जहाँ गरिवी, त्यहाँ क्षयरोगी
०९ चैत्र २०८०
•
३ मिनेट पाठ
जहाँ गरिवी, त्यहाँ क्षयरोगी
नेपालमा कुल जनसंख्याको ५० प्रतिशत मानिसमा क्षयरोगको कीटाणु शरिरमा प्रवेश गरेको आंकलन छ। धेरै जसो विपन्न परिवारमा बढी मात्रामा क्षयरोग देखिने गरेको चिकित्सकले औंल्याएका छन्। नेपाल क्षयरोग केन्द्रले विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले बताएका हुन्।




धेरैजसो विपन्न परिवारमा पोषणको अवस्था कमजोर हुने, गुजुमुज्जु परेको घरमा बस्ने र स्वास्थ्य सम्वन्धी जनचेतनाको कमी हुनाले गरिब समूह या समुदायमा क्षयरोगको भार बढी देखिने गरेको नेपाल राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले बताए। ‘क्षयरोगको सम्बन्ध गरिबीसँग गहिरो देखिन्छ,’ उनले भने।

क्षयरोेग एक व्यक्तिबाट अर्कोमा सरे पनि व्यक्ति स्वस्थ र पोषणको अवस्था राम्रो छ भने क्षयरोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बलियो भई क्षयरोेग लाग्ने दर कमी हुने डा. श्रेष्ठ बताउँछन्। नेपालमा कुल जनसंख्याको ५० प्रतिशत जनसंख्यामा क्षयरोेगको किटाणु छ, तर सबैमा क्षयरोग लागेको छैन,’ उनले भने।

नेपालले क्षयरोग उन्मुलनका लागि ३८ वर्षदेखि प्रयास गरेको भए पनि अहिलेसम्म उन्मुनलन नहुनुमा गरिबी, खुला सीमाना र जनचेतनाको कमी रहेको उनले बताए। ‘मधेस प्रदेशमा पोषणको अवस्था कमजोर रहेको, खुला सीमा हुनु र जनसंख्याको चाप बढी भएकोले क्षयरोगको भार बढी देखिन्छ,’ डा. श्रेष्ठले भने।

तथ्यांकअनुसार नेपालमा १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन्। नेपालमा विद्यमान गरिबी र अन्य अवसरवादी रोगको कारण क्षयरोगको भार उच्च रहेको केन्द्रले जनाएको छ। मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशमा मात्र कुल क्षयरोगको भार ६८ प्रतिशत छ।

आर्थिक वर्ष २०७९/८० भित्र मात्र ३७ हजार चर सय ४७ जना नयाँ क्षयरोेगीको निदान भएको छ भने विश्व क्षयरोग प्रतिवेदन २०२३ अनुसार नेपालमा ७० हजार क्षयरोगी भएको अनुमान छ।

नेपालमा प्रतिवर्ष १८ हजार जनाको क्षयरोगको कारण मृत्यु हुने अनुमान छ। बिरामीमध्येमा ७२ प्रतिशत फोक्सोका क्षयरोगी र २८ प्रतिशत अन्य भागका क्षयरोगी छन्। फोक्सोको झिल्ली, मुटु, मिर्गौला, महिलाको पाठेघरमा हुने क्षयरोग हुन्। यी क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। ४२ वटा जिल्लामा पाँच वर्ष मुनिका ३६ सय ५८ जनामा क्षयरोग पाइएको छ।

नेपालमा नयाँ क्षयरोेगीको अनुमानित तथ्यांकमध्येमा ३२ हजार पाँच सय ५३ जना सम्पर्कमा आउन नसकेको केन्द्रले जनाएको छ। निजी क्षेत्रमा उपचार गर्ने या उपचारमा नपुगेका कारण अनुमानित तथ्यांकभन्दा कम मात्र सरकारको उपचारमा पुग्नुले क्षयरोग सर्ने दरको जोखिम कायमै रहेको केन्द्रले जनाएको छ। राष्ट्रिय सम्पर्कबाट आउन नसकेका एक व्यक्तिबाट प्रतिवर्ष १० जनामा सर्ने जोखिम हुन्छ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा औषधि प्रतिरोधी क्षयरोगको भार पनि विश्वका ३० देशमध्येमा नेपाल पनि रहेकोले चिन्ताको विषय रहेको केन्द्रले जानकारी दिएको छ। सोही वर्षमा २९ सयजना औषधि प्रतिरोधी बिरामी अनुमान गरिएकोमा ६ सय ९३ जनामा औषधि प्रतिरोधी समस्या निदान भएको र पाँच सय ४६ जना मात्र उपचारमा आएका छन्। नेपालमा क्षयरोग सफलता दर ९२.४ प्रतिशत छ भने औषधि प्रतिरोधी सफलता दर ८२ प्रतिशत रहेको छ।

गरिबी, मधुमेह, एचआइभी भएका व्यक्तिहरू, धुमपान, मदिरापान गर्ने व्यक्तिहरूको दर बढी रहेकोले पनि क्षयरोग नियन्त्रणको लागि चुनौती बनेको डा. श्रेष्ठले बताए।

यी चुनौती हुँदाहुँदै पनि नेपालले क्षयरोग उपचार, निदान र रोकथाममा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। पछिल्लो चरणमा केन्द्रले देशभरका एक सय २५ वटा स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ कार्यक्रम सुरु गरिसकेको र थप स्थानीय तहमा यो कार्यक्रम समेट्ने जनाएको छ। ‘स्थानीय तहको सहभागितामा मात्र क्षयरोेग नियन्त्रणमा अपनत्व भूमिकाले पहिचान र उपचार प्रभावकारी हुन्छ,’ निर्देशक श्रेष्ठले भने।

विभिन्न कार्यक्रमको साथ २०५० सम्ममा नेपाललाई क्षयरोगमुक्त नेपाल योजना रहेको छ। राष्ट्रिय क्षयरोग रणनीतिक योजनाको कार्यान्वयन गरी सन् २०३५ सम्ममा क्षयरोगको महामारीकोे अन्त्य गर्ने नेपालले लक्ष्य लिएको छ।
अर्को समाचार
‘विश्वको ४६ प्रतिशत क्षयरोगको भार दक्षिणपूर्वी एसियामा’
०९ चैत्र २०८०
•
३ मिनेट पाठ
‘विश्वको ४६ प्रतिशत क्षयरोगको भार दक्षिणपूर्वी एसियामा’
नेपालमा कुल जनसंख्याको ५० प्रतिशत मानिसमा क्षयरोेगको कीटाणु शरिरमा प्रवेश गरेको आंकलन छ। धेरै जसो विपन्न परिवारमा बढी मात्रामा क्षयरोग देखिने गरेको चिकित्सकले औंल्याएका छन्। नेपाल क्षयरोग केन्द्रले विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले बताएका हुन्।




धेरैजसो विपन्न परिवारमा पोषणको अवस्था कमजोर हुने, गुजुमुज्जु परेको घरमा बस्ने र स्वास्थ्य सम्वन्धी जनचेतनाको कमी हुनाले गरिब समूह या समुदायमा क्षयरोेगको भार बढी देखिने गरेको नेपाल राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले बताए। ‘क्षयरोगको सम्बन्ध गरिबीसँग गहिरो देखिन्छ,’ उनले भने।

क्षयरोेग एक व्यक्तिबाट अर्कोमा सरे पनि व्यक्ति स्वस्थ र पोषणको अवस्था राम्रो छ भने क्षयरोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बलियो भई क्षयरोेग लाग्ने दर कमी हुने डा. श्रेष्ठ बताउँछन्। नेपालमा कुल जनसंख्याको ५० प्रतिशत जनसंख्यामा क्षयरोेगको किटाणु छ, तर सबैमा क्षयरोग लागेको छैन,’ उनले भने। नेपालले क्षयरोग उन्मुलनका लागि ३८ वर्षदेखि प्रयास गरेको भए पनि अहिलेसम्म उन्मुनलन नहुनुमा गरिबी, खुला सीमाना र जनचेतनाको कमी रहेको उनले बताए। ‘मधेस प्रदेशमा पोषणको अवस्था कमजोर रहेको, खुला सीमा हुनु र जनसंख्याको चाप बढी भएकोले क्षयरोगको भार बढी देखिन्छ,’ डा. श्रेष्ठले भने।  

तथ्यांकअनुसार नेपालमा १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन्। नेपालमा विद्यमान गरिबी र अन्य अवसरवादी रोगको कारण क्षयरोगको भार उच्च रहेको केन्द्रले जनाएको छ। मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशमा मात्र कुल क्षयरोगको भार ६८ प्रतिशत छ। आर्थिक वर्ष २०७९÷८० भित्र मात्र ३७ हजार चर सय ४७ जना नयाँ क्षयरोेगीको निदान भएको छ भने विश्व क्षयरोग प्रतिवेदन २०२३ अनुसार नेपालमा ७० हजार क्षयरोगी भएको अनुमान छ।  

नेपालमा प्रतिवर्ष १८ हजार जनाको क्षयरोगको कारण मृत्यु हुने अनुमान छ। बिरामीमध्येमा ७२ प्रतिशत फोक्सोका क्षयरोगी र २८ प्रतिशत अन्य भागका क्षयरोगी छन्। फोक्सोको झिल्ली, मुटु, मिर्गौला, महिलाको पाठेघरमा हुने क्षयरोग हुन्। यी क्षयरोेग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। ४२ वटा जिल्लामा पाँच वर्ष मुनिका ३६ सय ५८ जनामा क्षयरोग पाइएको छ।  

नेपालमा नयाँ क्षयरोेगीको अनुमानित तथ्यांकमध्येमा ३२ हजार पाँच सय ५३ जना सम्पर्कमा आउन नसकेको केन्द्रले जनाएको छ। निजी क्षेत्रमा उपचार गर्ने या उपचारमा नपुगेका कारण अनुमानित तथ्यांकभन्दा कम मात्र सरकारको उपचारमा पुग्नुले क्षयरोग सर्ने दरको जोखिम कायमै रहेको केन्द्रले जनाएको छ। राष्ट्रिय सम्पर्कबाट आउन नसकेका एक व्यक्तिबाट प्रतिवर्ष १० जनामा सर्ने जोखिम हुन्छ।  

पछिल्लो तथ्यांकअनुसार नेपालमा औषधि प्रतिरोधी क्षयरोगको भार पनि विश्वका ३० देशमध्येमा नेपाल पनि रहेकोले चिन्ताको विषय रहेको केन्द्रले जानकारी दिएको छ। सोही वर्षमा २९ सयजना औषधि प्रतिरोधी बिरामी अनुमान गरिएकोमा ६ सय ९३ जनामा औषधि प्रतिरोधी समस्या निदान भएको र पाँच सय ४६ जना मात्र उपचारमा आएका छन्। नेपालमा क्षयरोग सफलता दर ९२.४ प्रतिशत छ भने औषधि प्रतिरोधी सफलता दर ८२ प्रतिशत रहेको छ।  

गरिबी, मधुमेह, एचआइभी भएका व्यक्तिहरू, धुमपान, मदिरापान गर्ने व्यक्तिहरूको दर बढी रहेकोले पनि क्षयरोग नियन्त्रणको लागि चुनौती बनेको  

डा. श्रेष्ठले बताए। यी चुनौती हुँदाहुँदै पनि नेपालले क्षयरोग उपचार, निदान र रोकथाममा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। पछिल्लो चरणमा केन्द्रले देशभरका एक सय २५ वटा स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ कार्यक्रम सुरु गरिसकेको र थप स्थानीय तहमा यो कार्यक्रम समेट्ने जनाएको छ। ‘स्थानीय तहको सहभागितामा मात्र क्षयरोेग नियन्त्रणमा अपनत्व भूमिकाले पहिचान र उपचार प्रभावकारी हुन्छ,’ निर्देशक श्रेष्ठले भने। विभिन्न कार्यक्रमको साथ २०५० सम्ममा नेपाललाई क्षयरोगमुक्त नेपाल योजना रहेको छ। राष्ट्रिय क्षयरोग रणनीतिक योजनाको कार्यान्वयन गरी सन्  

२०३५ सम्ममा क्षयरोगको महामारीकोे अन्त्य गर्ने नेपालले लक्ष्य लिएको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस