सफाचट सरकारी ‘सिभिल अस्पताल’
११ चैत्र २०८०
•
४ मिनेट पाठ
सफाचट सरकारी ‘सिभिल अस्पताल’
सरकारी अस्पताल भन्नेबित्तिकै धेरैको अनुमान फोहोर र अस्तव्यस्त होला भन्ने हुन्छ। तर काठमाडौंको मीनभवनस्थित सिभिल अस्पताल भने त्यस्तो अनुमानको विपरीत छ। अर्थात्, सफाचट अस्पतालको उदाहरण बन्न सिभिल सफल छ। हेर्दै जाँदा कुनै अन्तर्राष्ट्रिय स्तरको अस्पतालजस्तो छनक त्यहाँ भेटिन्छ।




अस्पताल छिर्नेबित्तिकै देखिन्छ सफा कम्पाउन्ड। त्यहाँ चारैतिर रहेको सफाचट बगैंचाले जोकोहीलाई आनन्दित तुल्याइदिन्छ। अस्पतालको बहिरंग विभागको हरेक क्षेत्रमा पालो पर्खने बेला सहज महसुस गराउन बिरामीका लागि टेलिभिजन राखिएका छन्। कुर्सीको व्यवस्थापन गज्जबको छ। बहिरंग सेवाका लागि टिकट दुई तरिकाले लिन सकिन्छ, ई–टिकेटबाट तथा लाइन बसेर। लाइन बसेर लिनेका लागि टोकनको व्यवस्था गरिएको छ। ल्याब, एक्सरेका गराउनेको लाम पनि उत्तिकै व्यवस्थित देखिन्छ।

बिरामी र कुरुवाको अनुभवमा बाहिर मात्र नभई भित्र पनि यो अस्पताल सफा र व्यवस्थित छ। अस्पतालको बाल वार्डमा केही दिनअघि भेटिएकी नयाँ बानेश्वरकी राधिका शर्माले स्वास्थ्यमा समस्या देखिएपछि यही अस्पताल आउने गरेको बताइन्। उनले यही अस्पतालमा दुई सन्तान जन्माएकी हुन्।

उनी सानो बच्चा बिरामी परेपछि अस्पताल पुगेकी थिइन्। उनको दृष्टिमा यो अस्पताल पहिलादेखि नै सफा थियो, अहिले झनै सफा छ। उनका अनुसार सिभिलका वार्डहरू दैनिक तीनपटक सफा गरिन्छ। शौचालयको पनि दैनिक दुई पटक सरसफाइ हुन्छ। नर्स र चिकित्सकले दिने सेवासमेत उत्कृष्ट रहेको उनको अनुभव छ। ‘राम्रो सेवा नभएको भए म सधैं आउने नै थिइनँ नि,’ उनले भनिन्।

बर्न वार्डमा भेटिएका काठमाडौं बुद्धनगरका चूडामणि श्रेष्ठले पनि आफू र परिवारको उपचार गर्नुपरे सिभिलमा आउने बताए। पत्नीको घुँडाको शल्यक्रिया गर्ने सिलसिलामा बिरामी कुरुवाका रूपमा उनी अस्पताल गएका थिए। उनले अस्पतालको सफाइ कुनै निजी अस्पतालको भन्दा कम नरहेको बताए। ‘सिभिलको सफाइ निजी अस्पतालको भन्दा कम छैन,’ उनले भने।

अस्पतालको निजामती कर्मचारी वार्डमा आन्द्राको शल्यक्रियापछि एक युवक डिस्चार्जको तयारीमा थिए। नाम बताउन नचाहने ती युवक काठमाडौंकै थिए। शल्यक्रिया अवधिमा अस्पतालको सेवा र सफाइ दुवै राम्रो लागेको उनले सुनाए। सोही वार्डका अन्य कुरुवाले पनि सरकारी अस्पतालमा फोहोर हुन्छ भन्ने सोच सिभिलले बदलिदिएको बताए। ‘शौचालय पनि सफा, क्यान्टिन पनि सफा,’ एक कुरुवाले भने।

अस्पतालका निर्देशक विधानिधि पौडेलका अनुसार अस्पताललाई सफा र चुस्त राख्न केही भिन्न उपाय अपनाइएका छन्। अस्पतालले केही समयअघि पुरानो सफाइ कम्पनी परिवर्तन गरी नयाँ राखेको छ। नयाँ कम्पनीबाट परिचालित सफाइ कर्मचारीको कामको अनुगमन निरन्तर हुन्छ। यसका लागि प्रत्येक भवनमा नर्सिङ इन्चार्ज र सुपरभाइजरको संलग्नतामा सफाइ र संक्रमण नियन्त्रण हेर्ने संंयन्त्र बनाइएको छ।

संयन्त्रको योजनाअनुसार काम हुने भएकाले अस्पताल सफा राख्ने कार्यमा सफलता मिलेको निर्देशक पौडेलले बताए। उनको विचारमा कम्पनीको प्रभावकारी काम र अनुगमनबाट अस्पताल सफा राख्न सकिन्छ। ‘हरेक विभागमा रहेका सुपरभाइजरले हेरेपछि रिपोर्ट गर्नुहुन्छ,’ उनले भने।

अस्पतालकी नर्सिङ इन्चार्ज सोविका मोनिकारका अनुसार अस्पतालले विश्व स्वास्थ्य संगठनको निर्देशिकाबमोजिम सफाइ र संक्रमण नियन्त्रणको काम गर्दै आएको छ। अहिले सफाइ तथा संक्रमण नियन्त्रणका लागि राष्ट्रिय मापदण्ड अनुसार काम हुने गरेको उनले जानकारी दिइन्। यस्तो मापदण्ड सबै अस्पतालका लागि भए पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासनको भूमिका प्रभावकारी हुने उनले बताइन्। ‘पर्याप्त जनशक्ति, सफाइ सामग्री र अनुगमनको व्यवस्था गरे मात्र अस्पताल सफा राख्न सम्भव हुन्छ,’ उनले भनिन्।

अस्पतालमा बिरामीलाई सहज सेवा दिन हरेक विभागमा आवश्यक जनशक्ति र सेवावधिमा ध्यान दिइएको निर्देशक पौडेलले बताए। उनका अनुसार अस्पतालमा ई–टिकेटमार्फत बिरामीको नाम दर्ता, तीन घन्टामै ल्याब रिपोर्ट, चौबिसै घण्टा फार्मेसी सेवा, बिहान ७ देखि बेलुकी ७ बजेसम्म भिडियो एक्सरे सेवा, सिटी सक्यान, एमआरआई दुई दिनभित्रै पालो पाउने गरी व्यवस्था मिलाइएको छ। ल्याब रिपोर्ट मोबाइलमा पठाउने व्यवस्था, भर्ना भएका बिरामीलाई सेवामा कमजोरी भए उजुरी गर्ने व्यवस्था र सोहीअनुसार तुरुन्तै कमजोरी सच्याउने चलनले चिकित्सक र नर्सिङ सेवा राम्रो बनेको उनको दाबी छ।

आगामी दिनमा हेमोडाइलोसिस, रेडियोथेरापी, बाल आइसियुजस्ता सेवा थप्ने तयारीमा अस्पताल रहेको निर्देशक पौडेलले बताए। सन् २०१० मा स्थापित यो अस्पतालमा सफाइका लागि सुरुदेखि नै संक्रमण नियन्त्रण समिति बनाएर काम थालिएको थियो। यो समिति अहिले हेरेफेर गरी नयाँ बनाइएको छ। नेपाल सरकारका कर्मचारीका लागि भनिए पनि यो अस्पतालले सर्वसाधारणलाई पनि सेवा दिँदै आएको छ।
अर्को समाचार
सफाचट सरकारी ‘सिभिल अस्पताल’
११ चैत्र २०८०
•
४ मिनेट पाठ
सफाचट सरकारी ‘सिभिल अस्पताल’
सरकारी अस्पताल भन्नेबित्तिकै धेरैको अनुमान फोहोर र अस्तव्यस्त होला भन्ने हुन्छ। तर काठमाडौंको मीनभवनस्थित सिभिल अस्पताल भने त्यस्तो अनुमानको विपरीत छ। अर्थात्, सफाचट अस्पतालको उदाहरण बन्न सिभिल सफल छ। हेर्दै जाँदा कुनै अन्तर्राष्ट्रिय स्तरको अस्पतालजस्तो छनक त्यहाँ भेटिन्छ।




अस्पताल छिर्नेबित्तिकै देखिन्छ सफा कम्पाउन्ड। त्यहाँ चारैैतिर रहेको सफाचट बगैंचाले जोकोहीलाई आनन्दित तुल्याइदिन्छ। अस्पतालको बहिरंग विभागको हरेक क्षेत्रमा पालो पर्खने बेला सहज महसुस गराउन बिरामीका लागि टेलिभिजन राखिएका छन्। कुर्सीको व्यवस्थापन गज्जबको छ। बहिरंग सेवाका लागि टिकट दुई तरिकाले लिन सकिन्छ, ई–टिकेटबाट तथा लाइन बसेर। लाइन बसेर लिनेका लागि टोकनको व्यवस्था गरिएको छ। ल्याब, एक्सरेका गराउनेको लाम पनि उत्तिकै व्यवस्थित देखिन्छ।

बिरामी र कुरुवाको अनुभवमा बाहिर मात्र नभई भित्र पनि यो अस्पताल सफा र व्यवस्थित छ। अस्पतालको बाल वार्डमा केही दिनअघि भेटिएकी नयाँ बानेश्वरकी राधिका शर्माले स्वास्थ्यमा समस्या देखिएपछि यही अस्पताल आउने गरेको बताइन्। उनले यही अस्पतालमा दुई सन्तान जन्माएकी हुन्। उनी सानो बच्चा बिरामी परेपछि अस्पताल पुगेकी थिइन्। उनको दृष्टिमा यो अस्पताल पहिलादेखि नै सफा थियो, अहिले झनै सफा छ। उनका अनुसार सिभिलका वार्डहरू दैनिक तीनपटक सफा गरिन्छ। शौचालयको पनि दैनिक दुई पटक सरसफाइ हुन्छ। नर्स र चिकित्सकले दिने सेवासमेत उत्कृष्ट रहेको उनको अनुभव छ। ‘राम्रो सेवा नभएको भए म सधैं आउने नै थिइनँ नि,’ उनले भनिन्।

बर्न वार्डमा भेटिएका काठमाडौं बुद्धनगरका चूडामणि श्रेष्ठले पनि आफू र परिवारको उपचार गर्नुपरे सिभिलमा आउने बताए। पत्नीको घुँडाको शल्यक्रिया गर्ने सिलसिलामा बिरामी कुरुवाका रूपमा उनी अस्पताल गएका थिए। उनले अस्पतालको सफाइ कुनै निजी अस्पतालको भन्दा कम नरहेको बताए। ‘सिभिलको सफाइ निजी अस्पतालको भन्दा कम छैन,’ उनले भने।

अस्पतालको निजामती कर्मचारी वार्डमा आन्द्राको शल्यक्रियापछि एक युवक डिस्चार्जको तयारीमा थिए। नाम बताउन नचाहने ती युवक काठमाडौंकै थिए। शल्यक्रिया अवधिमा अस्पतालको सेवा र सफाइ दुवै राम्रो लागेको उनले सुनाए। सोही वार्डका अन्य कुरुवाले पनि सरकारी अस्पतालमा फोहोर हुन्छ भन्ने सोच सिभिलले बदलिदिएको बताए। ‘शौचालय पनि सफा, क्यान्टिन पनि सफा,’ एक कुरुवाले भने।

अस्पतालका निर्देशक विधानिधि पौडेलका अनुसार अस्पताललाई सफा र चुस्त राख्न केही भिन्न उपाय अपनाइएका छन्। अस्पतालले केही समयअघि पुरानो सफाइ कम्पनी परिवर्तन गरी नयाँ राखेको छ। नयाँ कम्पनीबाट परिचालित सफाइ कर्मचारीको कामको अनुगमन निरन्तर हुन्छ। यसका लागि प्रत्येक भवनमा नर्सिङ इन्चार्ज र सुपरभाइजरको संलग्नतामा सफाइ र संक्रमण नियन्त्रण हेर्ने संंयन्त्र बनाइएको छ।

संयन्त्रको योजनाअनुसार काम हुने भएकाले अस्पताल सफा राख्ने कार्यमा सफलता मिलेको निर्देशक पौडेलले बताए। उनको विचारमा कम्पनीको प्रभावकारी काम र अनुगमनबाट अस्पताल सफा राख्न सकिन्छ। ‘हरेक विभागमा रहेका सुपरभाइजरले हेरेपछि रिपोर्ट गर्नुहुन्छ,’ उनले भने।

अस्पतालकी नर्सिङ इन्चार्ज सोविका मोनिकारका अनुसार अस्पतालले विश्व स्वास्थ्य संगठनको निर्देशिकाबमोजिम सफाइ र संक्रमण नियन्त्रणको काम गर्दै आएको छ। अहिले सफाइ तथा संक्रमण नियन्त्रणका लागि राष्ट्रिय मापदण्डअनुसार काम हुने गरेको उनले जानकारी दिइन्। यस्तो मापदण्ड सबै अस्पतालका लागि भए पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासनको भूमिका प्रभावकारी हुने उनले बताइन्। ‘पर्याप्त जनशक्ति, सफाइ सामग्री र अनुगमनको व्यवस्था गरे मात्र अस्पताल सफा राख्न सम्भव हुन्छ,’ उनले भनिन्।

अस्पतालमा बिरामीलाई सहज सेवा दिन हरेक विभागमा आवश्यक जनशक्ति र सेवावधिमा ध्यान दिइएको निर्देशक पौडेलले बताए। उनका अनुसार अस्पतालमा ई–टिकेटमार्फत बिरामीको नाम दर्ता, तीन घन्टामै ल्याब रिपोर्ट, चौबिसै घण्टा फार्मेसी सेवा, बिहान ७ देखि बेलुकी ७ बजेसम्म भिडियो एक्सरे सेवा, सिटी सक्यान, एमआरआई दुई दिनभित्रै पालो पाउने गरी व्यवस्था मिलाइएको छ। ल्याब रिपोर्ट मोबाइलमा पठाउने व्यवस्था, भर्ना भएका बिरामीलाई सेवामा कमजोरी भए उजुरी गर्ने व्यवस्था र सोहीअनुसार तुरुन्तै कमजोरी सच्याउने चलनले चिकित्सक र नर्सिङ सेवा राम्रो बनेको उनको दाबी छ।

आगामी दिनमा हेमोडाइलोसिस, रेडियोथेरापी, बाल आइसियुजस्ता सेवा थप्ने तयारीमा अस्पताल रहेको निर्देशक पौडेलले बताए। सन् २०१० मा स्थापित यो अस्पतालमा सफाइका लागि सुरुदेखि नै संक्रमण नियन्त्रण समिति बनाएर काम थालिएको थियो। यो समिति अहिले हेरेफेर गरी नयाँ बनाइएको छ। नेपाल सरकारका कर्मचारीका लागि भनिए पनि यो अस्पतालले सर्वसाधारणलाई पनि सेवा दिँदै आएको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस