दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र तयारीको साथै कर्णाली प्रदेश आयोजना बैंक तयारीसम्बन्धी कार्य गरिरहेको प्रदेश सरकारले जनाएको छ। –रासस
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस