बैतडीको दशरथचन्द नगरपालिकाका १२ विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले सातजना स्टाफ नर्स नियुक्त गरेर कार्य क्षेत्रमा पठाइसकेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले जानकारी दिए।
नगरपालिकाका सामुदायिक विद्यालयहरूमा सञ्चालन गरिएको ‘विद्यालय नर्स’ कार्यक्रमअन्तर्गत विद्यालयहरूमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुने बताइएको छ। स्टाफ नर्सहरूले विद्यालयमै पुगेर बाल विवाह न्यूनीकरण, पोषण, सरसफाइलगायतका क्षेत्रमा जानकारी दिनेछन्।
विद्यालयहरूमा आकस्मिक उपचारमा समेत नर्सहरू खटिने जोशीले बताए। नगरपालिकाको वडा नं १ को मणिलेक मावि गुरुखोला र नेपाल राष्ट्रिय मावि पाली, वडा नं २ को निङ्गलाशैनी मावि देहीमाडौं, वडा नं४ को वीरेन्द्र मावि शाहीलेक, वडा नं ५ को दशरथचन्द मावि सुन्दरखाली, वडा नं ७ को कैलपालेश्वर मावि ऐचेकाँडा र केदारशीला मावि सुर्कालमा विद्यालय नर्स कार्यक्रम सञ्चालन भएको छ।
यस्तै वडा नं ८ स्थित जगदम्बा मावि रानीबुंगा, वडा नं ९ को जोशीबुंगा मावि लमौता र केदार मावि लोडासौं, वडा नं ११ को केदार नागार्जुन मावि बगलेखान र नागार्चन मावि बर्तोलीमा विद्यालय नर्स कार्यक्रम सञ्चालन हुने भएको छ। विद्यालय नर्स कार्यक्रममार्फत सामुदायिक विद्यालयका बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार आउने नगर प्रमुख पुष्करराज जोशीले बताए।