गर्भवतीलाई मह र घिउ
०९ जेष्ठ २०८१
•
४ मिनेट पाठ
गर्भवतीलाई मह र घिउ
गर्भावस्था र स्तनपान गराउने बेलामा उचित पोषण भएन भने आमा तथा जन्मिने शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ।  




‘आमासँग नगर उपप्रमुख’ कार्यक्रमअन्तरगत सो पालिकाले वार्षिक नीति तथा कार्यक्रममार्फत बजेट व्यवस्थापन गर्दै गर्भवतीलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ। गर्भवतीलाई आवश्यक पर्ने पौष्टिक आहारसँगै मह र घिउसमेत प्रदान गर्ने गरिएको भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले बताए।

‘यो सेवा लिन गर्भवतीले सामुदायिक अस्पतालमा कम्तीमा दुई पटक स्वास्थ्य जाँच गराएको हुनुपर्छ’, उपप्रमुख कार्कीले भनिन्– ‘गर्भवतीलाई स्वास्थ्य संस्थामा नियमित जाँच गराउन प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौँ।’

नगरले सञ्चालन गरेको यो कार्यक्रमअन्तरगत अहिले नगर क्षेत्रका नौ सय गर्भवतीले अस्पतालमा नियमित स्वास्थ्य जाँच गराउँदै  सेवा लिएको उपप्रमुख कार्कीले बताए। ‘स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्नेलाई नगद रु दुई हजारसमेत दिने गरेका र्छौं’ उनले भने।

भद्रपुर नगरपालिकाले आमासँग नगर उपप्रमुख कार्यक्रमका लागि २० लाख बजेट व्यवस्थापन गरेको छ। सोही रकमबाट गर्भवतीलाई मह र घीउ प्रदान गर्ने गरिएको छ।

नगरले परिवार कल्याण कार्यक्रमअन्तरगत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, रक्तसञ्चार, न्यानो झोला, नवजात शिशुको निःशुल्क उपचार लगायतका कार्यक्रमसमेत सञ्चालन गरेको छ। मातृ तथा नव शिशु कार्यक्रम सञ्चालन गर्न रु १५ लाख विनियोजन गरी कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख कार्कीले बताए।

भद्रपुर नगरपालिकाले ‘अपाङ्गताको स्वास्थ्य हाम्रो जिम्मेवारी’ कार्यक्रम अन्तरगत अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री दिनुका साथै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ। यस्तै ‘नगरप्रमुखसँग बीमा नवीकरण÷निःशुल्क बीमा’ कार्यक्रम सञ्चालन गरिएको छ।

यो कार्यक्रममार्फत विपन्न समुदायका नागरिक तथा सन्थाल समुदाय बढी लाभान्वित भएका छन्। यो कार्यक्रमका लागि नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको बताइएको छ।

यसैगरी मिर्गौला प्रत्यारोपण÷ डायलाइसिस गरेका, क्यान्सर रोगी तथा मेरुदण्डको पक्षघात भएका बिरामीका लागि भद्रपुर नगरपालिकाले स्वास्थ्य उपचार खर्चबापत हालसम्म ५१ लाख प्रदान गरेको छ। उक्त सेवा लिनेको सङ्ख्या एक सय ८५ जना पुगेको स्वास्थ्य शाखाले जनाएको छ। गत वर्ष यो सेवा लिनेको सङ्ख्या एक सय ५२ जना रहेको थियो।

भद्रपुरमा दुई लाखभन्दा बढीले स्वास्थ्य सेवा लिए

भद्रपुर नगरपालिकामा रहेका स्वास्थ्य संस्थाबाट चालु आर्थिक वर्ष २०८०/८१ मा दुई लाख २५ हजार सात सय ८३ जनाले सेवा लिएका छन्। सेवा लिनेमा महिलाको सङ्ख्या धेरै छ। भद्रपुर नगरपालिकाका अधिकृत तथा सूचना अधिकारी नेत्रप्रसाद पोखरेलका अनुसार एक लाख १९ हजार ६ सय ४५ महिला तथा एक लाख ६ हजार एक सय ३८ पुरुषले सेवा लिएका छन्।

भद्रपुरमा रहेका स्वास्थ्य संस्थामा सेवा लिनेमध्ये नौ वर्ष मुनिका १० हजार दुई सय ८७ जना छन् भने एघार हजार एक सय २५ बालकले सेवा लिएका छन्। यस्तै १० देखि १४ वर्ष उमेरका  पाँच हजार एक सय ५३ जना तथा पाँच हजार आठ सय ९० जनाले सेवा लिएका छन्।

त्यस्तै,१५ देखि १९ वर्ष उमेर समूहका ६ हजार एक सय ७६ किशोरीले सेवा लिँदा पाँच हजार पाँच सय ८८ किशोरले भद्रपुरमा रहेका विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएका छन्। यसैगरी २० देखि ५९ वर्ष उमेर समूहका ७१ हजार पाँच सय ४७ महिलाले स्वास्थ्य सेवा लिएका छन्।

उक्त सेवा लिने पुरुष ५६ हजार एक सय ७७ रहेका छन्। यस्तै ६० देखि ६९ वर्ष उमेर समूहका १४ हजार ६ सय ८१ महिलाले स्वास्थ्य सेवा लिँदा १३ हजार नौ सय चार पुरुषले भद्रपुरका स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिएका छन्।

सत्तरी वर्ष माथिका एघार हजार आठ सय एक महिलाले स्वास्थ्य सेवा लिएका छन्। स्वास्थ्य सेवा लिने पुरुषको सङ्ख्या १३ हजार चार सय ५४ जना छ। गत वर्ष भद्रपुरमा स्वास्थ्य सेवा लिनेको सङ्ख्या तीन २३ हजार दुई सय ७२ रहेको भद्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले जानकारी दिए।

गत वर्ष एक लाख ५४ हजार पाँच सय ९० महिलाले तथा एक लाख ६८ हजार ६ सय ८२ पुरुषले स्वास्थ्य सेवा लिएका थिए। सबै नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले भद्रपुर नगरपालिकाले चालू आर्थिक वर्षमा ४८ गाउँघर क्लिनिक सञ्चालन गरेको छ।

यस्तै एक सय ६१ खोप क्लिनिक, दुई सय ६५ पटक खोप अभियान तथा दुई सय ४९ पटक सरसफाइ अभियान सञ्चालन गरिएको थियो। महिला स्वास्थ्य स्वयम् सेविकाले नगरमा चार सय पटक स्वास्थ्यबारे विभिन्न सचेतना शिक्षा प्रदान गर्दै नगरवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले जानकारी दिए। -रासस
अर्को समाचार
करोडबढीको लागतमा वडा कार्यालयको भवन निर्माण
२३ जेष्ठ २०८१
•
१ मिनेट पाठ
करोडबढीको लागतमा वडा कार्यालयको भवन निर्माण
दाताले निःशुल्क उपलब्ध गराएको जमिनमा झापाको भद्रपुर नगरपालिका–३ को कार्यालय निर्माण भएको छ। सरकारको एक करोड २४ लाखको लागतमा दुईतले भवन निर्माण भएको हो।




कार्यालयले आफ्नै भवनबाट मङ्गलबारदेखि सेवा प्रवाह गरेको छ। स्थानीय  ओमप्रकाश सरावगी, सत्यनारायण तायल, धनुहाङ सुहाङ, कल्याणकुमार राई, आइतबहादुर लिम्बू, श्याम थापामगर, निलमकुमार राई, कुवेर गुरुङ, भीमप्रसाद राई र केविर लिम्बूले पाँच कठ्ठा जमिन वडा कार्यालयलाई दान गरेका हुन्।

‘साँघुरो भाडाको घरबाट सेवा प्रवाह त्यति सहज थिएन’, वडाध्यक्ष हेमबहादुर कार्कीले भने, ‘अब सेवाग्राही र कर्मचारीलाई काम गर्न असहज नहुनेमा विश्वस्त छु।’ -रासस
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस