बालबालिकामा बढ्दै मानसिक समस्या
२८ जेष्ठ २०८१
•
३ मिनेट पाठ
बालबालिकामा बढ्दै मानसिक समस्या
जीवनशैलीमा आएको परिवर्तनसँगै बालबालिकामा विभिन्न मानसिक समस्या बढ्दै गएको विज्ञ चिकित्सकले औंल्याएका छन्। बालबालिकाप्रति समयमै अभिभावकको ध्यान पुग्न नसके पछि गएर थप जटिल समस्या देखिने चिकित्सक बताउँछन्।




हालै कान्ति बाल अस्पतालमा उपचारका लागि पुगेकी काठमाडौंकी १४ वर्षीया गौरी श्रेष्ठ –(नाम, थर परिवर्तन) मा एकाग्र हुन नसक्ने, स्कुल जान नमान्ने, स्कुलमा बेहोस हुने, स्कुल जाने बेला पेट दुख्ने जस्ता समस्या देखिए। यी समस्या एकदुई दिन नभएर महिनौंसम्म देखिए। अभिभावकले उनलाई कान्ति बाल अस्पताल पु¥याए। उपचारका क्रममा उनमा ‘एन्जाइटी डिअसर्डर’ भएको पत्ता लाग्यो। अहिले उनले चिकित्सकको निगरानीमा औषधि सेवन गरिरहेकी छन्।

चितवनका ७ वर्षीय सुविन शर्मा (नाम, थर परिवर्तन) लाई पनि असमान्य व्यवहार देखाउन थालेपछि उपचारका लागि सोमबार कान्ति बाल अस्पताल ल्याइयो। कसैलाई देख्यो कि जे भेट्यो त्यसैले पिट्ने, स्कुल गए साथीभाइलार्ई पिट्ने, कक्षामा नबस्ने, साथीभाइको सामान चोर्ने, खाजा खोसेर खाइदिने, चकचक गरिरहने जस्ता समस्या लामो समयसम्म देखिएपछि उनलाई उपचारका लागि अभिभावकले अस्पताल ल्याएका हुन्। उपचारका क्रममा उनमा एडिएचडी (एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर) समस्या भएको पत्ता लाग्योे।

यी दुई प्रतिनिधि पात्र मात्र हुन्। मानसिक समस्या देखापरेपछि कान्ति बाल अस्पतालमा दैनिक सरदर ३० देखि ५० जना उपचारका लागि आउँछन्। मानसिक समस्या लिएर अस्पताल आउने बालबालिकाको संंख्या बर्सेनि बढ्दै गएको कान्ति बाल अस्पतालका बाल मानसिक रोग विशेषज्ञ डा. अरूण कुँवर बताउँछन्। उनका अनुसार सन् २०१५ मा यो अस्पतालको बहिरंंग विभागमा मानसिक समस्याका ६ सय जना बिरामीले उपचार गराएका थिए। यो संख्या सन् २०२३ मा आउँदा १२ हजार पुगेको तथ्यांक छ।

पछिल्लो समयमा बालबालिकामा विभिन्न खालका मानसिक समस्या र रोग देखिने गरेको वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्ववन्धु शर्मा बताउँछन्। उनले बदलिँदो जीवनशैलीसँगै बालबालिका जोखिममा पर्दै गएको बताए। समाजमा पहिला पनि बालबालिकामा हुने मानसिक समस्या यही रूपमा थियो वा अहिले बढ्यो भन्ने विषयमा ठ्याक्कै तुलना गर्न भने नसकिने डा. कुँवर बताउँछन। तर अहिले उपचारमा आउने बालबालिकाको संख्या हेर्दा यो समस्याले धेरैलाई छोएको देखिन्छ। मानसिक समस्या भएका तर अस्पतालको पहुँचमा आउन नसकेका बालबालिको संख्या पनि धेरै रहेको उनी बताउँछन। उनका अनुसार ७ लाख बालबालिकामा कुनै न कुनै प्रकारको मानसिक समस्या, रोग छ । मानसिक समस्याका कारण कतिपयले आत्महत्याको बाटोसम्म रोज्ने गरेको कुँवर बताउँछन्। ‘पछिल्ल्लो समय बालबालिकामा आत्महत्याकोे समस्या पनि बढेको छ,’ उनले भने।

चिकित्सकका अनुसार बालबालिका एडिएचडी (एकाग्र नहुने, असमान्य व्यवहार गर्ने), एन्जाइटी (आत्तिने), डिपे्रसन जस्ता समस्या बढी देखिन थालेका छन्। चिकित्सकका अनुसार पछिल्लो समय ग्रामीण सरल जीवन शैली छाडेर सहरी जीवनशैली अगाल्नुु, अभिभावकले सन्तानलाई पर्याप्त समय दिन नसक्नुु, शारीरिक व्यायम नगर्नु, घरभित्रै गुम्सिएर बस्ने, परिवारमा भावना साट्ने व्यक्तिको कमी हुनु जस्ता कारणले पनि बालबालिकामा मानसिक समस्या र रोग निम्तिने गरेको देखिन्छ।

अभिभावक तथा समाजले बालबालिकाबाट सफलताको बढी अपेक्षा राख्नु, प्रतिस्पर्धी जीवनशैली, व्यस्त दैनिकी, पारिवारिक बेमेल जस्ता कारणले पनि बालबालिकामा मानसिक समस्या बढेको देखिन्छ। अभिभावकले लामो समयसम्म अरूको भरमा छाडेर हिँड्दा पनि बालबालिकामा नकारात्मक असर पर्न गएको छ। त्यस्तै नजिककै व्यक्तिबाट असुुरक्षित भएका बालबालिमामा पनि विभिन्न खालको मानसिक समस्या देखिने गरेको डा. शर्मा बताउँछन्। बदलिँदो परिवेशअनुसार महŒवाकांक्षा पूरा नहुँदा पनि बालबालिकामा तनाव बढेको कुँवर बताउँछन्।

समयमै अभिभावकको ध्यान पुग्न नसके बालबालिका पछि गएर अपराधमा संलग्न हुने खतरा रहेको डा. शर्मा बताउँछन्। जनस्वास्थ्यविद् डा. अरूणा उप्रेती गलत पोषणको कमीले पनि मनोसमस्या निम्तिने बताउँछिन्। उनका अनुसार कुपोषित बालबालिकाले मस्तिष्कमा अक्सिजनको कमी हुँदा सिकाएको कुरा ग्रहण गर्न सक्दैनन्। ‘अमेरिकामा अहिले धेरैै बच्चाहरूमा एडिएचडी बढी देखिन्छ,’ उनले भनिन्। 
अर्को समाचार
क्यान्सरपीडित ७५ प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर, बर्सेनि थपिँदै १५ सय संक्रमित
०५ फागुन २०८१
•
१ मिनेट पाठ
क्यान्सरपीडित ७५ प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर, बर्सेनि थपिँदै १५ सय संक्रमित
पछिल्लो समय बढ्दो संक्रमणका कारण नेपालमा क्यान्सरपीडित बालबालिकाको संख्या भयावह हुँदै गएको पाइएको छ । नेपालमा हरेक वर्ष १ हजार ५ सय बालबालिकामा नयाँ क्यान्सर पहिचान हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।




क्यान्सर भएकामध्ये ७५ प्रतिशत बालबालिका अस्पतालको पहुँचभन्दा बाहिरै हुने गरेको पाइएको छ । क्यान्सरपीडितमध्ये २५ प्रतिशत बालालिकामात्रै अस्पताल पुग्नु चिन्ताको विषय भएको बाल क्यान्सर रोग बिशेषज्ञहरु बताउँछन् । विपी कोइराला मेमोरियल अस्पतालका बाल क्याक्सर रोग बिशेषज्ञ डा. कृष्ण सागर शर्माले बाल क्यान्सरमा आवश्यक बोनम्यारो प्रत्यारोपण र बाल क्यान्सर काटिसेल प्रत्यारोपण उपचार बाहेक बाँकी सबै नेपालमै उपचार हुने गरेको बताए ।

ढिला पहिचान, उपचारमा एकरुपता, औषधिको सहज पहुँच, परीक्षणमा सहज पहुँच, नागरिक र स्थानीय स्वास्थ्यकर्मीमा जनचेतनाको कमीलगायत विषय अहिले पनि बाल क्यान्सर उपचारको लागि चुनौती बनेको चिकित्सकहरुले औल्याए । क्यान्सर लागेका बालबालिका मात्र नभएर परिवारसमेत प्रभावित हुने भएकोले नेपाल सरकारले बाल क्यान्सर उपचारमा एकरुपता, समयमै पहिचान, औषधिको उपलब्धता विशिष्ट अस्पतालको स्थापनाको कमी मुख्य चुनौती रहेको उनीहरुले औल्याएका छन् । ‘सरकारले चौध वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचार गरेर मात्र हुँदैन, आवश्यक आर्थिक, मानसिक हेरचाहको लागि यस्तो अभियान चाहिन्छ’ डा.सुचारिका तुलाधरले भनिन् । उनले बाल क्यान्सरमा सम्पुर्णता मान्यताको आवश्यक रहेको सुझाइन ।

बाल क्यान्सर रोग बिशेषज्ञ डा.सानी सिपाइले बाल क्यान्सरमा छिटो पहिचानको उपचारले मात्र राम्रो परिणाम आउने बताइन । ‘यसका लागि स्थानीय स्वास्थ्यकर्मीलाई बाल क्यान्सर रोगको बारेमा न्युनतम तालिम दिनु पर्ने देखिन्छ,’उनले भनिन् ।

नेपालमा अहिले १७ सय जना बालबालिकामा क्यान्सर रहेको सरकारी तथ्याङ्क छ ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस