निःसन्तान हुनुको कारण महिला मात्रै हो?
०५ चैत्र २०८०
•
५ मिनेट पाठ
निःसन्तान हुनुको कारण महिला मात्रै हो?
विवाह भएको एकवर्षको अवधिसम्म पनि श्रीमान र श्रीमतिबीच परिवार नियोजनका साधनहरुको प्रयोग नगरी नियमित रुपमा शारीरिक सम्बन्ध स्थापित हुँदा समेत सन्तान नभएमा साधारणतया निःसन्तान सम्बन्धी समस्या छ भन्ने बुझिन्छ। 

आज द्रूत गतिमा भइरहेको विकासलाई आत्मसात गरिरहेको विश्व परिवेशमा निःसन्तान सम्बन्धी समस्या दिन प्रतिदिन बढिरहेको छ। विभिन्न अध्ययनहरुको आधारमा विश्वव्यापी रुपमा करिब ८ प्रतिशत देखी १२ प्रतिशत जोडीहरुमा यो समस्या देखापरेको छ भने नेपालको सन्दर्भमा करिब ९ प्रतिशतदेखि १५ प्रतिशत जोडीहरु कुनै न कुनै रुपमा निःसन्तान सम्बन्धी समस्याबाट पीडित रहेको पाईएको छ।

शुक्रकिटको कमी निःसन्तान सम्बन्धी समस्या भोगिरहेका अधिकांश पुरुषहरुमा देखिन्छन। त्यसैगरी उत्पादन भएका शुक्रकिटको गति (Motility) कम भएमा पनि शुक्रकिट महिलाको अण्डासम्म पुग्ने क्षमतामा कमि आउँछ। त्यसैगरी असामान्य शुक्रकिट (Abnormal sperm) ले गर्दा पनि अण्डालाई निशेचित (Fertilize)गर्नमा समस्या भईरहेको हुन्छ।

साधारणतया निःसन्तान सम्बन्धी समस्यामा महिलालाई मात्र दोषी पात्र देखाउने अन्धविश्वास आज पनि रहेको पाईन्छ। नेपाल जस्तो पुरुषप्रधान समाजमा त महिलाहरुलाई मात्र आक्षेप लाग्ने गरेको पाईन्छ। हाम्रो समाजमा अझसम्म पनि जसरी सन्तान प्राप्तिमा पुरुष र महिलाको बराबर योगदान हुन्छ त्यसरी नै निःसन्तान सम्बन्धी समस्यामा पनि महिलाको मात्र नभई पुरुषको पनि कमजोरी हुने तथ्यलाई कमैले मात्र आत्मसात गरेको पाईन्छ।

विभिन्न अध्ययनले देखाए अनुसार निःसन्तान सम्बन्धी समस्या भएका जोडीमध्ये करिब एक तिहाई जोडीमा पुरुषको अर्को एक तिहाई जोडीमा महिला र बाँकीमा महिला पुरुष दुवैको समस्या देखा पर्ने गरेको छ। वर्तमान परिवेशमा समेत हाम्रो समाजमा निःसन्तान सम्बन्धी समस्याको बारेमा चेतनाको अभाव, निःसन्तान सम्बन्धि समस्या हो भन्ने थाहा हुँदाहुँदै पनि आफन्त, साथीभाई र समाजले थाहा पाउँछन की भनेर लुकाउने गरिन्छ। निःसन्तानपनाको पनि उपचार सम्भव छ भनेर डाक्टर कहाँ गएर नियमित उपचारमा लाग्ने कमैमात्र छन्।

निःसन्तान सम्बन्धी समस्यामा पुरुष तथा महिलाहरुमा आ-आफ्नै विभिन्न कारणहरु हुन्छन् । साधरणतया पुरुषमा निःसन्तान सम्बन्धी समस्याका विभिन्न कारणहरु हुन्छन्। शुक्रकिटको कमी (Low Sperm count) पुरुषको हकमा सबैभन्दा बढी देखिने समस्या हो। 

साधारणतया शुक्रकिट १५ मिलियनभन्दा कम भएमा शुक्रकिटको कमी भएको मानिन्छ। शुक्रकिटको कमी निःसन्तान सम्बन्धि समस्या भोगिरहेका अधिकांश पुरुषहरुमा देखिन्छन। त्यसैगरी उत्पादन भएका शुक्रकिटको गति (Motility) कम भएमा पनि शुक्रकिट महिलाको अण्डासम्म पुग्ने क्षमतामा कमि आउँछ। त्यसैगरी असामान्य शुक्रकिट (Abnormal sperm) ले गर्दा पनि अण्डालाई निशेचित (Fertilize) गर्नमा समस्या भईरहेको हुन्छ।

प्राय:जसो शुक्रकिट सम्बन्धी समस्याको चर्चा गर्दा यसका विभिन्न कारणहरु हुन सक्छन्। आजको व्यस्त जिवनशैलीमा अस्वस्थकर खानपिन लगायत धुम्रपान, मद्यपान, खैनिजन्य पदार्थ ,लागुपदार्थको प्रयोग आदिले शुक्रकिट सम्बन्धी समस्या देखापर्छ। बडी बिल्डर तथा खेलाडीहरुले प्रयोग गर्ने (Anabolic Steroid)आदिको प्रयोगको कारणले पनि शुक्रकिटको कमि हुन्छ।

क्यान्सर, मधुमेह, हाडेरोग, विभिन्न किसिमका ईन्फेक्सन र वंशाणुगत रोगहरु भएका व्यक्तिहरुमा पनि शुक्रकिटको समस्या देखापर्दछ। साथसाथै प्रजनन अंगमा क्षति पुगेका, आवश्यकता भन्दा बढी र कम तौल भएका पुरुषहरुमा पनि यो समस्या देखापर्छ। बढी मात्रामा उच्च तापक्रम आदीमा बस्ने पुरुषहरुमा यो समस्या देखिन सक्छ किनकी उच्च तापक्रमले अण्डकोषको तापक्रम समेत बढाउछ जसले शुक्रकिटको उत्पादनमा कमि ल्याउँछ। त्यस्तै बैदेशिक रोजगारीमा गएर उच्च तापक्रममा काम गरेर फर्किने पुरुषहरुमा पनि शुक्रकिट उत्पादन क्षमतामा कमि हुदै जाने सम्भावना हुन्छ।

साथै कतिपय अबस्थामा आजको व्यस्त जीवनशैलीमा दम्पतिहरु कामको शिलशिलामा वा अन्य कारणवश सँगै बस्न नपाउँदा आफ्नो प्रजनन उमेर गुमाउन पुगी सन्तान प्राप्त गर्न असमर्थ हुन्छन्। सामान्यतया पुरुषहरुको ५० वर्षपछि प्रजनन क्षमता कम हुँदै जान्छ भने महिलाको हकमा ३० वर्ष पछी विस्तारै प्रजनन क्षमता कम हुँदै जाने र ३७ वर्षपछी द्रुत गतिमा प्रजनन क्षमता कम हुँदै जान्छ।

निःसन्तान सम्बन्धी समस्याबाट पीडित महिलाहरुमा बिशेषगरी अण्डा नबन्ने (Ovulation disorder) समस्या मुख्य समस्याको रुपमा देखा पर्छ। त्यसै गरी पाठेघर सम्बन्धी समस्या, अण्डवाहिनि नलि (Fallopian tube) बन्द हुने समस्या, गर्भाशयमा हुने समस्या आदि विभिन्न कारणहरुले गर्दा महिलाहरुमा निःसन्तान सम्बन्धी समस्या देखा पर्छ।

हर्मोन असन्तुतिल भएका, थाईराईड भएका, अधिक वा कम तौल भएका, अधिक शारीरिक ब्यायाम गर्नेहरु, ध्रुमपान, मध्यपान तथा लागूपदार्थ प्रयोग गर्ने महिलाहरुमा विशेषगरी अण्डा नबन्ने समस्या हुन्छ। साथै फोलिक एसिड,  जिङ्क, आईरन, भिटामिन B-2, भिटामिन डि ए.एम.एच. =(AMH) आदिले प्रजनन क्षमतालाई असर पार्ने हुँदा शरीरमा यी तत्वहरुको कमि हुने महिलाहरुमा पनि निःसन्तान सम्बन्धी समस्या देखापर्छ। साथसाथै क्यान्सरको उपचार गराईरहेका बिरामीलाई दिईने केमोथेरापिको कारण पनि महिलाहरुमा यो समस्या देखापर्छ।

निःसन्तान सम्बन्धी समस्याबाट टाढा नभागी, आत्मविश्वास, धैर्य र नियमित उपचार विधि अवलम्बन गरेमा सन्तान सुस्ख प्राप्त गरि व्यक्तिगत र पारिवारिक जीवनमा खुशियाली भर्न सकिन्छ।

साथै कतिपय अबस्थामा आजको व्यस्त जीवनशैलीमा दम्पतिहरु कामको शिलशिलामा वा अन्य कारणवश सँगै बस्न नपाउँदा आफ्नो प्रजनन उमेर गुमाउन पुगी सन्तान प्राप्त गर्न असमर्थ हुन्छन्। सामान्यतया पुरुषहरुको ५० वर्षपछि प्रजनन क्षमता कम हुँदै जान्छ भने महिलाको हकमा ३० वर्ष पछी विस्तारै प्रजनन क्षमता कम हुदै जाने र ३७ वर्षपछी द्रुत गतिमा प्रजनन क्षमता कम हुँदै जान्छ।

उपरोक्त विभिन्न समस्याहरुलाई बेलैमा पत्ता लगाई उपचार गरेमा सन्तान प्राप्त गर्न सकिन्छ तर यो समस्या लुकाउने, दोस्रो विवाह गर्ने, धामी झाँक्रीको विश्वास गर्ने, समयमै आवश्यक उपचार अवलम्बन नगर्ने गरेमा सदैब पीडित हुनुपर्छ। अन्त्यमा निःसन्तान सम्बन्धी समस्याबाट टाढा नभागी, आत्मविश्वास, धैर्य र नियमित उपचार विधि अवलम्बन गरेमा सन्तान सुस्ख प्राप्त गरि व्यक्तिगत र पारिवारिक जीवनमा खुशियाली भर्न सकिन्छ। 

(एण्ड्रोलोजिस्ट प्रतिज्ञा निरौला अधिकारीसँगको कुराकानीमा आधारित)  
अर्को समाचार
पाठेघर: सृष्टिको मुहान कि पीडाको खानी ?
१६ चैत्र २०८०
•
७ मिनेट पाठ
पाठेघर: सृष्टिको मुहान कि पीडाको खानी ?
सिद्धान्ततः पाठेघर सृष्टिको मुहान हो। हरेक मानवको पहिलो घर पाठेघर नै हो। पाठेघर नहुँदो हो त यो सृष्टि नै हुँदैनथ्यो होला। तर दुर्भाग्य अहिले धेरै महिला यो पाठेघरकै कारण पीडा भोग्न बाध्य छन्। यसो हेर्दा महिलाका लागि यो पाठेघर पीडाको खानी जस्तै बनिरहेको छ। यस्तो हुनुको पछि के पाठेघर नै दोषी हो त? होइन भने पाठेघरलाई दुःख र पीडाको रूपमा रूपान्तरण गर्ने शक्तिलाई पहिचान गरेर तह लगाउनुपर्ने होइन र?

भर्खरै मैले एक १८ वर्षीय नवआमालाई भेटेँ। मैले भेट्दा उनी १८ दिनकी सुत्केरी थिइन्। ११ दिन अस्पतालको बसाइपछि भर्खरै सुरक्षा आवास/सेफ हाउसमा बस्न आएकी। खासमा उनलाई जेलबाट पठाइएको रहेछ। उनी कान्छी भएर आएकी भन्दै उनी र उनको श्रीमान्लाई बहुविवाहको आरोपमा जेल चलान गरिएको रहेछ। उनको श्रीमान् झापाको, उनी लमजुङकी। उनको श्रीमान् काम गर्ने सिलसिलामा लमजुङ पुगेका रहेछन्। त्यहाँ उनीसँग भेट भयो। भेट भएपछि उक्त पुरुषले उनको परिवारलाई ‘तपाईँकी छोरी मलाई मन पर्‍यो, मसँग विवाह गराइदिनू’ भनी मागेछ। गरिब घरका आमा बुवा, छोरीको विवाह गर्नैपर्ने, राम्रो केटा माग्न आयो भनेर विश्वास गरे र विवाह पनि गरिदिए।

किशोरी गर्भवती भइन्। ‘घर लैजानूस्’ भनी अनेक जोडबल गरेपछि बल्ल श्रीमान्ले घर ल्यााउन राजी भए तर झापा घर नलगी मोरङमा डेरा गरी राखे। केही समयपछि आफूमाथि सौता ल्याएको कुरा जेठी श्रीमतीले थाहा पाइन् र उनले र बहुविवाहको मुद्दा हालिन्। त्यसपछि उनीहरूलाई जेल चलान गरियो। जेलबाट उनलाई गैरसरकारी संस्थाद्वारा सञ्चालित सुरक्षा आवासमा पठाइयो। उनीहरूकै सहयोगमा उनले अस्पतालमा बच्चा जन्माइन्। 

बच्चा जन्माउँदा धेरै जटिलता आए। जटिलता र समस्याका बाबजुद बच्चा र आमा दुवै सुरक्षित रहे। अदालतबाट पनि उनले सफाइ पाइन्। तर अब के गर्ने र कहाँ जाने भन्ने उनलाई पत्तो छैन। १८ वर्षीय किशोरी साथमा सानो बच्चा। जीवनलाई कसरी अगाडि बढाउने भन्ने चिन्तामा छिन उनी।
दोस्रो महिला जो, आफ्नो जीवनको पहिलो कालखण्डमा विभिन्न दुःखकष्ट सहेर हुर्किन्। पछि आफ्नै पौरखले पैसा कमाइन्। जीवनलाई बाँच्न सक्ने बाटोमा ल्याइन्। जीवन जिउन साथी चाहिन्छ भनेर विवाह गरिन्। अहिले साँच्चै भन्नुपर्दा श्रीमान् उनकै कमाइमा बाँचेका छन्। उनी आफू ४५ वर्ष बढी भइसकिन्। श्रीमान्ले जसरी भए पनि बच्चा जन्माउनुपर्छ भनी दबाब दिन्छ। जँचाउन जाँदा पाठेघरमा खराबी छ, उनले बच्चा जन्माउन सक्दिनन् भनेर डाक्टरले भनेको छ। डाक्टरको प्रतिक्रियापछि नै हो, उनलाई श्रीमान्ले कुटपिट गर्न थालेको। अब के गर्ने भन्ने अन्योलमा छिन् उनी। तर उनको श्रीमान्ले जुनसुकै उपाय लगाएर भए पनि बच्चा जन्माउनुपर्छ भन्छन्। यस्तो परिस्थितिमा उनी कुनै महिलाको सहयोग लिएर बच्चा जन्माउन चाहन्छिन्। तर सरकारले यस्तो कामलाई गैरकानुनी मान्छ। यस्ता किसिमका जटिलताले गर्दा उनी नैराश्यपूर्ण जीवन बाँच्न बाध्य छिन्। ‘खै ! यसरी कति दिन चल्ला र ?’– भन्छिन् उनी।

तेस्रो महिला जो १६ वर्षीया किशोरी हुन्, उनी सुरक्षा आवासमा छिन्। उनलाई आफ्नैै विद्यालयका शिक्षकले निरन्तर यौन शोषण गरिरहे। उक्त कुरा कसैलाई भन्यो भने बेइज्जत गरिदिने र मारिदिनेसमेत धम्की शिक्षकले दिएको हुँदा आफू यौन शोषणमा परेको कुरा उनले कसैलाई भन्न सकिनन्। गर्भवती भएको थाहा पाएपछि उक्त शिक्षकले उनलाई गर्भ पतन गराउन दबाब दिएर डाक्टरकहाँ लिएर गएपछि उक्त किशोरीकी साथीको माध्यमबाट यो कुरा बाहिर आयो। मुद्दा दर्ता भयो। किशोरीको गर्भ पतन पनि गराइएछ। उक्त शिक्षक हाल जेलमा छ तर ती निर्दोष किशोरी विभिन्न किसिमका लाञ्छना सुन्न बाध्य छिन्। केही महिना त सुरक्षा आवासमा बस्छिन् तर त्यसपछि कहाँ जाने भन्ने अन्योल छ उनमा। उनी गाउँघरमा गएर बस्नसक्ने स्थितिमा छैनन्।

चोथो मुद्दाकी पात्र आफ्नै बुबाद्वारा सानैदेखि यौन शोषणमा परेकी १४ वर्षीया किशोरी हुन्। गर्भवती भएको सात महिनापछि उनकी आमालाई थाहा भयो। आमाले मुद्दा दर्ता गराइन्। अहिले बाबु जेलमा छन्। उनकी आमा पनि गर्भवती रहिछन्, त्यो बेला। आमा छोरी दुवैले लगभग एकै समयमा बच्चा जन्माए। 

छोरीले सुरक्षा आवासमा बच्चा जन्माइन् भने आमाले घरमा। किशोरीले बच्चा त जन्माइन् तर आफूले जन्माएको बच्चा हेर्न पनि चाहँदिनन्। आमा छोरी घरमा आओस् भन्ने चाहन्छिन्। तर घरमा खाने कुरा केही छैन। कमाएर ल्याउने पनि कोही छैन। अब प्रश्न् उठ्छ–ती बालिका केही समय सुरक्षा आवासमा बस्लिन्। त्यसपछि उनी कहाँ जन्छिन्? उनको अर्को विकल्प के?
यी चारवटा घटनामा उल्लेख गरिएका पात्र प्रतिनिधिमूलक मात्रै हुन्। अहिले धेरै महिला/किशोरी यस्तै पीडाबाट गुज्रिरहेका छन्। यी सबै घटनामा हेर्ने हाम्रा नजर फरक–फरक होलान् तर एउटा कुरा भने एकै छ। त्यो भनेको यी सबै महिलाको शरीरमाथिको नियन्त्रण यिनको आफ्नो नभएका कारण यिनीहरूलाई पीडित/प्रभावित बनाइएको छ। यिनको पीडा यिनीहरूसँग मात्रै सीमित छैन। यिनीबाट जन्मिएका बच्चासँग पनि जोडिएको छ। यिनको परिवार पनि प्रभावित भएका छन्। यी सबै महिला मानसिकरूपले विचलित भएका छन्।

हिंसाको जोखिममा छन्। यिनीहरूले कुनै पनि प्रकारको अवाञ्छित निर्णय लिन सक्छन्। यी सबै घटनाको दूरगामी प्रभाव पर्छ। तर यो सम्बन्धनमा हाम्रो समाजमा गहिरो चिन्तन हुन सकेको छैन। यिनलाई केही समयको सुरक्षा आवास/सेफ हाउसको सहयोग वा केही हजार रूपैयाँ दिएर गरिखाने बाटो देखाएर मात्रै यस्ता समस्या समाधान हुन सक्दैन। यसका लागि गहिरो निदान एवं उपचार आवश्यक हुन्छ।

यी सबै घटना हुनुको पछि मुख्य कारण भनेको हाम्रो जस्तो पितृसत्तात्मक संरचनामा महिलाको शरीरमा महिला स्वयम्को नियन्त्रण हुन्छ भन्ने नभई पुरुषको नियन्त्रण हुन्छ भन्ने सोच हो। ‘महिला विवाह गरेर जाने जात हो’ भन्ने मान्यता हो। महिलाले बच्चा जन्माउनैपर्छ भन्ने धारणा हो। यी सोच र धारणा संरचनागत हुन्। यो महिला र पुरुष दुवैमा हुन्छ। त्यतिले मात्रै नपुगेर राज्यले पनि यही धारणा अवलम्बन गर्दै नीति बनाउँछ या त भएका असल नीति पनि सही तरिकाले कार्यान्वयन गर्न सक्दैन। यस्ता मान्यता समाजमा रहुन्जेलसम्म धेरै निर्मला पन्त, शालीन पोखरेल बनाइन्छन्। 

धेरै महिला धर्मगुरु, बाबु, शिक्षक, कानुन कार्यान्वयन गर्ने व्यक्ति जस्ता रक्षकबाटै पीडित/प्रभावित बनिरहन्छन्। न्याय पाउन कठिन मात्रै हैन, असम्भव नै हुन्छ। यी सबै घटनामा महिलाहरू महिला भएकै कारण र उनीहरूभित्र पाठेघर भएकै कारण पीडित बनाइएका छन्।
हामी भन्छौँ, पाठेघर सृष्टिको मुहान हो। तर यी सबै महिलाका लागि त्यही पाठेघर पीडाको खानीका रूपमा रूपान्तरित भएका छन्। यो अवस्था आउनमा महिलाको के दोष?

हो, झट्ट हेर्दा हामीले यी सबै घटनामा जोडिएका पुरुषलाई नै दोषी देख्छौँ। उनीहरू पनि दोषी हुन् तर एकपटक गम्भीररूपले हेर्ने हो भने किन यस्ता समस्या देशको सबै कुनामा देखिन्छन् ? सबै जात, वर्ग र समुदायमा भेटिन्छन्? किन यस्ता समस्याले एक सरुवा रोगझैँ सबै ठाउँमा महामारीको रूप लिइरहेका छन् त ?

जनस्वास्थ्यका दृष्टिकोणबाट हेर्ने हो भने कुनै पनि सरुवा रोगका लागि तीनवटा तत्त्व आवश्यक हुन्छन्। १. मानव शरीर २. वातावरण र ३. एजेन्ट अर्थात् एउटा व्यक्तिबाट अर्को व्यक्तिमा रोग सार्ने तत्त्व। अवश्य नै रोगको कीटाणु त चाहिन्छ नै। यी सबै मुद्दालाई यहाँ ढाँचामा राखेर हेर्ने हो भने हाम्रो देशमा रोगको कीटाणुका रूपमा महिलाको शरीर विशेषतः महिलाको यौनिकतालाई नियन्त्रण गर्न सकिन्छ भन्ने मान्यतालाई लिन सकिन्छ। 

त्यसैगरी वातावरणका रूपमा यत्र, तत्र, सर्वत्र, नेतादेखि कार्यकर्तासम्म, परिवारका मूलीदेखि कान्छा सदस्यसम्म, राज्यका सबै निकायसम्म महिलालाई हेर्ने दृष्टिकोण र गहिरो गरी रहेको विभेदलाई लिन सकिन्छ भने एजेन्टका रूपमा पितृसत्तात्मक सोचबाट निर्देशित हानिकारक मूल्य/मान्यता, रीतिरिवाज, महिलाको प्रजनन् तथा यौन अधिकारसँग जोडिएका विभेदपूर्ण कानुनहरू, कानुन कार्यान्वनयन गर्ने निकायहरूमा रहेका धारणालाई लिन सकिन्छन। यिनकै समिश्रणबाट महिलाको शरीरमा यस्ता घटना देशका हरेक ठाउँमा एउटा सरुवा रोगका रूपमा देखिन्छन्।

त्यसैले यिनको निवारणमा केही सतही काम गरेर, केही व्यक्तिलाई जेलमा राखेर मात्रै पुग्दैन। समाजकै सोचको रूपान्तरण गर्ने अभियान चलाउनुपर्छ। यसो भन्नुको मतलब, अपराधीलाई जेल नराख्नु वा पीडित/प्रभावितलाई सहयोग नगर्नु भनेको हैन। त्यो पनि आवश्यक हुन्छ। तर त्यस्ता कार्य व्यावहारिक आवश्यकता पूरा गर्ने काम मात्रै हुन्छन्।
देशमा आवश्यक समानताको अधिकार, हिंसामुक्त जीवन पाउने अधिकार जस्ता मौलिक अधिकारहरू पूरा हुने रणनीतिक आधारहरू तयार हुन सक्दैनन्। त्यो नहुँदासम्म सृष्टिको आधार मानिने पाठेघर धेरैजनाका लागि पीडाको खानीमा रूपान्तरित भइरहनेछ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस