कोसी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा
३१ असार २०८१
•
२ मिनेट पाठ
कोसी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा
कोसी प्रदेश पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आइतबार  विराटनगरमा आयोजित कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश  भएको घोषणा गरेका हुन् । 




कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले  पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका कारण अब, कोसी प्रदेशमा कोही पनि बालबालिकाले  नियमित खोपबाट वञ्चित हुनु नपर्ने अवस्था सृजना गर्न  मातहत निकायलाई निर्देशन दिए । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले आजको युगमा पनि बालबालिकालाई खोप लगायौँ भनेर रमाउनुपर्ने अवस्था उचित नभएको बताए  ।  जन्म दर्ता जत्तिकै नियमित खोप पनि बालबालिकाको अधिकार भित्र पर्ने भएकाले खोप लगाउने विषयलाई हेलचक्राई गर्न नहुने डा पोखरेलको भनाई छ । उनले भने‘अझै पनि बालबालिकालाई खोप लगायौँ भनेर उत्सव मनाउनुपर्ने अवस्था उचित हैन  ।’ पोखरेलले कोसी प्रदेश छैटौँ पूर्ण खोप सुनिश्चित प्रदेश भएको बताए । यस अघि ७ मध्ये ५ वटा प्रदेशले पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेका छन् । 

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले कोसी प्रदेशमा ११ महिना सम्मका   ८३ हजार ७ सय ५५ हाराहारी बालबालिका रहेको बताए । जस मध्ये विसीजी खोप लगाउनेको संख्या ८१ हजार २ सय ९० दादुरा रुवेलाको पहिलो मात्रा ल गाएकाको संख्या ७७ हजार १ सय ३०, अन्तिम दादुरा रुवेलाको खोप लगाएकाको संख्या ७३ हजार ३ सय ४५ रहेको छ । कोसी प्रदेशमा ५ वर्ष मुनिका बालबालिकाको संख्या २ लाख ८३ हजार १ सय ८३ रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा छ । 

नेपालमा  नियमित खोप अन्तर्गत बालबालिकालाई १३ प्रकारका खोप लगाउने गरिएको छ । बस्नेतले सबै पालिकाको वडा  देखि नै पूर्ण खोप सूचिश्चित घोषणा गर्दै असार ३० गते प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित  घोषणा गरिएको जानकारी दिए  । पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भए पनि खोप लगाउनबाट छुटेका बालबालिका खोजेर  खोप लगाउने काम भने निरन्तर जारी रहने बस्नेतले स्पष्ट पारे । 
अर्को समाचार
पुनः निर्माण कोष सञ्चालन कार्यविधि स्वीकृत
१४ मंसिर २०८१
•
१ मिनेट पाठ
पुनः निर्माण कोष सञ्चालन कार्यविधि स्वीकृत
कोसी प्रदेश सरकारले गत असोजमा अविरल वर्षाले पुर्‍याएको क्षतिको पुनः निर्माणका लागि मर्मत सम्भार तथा पुनर्निर्माण कोष सञ्चालन कार्यविधिलाई स्वीकृत गरेको छ।




शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले मर्मत सम्भार तथा पुनः निर्माण कार्यविधि–२०८१ स्वीकृत गरेको हो।मन्त्रीपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै  सरकारका प्रवक्ता भुपेन्द्र राईले मर्मत सम्भार तथा पुनः निर्माण कार्यविधि २०८१ स्वीकृत गरेको जानकारी दिए।

बैठकले  केचना–कञ्चनजंगा पर्यटन विकास समिति गठनको पहिलो संशोधन २०८१, उद्योग कृषि तथा सहकारी मन्त्रालयले पेस गरेको रकमान्तरको प्रस्तावलाई समेत स्वीकृत गरेको बताए।]

बैठकले खानेपानी सिँचाइ उर्जा मन्त्रालयको एसआइपी फेज २ को म्याद थप गर्ने, सुख्खा स्थानमा  स्यालो ट्युबेल सिचांइ विशेष कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ लाई पनि स्वीकृत गरेको मन्त्री राईले जानकारी दिए। 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस