२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

'कुनैपनि पालिकाका बिरामीले सिफारिस ल्याए काठमाडौँ महानगरले सेवा उपलब्ध गराउँछ'

काठमाडौँ महानगरपालिकाले देशका कुनैपनि पालिकाका बिरामीहरूलाई सेवा उपलब्ध गराउने भएको छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपालको जुनसुकै पालिकाका अशक्त र गरिब नागरिक बिरामीहरूलाई निःशुल्क उपचारको सेवा उपलब्ध गराउने बताएका छन्।

उनले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आएमा सेवा उपलब्ध गराउने बताएका हुन्।

उनले भनेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन्। त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ। तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला।’

उनले काठमाडौँ महानगर स्वास्थ्य विभागको ११८० नम्बरमा सेवाका लागि सम्पर्क गर्न पनि आग्रह गरेका छन्।

प्रकाशित: १६ वैशाख २०८१ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App